सुझाव र छलफलका निम्ति
नेपाल प्रज्ञाप्रतिष्ठान
(लेखक/साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि -२०७३)
प्रस्तावना :
साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरु राष्ट्रका निधि हुन । यिनीहरुले साहित्यका माध्यमबाट जीवन र जगतलाई केलाउँदै सफल जीवन जिवउनका लागि मार्गनिर्दिष्ट गर्छन । यसर्थ नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्र लगायतका क्षेत्रका लेखक, साहित्यकार, अनुसन्धान कर्ताहरुलाई उनीहरुले तत्तत् क्षेत्रमा रहेर राष्ट्रलाई पु¥याएकोे योगदानको समुचित कदर गर्न यस्ता साहित्यकार तथा स्रष्टाहरुलाई परिचय पत्र प्रदान गरी सम्मान गर्न वाञ्छनीय देखिएकाले नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरुमा समेत यो कार्यविधि लागु हुने गरी नेपाल प्रज्ञाप्रतिष्ठान नियमावली २०६७ को परिच्छेद १२ को नियम दफा ५५ अनुसार साहित्यकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७३ बनाइएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ :
(क) यस कार्यविधिको नाम साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७३ रहेको छ ।
(ख) यो कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत भएपछि प्रारम्भ हुने छ ।
२. परिभाषाः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा -
(क) लेखक/साहित्यकार’ भन्नाले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रमा आबद्ध स्रष्टाहरु र ती विषयहरुका अनुसन्धानकर्ताकहरु समेत सम्झनु पर्छ ।
(ख) ‘प्रतिष्ठान’ भन्नाले नेपाल प्रज्ञाप्रतिष्ठान सम्झनु पर्छ ।
(ग) ‘परिचय पत्र’ भन्नाले यस कार्यविधि अनुसार वितरित साहित्यकार परिचय पत्र सम्झनु पर्छ ।
(घ) ‘कार्यविधि’ भन्नाले लेखक÷साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७३
(ङ) ‘समिति’ भन्नाले साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७३ अनुसार गठित समिति सम्झनु पर्छ ।
(च) ‘संयोजक’ भन्नाले लेखक÷ साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि- २०७३ का संयोजक सम्झनु पर्छ ।
(छ) सदस्य’ भन्नाले लेखक÷साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि -२०७३ का सदस्य सम्झनु पर्छ ।
३. उद्देश्यः यस कार्यविधिको उद्देश्य देहाय बमोजिम रहेको छ :
(क) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्र मार्फत राष्ट्रमा पु¥याएको योगदानको कदर स्वरूप साहित्यकार परिचय पत्र वितरण गर्न ।
(ख) भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लेखन तथा अनुसन्धान मार्फत समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान गराएवापत कदर गर्ने ।
(ग) भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शन क्षेत्रमा पु¥याएका योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवं सुविधा उपलब्ध गराउन सिफारिस गर्ने ।
४. लेखक/साहित्यकार परिचय पत्र वितरणमा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
(क) लेखक/साहित्यकारहरुको विवरण अद्यावधिक गर्ने ।
(ख) सिफारिस समितिको सिफारिसको आधारमा साहित्यकारहरुको श्रेणी वर्गीकरण सहित परिचय पत्र जारी गर्ने र नवीकरण गर्ने ।
(ग) समितिको कामकारबाईप्रति उल्लिखित क्षेत्रका लेखक साहित्यकार तथा अनुसन्धानकर्ताबाट आएका गुनासो सुन्ने ।
(घ) परिचय पत्रको दुरुपयोग भएको पाइएमा जाँचबुझ गरी त्यस्तो परिचय पत्र खारेज गर्ने ।
(ङ) परिचय पत्र प्राप्त साहित्यकारहरुलाई विरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरुबाट प्राप्त हुन सक्ने सहुलिएत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने
(च) परिचय पत्र प्राप्त साहित्यकारहरुलाई मरणोपरान्त राष्ट्रिय सम्मानको लागि मन्त्रालय समक्ष सिफारिस गर्ने ।
(च) परिचय पत्र वितरण सम्बन्धी अन्य कामहरु गर्ने ।
५. लेखक / साहित्यकारहरुको वर्गीकरण साहित्यकारहरुको वर्गीकरण विधागत रूपमा देहाय बमोजिम गरिने छ :
(क) भाषा
(ख) साहित्य
(ग) सामाजिक शास्त्र
(घ) संस्कृति
(ङ) दर्शन
६. परिचय पत्रको श्रेणी :
(क) विशिष्ट लेखक/साहित्यकार
(ख) लेखक/साहित्यकार
७. परिचय पत्र वितरणका न्यूनतम मापदण्डहरुः परिचय पत्र वितरणका मापदण्डहरु बर्गीकृत बमोजिम श्रेणीका लागि देहाय बमोजिम हुनेः–
(१) (क) विशिष्ट लेखक/साहित्यकारः
भाषा, साहित्य, संस्कृति, समाज शास्त्र, दर्शनहरुमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरुले कम्तीमा ४० वर्ष निरन्तर रुपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रुपमा परिचय पत्र प्रदान गरिने छ ।
(ख) लेखक/साहित्यकारः
४० वर्ष भन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहिरुत्यकारहरुलाई लेखक÷ साहित्यकारका रुपमा परिचय पत्र प्रदान गरिने छ ।
८. परिचय पत्रको लागि दरखास्त दिनु पर्नेः
परिचय पत्र लिन चाहने लेखक÷साहित्यकारहरुले आप्mनो पहिलो कृति सहित अनुसूचि १ बमोजिमको ढाँचामा संस्कृति मन्त्रालयमा वा मन्त्रालयले तोकेको निकायमा दरखास्त दिनुपर्ने छ ।
९ परिचय पत्र सिफारिस समितिः
(१) परिचय पत्र वितरण गर्ने प्रयोजनको लागि सिफारिस गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानमा देहाय बमोजिम एक परिचय पत्र सिफारिस समिति गठन हुने छ ।
(क) नेपाल प्रज्ञा–प्रतिष्ठानले तोकेको प्राज्ञ परिषद् सदस्य – संयोजक
(ख) नेपाल प्रज्ञा–प्रतिष्ठानले तोकेको महिला सहितको तीन जना विज्ञ–सदस्य
(ग) नेपाल सरकार, संस्कृति मन्त्रालय संस्कृति महाशाखाका प्रमुख–सदस्य
(घ) मातृभाषीहरुमध्येका विज्ञ एक जना –सदस्य
(ङ) नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख –सदस्य–सचिव
(२) उपनियम १ को खण्ड (ग) बमोजिमको सदस्यहरुको पदावधि ४ वर्षको हुने छ ।
(३) प्रतिष्ठानले आवश्यक ठानेमा सम्बन्धित विषयका विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्ने छ ।
१० परिचय पत्र प्रदान गर्ने निकायः
