Saturday, May 27, 2017

‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूह विमर्श कार्यक्रम - ५







नेपाल प्रज्ञा - प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा आयोजित  त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी अन्तर्गत दोस्रो दिन २०७४ जेठ ७ गतेका दिन प्रज्ञा भवन कमलादीमा सम्पन्न ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् गध्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको  थियो।  सो समारोहमा विमर्शकर्ताका रुपमा आख्यानकारहरू नारायण ढकाल, कृष्ण धरावासी, आहुुति एवम् आन्विका गिरी हुुनुुहुुन्थ्यो । सो विमर्शको सञ्चालन साहित्यकार विष्णुु ज्ञवालीले गर्नुुभएको थियो भने  प्रतिवेदकका रुपमा डा. पुुष्करराज भट्ट रहनुु भएको थियो ।

Thursday, May 25, 2017

‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूह विमर्श कार्यक्रम -६



नेपाल प्रज्ञा - प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा आयोजित  त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी अन्तर्गत दोस्रो दिन २०७४ जेठ ७ गतेका दिन प्रज्ञा भवन कमलादीमा सम्पन्न ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् गध्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको  थियो।  सो समारोहमा विमर्शकर्ताका रुपमा आख्यानकारहरू नारायण ढकाल, कृष्ण धरावासी, आहुुति एवम् आन्विका गिरी हुुनुुहुुन्थ्यो । सो विमर्शको सञ्चालन साहित्यकार विष्णुु ज्ञवालीले गर्नुुभएको थियो भने  प्रतिवेदकका रुपमा डा. पुुष्करराज भट्ट रहनुु भएको थियो ।

Wednesday, May 24, 2017

‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूह विमर्श कार्यक्रम -७





नेपाल प्रज्ञा - प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा आयोजित  त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी अन्तर्गत  दोस्रो दिन २०७४ जेठ ७ गतेका दिन प्रज्ञा भवन कमलादीमा सम्पन्न ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् गध्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको  थियो।  सो समारोहमा विमर्शकर्ताका रुपमा आख्यानकारहरू नारायण ढकाल, कृष्ण धरावासी, आहुुति एवम् आन्विका गिरी हुुनुुहुुन्थ्यो । सो विमर्शको सञ्चालन साहित्यकार विष्णुु ज्ञवालीले गर्नुुभएको थियो भने  प्रतिवेदकका रुपमा डा. पुुष्करराज भट्ट रहनुु भएको थियो ।

पारिजातका कथाका प्रवृत्तिहरू


गोष्ठी–पत्र
पारिजातका कथाका प्रवृत्तिहरू



डी.आर. पोखरेल


१. विषय प्रवेश
नेपाली साहित्यमा पारिजातको नाम शीर्षस्थानमा रहेको छ । उनी बहुमुखी प्रतिभाकी धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यको चारवटै विधामा कलम चलाएकी छिन् । कविता विधाबाट सिर्जनायात्रा आरम्भ गरेकी उनले आख्यानमा ठूलो उचाइ प्राप्त गरेकी छिन् साथै नाटक र निबन्धसहित सबै विधाको शिखरमा उभिएर जीवन र जगतको यथार्थतालाई मापन गर्न समर्थ पारिजात एक अनुपम प्रतिभा हुन् । उनी सम्बन्धीको अध्ययनले नेपाली साहित्यमा ठूलो महत्व राख्दछ । 

२. पारिजात र उनका कृतिहरू
पारिजातको जन्मभूमि दार्जिलिङ, भारत र कर्मभूमि नेपाल हो । वि.सं. १९९४ वैशाखमा लिङ्गिया चियाकमानमा जन्मिएकी पारिजात सत्र वर्षको उमेरमा नेपाल आइन र जीवनपर्यन्त यतै बसिन् । उनको सिर्जनायात्रा पनि यहीँ नै सुरु भयो । २०१३ मा धरती पत्रिकामा उनको पहिलो कविता छापियो । यसपछि पुस्तकाकार कृतिहरू पनि प्रकाशित हुन थाले । तीनवटा कवितासङ्ग्रह, चारवटा कथासङ्ग्रह, दशवटा उपन्यासहरू, तीनवटा आत्मसंस्मरण साथै नाटक र निबन्धका एकएकवटा गरी जम्मा बाइसवटा पुस्तकाकार कृतिहरू र अन्य फुटकर लेखहरू उनले नेपाली साहित्यमा थपिन् । साहित्यलगायत सामाजिक, शैक्षिक र राजनैतिक क्षेत्रमासमेत उनको विशेष रुचि रहँदै आयो र ५६ वर्षे जीवनमा ३७ वर्ष निरन्तर साहित्यसाधनामा रत हुँदै वि.सं. २०५० वैशाख ५ गते पारिजातले महाविश्रान्ति लिइन् । 

३. कथा/नेपाली कथा
‘कथा’ शब्दले केही भन्नु वा कथन गर्नु भन्ने बुझाउँछ । तर साहित्यमा कथा भन्नासाथ निश्चित संरचनात्मक नियममा बाँधिएको आख्यानात्मक गद्यरचना भन्ने बुझिन्छ । यही नियमभित्र उपन्यास पनि पर्छ तर उपन्यास र कथा अलगअलग विधागत सौन्दर्य भएका रचनाहरू हुन् । उपन्यासको बृहत् आकार र बृहत् कथाखण्ड हुन्छ भने कथा लघुआकार र लघु कथाखण्ड भएको हुन्छ । यसैगरी उपन्यासमा मानवजीवनको समग्र चित्रण हुन्छ भने कथामा जीवनको कुनै एक पक्षको मात्र चित्रण हुन्छ । कथालाई लम्ब्याएर उपन्यास र उपन्यासलाई छोट्याएर कथा हुने नभई दुवैको आ–आफ्नो संरचना हुन्छ र ती आफैँमा पूर्ण हुन्छन् । यसर्थ कथा एक स्वतन्त्र साहित्यिक विधा हो । 

नेपाली साहित्यमा कथालाई कथा रलघुकथा भनेर अलगअलग सिर्जना गर्ने गरेको पाइन्छ । तर पश्चिममा भने ‘सर्ट स्टोरी’ मात्र भनिन्छ । वास्तवमा आजको कथा उन्नाइसौँ शताब्दीको देन हो । यो परम्परागत कथाभन्दा फरक छ । यसमा कथात्मकता मात्र होइन कलागत मूल्यहरू पनि समावेश भएको छ । गद्यात्मकता, परिवेश चित्रण, कथात्मक दृष्टिविन्दु, द्वन्द्व, पात्र वा चरित्रको संवेदना, भाव वा विचारको संवेग आदि संरचनात्मक वा कलागत मूल्यहरूको सैद्धान्तिक आधार निर्माण भई यसले साहित्यको एक विधाका रूपमा मान्यता पाएको छ (श्रेष्ठ र शर्मा, २०६३ ः ६७) । तर परम्परागत रूपमा चल्दै आएको नेपाली कथाको आधार भने निकै पुरानो रहेको छ । किस्सा, कहानी, दन्त्यकथा, पुराणकथा, जातककथा, पञ्चतन्त्र र हितोपदेशका कथाहरू भन्ने हाम्रो परम्परा हो । अझ कथाको वीजरूप त वेद र ब्राह्मण ग्रन्थहरूमा पनि देखिन्छ । रामायण र महाभारतका कथाहरू पनि पढ्ने गरिन्छ । यसरी नेपाली कथाको मुहान खोज्दै जान नसकिने होइन तर नेपाली कथाको इतिहासलाई विद्वान्हरूले प्राचीनकाल, मध्यकाल र आधुनिक काल भनेर वर्गीकरण गरी वि.सं. १८२७ देखि प्राचीन कालको आरम्भ भई १९५७ सम्मको १३० वर्षको अवधिलाई प्राचीनकाल, १९५८ मा गोरखापत्र प्रकाशित हुन थालेदेखिको १९९१ सम्मको ३३ वर्षको अवधिलाई मध्य काल र १९९२ देखि यतालाई आधुनिक काल भनी वर्गीकरण गरिएको पाइन्छ (श्रेष्ठ र शर्मा, २०६३ : ७४) । 

बौद्ध वाङ्मय र संस्कृतसाहित्यमा लेख्य कथाको परम्परा भए पनि नेपाली साहित्यमा प्राचीन कालअघि कथाको कुनै लेख्य आधार थिएन । नेपाली कथाको लेख्य परम्परा शक्तिवल्लभ अर्यालको ‘महाभारत विराट पर्व’ (वि.स. १८२७) बाट सुरु भएको र भवानीदत्तको ‘मुद्राराक्षस’ (१९८२) देखि मुन्सीका ‘तीन आहान’ (१८७६) लगायत स्वस्थानी व्रतकथा, शुकबहत्तरी जस्ता संस्कृत प्रभावका आख्यानात्मक रचनाहरूले प्राचीनकाल ढाकेको देखिन्छ । यसै गरी गोरखापत्रमा सामाजिक, धार्मिक, मनोरञ्जनात्मक, जासुसी आदि विषयका कथाहरू छापिन थालेपछि र शुकबहत्तरी, सुनकेशरी रानीका कथाहरू जस्ता दन्त्य कथाहरू रचिँदै, अनुवादित हुँदै र उपसिर्जित हुँदै मध्यकाल बितेको देखिन्छ । 

कथाको आधुनिक काल वि.सं. १९९२ मा कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’कथासङ्ग्रह प्रकाशित भएपछिको अवधिलाई मानिन्छ । ‘नासो’ ले कथासिर्जनाको मध्यकालीन ढाँचा र चिन्तनलाई विदा दियो र कथालाई उडन्ते, काल्पनिक, जासुसी, तिलस्मी र अलौकिक पात्रहरू भएको ढाँचाबाट अलग गरेर समाजकेन्द्री बनायो । समाजका दुःखसुख, मान्छेका आँसुहाँसोलाई आफ्नो विषय बनायो । ‘नासो’ सङ्ग्रहको ‘नासो’ कथामा त्यतिखेरका सम्भ्रान्त पात्र देवीरमण र उनकी बालखकालमै विवाह गरेकी श्रीमती सुभद्रार पछिसन्तानका लागि ल्याइएकी कान्छी दुलही लक्ष्मीको कथा छ । तर आदर्श पुरानै हिन्दू आदर्श रहेको छ । छोरा नपाई स्वर्ग जान पाइन्न भन्ने र छोरा जन्माउन नसक्नुको कारण श्रीमतीमा देख्नु । तीर्थव्रत गर्नु, दुई विवाह गर्नु । यस्तो आदर्श छ । त्यसो भएकाले यसलाई आदर्शोन्मुख सामाजिक यथार्थवादी कथा मानिएको छ । यसरी यथार्थवादी धाराको सुरुवात भएपछि २००७ मा जुन राजनीतिक घटना घट्यो नेपालमा राणाशाही धराशयी भयो नेपालमा काँग्रेस, कम्युनिस्ट पार्टीहरू बने र तिनले संसारका नवीन चिन्तनहरू प्रजातन्त्र, समाजवाद, समानता, स्वतन्त्रताका विचार नेपाली समाजमा ल्याए । यसको असर नेपाली साहित्यमा खासगरी कथासाहित्यमा पनि प¥यो । ‘कमरेड जाने होइन?’ जस्ता प्रगतिवादी धाराका कथाहरू लेखिए । गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, भवानी घिमिरे, बालकृष्ण पोखरेल, तारानाथ शर्माहरूले नयाँ आदर्शले भरिएका कथाहरू २०१४÷१५ सालसम्म लेख्दै रहे । २०१७ सालको काण्डले राजनीतिक पार्टीहरू भूमिगत भए । पञ्चायती शासन सुरु भयो । यसले साहित्यक्षेत्रमा केही निराशा केही विद्रोही चेतना ल्यायो । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्कर शमशेर, भवानी भिक्षु, गोविन्द ब. मल्ल गोठाले, केशवराज पिँडालीहरूको सामाजिक यथार्थवादी धारामा पनि शिथिलता आयो । उता प्रगतिवादी धारामा पनि शिथिलता आएको थियो । यही समयमा हङ्ग्री जेनेरेसन टाइपका नयाँ युवाहरू पुराना आदर्शहरूलाई अस्वीकार गर्दै राल्फा, अस्वीकृत जमातलगायतका साहित्यिक, सांस्कृतिक, साङ्गीतिक आन्दोलनमा लाग्न थाले । यही समयमा पारिजातको प्रादुर्भाव भयो र कथासिर्जनामा देखा 
परिन् । 

