नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित ओखलढुङ्गा–रुम्जाटार साहित्यिक यात्रा एवं आख्यान / बालसाहित्य गोष्ठी
२०७३ फागुन १४–१५ ओखलढुङ्गा–रुम्जाटार
विशेष रिपोर्ट
नेपालको कला साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाल प्रज्ञा - प्रतिष्ठान एउटा युग बोकेको साहित्यिक प्रतिष्ठानको रुपमा स्थापित छ । यसले विगतदेखि नै विविध विधाका साहित्यको संरक्षण र विकासमा टेवा पु¥याउँदै आएको कुरामा कुनै द्विविधा छैन । नेपालका विविध भाषा साहित्यको समावेशी, समानुपातिक विकासमा राज्यलाई थप झकझक्याउने राज्यको प्रतिनिधिको रुपमा क्रियाशील प्रतिष्ठानले वहुआयामिक साहित्यिक गोष्ठीहरु मार्फत देशव्यापी अभियानहरु सञ्चालन गर्दै साहित्यको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाल प्रज्ञाप्रतिष्ठान हिरक वर्ष २०७३ सन्दर्भ पारेर ओखलढुङ्गा -रुम्जाटार साहित्यिक यात्रा एवं आख्यान /बालसाहित्य गोष्ठी २०७३ फागुन १४ र १५ गते सुन्दर जिल्ला ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका स्थित रुम्जाटारमा प्राज्ञ मातृका पोखरेलको अध्यक्षतामा एक भव्य साहित्यिक गोष्ठीको आयोजना गर्न सफल भयो । ओखलढुङ्गा, रुम्जाटार साहित्य यात्रा एवं आख्यान/ बालसाहित्य गोष्ठी २०७३ फागुन १४–१५ को कार्यक्रमको उद्घाटन राष्ट्रियगान बजाएर प्राज्ञ नर्मदेश्वरी सत्यालले गर्नुभएको थियो । अतिथिको रुपमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका निमित्त प्रमुख त्रिलोचन रिमाल, जिल्ला प्रहरी निरीक्षक टिका कार्की, शमशेर दल गुल्मका गुल्मपति ऋषिराम कँडेल, ओखलढुङ्गा- -रुम्जाटार साहित्यिक गोष्ठीका संयोजक सीताराम गुरुङ, नेकपा (माओवादी केन्द्र)का जिल्ला सहसंयोजक अनिल योगी, नेकपा (एमाले)का जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, नेपाली कांग्रेस, राप्रपा, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी लगायत संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथि एवं सर्वसाधारणलाई साहित्यकार होमशंकर बर्तोलाले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुका साथै समाजसेवी तथा बुद्धिजीवी सीताराम गुरुङ, निमित्त प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमाल, माओवादी केन्द्रका सहसंयोजक अनिल योगी, एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्राज्ञ नर्मदेश्वरी सत्यालले एकेडेमीले खेलेको भूमिका बारे मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा ‘नेपाली लघुकथामा समाजवादी यथार्थवाद’ विषयमा साहित्यकार पुष्करराज भट्टले कार्यपत्र प्रस्तुत गर्नुभयो भने उक्त कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आर.एम.डंगोल र रामप्रकाश पुरीले टिप्पणी गर्नुभएको थियो ।