(क) नेपाल सरकार,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा निजले अख्तियारी दिएको निकाय ।
(ख) परिचय पत्र दिने नदिने बारे अन्तिम निर्णय परिचय पत्र प्रदान गर्ने निकायले गर्ने छ ।
११. परिचय पत्र सिफारिस समितिको काम, कर्तव्य र अधिकारः
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ :
(क) लेखक/साहित्यकारहरुले परिचय पत्रका लागि अनुसूची १ बमोजिम भरेको फाराम एवं व्यक्तिगत विवरण अध्ययन गरी नियम ८ तोकिएको न्यूनतम आधार र मापदण्डका अतिरिक्त साहित्यकारहरुको वर्गीकरणको आधारमा निवेदकको योगदान र लोकप्रियता तथा अन्य वस्तुगत आधारमा श्रेणी सहित परिचय पत्रको लागि सिफरिस गर्ने ।
(ख) लेखक/साहित्यिक क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरुको विवरण माग गर्ने र सोको सङ्कल गर्ने, र उक्त विवरण रुजु गरी अद्यावधिक गर्नेे ।
(ग) परिचय पत्र वितरणका सम्बन्धमा प्राप्त जनगुनासोहरु तथा सुझाबहरु सङ्कलन गर्ने ।
(घ) परिचय पत्र दुरुपयोग भएको पाइएमा आवश्यक जाँचबुझ गरी परिचय पत्र प्रदान गर्ने निकाय समक्ष सिफारिश गर्ने ।
(ङ) साहित्यकारहरुको विवरण अद्यावधिक गर्ने ।
(च) समितिको बैठक वसम्बन्धी कार्यविधि प्रतिष्ठानले निर्धारण गरेबमोजिम हुनेछ ।
१२ परिचय पत्र बहाल रहने अवधिः
परिचय पत्रको अवधि देहाय बमोजिम श्रेणीका लागि देहाय बमोजिम हुनेछ :
(क) विशिष्ट लेखक/साहित्यकारः यस श्रेणीको परिचय पत्रको समयावधि तोकिने छैन ।
(ख) लेखक÷साहित्यकारः यस श्रेणीको परिचय पत्र जारी भएको मितिले ५ वर्षको हुने छ ।
१३. परिचय पत्रको नवीकरणः
नियम १२ (ख)मा उल्लेखित म्याद समाप्त भएको मितिले ३५ दिनभित्र सिफारिस समिति समक्ष नवीकरणका लागि निवेदन दिनुपर्ने छ र मितिको सिफारिसमा परिचय पत्र प्रदान गर्ने निकायले नवीकरण गर्न सक्ने छ ।
१४. परिचय पत्र रद्द हुन सक्ने :
देहाय बमोजिमका आधारमा परिचय पत्र रद्द गर्न समितिले प्रतिष्ठान समक्ष सिफारिस गर्न सक्ने छ ।
(क) विशिष्ट श्रेणीको लेखक/साहित्यकार परिचय पत्र वाहेक लेखक÷साहित्यकार परिचय पत्र प्राप्त गर्ने व्यक्ति लेखक÷साहित्यिक कर्ममा निष्क्रिय रहेको पाइएमा ।
(ख) परिचय पत्र अन्य व्यक्तिलाई प्रयोग गर्न दिएमा वा अन्य व्यक्तिले प्रयोग गरेको पाइएमा ।
(ग) परिचय पत्रको दुरुपयोग भएमा ।
(घ) परिचय पत्र वाहकको मृत्यु भएमा ।
(ङ) परिचय पत्र वाहक नैतिक पतन देखिने कसुरमा संलग्न भएमा ।
१५. जानकारी दिनुपर्ने :
परिचय पत्र प्राप्त व्यक्तिले परिचय पत्र हराएमा वा काम नलाग्ने गरी च्यातिएमा वा झुत्रो भएमा सोको लिखित जानकारी यथाशीघ्र समितिमा जानकारी गराउनु पर्ने छ ।
१६. परिचय पत्रको प्रयोग :
परिचय पत्र प्राप्त व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएका सर्वाजनिक निकाय वा अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधाहरुमा कानुनबमोजिम परिचय पत्रको प्रयोग गर्न पाउने छन् ।
१७. परिचाय पत्रको प्रयोगमा समन्वयः
(क) परिचय पत्र प्राप्त व्यक्तिले विभिन्न कानुनमा भएको व्यवस्था अनुसार परिचय पत्रको प्रयोग गर्न पाउने छन् ।
(ख) परिचय पत्र प्राप्त व्यक्तिले नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएका सार्वजनिक निकाय वा अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधाहरुमा कानुन बमोजिम परिचय पत्रको प्रयोग गर्न पाउने छन् ।
१८. परिचय पत्र जारी गर्नेः
प्रतिष्ठानको निर्णयानुसार देहाय बमोजिम श्रेणीगत आधारमा फरक फरक लेखक ÷साहित्यकारहरुको परिचय पत्र अनुसूची २ को ढाँचामा प्रतिष्ठानले जारी गर्ने छ ।
(क) विशिष्ट श्रेणीको परिचय पत्र रातो रङगको हुने छ ।
(ख) लेखक÷साहित्यकारहरुको परिचय पत्र निलो रङको हुने छ ।
१९. कागजात माग गर्न सक्नेः
साहित्य एवं अन्य क्षेत्रका साहित्यकारहरुको विवरण र मापदण्डहरुका सम्बन्धमा आवश्यक पर्ने प्रमाणित कागजातहरु सरोकारवाला सङ्घ, संस्था र आधिकारिक निकायसँग प्रतिष्ठानले माग गर्न सक्ने छ ।
२०. परिचय पत्र वितरणमा पारदर्शिताः
विभिन्न श्रेणीको परिचय पत्र वितरणको विवरण प्रतिष्ठानले आफ्नो वेवसाइटमा राख्नु पर्ने छ ।
२१. कार्यविधिको व्याख्या र संशोधनः
(क) यस कार्यविधिको व्याख्या गर्ने अधिकार परिचय पत्र प्रदान गर्ने निकायमानिहित रहने छ ।
(ख) मन्त्रालयको स्वीकृति लिएर प्रतिष्ठानले कार्यविधि संशोधन गर्न सक्ने छ ।
अनुसूची १
(दफा ८ संग सम्बन्धित)
लेखक/साहित्यकारहरुले परिचयपत्र प्राप्त गर्नका लागि दिइने दरखास्तको ढाँचा
श्री नेपाल प्रज्ञाप्रतिष्ठान
विषयः साहित्यकारहरु परिचय पत्र पाऊँ भन्ने बारे ।
लेखक/साहित्यकार परिचय पत्र पाउनको लागि देहायका कुराहरु खुलाई दरखास्त गरेको छु ।
१ दरखास्तवालाको नाम
२ स्थायी ठेगाना
३ अस्थायी ठेगाना
४ नागरिकता नं. जारी गरेको जिल्ला
५ सम्पर्क नं.
(क) मोबाइलः
(ख) फोनः
(ग) ईमेल ठेगाना
६ साहित्यिक कर्ममा सुरु प्रवेश मिति
७ परिचय पत्र लिन चाहेको विधा कुनै एक उल्लेख गर्ने ।
(क) भाषा
(ख) साहित्य
(ग) संस्कृति
(घ) समाज शास्त्र
(ङ) दर्शन
८. साहित्य क्षेत्रमा संलग्न रहेको अवधि ।
९. साहित्य क्षेत्रमा पु¥याएको योगदान र प्राप्त उपलब्धि
१० साहित्य क्षेत्रमा लाग्नुको मूल उद्देश्य
११ प्राप्त पुरस्कार तथा सम्मानको विवरण यस पानाको पछाडितर्फ उल्लेख गर्न सकिने छ ।
२२ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरुः
(क) नेपाली नागरिकताको छायाँप्रति ।
(ख) लेखक ÷साहित्य क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार, आदिको छायाँप्रति।
(ग) व्यक्तिगत विवरण ।
(घ) हालसालै खिचिएको पासपोर्ट साइजको रङ्गीन फोटो २ प्रति ।
(ङ) सम्बन्धित संङ्घ÷संस्थाको सिफारिस पत्र । ( विशिष्ट श्रेणीको परिचय पत्रको लागि नपर्ने)
दरखास्तवालको नाम .. . . . . . . . . .. . . . . . . . . . . . . . .
दरखास्तवालाको दस्तखत. . . . . . . . . . . . . . . . .. . .. . . .
मिति. .. . . . . . . . . . . . . .
