मिति २०७१ मंसिर २७ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा साहित्य कला संगीत प्रबर्द्धन समाज (ल्याम्प–सोसाइटी) मकवानपुरद्वारा आयोजित ‘अञ्चल स्तरीय आख्यान विमर्श तथा सिर्जना वाचन’ कार्यक्रम सम्पन्न भयो । । उक्त कार्यक्रममा समालोचक घनश्याम घिमिरेले "साठीको दसकका कथा "र समालोचक महेश पौडेलले "साठीको दसकका उपन्यास" माथि र सञ्जय साह मित्रको "वज्जिका भाषामाथि कार्यपत्र"प्रस्तुत भएको थियो । कार्यक्रममा वाचित रचनाहरूको टिप्पणी निमेष निखिल, कथामाथि वरिस्ठ कथाकार इस्माली र तुलसी थापा,उपन्यासमाथि उदय अधिकारी र विश्वम्भर शर्माद्वारा टिप्पणी भएको थियो । वज्जिका भाषाको कार्यपत्रमाथि रामाधार पासवानले टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सभाध्यक्षता साहित्यकार आनन्दराम पौडेल साहित्य कला संगीत प्रबर्द्धन समाज (ल्याम्प–सोसाइटी) मकवानपुरका अध्यक्ष साहित्यकार आनन्दराम पौडेलले गर्नु भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका आख्यान विभाग प्रमुख साहित्यकार मातृका पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई मुस्कान तिमिल्सिनाले सञ्चालन गर्नु भएको थियो । सिर्जना वाचन अन्तर्गत सञ्जय साह (रौतहट)ले लघुकथा, एस.के. निधन (मकवानपुर)ले सूत्रकथा, भावना सापकोटा (मकवानपुर)ले गद्य कविता, दिल दिवाना (बारा)ले गद्य कविता र पुरुषोत्तम आचार्य (मकवानपुर)ले पद्य कविता प्रस्तुत गर्नु भएको थियो ।
================================================
================================================
मिति २०७१ मंसिर २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा साहित्य, कला, सङ्गीत प्रवद्र्धन समाज मकवानपुरद्वारा आयोजित ‘आख्यान विमर्श तथा सिर्जना वाचन’ कार्यक्रममा प्रस्तुत कार्यपत्र ।
साठीको दशकमा नेपाली उपान्यास : एक सिंहावलोकन
— महेश पौड्याल
केन्द्रीय अङ्ग्रेजी विभाग
त्रिभूवन विश्वविद्यालय
कीर्तिपुर, काठमाडौँ
सबैभन्दा सुलभ र प्रजातान्त्रिक साहित्यक विधा भएकै कारणले उपन्यासले पाठकसँग सम्वन्ध स्थापित गर्नुपर्छ । आवरण, सकारात्मक समीक्षकबाट उद्धृत गरिएका हरफ जस्ता अनेक प्रकारका बाह्य प्रभावहरूले यस सम्बन्धलाई सहज या कुण्ठित तुल्याएको पनि हुनसक्छ । तथापि, उपन्यासले संसारमा आफ्नो बाटो आफैँ स्थापिन गर्न सक्नुपर्छ ।
— जोन म्युलान (हाउ द नोवल वक्स)