यस्तै उक्त कार्यक्रममा “बालसाहित्यमा प्रगतिशील चिन्तन” विषयक कार्यपत्र बालसाहित्यकार विजयराज आचार्यले प्रस्तुत गर्नुभयो भने कार्यपत्रमाथि साहित्यकार डा.विन्दु शर्मा र चेतनाथ धमलाले टिप्पणी गर्नुभएको थियो । सयौं जनताको बीचमा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रममा प्रमुख अतिथि सांसद यज्ञराज सुनुवारले आफ्नो क्षेत्रमा एकेडेमीले आयोजना गरेको गोष्ठीको सह्राना गर्नुका साथै भविष्यमा समेत यस्तै गोष्ठीको आयोजना गर्न आग्रह गरी साहित्यिक गोष्ठीको सफलाको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा स्थानीय संघ संस्थाहरुको सहआयोजना समेत रहेको थियो । कार्यक्रमको भिजन एफ.एम.र ब्रोडकाष्टले प्रत्यक्ष प्रशारण गरेका थिए । कार्यक्रमको बीच बीचमा स्थानीय र केन्द्रबाट गएका कवीहरुले कविता, गीत, नृत्य प्रस्तुत गर्नुभयो । स्थानीय समाजसेवी यमनसिंह गुरुङ, पत्रकार महासंघ ओखलढुङ्गाका उपाध्यक्ष शिव ढुंगाना, कान्तिपुरका संवाददाता कुम्भराज राई, प्रलेस नेपालका पदाधिकारीहरु पुष्करराज भट्ट, खेम थपलिया, आर.सी.न्यौपाने, प्रकाश सिलवाल, कृष्णहरि भट्ट, गोपी उपाध्याय, लक्ष्मीनारायण, कृष्णराज लगायतका साहित्यकारहरुको उपस्थिति एवं आतिथ्यता रहेको थियो । यसरी महत्वपूर्ण सन्देश दिन सफल उक्त कार्यक्रममा अध्यक्षता गर्नुभएका प्राज्ञ श्री मातृका पोखरेलले नेपालको साहित्यिक आन्दोलनको बारेमा र नेपाल प्रज्ञा-प्रतिष्ठानले पुर्या एको योगदानका बारे चर्चा गर्दै कार्यक्रम समापन गर्नुभयो भने उक्त कार्यक्रमको संचालन युवा साहित्यकार विकास राईले गर्नुभएको थियो ।
प्रतिवेदक :- रामचन्द्र न्यौपाने (आर.सी.)
कार्यपत्र
नेपाली लघुुकथामा समाजवादी यथार्थवाद
पुुष्करराज भट्ट
(यस कार्यपत्रमा नेपाली लघुकथामा समाजवादी यथार्थवादलाई मूूल विषय मानेर अध्ययन गरिएको छ । समाजवादी यथार्थवाद र साहित्यको सम्बन्धको चर्चाका साथै यसलाई प्रतिबिम्बित गर्ने विषयसन्दर्भको प्रस्तुुतिका क्रममा यस अध्ययनमा राजनीतिक विसङ्गति एवम् पुुँजीवादी सामन्तवादी राजनीतिको विरोध, द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरंकुुशता विरोधी चेतना, समाजमा हुने विभेदको विरोध एवम् निम्नवर्गीय पक्षधरता, अन्धविश्वास तथा कुुरीतिको विरोध, धार्मिक आडम्बरको विरोध, राष्ट्रियताबोध तथा वैदेशिक हस्तक्षेप विरोधी चेतना गरेर ६ विषयलाई अध्ययनको सामग्रीका रूपमा चयन गरिएको छ ।)
१. विषय परिचय