४. पारिजातको कथासिर्जना
पारिजातको कथायात्रा कथाको आधुनिक कालको पनि नवचेतनाको उन्मेष भएको चरणमा भए पनि उनले अग्रजहरूको प्रगतिवादी धारालाई पक्रिन सकिनन् र आदर्शवादी वा यथास्थितिवादी धारामा पनि अटाउन सकिनन् । कथ्यमा पुरानै र शैलीमा नयाँपनसहित केही विद्रोही चेतना बोकेर पारिजात कथासिर्जनामा आइन् । कथायात्राको उनको पहिलो कथा हो मैले नजन्माएको छोरो । यो कथा रचना अङ्क–३, वर्ष–१, २०२१ मा पहिलोचोटि प्रकाशित भएको हो (घिमिरे र ज्ञवाली, २०५८ ः ४) । पछि यो उनको कथासङ्ग्रह आदिम देश (२०२५) मा सङ्कलित भएको छ । आदिम देश (२०२५) उनको पहिलो कथासङ्ग्रह हो । यसैगरी उनका अरू तीनवटा कथासङ्ग्रहहरूसडक र प्रतिभा (२०३२), साल्गीको बलात्कृत आँसु (२०४३) र बधशाला जाँदा आउँदा (२०४९) गरी जम्मा चारवटा कथासङ्ग्रहरू प्रकाशित भएका छन् । यी चारवटा कथासङ्ग्रहहरूमा प्रस्तुत भएका प्रवृत्तिहरूका कारणले उनको कथायात्रालाई मुख्य गरी दुई भागमा वर्गीकृत गरिएको छ । 
पहिलो खण्डमा आदिम देश र सडक र प्रतिभार दोस्रो खण्डमा साल्गीको बलात्कृत आँसु र बधशाला जाँदा आउँदा रहेका छन् र यसलाई पूर्वाद्र्धकाल र उत्तराद्र्ध काल भनिएको पाइन्छ (भट्टराई, २०७२ ः ६८) । पूर्वाद्र्धकालका दुईवटा कथासङ्ग्रहहरू– आदिमदेश र सडक र प्रतिभा र उत्तराद्र्ध कालका साल्गीको बलात्कृत आँसु र बधशाला जाँदाआउँदा गरी यी चारैवटा सङ्ग्रहहरूमा जम्मा ४७ वटा कथाहरू रहेका छन् । ती कथाहरूबारे यहाँ क्रमशः सङ्क्षिप्त चर्चा गरिएको छ ः
क) आदिम देश
यो पारिजातको पहिलो कथासङ्ग्रह हो । यसमा बाह्रवटा कथाहरू रहेका छन्– १. आदिम देश, २. बीसौँ शताब्दीको एक गल्लीमा, ३. सिमेन्टभित्र एउटा राजबेली, ४. सधैँ बित्नुपर्ने हामी, ५. मैले नजन्माएको छोरो, ६. एक उडानमा, ७. तिउरीको फूल पायरियाको गन्ध, ८. सोफिजम मेरो लोग्नेसँग कुराकानी, ९. निर्माणको मोडेल समयभित्र, १०. साइनो ग्य्रानीटको टुक्रासँग, ११. अनिदो र शून्यता र १२. अप्ठेरो र अभ्यस्त मान्छे । प्रवृत्तिका हिसाबले प्रायः यी सबै कथाहरू अस्तित्ववादी–विसङ्गतिवादी धाराका रहेका छन् । 
ख) सडक र प्रतिभा
यो पारिजातको दोस्रो कथासङ्ग्रह हो । यसमा सत्रवटा कथाहरू सङ्कलित छन्ः– १. सडक र प्रतिभा, २. प्रतीक, ३. नयाँ मान्छे, ४. निस्सारतादेखि, ५. विरुद्ध, ६. डायरीको आठौँ पाना, ७. यस ठाउँमा, ८. अन्तर्विरोध, ९. रात, १०. घामताप्दा, ११. सन्त्रास, १२. देवल, १३. बूढा बा, १४. साथीको सम्झना, १५. सङ्घारनेर, १६. सिटीहलको बूढो ज्यामीसँग र वर्कसपभित्र शीर्षकका यी १७ कथामध्ये १२ वटा कथाले पहिलेकै अस्तित्ववादी–विसङ्गतिवादी प्रवृत्ति बोकेका छन् भने ४ वटा कथाले सामाजिक यथार्थवादी र एउटाले व्यक्तिविद्रोही अराजक चेतना बोकेको छ । 
ग) साल्गीको बलात्कृत आँसु
यो पारिजातको तेस्रो कथासङ्ग्रह हो र यसमा ११ वटा कथाहरू सङ्कलित भएका छन् ः– सइसको चिट्ठी, २. सम्बन्ध, ३. एउटा गाउँमा, ४. नैकापे सर्किनी, ५. प्रतिकूलता, ६. कलिलो अतीत, ७. यसरी एउटा नाउँ काटिन्छ, ८. साल्गीको बलात्कृत आँसु, ९. कुनै गुलाफ ओभानो छैन यहाँ, १०. पैसाको रङ्ग, र ११. वर्षा ऋतु । प्रवृत्तिका हिसाबले यी एघार कथाहरूमध्ये ६ वटा प्रगतिवाद उन्मुख धाराका, दुईवटा सामाजिक यथार्थवादी धाराका र ३ वटा समाजवादी यथार्थवादी धाराका रहेका छन् । 
घ) बधशाला जाँदा आउँदा
यो कथाकार पारिजातको चौथो कथासङ्ग्रह हो । यसमा सातवटा कथाहरू सङ्कलित छन् ः– १. शोध, ३. नाटकको चौथो चरण, ३. साँझ उदासघरको पिंढीमा, ४. विकल्पहीन, ५. बधशाला जाँदा आउँदा, ६. शकुन्तलाको चिन्तन र७. एउटा जून पानीभित्र । यी ७ वटा कथाहरूमध्ये कथात्मक प्रवृत्तिकादृष्टिले कथाहरू प्रगतिवाद उन्मुख र चारवटा सामाजिक यथार्थवादी धाराका रहेका छन् ।

५. पारिजातका कथाका प्रवृत्तिहरू
पारिजातका कथाहरूमा एकातिर विश्वव्यापी रूपमा स्थापित भएका साहित्यिक सामान्य प्रवृत्तिहरूको प्रस्तुति भएको पाइन्छ भने अर्कोतिर पारिजातका वैयक्तिक एवं विशिष्ट प्रवृत्तिहरू प्रकट भएको पाइन्छ । यी प्रवृत्तिहरूलाई निम्नानुसारको तालिकीकरण गरिएको छ ः
कथात्मक प्रवृत्तिहरू


क) सामान्य  वा साहित्यिक प्रवृत्तिहरू                ख) विशिष्ट वा वैयक्तिक प्रवृत्तिहरू
१. अस्तित्ववादी–विसङ्गतवादी धारा १. अकथात्मकता
२. व्यक्तिविद्रोही अराजकपन         २. बौद्धिक भाषा र चित्रात्मक शैली
३. सामाजिक यथार्थवादी धारा         ३. नारीचरित्रकेन्द्री प्रवृत्ति
४. प्रगतिवादी धरातर्फको उन्मुखता         ४. मनोचित्रणको प्रवृत्ति
५. समाजवादी यथार्थवादी धारा         ५. यौनकुण्ठा
                                        ६. स्वाभिमानी स्वर
                                        ७. विद्रोही चेतना

क) सामान्य वा साहित्यिक प्रवृत्तिहरू
५.१ अस्तित्ववादी–विसङ्गतिवादी धारा
अस्तित्ववाद एक साहित्यिक धारा हो । यो अराजक, विद्रोही र बौद्धिक धारा हो । यसको केन्द्रमा मानिसको अस्तित्व रहेको छ । मानव अस्तित्वको खोजीको क्रममा ईश्वरीय सत्ताको अस्वीकृति, परम्पराको अस्वीकृतिका साथ आन्दोलनरत एउटा धारा र अस्तित्वको खोजीको नाममा जीवनका विसङ्गत पक्षको अतिशय पक्षपोषण गर्दै जीवनबाट पलायन भइदिने अर्को धारा रहेको छ । यी दुईधारामध्ये पछिल्लो प्रवृत्ति नै विसङ्गतिवाद हो । यो प्रवृत्ति पारिजातका पूर्वाद्र्धकालीन दुई कथासङ्ग्रहका धेरैजसो कथाहरूमा प्रस्तुत भएको देखिन्छ । पहिलो कथासङ्ग्रह आदिम देशका निम्न कथाहरूका यो प्रवृत्ति हावी भएको छ । आदिमदेश यो यस सङ्ग्रहको पहिलो कथा हो । यसमा म र म की स्वास्नी दुई पात्र छन् र म को सन्तुष्टिका लागिमात्र स्वास्नीले बच्चा पाइदिन्छे र मर्छे । स्वास्नीको अस्तित्व चिन्तन मृत्युमा वा निस्सारतामा टुङ्गिएको छ । अर्को कथा बीसौँ शताब्दीको एक गल्लीमा म पसल्नी, काजी रकाजीकी वेश्या पात्रहरूमध्ये वेश्याले मोलतोल नमिलेकाले काजीको यौन आग्रहलाई अस्वीकार गर्छे । सिमेन्टभित्र एउटा राजबेली कथामा चिम्चा र हीराकाजीको काम–व्रmीडा राजबेलीको झ्याङमुनि भएको देखाइएको छ । यस्तै गरी अर्को कथा सधैँ बित्नुपर्ने हामी मा पनि बेबी र म पात्रको प्रेमको नाममा कामव्रmीडा छ । कलिली बेबीले भर्खरै गर्भपतन गरेर आएकी भए पनि पुनः म पात्र घुम्न जाने प्रस्ताव राख्छ । अर्को कथा पारिजातको पहिलो प्रकाशित कथा मैले नजन्माएको छोरो मा पनि अविवाहित युवतीको यौनभावना र मनोविज्ञान प्रस्तुत भएको छ र ऊ अस्तित्व चेतनाले भरिएकी देखिन्छे । एक उडान कथाकी एयर होस्टेजसोफिया पात्रको यौनकेन्द्री विसङ्गत जीवन प्रस्तुत भएको छ । यस्तै यौनकुण्ठा र विसङ्गत जीवनको चरम अभिव्यक्ति तिउरीको फूल पायरियाको गन्ध कथामा भएको छ । मन्दिरको पेटीमा गुजारा गर्ने फोहोरी, घिनलाग्दी लाटीलाई सधैँ बलात्कार गर्ने टुरिस्ट गाइड र पुलिसवालाको कृत्यप्रति क्षुब्ध रहेको म पात्रसमेत लाटीलाई भोग्न तयार भएको चरम रूपको कुरूप स्थितिको प्रस्तुति यस कथामा छ । अर्को कथा सोफिजम मेरो लोग्नेसँग कुराकानीमा म स्त्रीपात्रले आफ्नो लोग्नेलाई परपीडक बताएकी छे । अस्तित्ववादी चेतना मृत्युबोधी चेतनामा फेरिएको उदाहरण अनिदो र शून्यता कथामा पाइन्छ । माधू पात्र एउटा कथाकारले नग्न चित्र बनाउने प्रस्ताव राख्यो भन्दैमा अनिदोको सिकार भई एकैचोटि धेरै औषधि खाएर मृत्युवरण गर्छे । यस्तै साइनो ग्य्रानीटको टुक्रासँग कथाकी नायिका एक स्त्री लोग्नेले छोडेकालेवागमतीको किनारमा सङ्घर्ष गरेर बसेकी छ तर त्यहाँका महारोगी, हात्तीपाइले बुढी पात्रले जस्तै मृत्युको चाह गरेकी छ । यस सङ्ग्रहको अन्तिम कथाअभ्यस्त र अप्ठेरो मान्छे मा यौनकुण्ठित निरोटिक युवक एक झुपडीमा बस्ने गरिब चमेलीसित पल्केको छ । पेट भोको भए पनि चमेली वेश्यावृत्ति गर्न छोड्दिन ।