यस कार्यपत्रले साठीको दसकमा नेपाली उपन्यासको क्षेत्रमा देखिएको संख्यात्मक र गुणात्मक परिवर्तनको सामान्य मूल्याङ्कनको जमर्को गरेको छ । तर विषयको बृहत्ता र यस कार्यपत्रले समेट्न अपेक्षित व्यापक धरातललाई दृष्टिगत गर्दा यस कार्यपत्रको सीमाक्षेत्रभित्र धेरै कुरालाई सम्वोधन गर्न नसकिने हुँदा केही प्रतिनिधि उपन्यासको बाहेक सबै उपन्यसाको नाम लिनु वा संश्लेषण गर्नु अथवा नेपाली भाषाका अतिरिक्त अन्य भाषामा लेखिएका नेपाली सर्जकका उपन्यासहरूलाई पनि यस कार्यपत्रमा समेट्नु लगभग असम्भव भएको कुरा स्वीकार गर्द यिनै सीमाहरूभित्र रहेर एक दशकको नेपाली उपान्यासको स्थितको एउटा सङ्गोपाङ्गो संश्लेषणमात्र प्रस्तुत गर्ने जमर्को गरेका छ । नेपालको सीमानाभन्दा बाहिर लेखिएका नेपाली उपन्यासको विश्लेषण पनि यस कार्यपत्रको दायराभन्दा बाहिर राखिएको छ, तर सान्दर्भिक ठानिएको स्थितिमा तिनीहरूमध्ये केहीको उल्लेख गरिएको छ । यस परिधिभित्र यस कार्यपत्रको मूल कथ्य यो छ, कि साठीको दशक यथार्थवादी उपन्यासको दशक हो, र यस समयमा नेपाली उपन्यासले इतिहासमै नदेखिएको व्यवसायिक सफलता प्राप्त गरेको छ । तर सङ्ख्याका दृष्टिले उपन्यासको लगभग बाढी नै आएको यस दशकभरिको उपन्यास सङ्कथन केही आठ–दस वटा उपन्यासकै वरिपरि केन्द्रित हुनाले नेपाली उपन्यासमा साँच्चिकै गुणवत्ता स्थापित गर्न लेखकहरूले अझै धेरै परिश्रम गर्नुपर्ने देखिन्छ ।
साठीको दशक नेपाली इतिहासमा सबैभन्दा ठूला परिवर्तनहरूका दशकहरूमध्ये एक हो । यसै दशकमा बाह्रवर्ष लामो माओवादी जनयुद्ध आफ्नो चरम उत्कर्षको विन्दुमा पुग्यो । यसै दशकको शुरुमा २०६२–२०६३ को आन्दोलन भयो, जसको परिणामस्वरुप विगत २५० वर्षदेखि नेपालमा शासन गर्दै आएको राजतन्त्रको पनि अवसान भयो र नेपाल एक गाणत्रान्तिक, धर्मनिपेक्ष र समावेशी मुलुकको रुपमा उदाउन पुग्यो । माओवादी जनयुद्ध र यी राजनैतिक परिवर्तन सँगसँगै नेपालमा आम जनताको चेतनाको स्तरमा निकै ठूलो बृद्धि भएको र जनता आफ्ना अधिकारबारे निकै सचेत भएको पनि देखिएको छ । हरेक प्रकारका शोषण र ज्यादतीका बिरुद्ध संघर्ष गर्नुपर्छ भन्ने जागरण नेपाली जनतामा प्रचूर मात्रामा विकासित भएको देखिएको छ । महान जनआन्दोलन, मधेश आन्दोलन, संविधान सभाको दुईवटा चुनाव, राजनैतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, नेपालीहरूको विदेश पलायनको बढ्दो दौर, नेपालबाहिर जाने कामदारले पाएको दुखको बढ्दो गाथा, अधोगत आर्थिक विकास, बढ्दो व्यथिति, स्थगित विकास प्रक्रिया आदि तमाम अनुभव पनि साठीको दशकले नेपाललाई दिएर गएको हो । यसरी हेर्दा, यस दशकको पूर्वार्धले नेपालमा निकै उत्साह र उमङ्ग दिएर गएको भएपनि त्यसपछि