अनुसूची-२
( दफा १७ संग सम्बन्धित)
लेखक/साहित्यकार परिचय पत्रको ढाँचाः
नेपाल सरकार
साहित्यकार परिचय पत्र
नामः फोटो टाँस गर्ने
विधाः
श्रेणीः
नागरिकता प्र.प.नं., जारी मिति र जिल्लाः
परिचय पत्र बहाल रहने अन्तिम मितिः
परिचय पत्र बाहकको दस्तखतः प्रमाणित गर्नेको दस्तखत
(अंङ्ग्रेजीमा पछाडितर्फ)
Government
of Nepal
Nepal
Academy
Name photo
Category
Class
Citizenship
No.......... and District
Isuue÷date
Expiry
Date
Signature
of Card Beare
Approved
by Sgnature of Aauthority
==========================================
सम्बन्धित समाचार
नेपाल प्रज्ञा–प्रतिष्ठानलाई बक्रदृष्टिले हेर्नेहरूका जमात नरहेको होइन । नेपाली भाषा, साहित्यको सेवा र श्रीवृद्धिका निम्ति स्थापित प्रज्ञा–प्रतिष्ठान सिंगो पञ्चायतकालभरि दरबारका भाट र स्तुति–लेखकहरूको अखडा बनेको यथार्थ रहँदारहँदै बहुदल र गणतन्त्र आएपछि सत्तारूढ दलहरूसँग निकट रहेका सर्जकहरूको अखडा बन्नबाट जोगिन सकेन । अरू क्षेत्रमा जस्तै प्रज्ञा–प्रतिष्ठानमा पनि राजनीतिक भागबन्डाका आधारमा प्राज्ञहरू नियुक्त हुने चलन नै बसिसक्यो । अझ, राजनीतिक भागबन्डाकै आधारमा गठन भएका सोही प्रकृतिका अरू दुई प्रज्ञा–प्रतिष्ठानमध्ये नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा त यतिबेला चरम विवाद उत्पन्न भएको छ । सो प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू दुई कित्तामा विभाजित भएर एकअर्काप्रति दोषारोषण गर्ने कार्यलाई मलजल गरिरहेका छन् ।
करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति भने निजी प्रयत्नबाट स्थापित अरू साहित्यिक संघ÷संस्थाहरूले बेलाबखत असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । राज्यको ढुकुटी खन्याउँदा पनि प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य र सिंगो वाङ्मयको क्षेत्रमा आशातीत कार्य गर्न सकेन भन्ने गुनासो बेलाबखत उठ्ने गर्दछ । यो स्वाभाविक पनि हो । सीमित बजेटबाट चल्दै आइरहेको प्रज्ञा–प्रतिष्ठानले असल र कामकाजी नेतृत्व पाउँदा नेपाली वाङ्मयलाई चुल्याउने केही उत्कृष्ट र सम्झनलायक कामहरू भने नगरेको होइन । तर, कहिलेकाही निजी साहित्यिक संस्थाहरूले नेपाली भाषा–साहित्यको विकास र स्तरवृद्धिमा अब्बल काम गर्दा भने प्रज्ञा–प्रतिष्ठान किन सेलाइरहेको छ भन्ने प्रश्नचाहिँ निश्चित रूपमा उठ्ने गर्दो रहेछ ।
प्रज्ञा–प्रतिष्ठानप्रति भाषा, साहित्यका सेवकहरूले बेलाबेलामा गुनासाका चाङहरू लगाउने गरे पनि अहिले भने प्रज्ञा–प्रतिष्ठानले एउटा प्रशंसनीय कार्य गर्न तत्परता देखाएको छ । त्यो हो, साहित्यकार परिचय–पत्र लागू गर्ने तयारी, जसका निम्ति प्रज्ञा–प्रतिष्ठानले एउटा कार्यविधि नै तयार पारेर अहिले सुझाव बटुल्ने क्रममा रहेको छ । सम्भवतः केही वर्षभित्र नै साहित्य साधनामा निरन्तर लागिरहेका स्रष्टाहरूलाई राज्यले साहित्यकारको परिचय–पत्र उपलब्ध गराउनुका साथै राज्यबाट सेवा–सुविधासमेत प्राप्त हुने अपेक्षा सँगाल्न सकिन्छ ।
कार्यविधिमा स्पष्ट रूपमा लेखिएको छ, ‘साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरू राष्ट्रका निधि हुन् । यिनीहरूले साहित्यका माध्यमबाट जीवन र जगत्लाई केलाउँदै सफल जीवन जिउनका लागि मार्गनिर्दिष्ट गर्छन् । यसर्थ, नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रलगायतका क्षेत्रका लेखक, साहित्यकार, अनुसन्धानकर्ताहरूलाई उनीहरूले तत्तत् क्षेत्रमा रहेर राष्ट्रलाई पु¥याएकोे योगदानको समुचित कदर गर्न यस्ता साहित्यकार तथा स्रष्टाहरूलाई परिचय–पत्र प्रदान गरी सम्मान गर्न वाञ्छनीय देखिएकाले नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरूमा समेत यो कार्यविधि लागू हुने गरी नेपाल प्रज्ञा–प्रतिष्ठान नियमावली २०६७ को परिच्छेद १२ को नियम दफा ५५ अनुसार साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी कार्यविधि २०७३ बनाइएको छ ।’ प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिले अहिले यो कामलाई तीव्रता दिइरहेको छ ।
लेखक–साहित्यकारहरूलाई परिचय–पत्र दिलाउनुका उद्देश्यहरूमा क्रमशः भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रमार्फत राष्ट्रमा पु¥याएको योगदानको कदरस्वरूप साहित्यकार परिचयपत्र वितरण गर्न, भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लेखन तथा अनुसन्धानमार्फत समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान गराएबापत कदर गर्ने, भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शन क्षेत्रमा पु¥याएका योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवं सुविधा उपलब्ध गराउन सिफारिस गर्ने, लेखक र साहित्यकारहरूको विवरण अद्यावधिक गर्ने, सिफारिस समितिको सिफारिसका आधारमा साहित्यकारहरूको श्रेणी वर्गीकरणसहित परिचयपत्र जारी गर्ने र नवीकरण गर्ने, समितिको कामकारबाहीप्रति उल्लिखित क्षेत्रका लेखक साहित्यकार तथा अनुसन्धानकर्ताबाट आएका गुनासो सुन्ने, परिचय–पत्रको दुरुपयोग भएको पाइए जाँचबुझ गरी त्यस्तो परिचय–पत्र खारेज गर्ने, परिचय–पत्र प्राप्त साहित्यकारहरूलाई बिरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरूबाट प्राप्त हुन सक्ने सहुलियत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने र परिचयपत्र प्राप्त साहित्यकारहरूलाई मरणोपरान्त राष्ट्रिय सम्मानका लागि मन्त्रालयसमक्ष सिफारिस गर्ने उद्देश्य सँगालिएका छन् ।
सो परिचयपत्र दुई श्रेणीमा विभाजित गर्ने जनाइएको छ । जसमा, भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनहरूमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरूले कम्तीमा ४० वर्ष निरन्तर रूपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रूपमा परिचय–पत्र प्रदान गरिने जनाइएको छ भने ४० वर्षभन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहित्यकारहरूलाई लेखक÷साहित्यकारका रूपमा परिचय–पत्र प्रदान गरिने पनि जनाइएको छ ।
अहिले पनि प्रज्ञा–प्रतिष्ठानका पहलमा अघिल्लो पुस्ताका केही स्रष्टाहरूले राज्यबाट सुविधा पाउँदै आएका छन् । खासगरी, लामो समयसम्म साधनारत रहेका स्रष्टाहरूले राज्यबाटै मासिक रूपमा आर्थिक सहायता पाउँदै आएका छन् । तर, प्रज्ञा–प्रतिष्ठानको पहलमा लेखक र साहित्यकारहरूले परिचय–पत्र पाएपछि राज्यलाई आर्थिक भार पर्ने गरी सेवा–सुविधा उपलब्ध गराउन दबाब दिनु उचित नहोला । तर, आर्थिक रूपले संकटमा परेका वा उपचार गर्न नसक्ने हैसियतमा रहेका लेखक तथा साहित्यकारहरूका निम्ति भने राज्यले नजर लगाउने परिस्थिति भने परिचय–पत्र प्राप्त स्रष्टाहरूका हकमा भने बनाउनु उपयुक्त हुने देखिन्छ । त्यसो हुँदा मात्र लेखक–साहित्यकार परिचय–पत्रले अर्थबोध प्राप्त गर्ने अपेक्षा राख्न सकिन्छ ।
० ० ०
सम्बन्धित समाचार
=======================================
==============================
साहित्यकारलाई परिचयपत्र
कान्तिपुर दैनिक, वर्ष-२४, अंक -३३६, २०७३ माघ १२ गते बुधबार | |
==========================================
====================================
लेख
अब लेखकलाई पनि परिचयपत्र
विवश वस्ती
करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति भने निजी प्रयत्नबाट स्थापित अरू साहित्यिक संघ÷संस्थाहरूले बेलाबखत असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । राज्यको ढुकुटी खन्याउँदा पनि प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य र सिंगो वाङ्मयको क्षेत्रमा आशातीत कार्य गर्न सकेन भन्ने गुनासो बेलाबखत उठ्ने गर्दछ । यो स्वाभाविक पनि हो । सीमित बजेटबाट चल्दै आइरहेको प्रज्ञा–प्रतिष्ठानले असल र कामकाजी नेतृत्व पाउँदा नेपाली वाङ्मयलाई चुल्याउने केही उत्कृष्ट र सम्झनलायक कामहरू भने नगरेको होइन । तर, कहिलेकाही निजी साहित्यिक संस्थाहरूले नेपाली भाषा–साहित्यको विकास र स्तरवृद्धिमा अब्बल काम गर्दा भने प्रज्ञा–प्रतिष्ठान किन सेलाइरहेको छ भन्ने प्रश्नचाहिँ निश्चित रूपमा उठ्ने गर्दो रहेछ ।
प्रज्ञा–प्रतिष्ठानप्रति भाषा, साहित्यका सेवकहरूले बेलाबेलामा गुनासाका चाङहरू लगाउने गरे पनि अहिले भने प्रज्ञा–प्रतिष्ठानले एउटा प्रशंसनीय कार्य गर्न तत्परता देखाएको छ । त्यो हो, साहित्यकार परिचय–पत्र लागू गर्ने तयारी, जसका निम्ति प्रज्ञा–प्रतिष्ठानले एउटा कार्यविधि नै तयार पारेर अहिले सुझाव बटुल्ने क्रममा रहेको छ । सम्भवतः केही वर्षभित्र नै साहित्य साधनामा निरन्तर लागिरहेका स्रष्टाहरूलाई राज्यले साहित्यकारको परिचय–पत्र उपलब्ध गराउनुका साथै राज्यबाट सेवा–सुविधासमेत प्राप्त हुने अपेक्षा सँगाल्न सकिन्छ ।