पारिजातको अर्को कथासङ्ग्रह सडक र प्रतिभा का कथाहरूमा पनि यो प्रवृत्ति प्रस्तुत भएको छ । यस सङ्ग्रहको पहिलो कथा हो सडक र प्रतिभा । यसमा म पात्रले आफ्नी प्रियतमा भेट्न जाँदा ऊ पात्रको कोट लाएर गएको छ र ऊ सोच्छ म की प्रियतमाले पनि अर्कैको सारी लगाएर बसेकी होली । अर्को कथा प्रतीकमा आफूले ज्याला नपाएको झोँक स्वास्नीलाई देखाएर कुटपिट गर्छ, स्वास्नी सहन्छे । नारीसमस्याको अर्को कथा नयाँ मान्छे कथामा छ । बुहारीको यौनशोषण गर्ने भान्से बुढाले ज्यापूकी तरुनी स्वास्नीलाई पनि लुट्छ । यो देख्ने म पात्र भने आफ्नो यौन शोषक बाबु मरेकोमा खुसी नै भएको छ । अर्को कथा निस्सारतादेखिमा म र ऊ पात्रको यौनशोषण गर्ने विसङ्गत संवार्ता छ । विरुद्ध कथामा नारीमाथिको हिंसा छ । तर लोग्नेको यो अत्याचार स्वास्नी सहन्छे र बाँच्नु र मर्नु एकै ठान्छे । अर्को कथा डायरीको आठौँ पाना भने स्त्रीपात्र म को एउटा डायरी छ उसकी साथी ऊ पात्रलाई ऊ त्यो हेर्न दिन्न सस्ता प्रेमका गीतहरू छन् भन्छे । मलाई ज्वरो आएको जस्तो हुन्छ । उसले हेरी भने के ठान्ली भन्छे । यस ठाउँमा कथामा पनि दुईपात्र म र ऊ छन् र पत्र लेखेर सबै मैथुनजीवी भएको जनाउँछन् । अर्को कथा अन्तर्विरोध मा पनि यौनकुण्ठाकै चर्चा छ । म पात्र सोच्छ यो समाज र जीवन मान्छेको लागि अनुकूल छैन तसर्थ ऊ पसल्नीलाई बलात्कार गर्न जान्छ । पसल्नी अस्वीकार गर्छे र आफ्नो अस्तित्वको परिचय दिन्छे । तर ऊ पसल्नीको मृत्यु चाहन्छ । रात कथामा एउटा पात्रले भयङ्कर आकृति देख्छ र त्यसलाई मृत्युको प्रतीक ठान्छ । अर्को कथा घाम लाग्दा मा भने म (एक अकर्मण्य) पात्रकी स्वास्नीले उसलाई ‘म तिम्री स्वास्नी होइन भन्छे’ । यस्तै सन्त्रास कथाकी म पात्र आफ्नो श्रीमान्लाई परपीडक देख्छे । छोरी मात्र भएकोमा ऊ दुःखी छे र मर्न चाहन्छे । यस्तै देवल कथाकी देवलमा बस्ने वेश्याआमा सधैँ नाइके र ठेकेदारबाट सस्तोमा भोगिन्छे । ऊ सँगै बस्ने उसको छोरो पनि एक दिन आमालाई भोग्न तयार हुन्छ । यस्तो विसङ्गतिको चरम रूप र घातक स्थितिको वर्णनचित्रण गरिएको यस कथाकी आमा पात्रलाई देशकी प्रतीक पनि कतिपय समीक्षकले ठह¥याएका छन् (भट्टराई : २०७२, ६९) । यसरी पारिजातका पूर्वाद्र्धकालीन दुई कथासङ्ग्रहका २९ वटा कथाहरूमध्ये २३ वटा कथाहरूमा अस्तित्ववादी–विसङ्गतिवादी चेतना प्रस्तुत भएको देखिन्छ । 

५.२ व्यक्ति–विद्रोही अराजक प्रवृत्ति
पारिजातका उपन्यासमा पाइने यो प्रवृत्ति कथाहरूमा पनि फाट्टफुट्ट देखा परेको छ । उदाहरणार्थ पारिजातको पहिलो कथासङ्ग्रह आदिम देशको एउटा कथा निर्माणको मोडेल समयभित्रको रोलर चलाउने ड्राइभर म पात्रले बाटो बनाउने मजदुर केटीहरूलाई यौनशोषण गर्ने नाइकेलाई रोलरले पेलिदिने विचार गरेको छ । अन्यायको विरुद्धमा ऊ आक्रोशित देखिन्छ । यसैगरी पारिजातको दोस्रो कथासङ्ग्रह सडक र प्रतिभा मा सङ्कलित अन्तिम कथा वर्कसपभित्र को एक पात्र मेकानिक अर्कोपात्र भोटे क्लिनरसँग वर्कसपमा आगो लगाइदिने कुरा गर्छ । उसले आफ्नो परिश्रम चुसेर मालिक मोटाएको र आफूहरूको जीवन जस्ताको तस्तै भएको बोध गरेको छ । उसले आगो लगाएपछि त्यसको परिणाम के हुन्छ भनेर विचार गरेको छैन । विद्रोहको अराजक भावना मात्र छ । यसरी दुईवटा कथासङ्ग्रहका एकएक वटा गरी दुई कथाहरूमा व्यक्ति विद्रोही अराजक प्रवृत्ति प्रस्तुत छ । 

५.३ सामाजिक यथार्थवादी धारा
यस धारामा सडक र प्रतिभा कथासङ्ग्रहका तीन वटा साल्गीको बलात्कृत आँसुमा दुईवटा र वधशाला जाँदा आउँदा कथासङ्ग्रहका ४ वटा गरी जम्मा ९ वटा कथाहरू रहेका छन् । सडक र प्रतिभा कथासङ्ग्रहको पन्ध्रौँ कथा हो बूढा बा । यस कथाका पात्र बूढा बा आफू युगबाट ठगिएका त छन् तर समाजमा सभ्यताको लहर ल्याउन चाहन्छ । अर्को कथा साथीको सम्झना को कथावाचक पात्र एक केटीको डायरी पढ्छ त्यसमा पुलिस र आन्दोलनकारी शत्रु–शत्रु भएको उल्लेख पाउँछ । यस्तै अर्को कथा सँघारनेर मा एउटा विद्यार्थी पात्रले घरमा एयरगन राखेकाले त्यसको लाइसेन्स खोज्न पुलिस आएको हुन्छ । पारिजातको अर्को कथासङ्ग्रह साल्गीको बलात्कृत आँसुका कथाहरूमध्ये दसौँ कथा हो पैसाको रङ । यस कथामा पैसाको रङ अलगअलग हुन्छ । पुँजीपतिहरूको पैसाको रङ कालो हुन्छ र श्रमजीवी जनताको श्रमको पैसा सेतो हुन्छ भनेर पत्रकारले ठाने पनि पुँजीवादीहरूले जन्माएको आर्थिक विकृतिको विरोध नगर्ने पत्रकार पात्र आफूलाई लाछी ठान्छ । अर्को कथा वर्षाऋतु हो । यसमा म पात्र उदारतापूर्वक धेरै दुःखी भएकी कान्छी दनुवार्नीलाई सहयोग गर्न खोज्छ तर कान्छी दनुवार्नी विश्वास गर्दिन र उल्टो पुलिसको विश्वासमा पर्छे र दुःख पाउँछे । यसैगरी यही प्रवृत्तिको प्रस्तुति भएका कथाहरू छन् पारिजातको चौँथो कथासङ्ग्रह बधशाला जाँदा आउँदा मा । यस सङ्ग्रहको तेस्रो कथा हो साँझ उदास घरको पिँढीमा । यसमा नारीसङ्घर्षको कथा छ । कथाकी पात्र कमलीकी आमा परिवार पाल्ने बोझले मात्र होइन, रक्सीवाज लोग्नेबाट पनि पीडित छे । बल्लतल्ल कमलीकी आमाले परिवार धानेकी त हुन्छे तर कमलीले जागिर पाई अब घरमा सहयोग गर्छे भन्ने बेलामा कमली मालिकसित पोइल हिँड्छे । अर्को कथा छ विकल्पहीन । यस कथाकी नायिका लक्ष्मीपुरे डल्ली लोग्नेले फत्तुर लाएर घरबाट निकालिन्छे । जागिर खान थालेपछि लोग्नेले उतै अर्की ल्याएको हुन्छ र डल्लीलाई त्यतिकै बात लगाएर निकाल्छ । डल्ली गल्लीमा माग्न निस्कन्छे दुई साना छोरीसहित । तर उसले आफ्नो जीवन कुकुर्नीकोभन्दा पनि तल पाउँछे । यसैगरी अर्को कथा बधशाला जाँदा आउँदा मा म (कर्मचारी) पात्रको कथा छ । ऊ न बाटामा माग्ने चन्द्रधरलाई केही दिन सक्छ न अफिसमा काम खोज्न आउने पात्रलाई केही सहयोग गर्न सक्छ । ऊ विवश देखिन्छ । यस सङ्ग्रहको अन्तिम कथा छ एउटा जुन पानीभित्र यसमा कोसीमा ¥याफ्टिङमा जाने विदेशीसैलानीहरू, क्याप्टेन, टोली नाइके र हेल्परहरू छन् । हेल्पर जनक लागू पदार्थको आदतमा परेको छ । विनासित्ती क्याप्टेनमाथि रिस गर्छ । जिन पिएर कोसीमा आत्महत्या गर्न खोज्छ । जेनतेन क्याप्टेनले सम्झाउँछ तर भोलिपल्ट ¥याफ्टिङमा डुङ्गा भुमरीमा पर्छ, डुङ्गा बच्छ तर जनक कोसीमा बेपत्ता हुन्छ । यसरी यी कथाहरूमा सामाजिक यथार्थताको वर्णन चित्रण गरिएको पाइन्छ ।

५.४ प्रगतिवादी साहित्य धारातर्फको उन्मुखता
यस धारामा पारिजातको दोस्रो कथासङ्ग्रह सडक र प्रतिभा को एउटा कथा, तेस्रो कथासङ्ग्रह साल्गीको बलात्कृत आँसुको छवटा कथाहरू र चौथो कथासङ्ग्रह बधशाला जाँदा आउँदा का तीनवटा कथाहरू गरेर दशवटा कथाहरू परेका छन् । सडक र प्रतिभा सङग्रहको सोह्रौँ कथा हो सिटीहलको बूढोज्यामी । यस कथाको पात्र सिटीहलको बूढो ज्यामीमा आत्ममूल्याङ्कन सुरु भएको छ । उसले धेरै सिटीहल बनाए पनि बास बस्ने ठाउँ छैन तर मालिकको भने मस्ती छ। अर्को कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु को पहिलो कथा हो सइसको चिठी । यसमा एक तामाङ सइस पात्रले गाउँमा रहेकी आफ्नी मायालुलाई पत्र लेखेर आफू काठमाडौँमा आएर घोडा मोल्ने र उसिनाको भात खाने सइसको काममा लागेको, दुःख पाएको, गरिबीका कारणले यस्तो भोग्नु परेको जनाएको छ । सइसमा वर्गबोध भएको देखिन्छ । अर्को कथा सम्बन्धमा पुन्टेको बाउ पात्रले उसकी श्रीमती पुन्टेकी आमालाई उपचारार्थ सहरमा ल्याएको तर गरिब भएकाले हस्पिटलमा उपचार नपाएको र डक्टर, नर्सले विशेष मान्छेलाई मात्र हेरेकोमा मन खिन्न भएको छ । आखिर पुन्टेकी आमा आफै सुत्केरी हुन्छे र भन्छे हस्पिटल नआएको भए पनि हुने रहेछ । अर्को कथा नैकापे सर्किनी हो । यसमा सर्किनी पात्रले आफ्नो अपाङ्ग लोग्नेलाई पालेकी छे । दिनभरि बाग्मतीमा बालुवा चाल्ने काम गर्छे । श्रमशील यस्ती पात्रलाई एउटा भिखारी राती बलात्कार गर्न आउँछ । उसले त्यसलाई कुटोको पासाले भकुर्छे । नारीसङ्घर्षकै अर्को कथा छ साल्गीको बलात्कृत आँसु यसमा ल्वाँगे घर्ती पात्रद्वारा भारतको वेश्यालयमा पु¥याइएकी सिन्धुपाल्चोककी साल्गीको करुण कथा छ । साल्गीलाई आफ्नो ठाउँ र आमाबाबाको मायासँगै ल्वाँगे घर्तीलाई कसैले छिनाइदिए हुन्थ्यो भन्ने भाव जागेको छ । अर्को कथा छ कलिलो अतीत । यसमा कलिलै उमेरमा सानी र ऊ (युवक) पात्र प्रेमबन्धनमा बाँधिन्छन् र गाउँमा बस्न अनुकूल नभएपछि काठमाडौँसहर आएर सानो जागिर खोजेर बस्छन् तरजागिरबाट घर चल्दैन । सानीले विद्यार्थीसँग चामल सापट मागेर खाना बनाउँछे । यसरी गरिबी र वर्गप्रेमको कथा बनेको छ यो । अर्को कथा छ यसरी एउटा नाउँ काटिन्छ  । यस कथाको पात्र बूढोज्यामी (बलबहादुर गोले) कुलीन वर्गको घर बनाउने काममा दिनभरि सिमेन्टी बोक्छ र बेलुका रगत छादेर मर्छ । अरू कामदारहरू ठेकेदारले दिएको भोज खान लाग्छन् । पछि भारतीय ठेकेदारले उसको नाउँ कुल्लीको रजिस्टरबाट काट्छ । 