देखिएको राजनैतिक अन्यौल, अकर्मण्यता र व्यावहारिक विफलताका कारण नेपालमा नैराश्य र पीडाको पनि दौर चलेको अनुभव गर्न सकिन्छ । सँगसँगै, यसै दशका, सदियौँदेखि दबेर रहेका अल्पसङ्ख्याक नेपाली, आदिवासी, जनजाति तथा लैङिगक अल्पसङ्ख्यक वर्गको अधिकार र मुक्तिको संघर्ष तथा पहिचानको खोजी पनि यसै दशकको उत्तराद्र्धतिर निकै निब्रताका साथ उठेको पाइन्छ । देशको अर्थराजनैतिक यथार्थको यस प्रकारको व्याख्या विश्लेषण गरिनुको अर्थ यो हो, कि यस बेला लेखिएको नेपाली साहित्यले पनि मोटामोटी रुपमा यिनै यथार्थ र समस्यालाई सम्वोधन गर्ने कोशिस् गरेको छ ।
विषयवस्तुको विविधतालाई मूल्याङ्कनको अर्को छुट्टै कसी मानेर, पहिले नेपाली उपन्यासमा संख्यागत र व्यवसायिक रुपमा आएको परिवर्तनलाई हेर्ने हो भने साठीको दशक नेपाली उपन्यासमा एउटा चमत्कारिक विकासको दशक रह्यो । नेपाली उपन्यासको इतिहासमा बीपी, डायमण्ड समशेर, पारिजात, धच गोतामे र धु्रवचन्द्र गौतमेबाहेक विरलै रुपमा चर्चामा आउने गरेका उपन्यसको परम्परामा साठीको दशकले एक्कासि व्यवसायिक दृष्टिले एकपछि एक प्रतिनिधि उपन्यास दिएर गएको साँचो हो । समालोचक माइकल हट भन्दछन्, “२०६२ सालतिर आएर नेपाली उपन्यासले एक व्यावासायिक सफलता पनि प्राप्त ग¥यो, जुन त्यसभन्दा अगाडि कहिल्यै अनुभव गरिएको थिएन” (३) । नारायण वाग्लेले २०६२ मा प्रकाशित गरेको उनको पहिलो उपन्यास पल्पसा क्याफेको लोकप्रियता, बिक्री भएका त्यस उपन्यासका प्रति, र आजपर्यन्त जारी त्यसको लोकप्रिय चर्चालाई दृष्टिगत गर्ने हो भने र त्यसपछि आएकास कृष्ण धरावासीको राधा, कृष्ण अबिरलको रक्तकुण्ड, बुद्धिसागर चपाइँको कर्नाली ब्लुज, युग पाठको उर्गेनको घोडा, अमर न्यौपानेको सेतो धरती र सुबिन भट्टराईको समर लभको लोकप्रियता र व्यवसायिक सफलताले माइकल हटको भनाइलाई पुष्टि गर्न सकिने धेरै आधारहरू भेटिन्छन् ।
साठीको दशकमा सङ्ख्यागत हिसाबले कति उपन्यास छापिए, त्यसको आँकडा प्रस्तुत गर्न कठिन नै होला, तर प्रतिनिधिमूलक रुपमा आएका र चर्चामा रहेका उपन्यासको प्रवृत्ति हेर्दा यस दशका नेपाली उपन्यास मूलतः यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा तथा प्रयोगवादी धारा गरी तीन प्रमुख धाराहरूको बाटोबाटै अगि बढेको प्रतीत हुन्छ । यस दशकमा लेखिएका अधिकांश उपन्यासहरू यथार्थवादी परम्पराका हुन्, जसभित्र हामी मूलतः सामाजिक यथार्थवाद, प्रगतिवाद र मनोविश्लेषणात्मक अथार्थवदी धारा प्रमुख रुपमा पाउँछौ, उद्यपि केही उपन्यास आदर्शोन्मुख यथार्थवादी र ऐतिहासिक