लघुुकथा आख्यानको प्रमुुख भेद हो । वर्तमान समयमा लघुुकथा लेखनले व्यापकता प्राप्त गरिसकेको छ । समाजवादी यथार्थवाद माक्र्सवादी दर्शनमा आधारित दर्शन हो । यो आलोचनात्मक यथार्थवादको गुुणात्मक रूप हो । माक्र्सवादी साहित्य चिन्तनले समाजमा निम्न वर्गको पक्षधरताका लिएर समाजमा देखिएका सम्पूूर्ण आर्थिक, सामाजिक तथा सांस्कृतिक विसङ्गतिको विरोध गर्दछ र सुुन्दर समाज निर्माणको लागि सङ्घर्षमा उत्साहित र उत्प्रेरित गर्दछ । यस कार्यपत्रमा नेपाली लघुुकथामा प्रस्तुुत समाजवादी यथार्थवादी दार्शनिक चिन्तनलाई मूूल विषय मानिएको छ । नेपाली लघुकथामा प्रस्तुुत समाजवादी यथार्थवादको सूूचकका रूपमा राजनीतिक विसङ्गति एवम् पुुँजीवादी सामन्तवादी राजनीतिको विरोध, द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरंकुुशता विरोधी चेतना, समाजमा हुने विभेदको विरोध एवम् निम्नवर्गीय पक्षधरता, अन्धविश्वास तथा कुुरीतिको विरोध, धार्मिक आडम्बरको विरोध, राष्ट्रियताबोध एवम् वैदेशिक हस्तक्षेप विरोधी चेतना गरेर ६ विषयलाई अध्ययनको सामग्रीका रूपमा चयन गरिएको छ ।
२. समाजवादी यथार्थवाद र साहित्य
समाजवादी यथार्थवादले माक्र्सवादी चेतनासँग सम्बन्ध राख्दछ । यसले माक्र्सवादी दर्शनका आधारमा जीवन र जगतलाई बुुझ्ने र सोही अनुुसार परिभाषित गर्दछ एवम् समाजको यथर्थालाई क्रान्तिकारी दिशामा लगेर सामाजिक परिवर्तनको चेतनालाई प्रस्तुुत गर्दछ । यसलाई प्रगतिवाद पनि भनिन्छ । यो यथार्थवाद र आलोचनात्मक यथार्थवादभन्दा विकसित दार्शनिक चिन्तन हो । यसले प्रगतिशील लेखनको उच्चतासँगै सामाजिक अन्र्तविरोधको विश्लेषण, उत्पीडन विरोधी चेतनाको प्रस्तुुति तथा समतामुुलक समाजको स्थापनाका निमित्त समाजवादी यथार्थवादी चेतनाको कलात्मक प्रतिबिम्बन गर्दछ । यसले अध्यात्मवाद, यान्त्रिक भौतिकवाद दुुवै खाले यथार्थवादको विरोध गर्दछ । यो जीवनजगत्लाई हेर्ने द्वन्द्वात्मक तथा भौतिकवादी दृष्टिकोण हो । यस दर्शनले जीवनजगत्को उत्पति र विकासमा दैवी शक्तिको सर्वोपरि वा प्रमुुख कारण तŒवलाई निषेध गर्दछ । समाजवादी यथार्थवादी साहित्यले श्रमजीवी वर्गको पक्षधरताका साथै समाजमा देखिएका विभिन्न खाले विसङ्गतिका विरोध गर्नाका साथै उत्पीडित वर्गका जनतालाई आफ्नो अधिकारका लागि सङ्घर्षका निमित्त उत्प्रेरित गर्दछ । यसले सामाजिक प्रगतिको संवाहकको रूपमा सर्वहारा वर्गलाई मानेर क्रान्तिकारी जनसमुुदायको नयाँ समाजको निर्माणको प्रयत्न र सङ्घर्षको कलात्मक जीवनलाई प्रस्तुुत गर्दछ । यस किसिमको साहित्यले समाजका निम्नवर्गीय जनजीवनको प्रस्तुुतिका साथै त्यसलाई समर्थन गर्ने राजनीतिक संगठनप्रतिको प्रतिबद्धताको माग गर्दछ र यसले पुुँजीवादको आलोचना गर्दछ । यस चिन्तनले पुुरानाको विरुद्ध नयाँ, मृतका विरूद्ध जीवित, कुुरूपका विरूद्ध सुुन्दर, पतनोन्मुुखका विरूद्ध उदयोन्मुख शक्तिको पक्ष लिन्छ । यस चिन्तनले धार्मिक आडम्बर, अन्धविश्वास, पाखण्डी भाग्यवाद र ईश्वरको अस्तित्वमाथि प्रश्न उठाउँदै श्रम र चेतना तथा भौतिक जगत्प्रति विश्वास राख्द्छ । यो मान्छेमाथि मान्छेद्वारा गरिने सबै प्रकारको शोषणको विरोध गर्ने