तेस्रो कथासङ्ग्रह बधशाला जाँदा आउँदाको पहिलो कथा होशोध । यसकी पात्र अमेरिकी समाजशास्त्री मोनिका हड्सन शोधको लागि धादिङका दुई गाविस पुग्छे । त्यहाँ उसले कृष्णबहादुर नाम भएकाश्रेष्ठ, तामाङ, खाती र खड्का पात्रहरूलाई भेट्दा सबैको हालत विपन्न पाउँछे र छक्क पर्छे । अर्की पात्र म (नेपाली) ले गाउँमा प्रधानपञ्च सभापति, ठेकेदार मुखिया, जिमुवाल जस्ता सम्पन्न मान्छे पनि छन् भन्छे । यस सङ्ग्रहको अर्को कथा नाटकको चौथो चरण हो । यसमा नैनबहादुर पात्रले आफ्नी श्रीमतीलाई उपचार गर्न बाह्रबिसेबाट काठमाडौँ ल्याउँछ । वीर हस्पिटलमा उपचार नभएकाले टेकु लैजान्छ । त्यहाँ पनि उपचार हुँदैन । पैसा सकिन्छ । स्वास्नी मर्छे । लास लैजान बस, ट्याक्सीले मान्दैनन् र ऊ लास छोडेर बाह्रबिसेको बसमा चढ्छ र स्वास्नीलाई यो सहरमा सबै मुर्दा रहेछन् तँ सक्ने भए उठेर हिँड् भन्छ । यस्तै अर्को कथा छ शकुन्तलाको चिन्तन । शकुन्तला हाकिमकी अरौटे भएर बसेको पियन हरिप्रकाशकीश्रीमती हो । हाकिम्नीले रातभरि जागेर घर कुर्नुपर्छ भनी कचकच गर्दा ऊ लोग्नेलाई यो घर छोडेर अन्तै बसौँ र लोग्नेले पढेर एसएलसी गर्नू भन्छे । यसरी यी कथाहरूमा प्रगतिवाद उन्मुख प्रवृत्ति मुखरित भएको पाइन्छ । 

५.५ समाजवादी यथार्थवादी प्रवृत्ति
पारिजातका कथाहरूमध्ये एकदमै थोरै कथामा मात्र समाजवादी यथार्थवादी दृष्टि प्रस्तुत भएको पाइन्छ । समाजका यथार्थतालाई वस्तुवादी, ऐतिहासिक र विज्ञान सम्मत दृष्टिले पर्गेल्ने र त्यसलाई मानवीय आवश्यकताअनुरूप उन्नत जीवनमूल्यहरूद्वारा आदर्शीकृत गर्ने चेतना नै समाजवादी यथार्थवादी प्रवृत्ति हो । वस्तुगत यथार्थ चित्रण, पात्र र घटनाहरूको प्रतिनिधीकरण, प्रारूपण, आदर्शीकरण र उदात्तीकरणको बाटो भएर उन्नत मूल्ययुक्त सुन्दर समाजको स्थापनार्थ जुन सौन्दर्यबोधी चेतना हो यो नै समाजवादी यथार्थवादी प्रवृत्तिको आधारशिला हो । पारिजातका कथाहरूका यथार्थवादी, अस्तित्ववादी, विसङ्गतिवादी, अराजकतावादी, प्रगतिवाद उन्मुख जुन प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरूबाट माथि उठेर नवीन मूल्यचेतनासम्म उठेका कथाहरूले नै यस प्रवृत्तिलाई प्रतिनिधित्व गर्दछन् । यस्ता कथाहरूमा पारिजातको तेस्रो कथासङ्ग्रह– साल्गीको बलात्कृत आँसु भित्रका तीन कथाहरू छन् । समाजवादी यथार्थवादी प्रवृत्ति प्रखर रूपमा अभिव्यक्त भएको कथा भने एउटै मात्र छ एक गाउँमा । यसमा समाजसचेत पात्र छे अतिमाया । उसले खिउटेकी आमा अर्की पात्रलाई पनि गाउँको सुरक्षार्थ सङ्गठित गरेकी छे । उसले गाउँको अन्याय, अत्याचार, शोषणदमनका विरुद्ध सङ्घर्ष गर्नुपर्छ, बिलौना गरेर दुःखका गीत गाएर अधिकार पाइन्न भनेर जागरणको शङ्ख फुकेकी छ । सत्तरी वर्षकी बूढी गाउँको सुरक्षार्थ निस्केकी छे । प्रधानपञ्चको शोषणबाट घोचिएकी र कामी जातकी भनेर उपेक्षित भएकी खिउटेकी आमाले त हातमा खुकुरी पनि बोकेकी छ । अतिमायाका तीन भाइ छोराहरूमध्ये जेठो र माहिलो क्रान्तिकारी कार्यमा लागेर भूमिगत भएका र कान्छो जेलमा पुगेको छ । अतिमायामा छोराहरूको क्रान्तिकारी जीवनको छाप परेको छ । गाउँका लोग्नेमान्छेहरू गाउँपारि मोर्चा कसेर बसेकाले प्रतिक्रियावादी पुलिसबाट गाउँ जोगाउन अतिमायाहरू कस्सिएका छन् । अर्को कथा छ प्रतिकूलता । यो महिला सदर जेलभित्रको कथा हो । यहाँ महिला कैदीहरू छन्ः दाजुले भुँडी बोकाएर आएकी र दशवर्षे जेल परेकी मसिनी घर्तिनी, वेश्याका आरोपमा तीन वर्षदेखि थुनिएकी मिट्ठु क्षेत्री, बौलाही कैदीलगायत पियनकी गर्भ तुहाएकी, भर्खर जन्मेको बच्चा मारेर आएकी, मान्छेको मासु खाएर आएकी स्त्री पात्रहरू छन् । यसैगरी जेठाजु काटेर आएकी पात्र स्वयं नाइकेनी छे र नारीमुक्तिका आवाज उठाउँदा जेल परेकी मर्यादा छे । मर्यादाले जेलको अत्याचार डायरीमा नोट गरेकी छे । अर्को कथा छ कुनै गुलाफ ओभानो छैन । यसमा म पात्रले नारीवर्गको मुक्तिको कुरो उठाएको छ । अर्की पात्र इकेवानाले फक्रिसकेको गुलाफमा झुसिल्कीरा बसेको प्रतीकात्मक भाव व्यक्त गरेकी छ । सेतो गुलाफ श्रमजीवीको प्रतीक बनेर आएको छ । यसरी यस सङ्ग्रहका तीन कथाहरूले समाजवादी यथार्थवादी प्रवृत्तिको प्रतिनिधित्व गरेका छन् । 

ख) विशिष्ट वा वैयक्तिक प्रवृत्तिहरू
५.१ अकथात्मकता
पारिजातका दुई कथासङ्ग्रहहरूआदिम देश र सडक र प्रतिभाका केही कथाहरू निबन्ध जस्ता छन् । कथानक नाम मात्रको छ । कथात्मकताभन्दा अनुभूतिको पक्षले ठाउँ ढाकेको छ । कुनै साधारण चिट्ठी, कुनै साधारण संवाद जस्ता मात्र छन् । पात्रहरू पनि म र ऊ रहेका छन् । निजात्मकता, अवस्तुवादिता, अकथात्मकता छाएको छ । आदिम देश, बीसौँ शताब्दीको एक गल्लीमा, सडक र प्रतिभा, यस ठाउँमा, निस्सारतादेखि, विरुद्ध, प्रतीकलगायतका कथाहरूमा अकथात्मकता प्रवृत्ति छाएको छ । डायरीको आठौँ पानालाई त अकथाको पनि अकथा भनिएको पाइन्छ (पाण्डेय, २०५३ : ११२) । 

५.२ बौद्धिक भाषा र चित्रात्मक शैली
पारिजातको परिचयभनेकै झर्झराउँदो शैली हो । यो बौद्धिक र चित्रात्मक किसिमको देखिन्छ । प्रतीक कथाको आरम्भिक अनुच्छेदभित्रको हरफ हेरौँ–“भर्खरै नीला अन्धकार टकटकिँदै भागेर गएको हुनुपर्छ रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर तथा नङ्ग्याएर छाप्रो र धुलेटे सडकलाई । ... यो मैदान हो यहाँ घाम सपाट सुत्छ र सपाट उठ्छ, आँखाअगाडि एउटा पहाड आएर उभिदिनु कविता हो यो ठाउँको (पारिजात, २०५४ ः ६८) । 

५.३ नारीचरित्रकेन्द्री प्रवृत्ति
पारिजातको कथायात्रा नै नारी चरित्रकेन्द्री कथा मैले नजन्माएको छोरो बाट भएको छ । यो नारी मनोविज्ञानमा आधारित कथा हो । यस्तै साग्लीको बलात्कृत आँसु, नैकापे सर्किनीआदि नारी सङ्घर्ष र समस्याकेन्द्री कथा हो । तिउरीको फूल पायरियाको गन्ध र देवल नारी यौनशोषणकेन्द्री कथा हो । एक गाउँमा की अतिमाया, नैकापे सर्किनी की सर्किनी, साल्गीको बलात्कृत आँसु की साल्गी, प्रतिकूलता की मर्यादा, शोध की मोनिका हड्सन, शकुन्तलाको चिन्तन की शकुन्तला, कलिलो अतीतकी सानी, सम्बन्ध की पुन्टेकी आमा, सइसको चिट्ठी की मायालु आदि उल्लेख्य नारीचरित्रहरू हुन् । यसरी नै सङ्घर्षशील तर अति नै पीडा भोगेका नारीहरूमा, साँझ उदास घरको पिँढीकी कमलीकी आमा, विकल्पहीनकी लक्ष्मीपुरे डल्ली, एक गाउँमाकी खिउटेकी आमा आदि हुन् । यसरी नै आफ्नै लाटोपनले दुःख पाएकी वर्षा ऋतुकी कान्छी दनुवार्नी हो । पारिजातले एकदमै सडेका, यौनकुण्ठी नारीहरूको पनि चित्रण गरेकी छिन् । एक उडानकी सोफिया, अप्ठेरो र अभ्यस्त मान्छेकी चमेली, सधैँ जित्नु पर्ने हामी की बेबी, सिमेन्टभित्र एउटा राजबेली की चिम्चा आदि यस्ता पात्र हुन् भने यथार्थसँग टकराएर पलायन भएका पात्रहरूअनिदो र शून्यता की माधू, साइनो ग्य्रानीटको टुक्रासँगकी स्त्रीपात्र आदि रहेका छन् भने लोग्नेमानिसबाट भएको उत्पीडन सहेर त्यतिकै गुम्सिएर रहेका नारी पात्रहरू पनि त्यतिकै छन् । यसरी के महसुस हुन्छ भने पारिजातको वैयक्तिक प्रवृत्ति नारीकेन्द्री भएर प्रकट भएको छ । 

५.४ मनो–चित्रणको प्रवृत्ति
पारिजातका कथाहरूमा मनोचित्रणको प्रवृत्ति पनि रहेको देखिन्छ । मैले नजन्माएको छोरो की युवती,अनिदो र शून्यता की माधू, एक उडान की सोफिया, कलिलो अतीत की सानी, अप्ठेरो र अभ्यस्त मान्छे की चमेली आदि पात्रहरूको मनको विश्लेषण पनि गरिएको छ । 

५.५ यौनकुण्ठा र जीवन विरोधी, मृत्यून्मुखी चेतना
पारिजातका पूर्वाद्र्धकालीन कथाहरूमा यो प्रवृत्ति प्रमुख रूपमा रहेको देखिन्छ । अप्ठेरो र अभ्यस्त मान्छे, बीसौँ शताब्दीको एक गल्लीमा, यस ठाउँमा, एक उडान मा यस्ता प्रवृत्तिहरू व्यक्तिएका छन् । मृत्यून्मुखी प्रवृत्ति बोकेका कथाहरूमा आदिम देश, अनिदोर शून्यता, साइनो ग्य्रानीटको टुक्रासँग, विरुद्ध आदि कथाका मुख्य पात्रहरू यथार्थबाट पलायन भएर मृत्यून्मुखी बनेका छन् । 

५.६ स्वाभिमानी स्वर
पारिजातका कथाहरूमा यो प्रवृत्ति पनि उल्लेख्य रहेको छ । साल्गी, नैकापे सर्किनी, अतिमाया, खिउटेकी आमा, पुन्टेकी आमा, नैनबहादुर, सानी, शकुन्तला, बूढोज्यामी, मेकानिक आदि पात्रहरूमा स्वाभिमान उर्लेको देखिन्छ । 