यथार्थवादी पनि देखिएका छन् । संख्यागत दृष्टिले यस दशकमा च्वच्छन्दतावादी उपन्यासको बाली त्यति उर्वर देखिँदैन, जसको सम्भावित कारण यो हो कि द्वन्दग्रस्त मुलुकको मनोविज्ञान स्वेरकल्पना र च्वच्छन्दतावादी चिन्तनभन्दा यथार्थवादी चिन्तनका लागि नै बढी उर्वर हुने गर्दछ । प्रयोगवादी नेपाली उपान्यासमा मूलतः नारीवादी उपन्यास, आदिवासी जनजाती र अन्य अल्पसङ्ख्यकहरूको पहिचान र सामाजिक न्यायको मुद्दालाई लिएर लेखिएका उपन्यास तथा परम्परागत शैलीका अस्तित्ववादी उपन्यासहरू प्रकाशित भएको देखिन्छन् ।
१९९१ तिर प्रकाशित रुद्रराज पाण्डेको उपन्यास रुपमाति बाट शुरु भएको मानिएको आधुनिक नेपाली उपन्यासको आर्दर्शोन्मुख यथार्थवादी धारा भवानी भिक्षु र भीमनीधी तिवारी हुँदै साठीको दशका आउँदा विभिन्न कारणहरूले गर्दा प्रयोगबाट हट्दै गएको देखिन्छ । यस दशकमा प्रकाशित बखतबाहादुर थापाको कुहिरो र काग (२०६१) तथा रुकु कार्कीको जीवनज्योति (२०६४) बाहेक यस धाराका त्यति सफल कृति आएको देखिँदैन । कुहिरोको काग मूलतः प्रेमका आधारित उपन्यास हो जसले बालविवाह र अस्वभाविक बैवाहिक सम्वन्धबाट आएको मनोवैज्ञानिक पीडालाई मूल विषय बनाएको छ । जीवनज्योति मूलतः नारी–पुरुष सम्वन्धको उपन्यास हो, जसले सशस्त्र द्वन्दको परिवेशलाई पारिवारिक सम्वन्धहरूको सापेक्षता चित्रित गरेको छ । यसैगरी, यथार्थवादको अर्को स्वरुप ऐतिहासिक यथार्थवादी धाराका पनि केही उपन्यास साठीको दशका लेखिए । डायमण्ड समशेर र दौलतविक्रम विष्टजस्ता दिग्गज उपन्यासकारले बसालेको यस ऐतिहासिक यथार्थवादी धारामा सङ्ख्यात्मक रुपमा निकै कम लेखिए । यस धारामा उल्लेख गर्न योग्य नाम श्रीकृष्ण श्रेष्ठको उपन्यास भीमसेन थापाको हो र कृष्ण अबिरलको रक्तकुण्ड हुन् ।
२०६३ मा प्रकाशित कृष्ण अविरलको रक्तकुण्ड नेपाली उपन्यासको हुलमा एक पृथक पहिचान स्थापित गर्न सफल उपन्यास हो, उद्यपि आलोचकहरू यस उपन्यासको प्राज्ञिक महत्वका बारेमा विभाजित देखिन्छन् । दरवारका दुई पूर्व कर्मचारीको अनुभवको आधारमा भनिएको, तर तथ्यभन्दा पनि दरवार सम्वन्धीका जनविश्वासका आधारमा लेखिएको यस उपन्यासले दरवार हत्याकाण्ड तथा दरवारभित्र हुने गरेको आपराधिक गतिविधिहरूको बारेमा काल्पनिकताकै कलेवरमा सही केही खुल्दुली मेट्ने प्रयास गरेको हुँदा यस उपन्यासको लोकप्रियता अभूतपूर्व रह्यो ।