स्वच्छ, स्वस्थ र सुुन्दर समाज निर्माणका लागि क्रियाशील हुुन् आह्वान गर्दछ । माक्र्सवादी साहित्य आडम्बरवाद विरोधी, श्रमप्रति आस्थावान् एवम् शोषण विरोधी चेतनाका रूपमा रहेको छ । यसमा पुुँजीवादी व्यवस्था, संस्कृति वा विचारधाराप्रति विद्रोह, सर्वहारा वर्गीय पक्षधरताका साथै वर्गसङ्घर्षलाई केन्द्र मानेर साहित्यको वर्गीय स्वरूपलाई अङ्गीकार गरिनुुपर्दछ । समाजवादी यथार्थवादी साहित्यमा वर्गपक्षधरताको प्रस्तुुति हुनुु आवश्यक मानिन्छ ।
३. नेपाली लघुुकथामा समाजवादी–यथार्थवाद
नेपाली लघुुकथामा समाजवादी यथार्थवादी चेतना निकै पछि मात्र विकसित भएको हो । नेपाली लघुुकथाको कृति प्रकाशन प्रारम्भ २००७ सालतिर भएपनि समाजवादी यथार्थावादी चिन्तनको प्रारम्भ विनयकुमार कसजूूको पशुुतन्त्र (२०३९) बाट भयो । शशिकला शर्माको उसको सुुरूवाल (२०१९) मा रहेका केही लघुुकथामा सामाजिक सुुधारको चेतना अभिव्यक्त भएपनि यसले समाजवादी यथार्थवादी सशक्तता प्राप्त गर्न सकेन । नेपाली लघुुकथामा समाजवादी यथार्थवाद पचासको दशक यता पहिले भन्दा बढि विकसित हुुँदै आएको सन्दर्भमा यस अध्ययनमा राजनीतिक विसङ्गति एवम् सामन्तवादी पुुँजीवादी सामन्तवादी राजनीतिको विरोध, द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरंकुुशता विरोधी चेतना, समाजमा हुने विभेदको विरोध एवम् निम्नवर्गीय पक्षधरता, अन्धविश्वास तथा कुुरीतिको विरोध, धार्मिक आडम्बरको विरोध, राष्ट्रियताबोध एवम् वैदेशिक हस्तक्षेप विरोधी चेतना गरेर ६ विषयलाई अध्ययनको सामग्रीका रूपमा चयन गरिएको छ ।
३.१ राजनीतिक विसङ्गति एवम् पुुँजीवादी सामन्तवादी गतिविधिको विरोध
नेपाली लघुकथामा समाजवादी यथार्थवादको प्रस्तुुति गर्ने क्रममा राजनीतिक विषयलाई प्रमुुखता दिइएको छ । नेपाली लघुकथामा राजनीतिका नाममा देखिएका जनविरोधी क्रियाकलापप्रति आलोचनाको स्वर प्रकट भएको छ । चुुनावी राजनीतिका नाममा देखिएको झुुठो प्रचार, व्यक्तिगत लान्छना, पैसाको चलखेल, जनताको कम चेतनाको लाभ उठाउँदै लोभलाभमुुखी गतिविधि गर्ने प्रवृत्ति, सहिदको अपमान, आश्वासन बाँडेर जनताको काम नगर्ने, पदप्रतिष्ठामा बिक्न, अवसरवादलाई बढावा दिने जस्ता गतिविधिप्रति आलोचना व्यक्त भएको छ । यसरी नै नेपाली लघुुकथामा पुँजीवादी भ्रष्ट चिन्तन एवम् क्रियाकलापलाई बढावा दिने कार्यप्रति विरोधको स्वर व्यक्त भएको छ । नेपाली लघुुकथामा राजनीतिक विसड्गति एवम् पुुँजीवादी सामन्तवादी गतिविधिको विरोध गरिएका रचनामा कपिल लामिछानेको गिद्ध, पुुष्करराज भट्टको अपुुरो सपना, मित्र आभाषको सरकारी आयोग, हरिहर खनालको ओत, विजय सागरको पाजीको वक्तव्य, भाष्करको खोजी, आर.आर चौलागाईको कबुुल, विनयकुुमार कसजूको साहुुजीको पार्टी र हरिगोविन्द लुुइटेलको साला पेट ! प्रमुुख रहेका छन् ।