५.७ विद्रोही चेतना
पारिजातका उत्तराद्र्धकालीन कथाहरूमा मात्र होइन पूर्वाद्र्धकालीन कथामा पनि विद्रोही चेतना प्रकट भएको पाइन्छ । आदिम देश कथासङ्ग्रहको निर्माणको मोडेल समयभित्र कथामा रोलर ड्राइभरले मजदुर केटीहरूको यौनशोषण गर्ने नाइकेलाई रोलरले पेल्नु पर्ने विद्रोही भाव प्रकट गरेको छ । यसैगरी सडक र प्रतिभाकथासङ्ग्रहको वर्कसपभित्रको मेकानिक पात्रले शोषण र अन्याय भइरहे वर्कसपमा आगो लाइदिने कुरा गरेको छ । यसपछि उत्तराद्र्ध कालमा कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु को एक गाउँमा को अतिमाया र खिउटेकी आमा हतियार बोकेर हिँडेका छन् । यसैगरी नैकापे सर्किनीकी सर्किनी पात्रले बलात्कारको चेष्टा गर्ने पात्रलाई कुटोको पासोले दन्काएकी छ । साल्गीको बलात्कृत आँसु की साल्गीले पनि ल्वाँगे घर्तीलाई कसैले छप्काइदिए हुन्थ्यो भन्ने ठानेकी छ । यसैगरी सम्बन्ध कथाकी पुन्टेकी आमा र प्रतिकूल की मर्यादाले पनि विद्रोही चेतना बोकेको देखिन्छ । 
यसरी पारिजातका कथाहरूमा साहित्यिक प्रवृत्तिका साथै वैयक्तिक प्रवृत्तिहरू पनि प्रस्तुत भएका पाइन्छन् । 

६. कमजोरी र प्राप्ति

पारिजातका ४ वटा कथासङ्ग्रहहरूका ४७ वटा कथाहरूमा प्रस्तुत भएका साहित्यिक र वैयक्तिक प्रवृत्तिहरूको अध्ययनपश्चात् के भन्न सकिन्छ भने पारिजातका कथाका कमजोरीहरू पनि छन् तर ती प्राप्तिका तुलनामा त्यति धेरै छैनन् । पारिजातका कथाहरूका कमजोर पक्षको कुरा गर्नेहो भने त्यो उनको अवस्तुगत निवर्गीय चेतना हो । जबसम्म पारिजातका कथाहरूले वस्तुगत वर्गीय चेतनालाई समातेनन्, जबसम्म समाजचेतना प्रकट भएन, त्यतिखेरसम्मका उनका कथाहरू यौनकुण्ठा, विसङ्गति, निस्सारता, निराशा, व्यक्ति अहम्, मृत्युबोधी, जीवनविरोधी चेतना भएका कथाका रूपमा प्रकट भइराखे । यथार्थसित टकराएर उनका कथाको अस्तित्ववादी चेतना पनि मृत्यु चेतनामा परिवर्तन भएको देखिन्छ । समाजका विसङ्गत एवं नकरात्मक पक्षहरूको मात्र चित्रण, वर्णन भएमा उनका कथाहरूले कुनै उच्च मूल्यलाई उठाउन सकेका छैनन् । बरु उनका पात्रहरू पतनको बाटोमा हिँडेका छन् । नारकीय जीवन भोगेका छन् । मानवीय पक्षको कतै नामनिसान पाइँदैन । चिन्तनगत दृष्टिले पारिजातका पूर्वाद्र्धका अकिकांश कथ्यलाई हेर्दा ती जीवनविरोधी देखिन्छन् । कलाका हिसाबले पनि उनले कथाको विधागत सौन्दर्यलाई पक्रिन सकेकी छ्रैनन् । कथामा कथात्मकताभन्दा निजात्मक अनुभूति र भावुक अभिव्यक्तिहरूले ठाउँ पाएका छन् । कथा निबन्धजस्ता लाग्छन् । कथानक नाममात्रको पाइन्छ । भाषा बौद्धिक प्रकारको त छ तर त्यो भाषा कथालाई सुहाउने छैन । लेखकीय प्रवचन नै बढी भएको लेखाइलाई आख्यानको भाषा मानिँदैन । यसरी हेर्दा कथामा कथानक नहुनु, कथावस्तु वस्तुगत नहुनु, आत्मकथन बढी हुनु, कथा किन लेखिएको भन्ने निर्दिष्ट उद्देश्य नहुनु, भावुक कुराहरूको विकीर्ण प्रस्तुति हुनु आदि । पारिजातका पूर्वाद्र्धका कथाहरूका कमजोर पक्षहरू हुन् भने उत्तराद्र्धका कथाहरूमा चौथो कथासङ्ग्रह बधशाला जाँदा आउँदा का कथाहरू यस अघिको तेस्रो कथासङ्ग्रह साल्गीको बलात्कृत आँसु का कथाहरूभन्दा दृष्टिगत र कलागत हिसाबले खस्केको हुनु, कथामा उन्नत मूल्यहरू खस्किनु र परिस्कृत भएर आउनुपर्ने ठाउँमा झन्कथा सिर्जनशक्ति कमजोर हुनुलाई उत्तरार्धका कथाहरूको कमजोरी मान्न सकिन्छ । 

पारिजातका कथासिर्जनाबाट भएका प्राप्तिहरू भने मूल्यवान् रहेका छन् । पारिजातले नेपाली कथालेखनको दिशा नै बदलिदिएकी छिन् । कथासिर्जनाको परम्परामा पारिजातले नयाँ आयाम  थालेकी छिन् । परम्परागत जीवनबाट बाहिर निस्किन खोजेका नारीपात्रहरू यसका उदाहरण हुन् । पारिजातका नारीपात्रहरूले नवचेतना बोकेका छन्, विद्रोही छन्, स्वाभिमानी छन् र क्रान्तिचेत भएका साहसी चरित्रहरू पनि छन् । नैकापे सर्किनी को सर्किनी, साल्गीको बलात्कृत आँसु की साल्गी, एक गाउँमा  की अतिमाया र खिउटेकी आमा, प्रतिकूलता की मर्यादा आदि उच्च मूल्य बोकेका नारीपात्रहरू, यसैगरी वर्कसपभित्र को मेकानिक, नाटकको चौथो चरण को नैनबहादुरलगायतका पुरुष पात्रहरू र तिनले बोकेको जीवनदर्शन र व्यवहारले हामीसबैलाई प्रेरित गर्छन् । ती जीवनवादी छन्, ती वस्तुगत छन्, सामाजिक छन् र ती समाजको लागि खासगरी नयाँ समाजको लागि मूल्यवान् छन् । 

पारिजातको कथा लेखनमा जो फड्काहरूदेखा परे, अवस्तुवादी यौनकुण्ठी, विसङ्गत, अस्तित्वबोधी, मृत्युबोधी, अमानवीय र जीवनविरोधी लेखाइबाट फड्को मारेरजुन जीवनवादी, वस्तुवादी, समाजकेन्द्री, वर्गकेन्द्री, सङ्गतिपूर्ण, मानवीय र कथात्मकता भएका कथासिर्जनाको क्षेत्रमा पारिजात आइन् यो सबभन्दा ठूलो उपलब्धि रहेको छ । यसले नवीनदृष्टि र उच्च कलामूल्यलाई स्थापित गरेको छ जसबाट आउने पिँढीले लामो समयमा चिन्तनगत, कलागत, मार्गनिर्देशन प्राप्त गरिरहने छन् । पारिजातले समस्त शोषित–पीडित उपेक्षित, दलित, जनजाति मधेसी, महिला आदि जनसमूहको न्याय र मुक्तिका लागि विचार र कला दुवैले सिँगारिएका जुन कथाहरू सिर्जना गरेकी छन् ती हाम्रा लागि ठूला प्राप्ति हुन् ।

७. उपसंहार
पारिजात नेपाली साहित्यजगत्की एक शीर्ष स्रष्टा हुन् । कथासाहित्य सिर्जनामा नवीनता थप्ने एक अग्रणी स्रष्टा पनि हुन् । उनले परम्परागत कथालेखनमा जसरी ब्रेकथ्रु ल्याइन त्यसै गरी आफ्ना अस्तित्ववादी विसङ्गतिवादी र अराजक चिन्तनबाट माथि उठेर समाजचिन्तन समातिन् र शोषित–पीडित जनताको पक्षमा उभिइन् । विचार र कला दुवैले सिँगारिएका सिर्जनाहरू पस्किन् । उनी जुनजुन चिन्तन र साहित्यधाराको नजिक पुगिन्, त्यसै अनुसारको उत्कृष्ट लेखन पनि गरिन् । २२ वटा पुस्तकाकार कृतिहरू प्रदान गरेर नेपाली साहित्यभण्डार भरिन् । समाजसेवा, शैक्षिक सेवालगायत राजनीतिक क्षेत्रमा समेत उनको उल्लेख्य योगदान रह्यो ।

पारिजात मिलेनियम स्रष्टामध्येकी एक हस्ती हुन् । उनको गणना देवकोटा र विश्वेश्वरप्रसाद कोइरालापछि तेस्रो स्थानमा मिलेनियम स्रष्टा अध्ययन कर्ताहरूले राखेका छन् । वास्तवमै पारिजातले नेपाली साहित्यको शिखर छोएकी छन् । उनले उपन्यास र कथा मात्र होइन कविता, नाटक र निबन्धमा पनि राष्ट्रिय चर्चा पाएकी छिन् । स्वच्छन्दतावादी धाराको कविता कृतिबाट साहित्ययात्रा आरम्भ गरेकी पारिजातले साहित्यका अनेक मोडहरू पार गरिन् । प्रत्येक मोडमा साहित्यिक कीर्तिमान कायम गर्दै नेपाली साहित्य आकाशमा उज्ज्वल ताराको रूपमा चम्किन पुगिन् । कथायात्रामा उनका जुनजुन मोडहरू देखिए ती उपन्यासका पनि मोडहरू हुन् । उनको साहित्यिक जीवन नै दुई मुख्य मोडहरूमा बाँडिन समेत पुग्यो । कतिपय कृतिहरूमा उनी विवादित पनि भइन् । एउटा छुट्टै धाराबाट अर्को छुट्टै धारासम्म उनले यात्रा गरिन् । उनको लेखाइको शैली अत्यन्त मनोहर रह्यो र सिर्जनाका अन्तर्वस्तुहरू एउटै खालका नभए पनि ती बौद्धिक स्तरका रहँदै आए । ५६ वर्षे जीवनमा ३७ वर्ष निरन्तर गतिशील रूपमा साहित्य साधना गर्दै आएकी पारिजात दार्जिलिङबाट नेपाल आएर नेपाली साहित्यमा नव चेतनाहरू थपिन्, यो हाम्रा लागि उपलब्धिपूर्ण रह्यो । यसरी उनले साहित्यको जुन शिखर छोइन्, जुन स्थान इमान्दारीका साथ सिर्जना गरिन् त्यो प्रेरणादायी रह्यो र रहँदै आएको छ । नेपाली नारीस्रष्टाहरूमध्येकी सगरमाथा पारिजातले नेपाली साहित्यको जुन उचाइ छोइन्, प्रगतिवादी साहित्य धारामा आएर शोषित पीडित जनसमूहका दुःख, वेदना र उन्मुक्तिका जुन कुराहरू गरिन्, त्यो बिर्सिनसक्नु छ । यसर्थ पारिजात हाम्रो गौरव हुन् । हाम्रो मुटुको ढुकढुकी हुन् । 

कृतज्ञता ज्ञापन

पारिजातको २४औं स्मृति दिवसको अवसर पार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित गोष्ठीमा “पारिजातका कथाका प्रवृत्तिहरू” सम्बन्धी कार्यपत्र तयार गरी प्रस्तुत गर्ने अवसर दिनुभएकोमा प्रज्ञा–प्रतिष्ठानका कुलपतिज्यू लगायत सम्पूर्ण प्रज्ञा परिवार र विशेषतः प्राज्ञ मातृका पोखरेल, गद्य÷आख्यान विभागप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । धन्यवाद !