साठीको दशकमा सामाजिक यथार्थवादी धाराका उपन्यासको संख्याका दृष्टिले सबैभन्दा उर्वर भएको देखिन्छ । सशस्त्र द्वन्द र देशले भोगेको निरन्तर अधोगत राजनैतिक, आर्थिक र सामाजिक व्यथितिका कारण पनि यस धारका उपन्यासले बढी फक्रन पाएको अनुमान गर्न सकिन्छ । २००४ मा लेखिएको लैनसिंह बाङ्देलको मुलुकबाहिरबाट शुरु भएको मानिएको यस धारामा साठीको दशकमा प्रविष्ट भएका केही उपन्यास नेपाली उपन्यासको इतिहासकै सफलतम उपन्यासहरूमध्ये पर्दछन् । कविता पौडेलको बालचीत्कार (२०६२), पद्मावती सिंहको समानान्तर आकाश (२०६२), बलदेब मजगैयाको विवशता (२०६२) र मानसी (२०६३), हरिहर खनालको उज्यालोको खोजीमा (२०६५), प्रभा कैनीको अनावृत्त (२०६७) तथा बुद्धिसाग चपाइँको कर्नाली ब्लुज (२०६७) यस धाराका सफल कृति हुन् । लोकप्रियता, प्रभावकारिता र व्यवसायिक सफलताकै कारण चर्चामा रहेको बुद्धिसागर चपाइँको कर्नाली ब्लुज यस धाराको सबैभन्दा सफल कृति भएको ठहर गर्न सकिन्छ । बाबु–छोराको सम्वन्धका सूक्ष्म पाटाहरूमा आधारित यस उपन्यासले प्रथम पुरुषी कथनको माध्यमद्वारा दुख, विमार, द्वन्द र गरिबीबाट आक्रान्त बाबु र सपना बोकेर निरन्तर विस्तारित क्षितिजतिर हुइँकिँदै गरेको छोरोको बीचको सम्बन्धलाई कारुणिक रुपमा प्रस्तुत गरेको छ । कैनीको अनावृत्त छोरीहरूको पीडामा आधारित उपन्यास हो, जसले आधुनिक सुविधासम्पन्न भइसकेको नेपाली समाजमा अझै पनि छोरीप्रति गरिने दुव्र्यावहारलाई विषयवस्तु बनएको ।
आलोचनात्मक यथार्थवादी धारा नेपाली उपान्यासकारले सबैभन्दा बढी प्रयोग गरेको अर्को धारा हो, जसको बाहुल्य साठीको दशकमा पनि उत्तिकै देखियो । २०११ मा प्रकाशित हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छेबाट शुरु भएको मानिएको यो धाराका अनुयायी लेखकहरू आज पनि नेपालमा ठुलो सङ्ख्यामा पाइन्छन् । जगदीश घिमिरे, ध्रुवचन्द्र गौतम, बानीरा गिरिजस्ता चर्चित लेखकहरूले अङ्गीकार गरेको यस धाराले समाजमा देखिएका यथार्थलाई आलोचनात्मक रुपमा प्रस्तुत गर्ने गर्दछ । हाम्रो आफ्नै समयमा नारायण ढकालको प्रेतकल्प (२०६५), प्रदीप नेपालको स्वप्निल लहर (२०६३), नारायण वाग्लेको पल्पसा क्याफे (२०६३) र मयुर टाइम्स (२०६७), युग पाठकको उर्गेनको घोडा (२०६७) शरद पौडेलको सिमाना वारिपारि (२०६१), बखतबहादर थापाको कालचक्र (२०६४), किशोर नेपालको शहरको कथा (२०६८) नयनराज पाण्डेको लू (२०६९), डा. तारालाल श्रेष्ठको सपनाको समाधि (२०६९) जगदीश घिमिरेको सकस (२०६९) आदि प्रमुख छन् । निकै लोकप्रिय बन्न पुगेको नारायण ढकालको प्रेतकल्प साठीको दशमा नेपालले पाएको एउटा प्रभावशाली उपन्यास हो । साझा पुरस्कार जितेको यस उपन्यासले जातीय विभेद र छुवाछुत बाट ग्रस्त नेपाल अतीतका भूलहरूका कारण अझैसम्म पनि सच्चिन नसकेको निचोड निकालेको छ, जसका लागि एकात्कम राज्यसंचालन व्यवस्थालाई पनि जिम्मेवार मानिएको छ । अधिकांश काल्पनिक भए पनि यस उपन्यासका चरित्रले एक वास्तविक विगतको प्रनिनिधित्व गरेजस्तो बोध गर्न सकिन्छ, जुन विगत आजपर्यन्त आफ्ना सम्पूर्ण कुरुपताका साथ हाम्रो समयमा पनि विद्यमान छ ।