३.२ द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरङ्कुुशता विरोधी चेतना
नेपाली लघुुकथामा समाजवादी यथार्थवादको प्रस्तुुतिको क्रममा द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरङ्कुुशता विरोधी चेतनालाई प्रस्तुुत गरिएको छ । नेपाली लघुुकथाको व्यापक विकास ५० को दशक यता भएको र सो समयावधिमा नेपाली राजनीतिक क्षेत्रमा हिंसाजन्य गतिविधिले व्यापकता पायो । यसै सन्दर्भमा नेपाली लघुुकथा रचनामा द्वन्द्वरत पक्षका हिंसाजन्य गतिविधिलाई आफ्नो लेखनको प्रमुुख पक्ष बनाउने कार्य समेत भएको पाइन्छ । यी रचनामा पचासको दशक यताको कालखण्डमा भएका हिंसामुुखी क्रियाकलापलाई प्रस्तुुत गर्ने क्रममा जनताले पाएको सास्ती र यातनालाई विषय सन्दर्भका रूपमा प्रस्तुुत गरिएको छ । यी रचनामा सरकारी पक्षबाट भएको दमनका साथै विद्रोही पक्षले गरेको जनविरोधी कार्यलाई समेत व्यक्त गरिएको छ । नेपाली लघुुकथामा नेपाली समाजमा रहेको निरङ्कुुशता विरोधी चेतनाको सशक्त प्रस्तुति पाइन्छ । नेपाली लघुकथा रचनामा द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरङ्कुुशता विरोधी चेतनाको अभिव्यक्ति बुुद्धिनाथ ज्ञवालीको आश्रय, प्रदीप प्रधानको पुुर्जी, नवराज रिजालको अनुुत्तर, हरिप्रसाद भण्डारीको विष नभएको सर्प र कपिल लामिछानेको कहीँ नभा’को जात्रा लघुुकथामा गरिएको छ । यी रचनामा द्वन्द्वकालमा आम नागरिकको जीवनमाथि गरिएका हस्तक्षेप एवम् जनताको अधिकार खोस्ने निरड्कुुशता लाद्ने तत्कालीन राजाको गलत कार्यप्रति आलोचनाको स्वर आएको छ ।
३.३ समाजमा हुने विभेदको विरोध एवम् निम्नवर्गीय पक्षधरता
नेपाली लघुुकथामा समाजवादी यथार्थवादको प्रस्तुतिको क्रममा नेपाली समाजमा रहेका वर्ग र ती वर्गका बिचको द्वन्द्वसँग कथ्यसन्दर्भको प्रयोग गरिएको पाइन्छ । यी रचनामा नेपाली समाजमा हुने विभिन्न किसिमका विभेद र ती विभेदको विरोधको स्वरलाई प्रस्तुुत गरिएको छ । लघुुकथा रचनामा समाज विकासका क्रममा हुुने वर्गद्वन्द्व र निषेधको प्रक्रियासँग सम्बन्धित विषयसन्दर्भको प्रस्तुुति पाइन्छ । नेपाली समाजमा रहेका विपन्न नागरिकमाथि सम्पन्न नागरिकबाट हुने विभेद, अपहेलना एवम् हिंसाप्रति आलोचनाका साथै विद्रोही स्वर समेत आएको छ । आफ्ना रचनामा समाजमा हुने विभेदको विरोध एवम् निम्नवर्गीय पक्षधरता प्रस्तुुत गरिएका रचनामा प्रयास सौरभ श्रेष्ठको बेवारिसे, शेखरकुुमार श्रेष्ठको कानुुन, विमला अधिकारीको लख, नारायण मरासिनीको मुुक्तिदाता, कुुसुुम ज्ञवालीको प्रजातन्त्र, राधा कार्कीको गन्तव्य, रामचन्द्र खतिवडाको प्रदिप विश्वकर्मा, रामकुुमार पण्डित क्षेत्रीको सामन्ती, हरिप्रसाद भण्डारीको महŒवपूूर्ण कार्यक्रम र गोपाल ढकालको मानवता प्रमुुख रहेका छन् । यी रचनामा साधनसम्पन्न व्यक्तिले सत्ता एवम् शक्तिको आडमा गरेका अवाञ्छित क्रियाकलापको प्रस्तुुति, प्रजातन्त्रका नाममा नेतावर्गको जनविरोधी क्रियाकलाप एवम् मानवताविरोधी गतिविधिप्रति आलोचनाका साथै विकृति विरोधी चेतनाको अभिव्यक्ति पाइन्छ ।