कार्यविधिमा स्पष्ट रूपमा लेखिएको छ, ‘साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरू राष्ट्रका निधि हुन् । यिनीहरूले साहित्यका माध्यमबाट जीवन र जगत्लाई केलाउँदै सफल जीवन जिउनका लागि मार्गनिर्दिष्ट गर्छन् । यसर्थ, नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रलगायतका क्षेत्रका लेखक, साहित्यकार, अनुसन्धानकर्ताहरूलाई उनीहरूले तत्तत् क्षेत्रमा रहेर राष्ट्रलाई पु¥याएकोे योगदानको समुचित कदर गर्न यस्ता साहित्यकार तथा स्रष्टाहरूलाई परिचय–पत्र प्रदान गरी सम्मान गर्न वाञ्छनीय देखिएकाले नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरूमा समेत यो कार्यविधि लागू हुने गरी नेपाल प्रज्ञा–प्रतिष्ठान नियमावली २०६७ को परिच्छेद १२ को नियम दफा ५५ अनुसार साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी कार्यविधि २०७३ बनाइएको छ ।’ प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिले अहिले यो कामलाई तीव्रता दिइरहेको छ ।
लेखक–साहित्यकारहरूलाई परिचय–पत्र दिलाउनुका उद्देश्यहरूमा क्रमशः भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रमार्फत राष्ट्रमा पु¥याएको योगदानको कदरस्वरूप साहित्यकार परिचयपत्र वितरण गर्न, भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लेखन तथा अनुसन्धानमार्फत समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान गराएबापत कदर गर्ने, भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शन क्षेत्रमा पु¥याएका योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवं सुविधा उपलब्ध गराउन सिफारिस गर्ने, लेखक र साहित्यकारहरूको विवरण अद्यावधिक गर्ने, सिफारिस समितिको सिफारिसका आधारमा साहित्यकारहरूको श्रेणी वर्गीकरणसहित परिचयपत्र जारी गर्ने र नवीकरण गर्ने, समितिको कामकारबाहीप्रति उल्लिखित क्षेत्रका लेखक साहित्यकार तथा अनुसन्धानकर्ताबाट आएका गुनासो सुन्ने, परिचय–पत्रको दुरुपयोग भएको पाइए जाँचबुझ गरी त्यस्तो परिचय–पत्र खारेज गर्ने, परिचय–पत्र प्राप्त साहित्यकारहरूलाई बिरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरूबाट प्राप्त हुन सक्ने सहुलियत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने र परिचयपत्र प्राप्त साहित्यकारहरूलाई मरणोपरान्त राष्ट्रिय सम्मानका लागि मन्त्रालयसमक्ष सिफारिस गर्ने उद्देश्य सँगालिएका छन् ।
सो परिचयपत्र दुई श्रेणीमा विभाजित गर्ने जनाइएको छ । जसमा, भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनहरूमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरूले कम्तीमा ४० वर्ष निरन्तर रूपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रूपमा परिचय–पत्र प्रदान गरिने जनाइएको छ भने ४० वर्षभन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहित्यकारहरूलाई लेखक÷साहित्यकारका रूपमा परिचय–पत्र प्रदान गरिने पनि जनाइएको छ ।
अहिले पनि प्रज्ञा–प्रतिष्ठानका पहलमा अघिल्लो पुस्ताका केही स्रष्टाहरूले राज्यबाट सुविधा पाउँदै आएका छन् । खासगरी, लामो समयसम्म साधनारत रहेका स्रष्टाहरूले राज्यबाटै मासिक रूपमा आर्थिक सहायता पाउँदै आएका छन् । तर, प्रज्ञा–प्रतिष्ठानको पहलमा लेखक र साहित्यकारहरूले परिचय–पत्र पाएपछि राज्यलाई आर्थिक भार पर्ने गरी सेवा–सुविधा उपलब्ध गराउन दबाब दिनु उचित नहोला । तर, आर्थिक रूपले संकटमा परेका वा उपचार गर्न नसक्ने हैसियतमा रहेका लेखक तथा साहित्यकारहरूका निम्ति भने राज्यले नजर लगाउने परिस्थिति भने परिचय–पत्र प्राप्त स्रष्टाहरूका हकमा भने बनाउनु उपयुक्त हुने देखिन्छ । त्यसो हुँदा मात्र लेखक–साहित्यकार परिचय–पत्रले अर्थबोध प्राप्त गर्ने अपेक्षा राख्न सकिन्छ ।
http://ebudhabar.com बाट साभार
============================================
सम्बन्धित समाचारहरू
लेखक-साहित्यकारलाई परिचयपत्र वितरणको तयारी
लेखक-साहित्यकारलाई परिचयपत्र वितरणको तयारी
२०७१ कार्तिक १५ गते
१५ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।
मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।
छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था छ ।
समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए । राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।
समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लान बताए ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्नेमा जोड दिए ।
प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ । रासस
www.onlinekhabar.com
==============================================
==============================================
लेखक–साहित्यकारलाई परिचयपत्र वितरणको तयारी
काठमाडौं, १५ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।
प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।
छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।
समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए ।
राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ । कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।
समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क राखे ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ ।
प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नु पर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघिबढ्ने बताउँदै भने, ‘तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।’
उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।
www.nepalikonews.com
================================================
================================================
लेखक–साहित्यकारलाई परिचयपत्र वितरणको तयारी
युगबो ध समाचार दाता
काठमाडौर् , १६ कार्तिक । ने पाल प्रज्ञा प्रतिष्ठानले ले खक–साहित्यकार हरुलाई परि चयपत्र प्रदान गर्ने तयार ी गर े को छ । मुलुकमा र ाष्ट्रिय परि चयपत्र निर्माणको तयार ी भइर हे का बे ला प्राज्ञिक क्षे त्रका निकायले साहित्यकार हरूलाई सम्मान र र ाहत महसुस गर ाउन यस् तो निर्णय गर े को हो ।
कार्तिक १३ गते बसे को प्रतिष्ठानको परि षद्को बै ठकले परि चयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस् य मातृका पो खर े लको संयो जकत्वमा सदस् यद्वय नर्मदे श्वर ी सत्याल र श्रवण मुकारुङ र हे को समितिलाई जिम्मा दिएको छ । छिमे की भार त र चीनमा पनि दीर्घ साधनार त ले खक साहित्यकार लाई सम्मान र सुविधाका लागि परि चयपत्र प्रदानको व्यवस् था र हे काले ने पालमा पनि त्यस् तो व्यवस् था गर्न लागिएको हो ।
समितिका संयो जक पो खर े लले सर ो कार वाला संस् था र व्यक्तिस“ग छलफल गर े र कार्यविधि बनाउने र परि चयपत्र वितर णपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बार े मा सर कार लाई सिफारि स गर्ने बताउनुभयो । र ाज्यले साहित्यकार लाई परि चयपत्रका आधार मा यातायात, स् वास् थ्य, घर जग्गा कर जस् ता विषयमा छुट दिन सक्ने छ । कतिपय मुलुकको यस् तो व्यवस् था र हे को पाइन्छ ।
अन्तरर् ाष्ट्रिय ने पाली साहित्य समाज ने पाल शाखाका अध्यक्ष र ाधे श्याम ले कालीले प्रतिष्ठानको सो निर्णय स् वागतयो ग्य भएको भन्दै यस कार्यले ले खकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन र हे को अवस् थामा यसले सकार ात्मक परि वर्तन ल्याउने बताउनुभयो । समालो चक तथा अनुवादक युयुत्सु आर डी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको संज्ञा दिदै यसले साहित्यलाई पञ्जीकर ण र कारि न्दागिर ीमा लाने तर्क र ाख्नुभयो ।
अन्तरर् ाष्ट्रिय ने पाली गजल मञ्चका महासचिव घने न्द्र ओ झाका विचार मा स्रष्टालाई परि चयपत्र दिनु नर ाम्रो हो इन तर त्यसको प्रयो जन स् पष्ट हुनुपर्छ । प्राज्ञ पो खर े लले भने स्रष्टाहरूले त्यस् तो व्यवस् था गर्नुपर्दै न भन्ने सुझावमा आफूहरू सो हीअनुसार अघिबढ्ने बताउ“दै भन्नुभयो – ‘तर के ही व्यक्ति विशे षको पूर्वाग्रह वा आग्रहका आधार मा हामीले निर्णय गर्ने हो इन ।’ उहा“ले विस् तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकार ी दिनुभयो ।
wwwnayayougbodh.com
========================================================
========================================================
काठमाडौ कात्तिक १५, नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि छिमेकी मुलुक भारत र चीनमा जस्तै परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको बुझिएको छ।
क–कसले पाउँदैछन लेखक–साहित्यकार राष्ट्रिय पुरस्कार ?
नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।
प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ । छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।
समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए । राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ । कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए । समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क गरे ।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ । प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नु पर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघिबढ्ने बताए । उनले भने “तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।”
उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।
www./nepalpati.com
=============================================
साहित्यकारलाई परिचयपत्र
काठमाडौं : चलचित्र कलाकारलाई परिपत्र दिइने चर्चा सेलाउन नपाउँदै लेखक साहित्यकारलाई पनि परिचयपत्र दिन एक अध्ययन कार्यदल गठन गरिएको छ। बिहीबार बसेको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद्को बैठकले ‘लेखक परिचयपत्र वितरण समिति’ गठन गरेको हो।
प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिमा प्राज्ञ नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेका छन्। समितिले डेढ महिनामित्र सुझाव प्रस्तुत गर्ने संयोजक पोखरेलले अन्नपूर्ण पोस्ट्लाई बताए। ‘परिचयपत्र कार्यान्वयनका लागि त एक डेढ वर्ष लाग्ला’, उनले भने।
खासगरी भारत भ्रमणका समयमा प्राज्ञले त्यहाँको केन्द्रीय र राज्यस्तरीय प्रतिष्ठानले लेखक, साहित्यकारलाई परिचयपत्र दिएको अनुभवका आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि त्यसअनुसार काम गर्ने अवधारणा ल्याएको उनले बताए। ‘मलाई कथाकार भन्छन्, त्यो त साथीहरूले कथा लेखेको आधारमा भनेका हुन्’, गद्य विभाग प्रमुखसमेत रहेका पोखरेलले भने, ‘तर सरकारी रुपमा स्रष्टाको पहिचान खोइ त?’
पोखरेलका अनुसार यसका लागि सबभन्दा पहिले विभिन्न साहित्यिक संस्थासँग सुझाव लिइने, विदेशका विभिन्न अनुभवको अध्ययन गरी आवश्यक सुझाव दिइनेछ। सुझावका आधारमा परिचयपत्र वितरणको आधार तय हुने विश्वास गरिएको छ। परिचयपत्र हुँदा साहित्यकारलाई के फाइदा हुन्छ त?
उनले भने, ‘परिचयपत्रका आधारमा भारतका लेखक साहित्यकार अस्पताल तथा रेलमा सुविधाका लागि दाबी गरेको पाइएको छ। फेरि लेखक साहित्यकार भनेर राज्यले पनि त चिन्नु पर्यो नि!’
================================================
साहित्यकारलाई परिचयपत्र
·
काठमाडौं : चलचित्र कलाकारलाई परिपत्र दिइने चर्चा सेलाउन नपाउँदै लेखक साहित्यकारलाई पनि परिचयपत्र दिन एक अध्ययन कार्यदल गठन गरिएको छ। बिहीबार बसेको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद्को बैठकले ‘लेखक परिचयपत्र वितरण समिति’ गठन गरेको हो।
प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिमा प्राज्ञ नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेका छन्। समितिले डेढ महिनामित्र सुझाव प्रस्तुत गर्ने संयोजक पोखरेलले अन्नपूर्ण पोस्ट्लाई बताए। ‘परिचयपत्र कार्यान्वयनका लागि त एक डेढ वर्ष लाग्ला’, उनले भने।
खासगरी भारत भ्रमणका समयमा प्राज्ञले त्यहाँको केन्द्रीय र राज्यस्तरीय प्रतिष्ठानले लेखक, साहित्यकारलाई परिचयपत्र दिएको अनुभवका आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि त्यसअनुसार काम गर्ने अवधारणा ल्याएको उनले बताए। ‘मलाई कथाकार भन्छन्, त्यो त साथीहरूले कथा लेखेको आधारमा भनेका हुन्’, गद्य विभाग प्रमुखसमेत रहेका पोखरेलले भने, ‘तर सरकारी रुपमा स्रष्टाको पहिचान खोइ त?’
पोखरेलका अनुसार यसका लागि सबभन्दा पहिले विभिन्न साहित्यिक संस्थासँग सुझाव लिइने, विदेशका विभिन्न अनुभवको अध्ययन गरी आवश्यक सुझाव दिइनेछ। सुझावका आधारमा परिचयपत्र वितरणको आधार तय हुने विश्वास गरिएको छ। परिचयपत्र हुँदा साहित्यकारलाई के फाइदा हुन्छ त?
उनले भने, ‘परिचयपत्रका आधारमा भारतका लेखक साहित्यकार अस्पताल तथा रेलमा सुविधाका लागि दाबी गरेको पाइएको छ। फेरि लेखक साहित्यकार भनेर राज्यले पनि त चिन्नु पर्यो नि!’
लेखक–साहित्यकारहरूको आधार के?
– दीर्घलाल केसी
नेपालमा शिक्षक, चिकित्सक, सेना, सिपाहीं र कर्मचारीको तथ्याङ्क हुनुपर्छ। उनीहरूको तथ्याङ्कझैं लेखक र साहित्यकारहरूको तथ्याङ्क बनाउनु नराम्रो होइन। कहिलेकाहीं सरकारसँग देशमा कति मजदुर र किसान छन् त्यसको सङ्ख्या नै नभएको लाजमर्दो कुरा सुन्नुपर्छ। राज्यसँग हरेकको तथ्याङ्क हुनुपर्छ, बनाउनुपर्छ। कुनै तथ्याङ्कले कुन देश कहाँ छ, कहाँ पुग्यो भन्ने थाहा हुन्छ। देशमा कति वैज्ञानिक छन्, वैज्ञानिकहरू के गरिरहेका छन्, सरकारले वैज्ञानिकहरूलाई कसरी उपयोग गरिरहेको छ, वैज्ञानिकहरू विज्ञानको खोजीमा या नयाँ नयाँ कुरा पत्ता लगाउन, आविष्कार गर्न खटेका छन् कि छैनन्? चिन्तनमनन गर्नुपर्ने हो।
नेपाल विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि छ। विज्ञान र प्रविधिमा पछि पर्नु नेपालको विकास पछि पर्नु हो। वैज्ञानिक र प्राविधिज्ञबारे नेपाल सरकारलाई चासो छैन, थाहा छैन भने उनीहरूको उपयोग भइरहेको छ भन्ने कुरा कसरी विश्वास गर्ने? तथ्याङ्क भएर पनि उपयोग गरिंदैन भने सरकारको के मतलब ! सरकार भनेको मन्त्री र प्रधानमन्त्री सिंहासनमा बस्नु होइन। नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक – साहित्यकारलाई परिचय प्रदान गर्ने तयारी गरिरहेको छ। राष्ट्रिय परिचयपत्र तयार गर्न मातृका पोखरेलको संयोजकत्वमा नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको तीन सदस्यीय समिति गठन गरिएको छ। भारत र चीनमा लेखक–साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचय पत्र प्रदान गरिएको हुँदा नेपालमा पनि सोकेा व्यवस्था गर्न लागेको नेपाल प्रज्ञा प्रतिष्ठानको दाबी छ।
लेखक–साहित्यकारहरूको तथ्याङ्क सङ्कलन गर्नु राम्रो जस्तो हुन्छ तर कसरी गर्ने, के को आधारमा लेखक–साहित्यकार मान्ने? कुनै कवि, कथाकार, निबन्धकार, नाटककारले कृति प्रकाशन गरेपछि मात्रै साहित्यकार हुने हो कि ! अनुवाद गर्ने, समालोचना गर्ने, अनुवादक र समालोचकहरूले पनि कृति नै निकाल्नुपर्ने हो कि ! लेखकको मापदण्ड के हुने? निरन्तर कथा, कविता, निबन्ध, नाटक लेखिरहने, समालोचना, अनुवाद गरिरहने, अनेक साहित्यिक र अन्य नाउँमा लेख लेखिरहने व्यक्तिहरू लेखक साहित्यकारमा गनिन्छ कि गनिंदैन? राज्यले पनि लेखक–साहित्यहरूलाई खासै सम्मान गरेको पाउँदैन। कति लेखक–साहित्यकारले आर्थिक समस्याको कारण रचिसकेका साहित्यहरूको निकाल्न सकेका छैनन्। प्रज्ञा प्रतिष्ठानले लिने लेखक–साहित्यकारहरूको तथ्याङ्क के सही होला? के देशभरका लेखक र साहित्यकारहरूको नाम सङ्कलन गरिएला? लेखक र साहित्यकारहरूको मापदण्ड केलाई मान्ने? मापदण्ड तयार नहुँदै सङ्कलन गरिएको लेखक–साहित्यकारहरूको सही नाउँ आउला?