सन्दर्भसामग्री

१. घिमिरे, कृष्णप्रसाद र रामप्रसाद ज्ञवाली, आख्यानकार पारिजात, काठमाडौं : हजुरको पुस्तक संसार, २०५८ । 
२. चापागाईँ, निनु, यथार्थवादी रचना दृष्टि र विवेचना, काठमाडौं : दिल वरदान र महिम चापागाई, २०५१ । 
३. पाण्डे, ताराकान्त (डा.), कला साहित्य भूमिका र मूल्याङ्कन, काठमाडौं : चिन्तन प्रकाशन प्रा.लि., २०५३ । 
४. पाण्डे, भवानीप्रसाद (डा.), पारिजातका उपन्यासमा समाजवादी यथार्थवाद, काठमाडौं : अल्टिमेट मार्केटिङ (प्रा.) लि., २०६४ । 
५. पारिजात, पारिजातका सङ्कलित रचनाहरू– ग्रन्थ ३, सिक्किम : निर्माण प्रकाशन, २०५४ । 
६. पोखरेल, डी.आर., पारिजातको साहित्यिक मूल्याङ्कन, काठमाडौं : भृकुटी एकेडेमिक पब्लिकेसन्स, २०६२ । 
७. पोखरेल, बद्रीविशाल (डा.) पारिजात जीवनी, व्यक्तित्व र कवितायात्रा, सुनसरी : मिथिला पोखरेल, २०६५ । 
८. प्रसाईं, नगेन्द्रराज, पारिजातको जीवनकथा, काठमाडौं : एकता प्रकाशन, २०५७ । 
९. बराल, ऋषिराज, उपन्यासको सौन्दर्यशास्त्र, ललितपुर : साझा प्रकाशन, २०५६ ।
१०. भट्टराई, धनेश्वर (डा.), पारिजात परिचय, चिन्तन र प्रवृत्ति, चितवन : प्रगतिशील लेखक सङ्घ, २०७२ । 
११. वाइवा, सुकन्या, अनुभव पारिजातको कलम सुकन्याको, ललितपुर : साझा प्रकाशन, २०६७ । 
१२. श्रेष्ठ, दयाराम (डा.) र प्रा. मोहनराज शर्मा, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, (आठौँ संस्करण), ललितपुर  साझा प्रकाशन । 
१३. शर्मा, मोहनराज, कथाको विकासप्रक्रिया (ते.सं.), ललितपुर : साझा प्रकाशन, 
२०५८ । 
१४. सुवेदी, राजेन्द्र, सृजन विधाका परिधिमा पारिजात, वाराणसी : भूमिका प्रकाशन, २०५७ । 


(नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंको हीरक जयन्ती एवं सुप्रशिद्ध साहित्यकार पारिजातको २४औं स्मृति दिवसको उपलक्ष्यमा प्रतिष्ठानद्वारा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र २०७४।२।१२)

Monday, May 22, 2017

‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम सम्पन्न।

नेपाल प्रज्ञा - प्रतिष्ठानको हीरक जयन्तीको अवसरमा आयोजित  त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठी अन्र्तगत दोस्रो दिन २०७४ जेठ ७ गतेका दिन प्रज्ञा भवन कमलादीमा सम्पन्न ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्शको प्रतिवेदन

- डा. पुुष्करराज भट्ट


नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्ती त्रिदिवसीय राष्ट्रिय वाङ्मय सङ्गोष्ठीका अवसरमा यही  २०७४ जेठ ७ गतेका दिन दिनको एक बजेबाट प्रज्ञा भवन कमलादीमा ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयक समूूह विमर्श कार्यक्रम सम्पन्न भयो । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख मातृका पोखरेलको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आथित्यमा सम्पन्न भएको सो समारोहमा विमर्शकर्ताका रुपमा नारायण ढकाल, कृष्ण धरावासी, आन्विका गिरी एवम् आहुुति हुुनुुहुुन्थ्यो । सो कार्यक्रमको प्रतिवेदकका रुपमा डा. पुुष्करराज भट्ट रहनुु भएको थियो । विमर्शको सञ्चालन विष्णुु ज्ञवालीले गर्नुुभएको थियो ।

कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले राजनीति र साहित्यको सम्बन्धको बारेमा चर्चा गर्ने क्रममा यस्तो कार्यक्रममा पहिलो पटक सहभागिता जनाएको र यो आफूूलाई परिक्षा दिएजस्तो भएको बताउनुु भयो । उहाँले आयोजकप्रति आभार प्रकट गर्दै आफ्नो आख्यान लेखन नारायण ढकालबाट प्रभावित भएको विचार व्यक्त गर्नुुभयो । उहाँले यो प्रश्न जहिले पनि विवादास्पद रहेको भन्नुुभयो । धरावासीले आफूू वि.पि. कोइरालाबाट प्रभावित रहेको र वि.पि.ले आफूू राजनीतिमा समाजवादी भएपनि साहित्यमा अराजकतावादी भएको भन्ने विचारप्रति आफ्नो समर्थन रहेको अभिमत प्रकट गर्नुुभयो । राजक र अराजक बिच गहिरो सम्बन्ध भएको, राजक कतिबला अराजक पनि हुने सन्दर्भको प्रस्तुुतिका साथै समयले राजक अराजक र अराजक राजक बन्ने विचार राख्नुुभयो । परिवर्तनको आन्दोलन सँधै अराजक हुने गरेको, समय, सन्दर्भ र इतिहासले को राजक र को अराजक भन्ने सीमारेखाको निर्धारण गर्ने गरेको सन्दर्भ प्रस्तुत गर्दै राजनीति साहित्यमा मात्र किन ? राजनीति त हाम्रो दैनिक जीवनमा पनि छ भन्ने मत राख्नुुभयो । उहाँले हामीले हाम्रा घरमा महिलालाई खुुशी नपारेर बाँच्न सक्दैनौं, त्यहाँ पनि राजनीति भएको, आफ्नो स्वार्थका लागि अरुको सहयोग लिनुु राजनीति हो भन्नुुभयो । कोरा राजनीति मात्र राजनीति नहुुने भएकोले यस व्यानरमा लेखिएको जस्तो राजनीति आफूूूले नखोजेको विचार व्यक्त गर्नुुभयो ।
   
यसै सन्दर्भमा नारायण ढकालले समाजमा राजनीति र साहित्यको सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा समकालीनताको मानक के हो ? आफ्नो बुुझाइमा नपरेको बताउनुु भयो । आफूू समालोचक नभएको विचार व्यक्त गर्दै राजनीतिक विषय आख्यान हुुन्छ भन्ने कुुरा सर्वस्विकार्य भइसकेको सन्दर्भको प्रस्तुुति गर्नुुभयो । उहाँले यस सम्बन्धमा गोर्कीका बारेमा राल्फ फक्सको भनाइ मननीय भएको विचार व्यक्त गर्नुुभयो । गोर्कीले तीन क्रान्ति देख्नुुभएको र त्यसको प्रभाव आमा कृतिमा परेको सन्दर्भ सहित उहाँले गोर्कीलाई महान व्यक्तित्वको रुपमा चित्रण गर्नुुभयो । यस सम्बन्धमा चेखबको प्रसंग उल्लेख गर्दै चेखबले सन १८८० पछिको रुसी सत्तासँग अन्र्तविरोध भएपनि आफ्नो सिर्जना नछोडको बताउनुु भयो । ढकालले आफूूलाई यस विमर्शमा बोलाइएता पनि आफूू यसको आधिकारिक व्यक्ति नभएको विचार प्रस्तुुत गर्नुुभयो ।

यसै सन्दर्भमा राजनीति र आख्यानको सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा आन्विका गिरीले राजनीति र साहित्यको सम्बन्ध हुने र हरेक मानिसले राजनीति गर्ने विचार व्यक्त गर्नुुभयो । हरेक मानिसले समाजमा राजनीति हुने र त्यो स्विकार्य, अस्विकार्य भएजस्तै लेखकको पनि प्रतिबद्धता हुने गर्दछ । गिरीले आफू लेखनबाट राजनीति गर्ने गरेको सन्दर्भ प्रस्तुुत गर्दै सत्ताको विरोध गर्ने क्रममा वा सामाजिक यथार्थको उद्घाटनमा राजनीति आउने विचार राख्नुुभयो । लेखनमा राजनीति आउने र यसलाई स्वीकार गर्ने नगर्ने व्यक्ति विशेष वा लेखकको निजी स्वतन्त्रता भएको  र राजनीतिक पक्षधरता लेखनमा अनिवार्य विचार आउने अभिमत प्रकट गर्नुुभयो ।

कार्यक्रम प्रस्तोता विष्णुु ज्ञवालीको ‘आख्यानमा राजनीति कसरी गर्नुुहुुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा नारायण ढकालले गोर्कीको चोर र किसानको कथा प्रस्तुुत गर्नुुभयो । किसान आफूूसँग पैसा नभएर सहर कमाउन गएको र पैसाको अभावमा जमिन्दारकी छोरी विवाह गर्न नपाएको हुुन्छ । यसै सन्दर्भमा चोरसँग भेट भएपछि दुुवैले मिलेर चोरी गरेको, रक्सी खाएको कथाको प्रस्तुुति गर्नुुुभयो । उहाँले किसानले मनमा अपराधभाव पलाएर सबै सम्पति हात पार्न चोरलाई मार्न ठूूलो ढुुङ्गाले चोरको टाउकोमा हानेको, चोरले मर्ने बेलामा मैले तिमीलाई धन कमाउने बाटो बताए पनि तिमीले विश्वासघात गरेको, गएगुुज्रेको मानिस भएको भन्दै मृत्युु हुुनपुुगेको प्रसंग उल्लेख गर्नुुभयो । राजनीति व्यक्तिका महत्वाकांक्षा तथा स्वार्थका जगमा आउने र यो राजनीतिकर्मी मात्र नभएर सामाजिक किसिमले पनि आउने र यसले आख्यानमा भूूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । यसै सन्दर्भमा उहाँले रुसमा मोन्सेविक र बोल्सेविकका बिचको अन्र्तविरोधलाई उदाहरणका रुपमा प्रस्तुुत गर्नुुभयो ।

कृष्ण धरावासीले आफ्नो उपन्यासमा राजनीतिका सन्दर्भको प्रस्तुुति कसरी गर्नुुभएको छ ? भन्ने प्रश्नको उत्तरमा यस व्यानरले सत्ता प्राप्तिको राजनीतिको समर्थन खोजेको सन्दर्भ उल्लेख गर्नुुभयो । उहाँले समाजमा रहेका सडकछाप बालबालिका, अर्धपागल महिला, पेटीमा बस्ने अरुले छादेको खाने मानिसको बारेमा आफूूले लेखेको बताउनुु भयो । राजनीति संगठनले मतदाता मात्र हेर्ने गरेको, समाजबाट अपहेलित, तिरस्कृत, जीवन बाँच्न कठिन भएका नागरिकलाई नचिनेको र यसलाई साहित्यमा पनि स्थान नदिइएको बताउनुु भयो । नेपालका राजनीतिक दलले रत्नपार्कमा बस्ने कोर लागेर औंला झरेका मानिसको बारेमा विचार नगरेको, कसैले धोका दिएर सडकमा अलपत्र भएका दिदीबहिनीको सम्वेदनालाई बुुझ्न नसकेको र उनीहरूको जीवनप्रति सम्वेदनहीनता देखाएको सन्दर्भ प्रस्तुुत गर्नुभयो । धरावासीले राज्यले जनतालाई सडकछाप, अपराधी बनाएको र यस्ता पात्रको चित्रण साहित्यकारले नगरेकोमा चिन्ता व्यक्त गर्नुुभयो । उहाँले भोटरको मात्र वर्ग भएको, सडकमा अलपत्र पारिएका मानिसको वर्ग नभएको, राज्यले भोटर मात्र खोजेको विचार राख्दै आफूूले यस्तै किनारामा पारिएका पात्रको जीवनलाई प्रस्तुत गरेको विचार व्यक्त गर्नुुभयो ।

  आहुुतिले साहित्य र राजनीतिको सम्बन्धका बारेमा चर्चा गर्ने क्रममा वि.पि. कोइरालाले जीवनमा महान झुुठ बोलेको प्रसंग उल्लेख गर्नुुभयो । उहाँले वि.पि. लोकतान्त्रिक आन्दोलनका ठूूला नेता भएको, उहाँलाई आफूूले मानेको भएपनि राजनीति र साहित्यका सन्दर्भमा वि.पि.का विचार आलोचना योग्य भएको अभिमत राख्नुुभयो । वि.पि.ले आख्यानमा राजनीति नै गरेको ठोकुुवा गर्नुुभयो । कृष्ण धरावासीको आफनै खाले विचार भएको र आफूूले त्यसको सम्मान गरेपनि आफ्नो दृष्टिकोण फरक भएको विचार प्रस्तुत गर्नुुभयो । आफ्नो हित खोज्नुु नै राजनीति भएको, जनावरले पनि राजनीति गर्ने गरेको प्रसंग उल्लेख गर्नाका साथै राजनीति जनावरले पनि गर्ने गरेका छ, राजनीतिबाट साहित्य अलग हुुन्छ भन्नुु बकवास मात्र भएको विचार राख्नुुभयो । आहुुतिले हरेक समाज वर्गमा विभाजित भएको, स्वार्थमा विभाजित भएको सन्दर्भको प्रस्तुुतिका साथै आफ्नो लेखनको आधारभूूमि प्रस्तुुत गर्नुुभयो । उहाँले श्रम र उत्पीडित वर्ग वा समूूदायको समृद्धि, मुुक्ति आफ्ना राजनीति भएको विचार राख्नुुभयो । उहाँले महिलालाई पितृसत्ताले दास बनाएको छ, आफू महिला मुुक्त हुुनुुपर्छ भन्ने विचार राख्ने गरेको र समाज व्यवस्थाले तीन हजार वर्षदेखि कलाकार, सफाईका अभियन्तालाई दलित बनाएको पीडाजन्य अनुुभूूतिलाई प्रस्तुुत गर्नुुभयो । उहाँले उपभोक्तावादले साना राष्ट्रलाई ठगेको, लुुटेको विचार राख्दै उनीहरू महान होइनन, लुुटेरा भएको भनेर आक्रोश प्रकट गर्नुुभयो । हरेक राजनीति नेता विदेश गएर फर्कँदा देशको के कति विकास भयो भनेर हेर्नुुपर्ने भएको, कोरियाको विकासको चर्चा हुने गरेपनि उनीहरूले यान्त्रिक भौतिकतालाई मात्र ख्याल गरेको बताउनुु भयो । कोरियाली शासकले नागरिकको एक मात्र छोरा मर्दा शोक मनाउन दिनुु मानवीयता मर्नुु हो । भौतिक विकास मात्र समृद्धि नभएको सन्दर्भको प्रस्तुुतिका साथै समाजवादको राजनीति आफ्नो लेखनमा आएको विचार प्रकट गर्नुुभयो ।