पल्पसा क्याफे नेपाली जनयुद्धकै सेरोफेरोमा हराउँदै भेटिँदै गरका दृश्य र पल्पसाको कथामा आधारित उपन्यास हो, जसले ग्रामीण नेपालको जर्रर यथार्थ र द्वन्दले जन्माएको अकल्पनीय मानवीय सन्त्रासको कथा बोल्छ । “फिक्सन मोर रियल देन फेक्ट अर्थात तथ्यभन्दा पनि बढी यथार्थपरक” कल्पना बोकेको उपन्यास भनेर समीक्षक कुन्दा दिक्षीतले (नेपाली टाइम्स, १५ जुलाई २००५) गरेको टिप्पणी यस उपन्यासको एक भव्य मूल्याङ्कन हो भन्न सकिन्छ । यस उपन्यासबाट सेलाएको नेपाली उपन्यास परम्परा एक्कासि पुनः जाग्रत भए। आएको र विगतमा कहिल्यै पनि पुग्न नसकेको एक मानविन्दुमा पुगेको हो भन्न सकिन्छ ।
२०६२ मा प्रकाशित पल्पसा क्याफेको अपार सफलतापछि साठीको दशकमा प्रकाशित, अत्यन्त सफल मानिएका केही उपन्यसहरू विगतको इतिहासमा टेकेर पनि उभिएका छन् । यीमध्ये कविपयले सुदूर इतिहासबाट मिथकीय शैलीका विषयवस्तुलाई यथार्थावादी संरचनामा बुनेर नयाँ स्वाद समेत पस्केका छन् । यस कोटीको एक अत्यन्त सफल र चर्चित उपन्यासहरुमा युग पाठको उर्गेनको घोडा एक हो । माओवादी छापामारको रुपमा रहेकी म्हेन्दोको तामाङ जातीको मुक्तिको सपना, उसँग साझा सम्झनाको रुपमा रहेको उर्गेनको भव्य प्रभाव र यी पृथक अनुभववीच कथ्यपरम्पराबाट बग्दै आएको मिथकीय अनुभव यस उपन्यसको प्रयोगशील शक्तिको रहस्य हो । २०६७ मा प्रकाशित यस उपन्यासले निकै लामो अन्तरतलपछि मिथकीय सन्दर्भलाई आधुनिकताको कलेवरमा प्रस्तुत गरेर नेपाली उपन्यास परम्पारामा एउटा पृथक प्रयोग गरेको पाइन्छ । जगदीश घिमिरेको सकसले इतिहासका पानाभरि शासक वर्गले गरेको ज्यादतीलाई सूक्ष्मरुपमा प्रस्तुत गर्नुका साथै माओवादी संघर्षको समयमा संघर्षरत पक्ष, सरकारी पक्ष र आम जनताले भोगेका कटु यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । व्यवसायिक रुपमा पनि निकै सफल मानिएको नयनराज पाण्डेको लू मा देशको अस्मितामामाथि दिनदिन विकराल रुपमा झाँगिँदै गरेको वाह्य हस्तक्षेपले एक गरिबका समनाहरूमाथि पारेका कुप्रभावलाई सूक्ष्म ढङ्गबाट प्रस्तुत गरिएको छ ।