ReplyDeleteप्रस्तावना राम्रो छ । तर, २. परिभाषाको (क) लाई अलिक प्रष्ट पार्नुपर्छ । यहाँ 'नेपालका' लाई 'नेपालमा बोलिने सबै' बनाउनु पर्छ । नत्र वकिलहरुले यसलाई खस नेपाली भाषा मात्रै भनेर व्याख्या गरिदिन्छन् । त्यसकारण २. परिभाषाः (क) लाई यसरी लेखिनुपर्छ, 'लेखक/साहित्यकार’ भन्नाले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रमा आबद्ध स्रष्टाहरु र ती विषयहरुका अनुसन्धानकर्ताकहरु समेत सम्झनु पर्छ ।'
प्रस्तुत कार्यविधि राम्रो र दुरूस्त छ।पहिलो पटक राज्यले लेखक/साहित्यकारलाई सम्मानको दृष्टिले हेरेको छ।प्रज्ञा प्रतिष्ठान र परिचयपत्र निर्माण समितिका संयोजक मातृका पोखरेल ज्यूलाई मुरी मुरी धन्यवाद!....चाम्लिंग महोदयको विचारसंग सहमति जनाउँदै म के निवेदन गर्न चाहन्छु भने लेखक/साहित्यकारको श्रेणी- विशिष्ट,क,ख,ग हुनुपर्छ।श्रेणी अनुसार सुविधा दिइनुपर्छ।सुविधाहरू स्पष्ट उल्लेख गरिनुपर्छ।विदेश भ्रमण सुविधा समेत दिइनुपर्छ।..धन्यवाद!...प्रेम विदेह,अध्यक्ष,मैथिली साहित्यकार सभा,जनकपुरधाम ।
ReplyDeleteफेसबुकको कमेन्ट बक्समा प्राप्त टिप्पणिहरु - १
ReplyDeleteगोविन्द गिरी प्रेरणा लेख्नुहुन्छ -
१)-पुस्तक त धेरैको धेरै पछि प्रकाशित हुन्छन् । पहिलो रचना प्रकाशित मिति नै उपयुक्त होला । तर साधनाको परिभाषा हुनुपर्छ, निरन्तर लेखिरहेको, पुस्तकहरु प्रकाशन गरिरहेको आदि
२)यौटा रचना ४० वर्ष अघि छापिएको तर वीचमा निरन्तरता नभएको र हालै यौटा पुस्तक प्रकाशित भएको छ भने मान्ने कि नमान्ने ? यो प्रष्ट हुनुपर्ला कि? -
३) (१) (क) विशिष्ट लेखक/साहित्यकारः
-भाषा, साहित्य, संस्कृति, समाज शास्त्र, दर्शनहरुमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरुले कम्तीमा ४० वर्ष निरन्तर रुपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रुपमा परिचय पत्र प्रदान गरिने छ ।
४) यो भन्नाले पहिलो रचना प्रकाशित भएको मान्ने हो कि पहिलो किताव ?
५) अनि हामी जस्तो मन नेपालमा तन विदेशमा भएका NRN लाई कसो गर्ने ? त्यो पनि सोच्न जरुरी छ । नेपाली समग्र साहित्यका लागि विदेशमा भएका साहित्यकार पाखा लगाइयो भने पूर्णता नहोला ।
सुरेन उप्रेती लेख्नुहुन्छ - आधारहरु कती कृति प्रकाशन भरकोआदि अरु मापदंड - सुरेन उप्रेती
छविरमण शिलवाल लेख्नुहुन्छ - समग्रमा राम्रो छ । तर सरकारी काम हो मन्त्रालयमा भन्दा एेकेडेमीबाटै वितरण गर्दा राम्रो होला कि ?
छायाँदत्त नेउपाने लेख्नुहुन्छ - पर्स्ताव राम्रो हाे ,परयाेगका लागि मूल्ययाङ्कन निष्पक्ष र व्यावहारिक बनाउन व्यापक छलफलअावश्यक छ।
बालिका गिरी लेख्नुहुन्छ - साहित्यिक पत्रकारितालाई पनि समावेश गर्न सके राम्रो हुने थियाे कि।
मणि कुमार पोखरेल लेख्नुहुन्छ -- tin sreni kayam gari umer 40 samma, nirantar sadhana25; 40-60 sadhana barsa26-40; 60bhanda mathi sadhana barsha40 wa so bhanda mathi garda hunthyo ki? srenima vichama baristha rakhna sakinchha.
कृष्ण प्रसाईं लेख्नुहुन्छ - असाध्यै राम्रो कामको सुरूवात हो । तर विदेशमा बसिरहेका , विदेशी नागरिकता लिइसकेका तर नेपालीमा लेखिरहने साहित्यकारहरूको कानुनी जटिलताका बारेमा स्पस्ट हुन जरूरी छ । डाएस्पोरियन साहित्यको बारेमा पनि स्पस्ट हुनु पर्छ कि ?
प्रोल्लास सिन्धुलीय लेख्नुहुन्छ - राम्रो कामकाे सुरुवात गर्न लाग्नुभएकामा बधाई छ ।
बिदेशमा बसेर नेपाली साहित्य लेखन र प्रबर्दनमा योगदान पुर्याउने साहित्यकारहरुलाई पनि मानार्थ सम्मान स्वरुप परिचय पत्र दिनेकि ? बरु माथि उल्लेखित आर्थिक सहयोग वा राज्यको अन्य सुबिधा नदिए पनि सम्मान मात्रै दिए कसो होला? बरु class मा NRN लेखे हुन्छ .
ReplyDeleteध्रुव थापा हाल अमेरिका
राम्राे कामकाे थालानी भयाे । तर के नेपालमा २५ बर्ष सेवा नगरेका चाहिँ साहित्यकार हैनन् ? जस्ताे कि किताब निकालेकाले किन नपाउनु ? भनेपछि साहित्यकारकाे परिचय पत्र २५ बर्ष साहित्यमा सेवा गरेकाले पाउने यदि काेही साहित्यकार साहित्यमा सेवा गरेकाे २४ बर्ष मै मृत्यु भयाे भने साहित्यकारकाे परिचय पत्र नलिइकन मर्छ के याे राम्राे हाे ? बाँचुन्जेल सम्मान नगर्ने मरेपछिकाे सम्मान ब्यर्थ छ । यदि सकिन्छ भने साहित्यमा लागेर पुस्तक प्रकाशन गरेकाे र पुस्तक प्रकाशन नगरे पनि साहित्यमा याेगदान दिएकालाई लेखक साहित्यकार परिचय पत्र दिँदा के हुन्छ ? र साहित्यलाई के के बेफाइदा हुन्छु ? के युवा लेखकहरू चाहिँ साहित्यकार हैनन् ? यदि युवा लेखकहरू साहित्यकार नै हुन् भने युवा साहित्यकारहरूकाे हकमा के प्रावधान छ ? यदि युवा लेखकहरू पनि याे राष्ट्रकाे गहना हुन् भने युवा साहित्यकारकाे परिचय परिचय पत्र दिनु उत्तम हुनेछ । परिचय पत्र तीन किसिमकाे बनाउँदा हुन्छ कि ? जस्ताे १. विशिष्ट साहित्यकार २. लेखक साहित्यकार ३. युवा सनहित्यकार । यदि हामी युवालाई समाबेश गर्न सके प्रज्ञाप्रतिष्ठानकाे जय हुनेछ ।
ReplyDeleteफेसबुकको कमेन्ट बक्समा प्राप्त टिप्पणिहरु - २
ReplyDelete- यसोदा अधिकारी लेख्नुहुन्छ - पहिला पनि पठाकाे थिएँ ।विष्णुप्रभात सरले अाफ्ना मान्छेकाे मात्रै राख्नुभएछ ।
- तारा बहादुर बुढाथोकी लेख्नुहुन्छ - Maile pahile pathako thiye xutexa...Feri pathayeko xu.
- शितल गिरी लेख्नुहुन्छ - राम्रोलाई त राम्रो भन्नै पर्छ । प्रयास हो, व्यग्रसाथ प्रतिक्षारत छु ।
- मोहन बहादुर कायस्थ लेख्नुहुन्छ - Read what I have written in FB. I wrote comments but it is not coming in FB.