३.४ अन्धविश्वास एवम् कुुरीतिको विरोध
नेपाली लघुुकथामा नेपाली समाजमा रहेको अन्धविश्वास एवम् कुुरीति विरोधी चेतनाको प्रस्तुुति पाइन्छ । समाजवादी यथार्थवादी युुगचेतनाको प्रस्तुुतिका क्रममा समाजमा रहेका अन्धविश्वासको उजागर गर्नुु र तिनको भण्डाफोर गर्नुु, कुुरितिको समाप्तिका लागि लेखनका माध्यमबाट जनचेतना निर्माण गर्ने कार्यमा नेपाली लघुुकथा लेखकले योगदान दिएको पाइन्छ । नेपाली लघुुकथामा समाजवादी यथार्थवादी जीवनदृष्टिको प्रस्तुुतिका क्रममा अन्धविश्वास एवम् कुुरितिको विरोधका दृष्टिले नवराज रिजालको ठहर, रामचन्द्र नेपालको मन्दिर र छोरीहरू, अच्युुत घिमिरेको पुुरस्कार, विजय सागरको बुुवाको नाम र श्शिकला शर्माको जप लगायतका रचना उपयुुक्त मानिन्छन् । यी लघुुकथामा व्यक्तिपात्रले गरेका अन्धविश्वासको प्रस्तुुतिका साथै समाजमा रहेको अन्धविश्वास एवम् कुुरीतिप्रति आलोचनाको स्वर प्रकट भएको छ ।
३.५ धार्मिक आडम्बर विरोधी चेतनाको अभिव्यक्ति
नेपाली लघुुकथामा समाजवादी यथार्थवादी चिन्तनको प्रस्तुुतिका क्रममा धार्मिक आडम्बर विरोधी चेतना अभिव्यक्त भएको पाइन्छ । यी रचनामा धर्मका आडमा भएका जनविरोधी कामलाई विषयसन्दर्भ बनाइनाका साथै मानवताविरोधी एवम् स्वार्थमुुखी कार्यप्रति आलोचना व्यक्त भएको पाइन्छ । नेपाली लघुकथामा धर्मका नाममा गरिने आडम्बरपूूर्ण क्रियाकलाप विरोधी चेतनाको प्रस्तुुति अगीब बनेपालीको हतियार, हरिप्रसाद भण्डारीको परत्रको चिन्ता, अच्युुत घिमिरेको बाबाको चमत्कार, पुुष्करराज भट्टको मोक्ष प्राप्ति, गोपाल ढकालको पण्डित्याँइ, विश्वराज अधिकारीको लालटेन र हरिगोविन्द लुुइटेलको स्वामी देवीदास लघुकथामा गरिएको पाइन्छ । यी लघुकथामा पन्डितवर्गका लोभलाभपूूर्ण क्रियाकलाप, व्यक्ति पात्रका धार्मिक दुुर्बलता, समाजमा धर्मका नाममा गरिने जनताको भावनात्मक एवम् आर्थिक शोषण र शोषण विरोधी चेतनाको सशक्त प्रस्तुुति पाइन्छ ।
३.६ राष्ट्रियताको बोध तथा वैदेशिक हस्तक्षेप विरोधी चेतनाको प्रस्तुुति
नेपाल वैदेशिक हस्तक्षेपले ग्रसित मुुलुुक हो । अझ यसमा पनि छिमेकी मुुलुुकको व्यवहार समानतापूूर्ण नभएको सन्दर्भमा नेपाली लघुुकथामा राष्ट्रियताको भावना प्रबल रूपमा व्यक्त भएको पाइन्छ । यसै सन्दर्भमा नेपाली लघुुकथामा समाजवादी यथार्थवादी चेतनाको अभिव्यक्तिका क्रममा राष्ट्रियताबोध एवम् वैदेशिक हस्तक्षेप विरोधी चेतना व्यक्त भएको पाइन्छ । नेपाली लघुकथामा राष्ट्रियताबोधका साथसाथै वैदेशिक हस्तक्षेप विरोधी चेतनाको अभिव्यक्ति प्रयास सौरभ श्रेष्ठको कालापानी, नारायण मरासिनीको