आख्यानमा कस्तो राजनीतिक गरिरहनुु भएको छ ? भन्ने प्रश्नको जवाफमा आन्विका गिरीले यस सम्बन्धमा आफूूले यस पहिलेको प्रश्नमा जवाफ दिइसकेको बताउनुु भयो । आफूूले आफू भन्दा फरक विचारको पनि अध्ययन गर्ने गरेको र यसबाट आफ्नो विचार निर्माणमा बल पुुगेको सन्दर्भ प्रस्तुुत गर्नुुभयो । आफूूले सबै कुुरा बुुझेर आफ्नो दृष्टिकोण प्रस्तुुत गर्ने गरेको बताउनुु भयो । गिरीले आफ्नो विचारमा परिपक्व भएमा फरक विचारले खासै प्रभावित नगर्ने मत  व्यक्त गर्नुुभयो ।

  नारायण ढकाल आख्यानमा गणतन्त्रपछिको राजनीतिको सन्दर्भमा चर्चा गर्ने क्रममा नेपाली कथा चुुटकिला जस्तो हुन पुुगेको प्रसंग उल्लेख गर्नुुभयो । कथामा चुुटकिला लेखिन नहुने कुरामा आफूू दृढ रहेको विचार व्यक्त गर्नुुभयो । राजनीति र साहित्यको सन्दर्भका बारेमा व्यापक बहसको आवश्यकता रहेको, सौन्दर्यशास्त्रले दैनिक राजनीति मात्र नभएर विभिन्न सन्दर्भलाई प्रस्तुुत गर्ने गर्दछ । मार्खेजको सम्बन्ध फिडेल क्रास्ट्रोसँग भएका सन्दर्भ उल्लेख गर्दै तिनै मोर्खेजलाई कोलम्बियामा बामपन्थीले नै र्याक गरेको विचार व्यक्त गर्नुुभयो । उनी वामपन्थी विचारबाट विचलन भएको र संशोधनवादी भएको आरोप लाग्यो । यसको उत्तरमा उनले समाजलाई हेर्ने विविध दृष्टिकोण भएको र कोरा राजनीति बाहेक पनि समाजमा धेरै थोक भएको र त्यसलाई नवीन किसिमले व्यक्त गरिनुुपर्ने विचार राखेको प्रसंग अघि सार्नुुभयो । यसै सन्दर्भमा ढकालले समाजवादप्रति आस्था भएपनि समाजको विविधतालाई चिन्न सक्नुुपर्र्ने विचार राख्नुुभयो । उहाँले साहित्यमा सौन्दर्यको खोजी गर्दा नयाँ कुरा पनि खोज्नुुपर्नै र जडसुुत्रवादबाट मुुक्त हुनुुपर्ने विचार राख्नुुभयो । नेपालको सन्दर्भमा नवीन चिन्तनको आवश्यकता रहेको र यसै अनुुसारको लेखनको अभाव रहेको मत राख्नुुभयो ।

  आन्विका गिरीले समकालीन आख्यानमा देखिएका नयाँ विषयको बारेमा चर्चा गर्ने क्रममा नेपाली समाजमा नयाँ विषय नयाँ मानिसले लेखेको र पुुराना लेखक सुतेको मत राख्नुुभयो । नेपाली साहित्यमा भावुुकताको राजनीति हावी भएको, लेखक मसिहा हुन खोजेको र जनतालाई हामीले तिमीलाई स्वतन्त्रता, समानता र मुुक्ति दियौँ भनेर आफ्नो महानता प्रकट गरिरहेको सन्दर्भ प्रस्तुुत गर्नुुभयो । उहाँले जनतालाई बौद्धिक शुुन्य ठान्ने आफूू अति बौद्धिक बन्न खोज्ने प्रवृत्तिप्रति आलोचना प्रकट गर्नुुभयो । नेपाली आख्यानमा पात्रका जीवनलाई नजिकबाट नहेरेर मसिहाको राजनीति गर्ने प्रवृत्ति विद्यमान रहेकोले यसबाट मुुक्त भएर लेखन अघि आउनुुपर्ने दृष्टिकोण राख्नुुभयो ।

कृष्ण धरावासीले हामी आफ्नो कुुरा मात्र राख्न आएका हैनौं, अरुका कुुरा पनि सुुुन्न आएको प्रसंग उल्लेख गर्नुुभयो । के लाई समकालीन मान्ने बारेमा बहस गर्नुु अघि यस बारेमा स्पष्ट हुनुु आवश्यक भएको विचार राख्नुुभयो । उहाँले मोहनराज शर्माले आधुुनिकता, समकालीन र समसामयिकता भेद छुुटाइसकेको प्रसंग उल्लेख गर्नुुभयो । समकालीनताको सयम निर्धारण विवादको विषय हो । हामी एक्लैले यसको सीमा तोक्न  सक्दैनौं । प्रज्ञाले नै यसको जिम्मा लेओस भनेर मत राख्नुुभयो । उहाँले वि.स. २०४६ पछिको समयपछिको समय समकालीन मान्दा ठीक हुुने विचार राख्नुुभयो । पछिल्ला राजनीतिक परिवर्तनका क्रममा लेखन कुुण्ठित भयो । जनयुुद्ध कालमा कतिपय लेखकले नलेखेर बसे । उनीहरूको लेखनमाथि आक्रमण बढी भयो । नेपाल समाजका विभिन्न कालखण्डमा  समयमा लेखन फरक–फरक किसिमले आयो । नेपाली आख्यानमा वि.स. ०५२–२०६२ र वि.स. २०६२ पछिका अनेकन पक्ष आएका छन् । हत्या हिंसाको विरोधका नाममा आएको लेखनमा पनि जनयुुद्धको कुुरा आएको छ । पछिल्ला कालखण्डमा राजनीतिक अव्यवस्थाले गर्दा समाज पनि विभाजित भएको, जातिय, क्षेत्रीय, लिङ्गका कुरा आएको भेगका कुुरा आएको छ । उहाँले राजनीतिक नेताले समाजलाई सही किसिमले सम्हाल्न नसकेको मत राख्नुुभयो । अब लेखन पनि व्यापार भइसक्यो । लेखन भावुुक नलेखेर के गर्ने ? लेखकले नै लेख्ने हो । निराशा पनि विषय हो । धरावासीले लेखन कार्यमा लेखक निरपेक्ष भएर लेख्नुुपर्छ, आग्रह पालिनुु हुुँदैन भन्ने मत  राख्नुुभयो । उहाँले नेपालका कम्युुनिष्टका नेता सब धनीका छोरा भएको बताउनुु भयो । उहाँले आफूू माक्र्सवादी होइन, यस विमर्शमा आफूू एक जना मात्र गैर माक्र्सवादी बोलाउनु पनि राजनीति भएको विचार राख्नुुभयो । उहाँले राधा उपन्यासप्रति समालोचकले न्याय नगरेको सन्दर्भ प्रस्तुत गर्ने क्रममा राधामा भन्दा ठूूलो राजनीति कुुनै पुुस्तकमा नभएको विचार राख्नुुभयो । उहाँले राधा उपन्यासमा सामूूहिकता र क्रान्तिको कुुरा भएको सन्दर्भ प्रस्तुुत गर्र्दै आफ्नो आस्था सँधै देखाइरहनुु पर्दैन भन्ने विचार राख्नुुभयो । लेखक संकीर्णतमा बाँच्न हुने र उसले  अर्काको पनि लेख्नुुपर्ने विचार राख्नुुभयो । आफूू बाहुन भएकोले बाहुनका कुरा मात्र नलेखेको, अरुका कुुरा पनि लेखेको विचार राख्नुुभयो । 

आहुुतिले समकालीन नेपाली आख्यानको राजनीतिक प्रवृत्तिका सन्दर्भमा सोधिएको प्रश्नको उत्तरमा नेपाली साहित्यमा यथार्थवादी, आलोचनात्मक यथार्थवादी, यथास्थितिवादी एवम् समाजवादी धारा विद्यमान रहेको विचार राख्नुुभयो । उहाँले वि.स. २०६२ पछिको समयमा महिला सम्बन्धी लेखन नआएको विचार राख्नुुभयो । यस समयमा पहिचान बारेको लेखन व्यापक आएको, दलित, जनजातिका विषय आएको उनीहरूले आफ्नो अधिकारको दावी गरेको प्रसंग उल्लेख गर्नुुभयो । यसरी आएका विषय राम्रा नराम्रा जे जस्ता भएपनि यिनले समाजलाई नयाँ विषय भने दिएको विचार राख्नुुभयो । अहिलेका समयको नयाँ विषय भने पहिचान नै हो । उहाँले नारायण ढकालको  लेखनमा राजनीति गर्ने कुुरा सिधा रुपमा आउनुु ठीक होइन भनेको कुरा आपूm सहमत भएको विचार राख्नुुभयो । धरावासीजीका कुरा लेखक मात्र सबथोक हो भन्ने कुुराको आफूूले सम्मान गर्छुु,  आफूू सँधै निदाउने र जागृत पनि हुने गरेको सन्दर्भको प्रस्तुुति गर्दै विचारधाराले राजनीतिलाई गाइड गर्ने अभिमत राख्नुुभयो । हरेक लेखकले राजनीति गरिरहेको हुुन्छ, अबदेखि हामिले सत्य भन्न थाल्नुुपर्छ । नारायण वाग्लेले सबभन्दा सुुन्दर युुद्धविरोधी साहित्य लेख्नुुभयो, त्यो पनि राजनीति हो । नारायण ढकालले दुुर्भिक्षमा सहिदको फोटो फालिदिनुु भयो, यो पनि राजनीति हो । लेखनमा पक्षधरताको राजनीति आइरहन्छ ।

सहभागी श्रोताबाट जिज्ञासा 

नारायण तिवारीले समकालीनताको राजनीति वि.स. २०६२–६३ मात्र आएकोमा प्रश्न उठाउनुु भयो । यसभन्दा पनि नेपाली आख्यानमा राजनीति आएको र यसको बारेमा आफ्ना कृति पिताम र काठमाडौंमा सूूर्यस्नान पढेर हेरिदिनुुपर्ने विचार राख्नुुभयो । रोशन जनकपुुरीले यहाँ विदेशी लेखकको मात्र नाम आएकोमा आपत्ति जनाउँदै नेपाली लेखकको पनि नाम आउनुुपर्ने, धरावासीका पात्रले राजनीति गरेका छन, तर उहाँले आफूूलाई निरपेक्ष भन्नु अनौठो कुरा भएको चिार राख्नुुभयो । उहाँले यस्ता खाले विमर्शमा नेपाली भाषाका लेखकको उदाहरण आउनुपर्ने विचार राख्नुु भयो । त्यस्तै नेपाली भाषा इतर आख्यानको चर्चा नभएको प्रसंग उल्लेख गर्दै यस कार्यक्रमले समग्र नेपाली साहित्यको प्रतिनिधित्व नभएको बताउनुु भयो । उहाँले नेपाली भाषा इतर विभिन्न भाषामा लेखिएका आख्यानको चर्चा खै ? नेपाली भाषाका मात्र लेखक लेखक नभएको विचार व्यक्त गर्नुुभयो । आरसी न्यौपानेले बहस समसामयिक भएको विचार व्यक्त गर्दै यहाँ कतिपय सन्दर्भमा बहस विषयान्तर भएको विचार राख्नुुभयो । उहाँले वैदेशिक हस्तक्षेप विरोधी साहित्य र साहित्यकारलाई प्राथमिकता दिइनुुपर्ने र नेपालका पछिल्ला राजनीतिसँग सम्बन्धित असल साहित्यको खोजी गरिनुुपर्ने मत दृढताका साथ प्रस्तुत गर्नुुभयो ।