- हरि कट्टेल लेख्नुहुन्छ - परिचय पत्र पनि परिचय कोष जस्तै हुने हो कि शङ्का छ ।शङ्का निवारण होस् ।
- कपिल लामिछाने लेख्नुहुन्छ - कार्यविधि तथा परिचयपत्रको भाषा मानक र शुद्ध होस् है ।
- रमेश सुभेच्छु लुइँटेल लेख्नुहुन्छ - लेखक परिचयपत्रको अवधारणा असाध्यै राम्रो छ । यसले भाषा साहित्य रसंस्कृति संरक्षणमा टेवा पुर्याउँने छ । यस कार्ययोजनालाई सबै मिलेर सफल बनाउनुपर्छ । पहिलो पटक नेपाली लेखकले पहिचान पाउँदैछन् । यस्तो चेतनशील कार्य गर्ने प्रज्ञाप्रतिष्ठानलाई सलाम ।
- प्रा. कृष्ण प्रसाद घिमिरे लेख्नुहुन्छ - राम्रो कामको सुरुवात गरेकोमा बधाई । सबै बसी छलफल गरी अन्तिम रूप दिनु राम्रो हुनेछ । मैले गर्नुपर्ने प्राज्ञिक सहयोगका लागि तत्पर रहने छु । परिचय पत्रको रङ पहिलो रातो र दोस्रो निलो होइन गाढा हरियो हुनुपर्छ र सेतो अक्षरले लेखिनु पर्छ ।
- झाँक्री खोले लेख्नुहुन्छ -परिचय पत्र दिइने काम र परिचित हुने माैका पाउनु लेखक साहित्यकारका लागि नया राहत हाे ।खुसी लाग्याे , तर प्रक्रिया के के हाेलान् ?
- हरिमाया भेटवाल लेख्नुहुन्छ - Ramro kam ko suruwat ...
- भगवानचन्द्र ज्ञवाली लेख्नुहुन्छ - Sahityakar ka bich pani vedvaw kina ?
- नारायण ज्ञवाली लेख्नुहुन्छ - विशिष्ट लेखक/साहित्यकारकाे परिचयपत्र दिँदा "४० वर्षकाे निरन्तर साधना" काे मूल्याङ्कन-मापदण्ड के हाे ?, ६० वर्ष उमेर पुगेका सामान्य साहित्यकारले पनि पाउन सक्ने हाे कि ?, अझ सुस्पष्ट र वस्तुपरक परिभाषा भइदिए राम्रो हुन्थ्यो हाेला ।
- टंकबहादुर आले मगर लेख्नुहुन्छ - उच्च कार्य . सक्भर कोही साहित्यकार नछुटुन सर !
- मणिकमल क्षेत्री लेख्नुहुन्छ -- Raamro kaam .
- नरेन्द्रबहादुर श्रेष्ठ लेख्नुहुन्छ - सर्हानिय कार्य।
- देवी प्रसाद थापा लेख्नुहुन्छ - Ati saharaniya kaam
फेसबुकको कमेन्ट बक्समा प्राप्त टिप्पणिहरु - ३
ReplyDelete- निमानन्द रिजाल लेख्नुहुन्छ - Good to see it one step forward though need to think widely to encompass to the writer protecting their property creating living with dignity. Who the writers who are not. Writer from outside of valley need to scrutinize properly. This is wonderful step keeping it up now is our responsibility .
- गोपाल अस्क लेख्नुहुन्छ - चुनौति,समस्या निकै देखिन्छ तर त्यसको निदान गर्दै लेखक/साहित्यकारको परिचय पत्र जारी गरिनुपर्दछ ।
- पेशल आचार्य लेख्नुहुन्छ - Kohi writer naxutun kohi na dohoriun daju . ।
- साहित्यानुरागी निश्चल लेख्नुहुन्छ - Sahi kadam !
- घिमिरे पुण्य लेख्नुहुन्छ - Good task for creater and writer.
फेसबुकको कमेन्ट बक्समा प्राप्त टिप्पणिहरु - ४
ReplyDeleteगणेश खड्का लेख्नुहुन्छ - अत्यन्त्यै प्रशंसनीय,सह्रानीय,महत्वपूर्ण, ऐतिहासिक र स्वागतयोग्य कार्यको थालनी गरेर नेपाल प्रज्ञा प्रतिष्ठान धन्यवादको पात्र बन्यो l नेपाली भाषा साहित्यको श्रीवृद्धि र उन्नयनको लागि संसारभरीबाट अथक प्रयास गर्ने श्रष्टाहरुको पहिचान,सामाजिक सुरक्षण,आत्मसम्मान र योगदानको कदर भयो भने नै साँचो अर्थमा हाम्रो पहिचान बलियो हुनेछ l यो वस्तुनिष्ठ सत्य बुझेर प्रज्ञा प्रतिष्ठानले थालेको यस्तो सत्कर्म प्रति सलाम् ! Online System लाई व्यवहारत: लागु गर्न सके बढी प्रभावकारी हुने कुरा आफ्नो सुझाव स्वरूप पेश गर्न चाहन्छु हार्दिक आभार सहित l सक्कली श्रष्टा पहिचान त मुख्य विषय भइगयो नै l अझ धेरै उन्नत र श्रष्टा मैत्री काम गर्दै जावस् प्रज्ञा प्रतिष्ठानले l हार्दिक बधाई तथा शुभकामना सहित l
पंच विस्मृत लेख्नुहुन्छ - राम्रो कन्सेप्ट । तर सबै काम अनलाइन मार्फत होस् भन्न चाहन्छु ।
समा श्री लेख्नुहुन्छ - राम्रो कुराको सोच गर्नु भएकोमा आभारी छौ | अन लाईन मार्फत गर्न सके छिटो र छरितो हुने देखिन्छ |
विप्लब ढकाल लेख्नुहुन्छ - लेखक-साहित्यकारहरूकाे पहिचान, सामाजिक सुरक्षा र अात्मसम्मानका लागि प्रज्ञा-प्रतिष्ठानले गर्न लागेको एउटा अत्यन्तै सराहनीय र ऐतिहासिक कार्य !
प्रकाश सुवेदी लेख्नुहुन्छ - लेखकको परिचय भनेको उसको रचना हो, त्यो रचना पढेर पाठकले दिने माया हो । खै, त्यसैले मलाई त यो झमेला तिर नलागेको भए हुन्थ्यो कि जस्तो पनि लागिरा'छ ।
राजकुमार राई लेख्नुहुन्छ - 40 वर्ष र 60 वर्ष उमेर हद दुई श्रेणी तोकिएको छ 41दे49 बर्ष का साहित्यकार हरुको कुन श्रेणी हो जे होस राम्रो योजना।
माधव प्याकुरेल लेख्नुहुन्छ - राम्राे कामकाे शुरूवात ।
निरज लेख्नुहुन्छ - This will bring another series of abuses and the real authors will suffer even more.
मुनाराज शेर्मा लेख्नुहुन्छ - यो सह्रानीय र सुन्दर काम हो ।
तथापि यसको कार्यन्वयनमा सशक्तता आवश्यक पर्छ ।
श्रेणी वर्गीकरणको बुँदाहरू कमजोर देखियो । थप्न र सुधार्न आवश्यक छ |
कसैले ५/१० वर्षमै क्षेत्रिय वा राष्ट्रिय लेवलको कार्य गरेमा यो विधानले छुँदैन ।
युवाहरू लागि राखेका छन् त्यसैले अपर्याप्त छ । अरू प्रावधान नम्सहरू थप गर्न जरुरी छ I
राम्राे कामकाे थालनी भएकाेमा खुशी लाग्याे । अावश्यकता अनुसार परिमार्जन गर्दै जानु पर्छ। हाललार्इ राम्राे छ ।
ReplyDeleteYo ramro karyako aarambha garnu vesh hola.
ReplyDelete1.Malai prastavit 2 warkikaran nai thik lagyo.
2.Sahityaka shrasta,drasta sahityakarma,Anya vidhaka lekhakama atai halchhhan.
3.Kriti pachhi prakashit hune Huda, srijana Lai manak banaunda uchit hola.
यो सह्रानीय र सुन्दर काम हो तर २५ वर्ष कम साधनारत लेखक साहित्यकारहरुलाई के भन्ने ?