प्रगतिवादी धारा नेपाली उपन्यासको अर्को लोकप्रिय धारा हो, जसको प्रभाव साठीको दशकमा पनि उत्तिकै देखियो । हृदयचन्द्रसिँह प्रधान र खगेन्द्र सङ्ग्रौलाहरूको भव्य प्रभावले आलोकित यस धारामा साठीको दशकले पनि केही उल्लेखनीय कृतिहरू थपेर गएको छ जसमा गङ्गा श्रेष्ठको ज्वालामुखिमाथिको यात्रा (२०६०), ऋषिराज बरालको समरगाथा (२०६४), हरिहर खनालको समयको रोखाचित्र (२०६५) र सरला रेग्मीको प्रवाह (२०६६) प्रमुख हुन् ।
मनोविश्लेषण यर्थावादलाई प्रतिनिधित्व गर्ने कृतिको प्रकाशनका हिसाबले पनि साठीको दशक निकै उर्वर प्रतीत हुन्छ । मानिसको आन्तरिक मनोदशमा आधारित मनोविश्लेषणात्मक साहित्य, नेपाली उपन्यासको हकमा गोविन्दबहादुर मल्ल गोठालेको समयबाट शुरु भएको पाइन्छ । विजय मल्ल, विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, सरुभक्त हुँदे साठीको दशकमा आइपुग्दा यस धारामा कृष्ण धरावासीजस्ता सिद्धहस्त आख्यानकार नेपाली गद्यसाहित्यले पाएको छ । साठीको दशकमा यस दिशमा प्रस्तुत हुन आएका उपन्यासहरूमा इन्दिरा प्रसाइँको उसको लोग्ने र बिरालो (२०६०), कृष्ण धरावासीको राधा (२०६२), टुँडाल (२०६५), सञ्जीव उप्रेतीको घनचक्कर (२०६४), मनिषा गौचनको वल्लीको डायरी (२०६३) नवीनबन्धु पहाडीको कृष्णा (२०६८) र अमर न्यौपानेको सेतो धरती (२०६८) आदि प्रभावशाली उपन्यास पाइन्छन् । धरावासीको राधा सायद यस कोटिको सबैभन्दा चर्चित उपन्यास हो । २०६७ का लागि मदन पुरस्कार पाएको कृष्ण धरावासीको उपन्यास राधा लाई पनि साठीको दशकाको अर्को एउटा सुन्दर उपलब्धि मानिएको छ । एउटी नारी अर्थात राधाको दृष्टिबिन्दुबाट हेरिएको बैवाहिक सम्वन्ध र अन्यायका विरुद्ध गरिएको बिद्रोह यस उपन्यासको केन्द्रीय भाव हो । उता अमर न्यौपानेको सेतो धरती बाल विधवाको जीवन र मनोविज्ञानको एक सम्वेगपूर्ण अभिव्यक्ति हो, जसले एक नारी पात्रको दृष्टिविन्दुबाट एक विधावाको जीवनलाई केलाउने प्रयास गरेको छ । २०६८ सालका लागि मदन पुरस्कार प्रदान गरिएको यो कृति पनि साठीको दशको एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।
स्वच्छन्दवादी धारामा भने साठीको दशकले खासै धेरै कृति दिएर गएको देखिँदैन । कविता पौडेलको हीरा (२०६३) र राधिका रायाको कला (२०६३) बाहेर अन्य कृति त्यति उल्लेख्य नरहेको यस अनुसन्धाताको ठहर छ ।