विपुल सिजापतिले वेद, पुुराण, महाभारतबाट राजनीति आएको र इतिहासचेतले साहित्यमा राजनीति आउने सन्दर्भ उल्लेख गर्नुुभयो । निश्चित विचार थोपर्नुु मात्र राजनीति नभएको बताउनुु भयो । समाजलाई परिष्कृत गर्ने साहित्य साहित्य भएको र नारामुुखी साहित्यले समाजको प्रतिनिधित्व नगर्ने अभिमत प्रकट गर्नुुभयो । भाग्यशाली अधिकारीले साहित्यमा राजनीति खोज्नुु राजनीतिक पार्टीको पक्षधरता भएको विचार पोख्नुुभयो । गोपाल अश्कले राजनीतिले साहित्यलाई विद्रुुप बनाएको विचार प्रकट गर्नुुभयो । रणेन्द्र बराइलीले बच्चा जन्मेपछि उसले अधिकार खोज्नुु समेत राजनीति भएको विचार राख्नुुभयो । उहाँले साहित्यमा राजनीति नभए समाज पनि अधुुरो हुने मत राख्नुुभयो । धनप्रसाद सुुवेदीले पचासको दशकपछि नेपाली आख्यानमा राजनीति आएको विचार राख्नुुभयो । उहाँले शिर्षक सही भएपनि बहस अल्मलिएकोले भ्रम पैदा भएको दृष्टिकोण राख्नुुभयो । बालाकृष्ण अधिकारीले साहित्यमा राजनीति सापेक्ष हो कि निरपेक्ष भन्ने विषयमा स्पष्ट हुुनुपर्ने विचार राख्नुुभयो । डा. विश्वनाथ भण्डारीले समकालीनको निर्धारक समय कुुन हो ?भन्नुु इमानदारिता भएको विचार राख्दै राधामा पनि राजनीति छ भन्नुु इमान्दारिता भएको र स्खलनमा पनि राजनीति भएको मत प्रस्तुुुत गर्नुुभयो । प्रा. डा. कृष्णप्रसाद घिमिरे विमर्शकर्तालाई तपाँईका कुन पुस्तकमा कलात्मक राजनीति छ ? र नेपाली भाषामा लेखिएका र नेपाली भित्र बोलिने अन्य राष्ट्रिय भाषामा देखिएको कथा, उपन्यासमा कलात्मक राजनीति छ ? स्पष्ट पारिदिन भनेर जिज्ञासा राख्नुुभयो ।

विमर्शकर्ताको जवाफ 

न्विका गिरीले आफ्नो कान्तिपुरमा छापिएको  सिधा मोल कथामा राजनीति प्रष्ट आएको र आफूू आहुुतिको स्खलन उपन्यासबाट प्रभावित भएको विचार पोख्नुुभयो । यस उपन्यासमा आन्दोलन एवम् विचारको स्खलन कति भयानक हुन्छ भन्ने कुुरालाई सही ढंगले देखाएको मत राख्नुुभयो । आहुुतिले नेपालमा नेपाली भूूमि बाहेक अरु केही पनि आफ्नो नभएको विचार राख्नुुभयो । पछिल्ला समयमा नेपाली आख्यानमा नयाँ विषय सन्दर्भले प्रवेश पाएको, पुुराना सन्दर्भ काम नलाग्ने भइसकेको विचार राख्नुु भयो । उहाँले साहित्यमा जुुनसुुकै विषय पनि आउने गरेको, विषयलाई प्रस्तुत गर्ने हरेक लेखकको कला फरक भएको मत प्रस्तुुत गर्नुुभयो । महको लालपुुर्जा सबभन्दा जनविरोधी सिनेमा भएको, सामन्त पीडित र मोही उत्पीडित भनेर देखाएको प्रसंग उल्लेख गर्नुुभयो । उहाँले नेपाली भाषा इतर साहित्यमा पनि जनजाति र भेगका कुुरा आएको प्रसंग उल्लेख गर्नुुभयो । आहुुतिले सिमान्तकृत जाति जनजातिको पहिचानको मुुद्दालाई दावीका साथ आएको उठाएको समय यही भएको विचार राख्नुुभयो । वामपन्थीले जनताका कुरा सशक्त ढंगले राखेको, संग्रौला, पारिजातका लेखनमा समाजका कुुरा आएको र अरुले पनि आफ्ना कुरा राखेको प्रसंग उल्लेख गर्नुुभयो । उहाँले   प्रगतिवादी साहित्यकारले कलामा समेत मेहनत गरेको बताउनुु भयो । 
कृष्ण धरावासीले आफूू लेख्दा ध्यानस्थ नै हुने गरेको प्रसंग उल्लेख गर्नुुभयो । यो आफ्नो कमजोरी भने पनि विशेषता भने पनि यही नै हो । पानीको कुनै रंग हुुँदैन, उसले अरु रंगलाई लिन सक्नुुपर्दछ । आफूू पुुरुष भएको आफूूले जति निरेपेक्षताका कुरा गरेपनि पुुरुष नै हुने गरेको प्रसंग जोडनुुभयो । उहाँले जातीयता समाजले निर्धारण गरेको बताउनुुभयो । उहाँले आफूूले लेख्न बस्दा आफ्नो मात्र धारणा खन्ँयाइरहँदा कसैले पनि नपढने भएकोले एकपक्षीय लेखन ठीक नभएको विचार राख्नुुभयो । पाठक एक पक्षको मात्र हुुँदा साहित्य उभाँे नलाग्ने विचार प्रकट गर्नुुभयो । उहाँले आपूूmले लेखेको साहित्य उपभोक्ताले कसरी ग्रहण गर्ने भन्ने विषय पनि ख्याल गर्नुुपर्ने, आफूूले एकपक्षीय लेखेर आफ्नो साहित्य सबैले नपढेकोमा गुुनासो गर्नुुको कुुनै अर्थ नभएको विचार पोख्नुुभयो । हाम्रो साहित्य अरुले पढदैन भनेर गुुनासो किन नगर्ने ?  लेखक आग्रह मुुक्त हुनुुपर्ने र लेखन पनि सत्तापक्ष हुन्छ, इतिहास नै सत्ता पक्षको भएको विचार राख्नुुभयो । उहाँले असल लेखक सँधै प्रतिपक्षमा हुनुुपर्ने विचारका साथै सत्ताको सापेक्षमा लेखेर साहित्य बिग्रेको बताउनुुभयो । आफ्नो झोला उपन्यासमा १०० वर्ष पुुरानो विषय उल्लेख गरेको, कथाको अन्त्य हुुँदा महान व्यक्तिको ठाउँमा चन्द्रशमशेरको फोटो राखेर राखेको र यसलाई मानिसहरूले विभिन्न किसिमले बुुझेको प्रसंग उल्लेख गर्नुुभयो । 
नारायण ढकालले नेपाली कथा परम्परा बाहिरबाट आएको, उहाँले कथाको इतिहास सय वर्ष जति भएको विचार राख्नुुभयो । ढकालले चुुटकिला कथा नभएको र कथा कथा हुुनुुपर्ने, आपूmले सदैव आफ्ना रचनामा परिमार्जन खोजिरहने र राम्रो लेख्ने प्रयासमा लागिरहने मत प्रकट गर्नुुभयो ।

समापन मन्तव्य

कार्यक्रमका सभाध्यक्ष मातृका पोखरेलले कार्यक्रम सार्थक भएको विचार राख्नुुभयो । उहाँले कार्यक्रम राखेपछि समकालीनताको निर्धारकका बारेमा समस्या आएको र यसमा विमर्शकर्तालाई आफ्नै किसिमले विचार राख्न भनिएको प्रसंग उल्लेख गर्नुुभयो । पोखरेलले राजनीतिका कुरा चुनावी राजनीति मात्र नभएर विचार र दृष्टिकोणको गहिरो फलक भएको मत राख्नाका साथै आजको कार्यक्रम सफल भएकोमा खुुशी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद समेत दिनुुभयो ।


























































































































================================




साहित्य कि राजनीति ?

राष्ट्रिय वाङ्मय संगोष्ठी



जेष्ठ ८, २०७४- पछिल्लो समय युवापुस्ताले रुचाएको विधा हो– आख्यान । नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय वाङ्मय संगोष्ठीको दोस्रो दिन आइतबार नेपाली आख्यान लेखनमा चर्चित स्रष्टा नारायण ढकाल, कृष्ण धरावासी, साहित्यकार आहुति र आन्विका गिरीले ‘समकालीन नेपाली आख्यानमा राजनीति’ विषयमाथि छलफल गरे । 

धरावासीलाई ‘अरूलाई पक्षमा लिनु र आफूअनुकूल निर्णय गराउनु नै राजनीति हो’ भन्ने लाग्छ । कुनै राजनीतिक दललाई सत्तामा पुर्‍याउन नभई जनसाधारणका समस्याहरू साहित्यमा उतार्नुपर्ने उनको तर्क थियो । ‘म राजनीतिक दल र सरकारले नदेखेका र नउठाएका मानिसहरूका कुरालाई उठाउने कोसिस गर्छु,’ उनले भने, ‘आफ्नो विचार त सबैले लेख्छ । तर लेखकले निरक्षर, लेख्नै नजान्नेका कुराहरू लेखिदिनुुपर्छ । उनीहरू आफैं लेख्न सक्ने दिन हामी रिटायर्ड हुन्छौं ।’ जनहितका लागि लेखकले आफ्नो आस्थाविरुद्ध नै लेख्न पनि सक्नुपर्ने उनले सुनाए । 

आधिकारिक रूपमै ‘नेपाली साहित्यमा राजनीति छ’ भन्न नसके पनि लेखकहरू व्यक्तिगत रूपमा कुनै न कुनै राजनीतिक विचारको निकट रहने ढकालले बताए । ‘मेरो लेखनमा राजनीति बढी आयो भनेर धेरैले कमेन्ट गर्छन्,’ उनले भने, ‘खासमा सबैको लेखनमा राजनीति छ । कलात्मक ढंगले लेखेकोले थाहा नभएको मात्रै हो ।’ समग्रमा नेपाली साहित्य राजनीतिबाट अलग नभएको उनले सुनाए । 

हरेक मान्छेले राजनीति गर्ने आन्विकाले दाबी गरिन् । ‘कसैले साहित्य रचना गर्दा कुनै पक्षको पक्षधरताकै रूपमा लेख्छ । कसैले स्विकार्छन् र कसैले नस्विकार्नेमा मात्रै भिन्नता हो । म पनि लेखनबाट राजनीति गर्छु,’ उनले भनिन् । गरिबको पक्षमा, सत्ताको विरोध गर्ने काम लेखनबाटै हुने भएकाले यो राजनीतिकै एउटा पाटो भएको उनले सुनाइन् । 

राजनीतिबाट आख्यान अलग हुनुपर्छ भन्ने कुरा सम्भव नभएको आहुतिले दाबी गरे । ‘अहिले राजनीति नगर्ने मान्छे पछाडि पर्छ,’ उनले भने, ‘अहिले संसारमा भौतिक विकासले मानवीयता मर्दै छ । म त्यसबारे आख्यान लेख्न चाहन्छु ।’ आख्यानले श्रम र उत्पीडित र शोषित वर्गको समृद्धि, मुक्ति र खुसी फर्काउनुपर्छ भन्ने उनको मान्यता छ । २०६२ पछि जातीय पहिचानबारे बढी साहित्य लेखिन थालेको उनले सुनाए । 

आइतबारै ‘समकालीन नेपाली कवितामा समाज’ विषयको संगोष्ठीमा कवि तथा गीतकार दिनेश अधिकारीले कवितामा समाजको तस्बिर प्रतिबिम्बन हुनुपर्नेमा जोड दिए । समाजदेखि अलग गर्न नसकिने भएकाले नेपाली कविताले जातीय, लैंगिक, वर्गीय समस्याहरूबारे अभिव्यक्ति दिने कवि श्यामलले सुनाए । अहिलेको नेपाली कविता समाजसँग गहिरोसँग जोडिएको भन्दै प्रा.डा ताराकान्त पाण्डेयले अहिलेका कविताहरू पहिले जस्ता रहस्यमय र अमूर्त नभई मूर्त भएको बताए । कविले यस्तै गरी अभिव्यक्ति दिनुपर्छ भन्ने नभएको मनु मञ्जिलको तर्क थियो । ‘कविता कविताजस्तो हुनुपर्छ,’ उनले भने, ‘ती कविताले सामाजिक सरोकार व्यक्त गर्नुपर्‍यो ।’ प्रतिष्ठानका कविता विभाग प्रमुख डा. अमर गिरीले नेपाली कविताहरूबारे हुने यस्ता बहसहरूले नेपाली कवितालाई प्रभावशाली बनाउने र समाज रूपान्तरणको भूमिका खेल्नुपर्नेमा जोड दिए । 

आइतबार ‘समालोचनामा ‘म’ को उपस्थिति : कति सान्दर्भिक कति असान्दर्भिक’, ‘अनुवादक परिचय कोश : परिकल्पना, निर्माण प्रक्रिया र चुनौती’, नेपालका विभिन्न भाषिक समुदायमा लोकवार्ताको अध्ययन परम्परा र चुनौती’ र ‘नेपालमा बाल साहित्य : हिजो, आज र भोलि’ विषयमा छलफल भयो । 

 http://kantipur.ekantipur.com बाट साभार 
प्रकाशित: जेष्ठ ८, २०७४