ReplyDeleteफेसबुकको कमेन्ट बक्समा प्राप्त टिप्पणिहरु - ४
ReplyDeleteसाहित्यकार मनोज नेउपाने लेख्नुहुन्छ -
'साहित्यकार परिचयपत्रकाे विषय मन पर्याे । तर कति लेखक पुस्तक प्रकाशन गर्न पाइराखेका छैनन् अार्थिक अभावले । वास्तवमा पुस्तक प्रकाशन गर्न नपाएकालार्इ सुविधा दिनुपर्छ । स्वास्थमा सुविधा राम्राे कुरा हाे । पुरस्कारभन्दा पनि पुस्तक प्रकाशनका लागि सहयाेग महत्वपूर्ण हाे । पुस्तक भए न लेखक । सुविधा पाएकालार्इ नै थप सुविधाका लागि परिचय पत्र नबाँडियाेस् । धन्यवाद ।'
Jayaram G Ki लेख्नुहुन्छ -
साहित्य क्षेत्रमा लाग्ने महानुभाब हरुमा सबै भन्दा बडि खुसिको कुरा हो । अन्तर आत्मा देखि समकालीन साहित्य नेपाल प्रज्ञा प्रतिस्ठान लाई मुरि मुरि धन्यवाद भन्न चाहान्छु ।
अन्तमा -
संबन्धित निकाया सम्म मेरो बिचार पुग्छ भने साहित्य क्षेत्रमा निरन्तर लाग्न चाहाने नया पुस्तालाई सहयोग हुने खाल का पनि योजना ल्याउने हो कि । जस्तोकी यसरी नै सुचना जारी गरएर, भेला गराएर कुनै सम्पर्क केन्द्र बनाएर सहयोग पुर्याउने हो भने निकायको मातहत सम्म पहुच नपुग्ने हरुलाइ पनि सहयोग मिल्थ्यो कि ?
रमेश शुभेच्छुक लुइँटेल लेख्नुहुन्छ - 'लेखक परिचयपत्रको अवधारणा असाध्यै राम्रो छ । यसले भाषा साहित्य रसंस्कृति संरक्षणमा टेवा पुर्याउँने छ । यस कार्ययोजनालाई सबै मिलेर सफल बनाउनुपर्छ । पहिलो पटक नेपाली लेखकले पहिचान पाउँदैछन् । यस्तो चेतनशील कार्य गर्ने प्रज्ञाप्रतिष्ठानलाई सलाम ।'
हरी कट्टेल भन्नुहुन्छ - ' परिचय पत्र पनि परिचय कोष जस्तै हुने हो कि शङ्का छ ।शङ्का निवारण होस ।'
झाँक्रीखोले लेख्नुहुन्छ - ' परिचय पत्र पनि परिचय कोष जस्तै हुने हो कि शङ्का छ ।शङ्का निवारण होस ।'
लेखक÷साहित्यकारहरुको परिचय पत्र वितरण गर्ने कार्य नराम्रो पक्कै होइन । परिचय पत्र प्राप्त गरिसकेपछि पाउने सर–सुविधाहरुले लेखक÷साहित्यकारहरुको जीवनमा केही राहत त अवश्य पुग्नेनै छ ।
ReplyDeleteकार्यविधिको दफा २ को परिभाषा अन्तर्गत परेको उपदफा क मा लेखक÷साहित्यकार भन्नाले नेपालका भाषा, साहित्य, दर्शन तथा सामाजिक शास्त्रमा आबद्ध स्रस्टाहरुको ठाउँमा प्रस्तावनामा नै उल्लेख भएबमोजिम नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरु उल्लेख हुनु वान्छनिय देखिन्छ ।
भाषा ः अन्तर्गत एउटै भाषा उल्लेख हुनुपर्ने हो कि दुईटा उल्लेख भएपनि हुने हो, सो पनि स्पष्ट हुनुपर्ने देखिन्छ । किनभने मैथली, नेपालभाषा वा अन्य भाषाका मातृभाषीहरुले आफ्नो मातृभाषाको साथसाथै अन्यभाषामा पनि लेख्दै आएको धेरै देख्न सकिन्छ । स्वयं यो पंक्तिकारले पनि आफ्नो मातृभाषाको साथसाथै नेपालीभाषामा पनि कलम चलाउँदै आएको छ ।
४० वर्ष निरन्तर रुपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेका अलि अस्पष्ट भयो कि भन्ने लागेको छ । वा ६० वर्ष उमेर पुगेका भनेपछि ६० वर्ष उमेर पुगेका स्रष्टा सबै विशिष्ट स्रष्टामा गन्ने हो कि ? र निरन्तर रुपमा साधनाको मापदण्ड के हो ?
मुख्य कुरो भूकम्प पीडितले भन्दा अपीडित, गरीबभन्दा अगरीब, पत्रकार भन्दा अपत्रकारले परिचय पाउने जस्तो कार्य हुनु भएन । नभए त अनुत्पादकको रुपमा हेरिने लेखन कार्य तथा लेखकलाई परिचय पत्र वितरण गरेर केही राहत दिन खोजिएको काम प्रशंसा योग्य नै मान्नु पर्दछ ।
फेसबुकको कमेन्ट बक्समा प्राप्त टिप्पणिहरु - ६
ReplyDeleteदेविका तिमिल्सिना लेख्नुहुन्छ - 'राम्राे कामकाे थालनी भएकाेमा खुशी लाग्याे । अावश्यकता अनुसार परिमार्जन गर्दै जानु पर्छ। हाललार्इ राम्राे छ ।'
पुरु लम्साल लेख्नुहुन्छ - काम त राम्रै हाे तर, हिजाे लेखक कलाकार काेष जस्तै हुने हाेला । अर्काे बिष्णु प्रभात निस्किएर याेसँग मेराे राम्राे सम्बन्ध छैन वा यसले मलाई नमस्कार गरेन वा अन्य कुनै बहानामा याे याे चैँ लेखक/ कलाकार हाेईन भनेर भरेकाे फारम नै गायब हुन के बेर । अर्काे कुरा ६० बर्ष पुगेपछि अझ भनाैँ दारिकपाल फुले पछि चैँ बरिस्ठ हुने परिपाटि गलत छ । बरिस्ठ उमेरले भन्दा पनि याेगदानले हुनु पर्छ । अहिले नेपाली साहित्यमा केही बरिस्ठहरू छन् जाे उमेरमा सरकारि जागिर खाए । काठमाडौंमा घर घडेरी जाेडे । गाडि किनेर चढ्न सक्ने हैसियत बनाए । सरकारले हरेक महिना दिने पेन्सनबाट हरेक महिना किताब छापेर बरिस्ठ हुन अाउनेहरू धेरै छन् । तर, विडम्बना भाषा साहित्यका लागि अाफ्नाे तन,मन,धन र याैवन खर्चकाेहरू कठैबरा बिचरा बनाईएकाे छ । त्यतातिर पनि साेच्ने हाेकि प्रज्ञाप्रतिष्ठानले ।
होम सुवेदी लेख्नुहुन्छ - 'खाल्टाे बाहिर ता त्यसले लेखक छन् भन्ने देख्दैन हाेला । हाम्रा लागि याे बेल हाे ।'
बाबा बस्नेत लेख्नुहुन्छ - सह्रानीय कार्य ।
अमित घिमिरे लेख्नुहुन्छ - 'समकालीन साहित्यका गतिविधिहरू नेपालभित्र मात्र हाेइन...बाहिरी संसारमा पनि गतिवान बन्नु पर्छ ।'
नारायण ज्ञवाली लेख्नुहुन्छ - विशिष्ट लेखक/साहित्यकारकाे परिचयपत्र दिँदा "४० वर्षकाे निरन्तर साधना" काे मूल्याङ्कन-मापदण्ड के हाे ?, ६० वर्ष उमेर पुगेका सामान्य साहित्यकारले पनि पाउन सक्ने हाे कि ?, अझ सुस्पष्ट र वस्तुपरक परिभाषा भइदिए राम्रो हुन्थ्यो हाेला ! ।
यो धेरै राम्रो कार्यको थालनी हुन लागेकोमा विदेशमा बस्ने स्रष्टाहरु खुशी भएका छौं ।
ReplyDeleteएक पटकको नेपाली सँधैको नेपाली हुन्छ । देश भित्र मात्र सिमित नरहेर विदेशमा रहेका नेपाली मूलका स्रष्टाहरुलाई पनि समावेश गर्नु उपयुक्त हुन्छ । अतः निम्न बमोजिम शंशोधन गरियोस भन्ने मेरो अनुरोध छ ।
परिभाषाः
२.(क) लेखकरसाहित्यकार भन्नाले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रमा आबद्ध देश विदेशकास्रष्टाहरु र ती विषयहरुका अनुसन्धानकर्ताकहरु समेत सम्झनु पर्छ ।
उद्देश्यः
(क) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्र मार्फत राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरूप साहित्यकार परिचय पत्र वितरण गर्न ।
कृष्ण बजगाईं
बेलायत