देशभक्ति, कपिल लामिछानेको दौरा–सुुरुवाल, भाष्करको बिप्पा र रामचन्द्र नेपालको मर गया साला पहाडी ! मा प्रमुखताका साथ प्रस्तुुत गरिएको छ । यी लघुकथामा भारतीय पक्षबाट नेपाली नागरिकलाई हेला गर्ने तथा नेपाली सिमाना अतिक्रमण गर्ने गतिविधिको प्रस्तुुति, राष्ट्रियताको नाममा आडम्बर प्रस्तुुत गर्ने नेतावर्गका क्रियाकलाप एवम् विदेशीको दलाली गर्ने नेपालका राजनीतिक नेतृत्ववर्गको कार्यप्रति आलोचनाका साथै विकृति विरोधी चेतनाको अभिव्यक्ति पाइन्छ ।
नेपाली लघुुकथा लेखनका क्षेत्रमा समाजवादी यथार्थवादी चेतनाको अभिव्यक्ति भएका तर लघुुकथा कृति प्रकाशनमा भने आउन नसकेका इस्माली, घनश्याम परिश्रमी, मातृका पोखरेल, जनक रसिक, अशोक कुुँवर, भुुवन निस्तेज, घनश्याम ढकाल, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, कल्यान ओझा, जगदिश ओझा, खगेन्द्र जोशी, होमशंकर बास्तोला, प्रेमसिंह धामी, मेघनाथ खनाल आदिका रचनाले नेपाली लघुुकथा समृद्ध बन्दै जाने देखिन्छ ।
४. निष्कर्ष
नेपाली लघुुकथामा समाजवादी यथार्थवाद एक प्रमुुख दार्शनिक चेतनाको रूपमा विकसित भइसकेको छ । यस चिन्तनबाट अभिप्रेरित नेपाली लघुुकथा रचनामा नेपालको राजनीतिक क्षेत्रमा देखापरेका विसड्गतिप्रति आलोचनाका साथै सामन्ती पूूँजीवादी गतिविधिप्रति आलोचनाको स्वर प्रकट भएको पाइन्छ । यी रचनामा नेपाली राजनीतिमा देखिएका निरङ्कुुशताजन्य क्रियाकलापप्रति विरोधका साथै लोकतान्त्रिक चेतनाको अभिव्यक्ति आएको छ । समाजमा हुने विभेदजन्य गतिविधिप्रति आलोचनाको स्वर प्रकट हुनुु, अन्धविश्वास एवम् कुुरीतिको भण्डाफोर गर्नु, धार्मिक आडम्बरको विरोधका साथै नेपाली राष्ट्रियताबोध एवम् वैदेशिक हस्तक्षेप विरोधी चेतनाको प्रस्तुतिका दृष्टिले यी लघुुकथा महत्वपूूर्ण छन् । नेपाली लघुुकथामा समाजवादी यथार्थवादी युुगचेतनाका आधारमा कलम चलाउने लेखकको संख्या कम भएपनि सामाजिक विकृति विरोधी चेतनाको प्रस्तुुतिका साथै सामाजिक परिवर्तनमुुखी चेतनाको उद्बोधनमा भने महत्वपूूर्ण भूूमिका खेलेको पाइन्छ । नेपाली समाजको रुपान्तरणको चाहनाका साथै सामाजिक परिवर्तनको चेतनालाई सम्वहन गरेका कारण यस चिन्तनले नेपाल राष्ट्रको अग्रगतिको मार्गमा महत्वपूूर्ण भूूमिका खेल्ने देखिन्छ ।
सन्दर्भ सामग्री सूूची
चापागाई. निनुु (२०५९). “प्रगतिवादी साहित्य र यसको विशेषता”. वेदना. २९÷१, ६५, पृ.६६–७६ ।
.... (२०६६). “साहित्यसम्बन्धी माक्र्सवादी अवधारणाहरू : संक्षिप्त बुुँदाहरू”.प्रलेस. १४÷१६. पृ. ५–१२ ।
पोखरेल. बद्रीविशाल (२०६५). प्रगतिवादी कविता : सिद्धान्त र प्रवृत्ति. काठमाडौं : मिथिला पोखरेल ।
बराल. ऋषिराज (२०६३). उपन्यासको सौन्दर्यशास्त्र. ललितपुुर : साझा प्रकाशन ।
नेपाली लघुुकथाका विभिन्न कृतिहरू ।
No comments:
Post a Comment