प्रयोगवादी धारामा नेपाली उपन्यासलाई प्ररम्भिक कालमा अस्तित्ववदले निकै प्रभाव पारेको देखिन्छ । पारिजातको शिरीषको फूल (२०२२) र बीपीको तीन घुम्ती (२०२५) जस्ता उपन्यासले निर्माण गरेको यो धारामा साठीको दशकमा भने खासै नयाँ इँटा थपिएको देखिँदैन । ध्रुब सापकोटाको अकल्पनीय र ध्रुबचन्द्र गौतमको अप्रिय (२०६७) लगायत अरु केही कृति, र गोविन्दराज भट्टराईको सुुकरातका पइला (२०६३) बाहेक यस कोटीका उपन्यास प्रभावकारी रुपमा आएनन् भन्दा पनि अत्युक्ति नहोला । तर, प्रयोगवादी धारामा नारीवादी उपन्यासको बाहुल्य भने राम्रो रहेको भेटिन्ट । यस धारामा भेटिएको उल्लेखनीय कृतिहरूमा गीता केशरीको निष्कर्ष (२०६०), भाषा भण्डारीको सम्झौता (२०६०), पद्यमावती सिंहको समानान्तर आकाश (२०६२), कृष्ण धरावासीको राधा (२०६२), बलदेव मजगैयाको मानसी (२०६३), उन्नति बोहोरा शीलाको सिक्काका दुई पाटा (२०६३) प्रभा कैनीको अनावृत्त र अनुमप रोशीको कुमारी आमा (२०६८) प्रमुख छन् ।
यहाँ नाम लिइएका र चर्चा गरिएका बाहेक पनि अनेक उपन्यासहरूले आख्यानका दृष्टिले यस दशकालई समृद्ध बनाएका छन् । यिनीहरूमा लीलबहादुर क्षेत्रीको प्रतिध्वनिहरू विस्मृतिका (२०६१, गीता केशरीको बदलिदो क्षितिज (२०६६), ध्रुवचन्द्र गौतम घुर्मी (२०६२), जेलिएको (२०६२), एक असफल आख्यानको आरम्भ (२०६५), सातौँ ऋतु (२०६८) भक्तबहादुर नेपालीको लीलावती (२०६५), विक्रमबीर थापाको माटो बाल्दो हो (२००७ सन)् प्रदीप नेपाल अनौठो प्रेमकथा (२०६३), स्वप्निल लहर (२०६३), यात्रा (३०६७), शङ्कर भारतीको महापुरषको सन्तान (२०६४) बिन्द्या सुब्बाको निर्गमन (२००६ सन्) होमनाथ सुवेदी यमपुरीको महल (२०६४) नयनराज पाण्डेको घामकिरी (२०६९), कन्हैया नसनानी रातो आँसु (२०६६) बलदेब मजगैयाको विवशता (२०६२) र मानसी (२०६३) भीम दहालको विद्रोह (२००५), इन्दिरा प्रसाइ उसको लोग्ने र विरालो (२०६०) कृष्ण धरावासी तपाई (२०६३) र टुँडाल (२०६५), चन्द्रकान्त आचार्यको मित्रता (२०६२), दासता मुक्ति (२०६३), न्युयोर्क सुन्दरी (२०६८) शान्ता श्रेष्ठको घाउ उसको दुखाइ मेरो (२०६०, बखतबहादर थापाको कुहिरो र काग (२०६ र कालचक्र (२०६४) २०६०), परिवर्तनको पृष्ठभूमि (२०६१) रुकु कार्कीको मधुरिमा (२०६३) र जीवनज्योति (२०६५) शान्ति थापाको मोहनी डट कम (२००९ सन्) सरला रेग्मीको प्रवाह (२०६६), जेवी अधिकारीको प्रेमको अनुभूति (२०६७), निर्मल यादको गाउँको मान्छे (२०६७), भूपति ढकालको स्वदशिएको मन्छे (२०६७) शिवभक्त शर्माको जलाइएका पानाहरू (२०६७), रुपा (२०६९) जीवनका लहरहरु (२०६९), उमेश देवकोटाको अधुरो रेखा (२०६८), कुमार थापाको केवल सिर्जना अनि प्रेरणा (२०६८), गजेन्द्र हमालको त्यो पहाडी कन्या (२०६८), डी बी तामाङ्को अँैठीको लकेट (२०६८) ताराकान्तको अधुरो आकांक्षा (२०६८), पारशमणि शाक्यको कस्तो मान्छे (२०६८), जल्नै पर्ने जलाएनन (२०६९), पीताम्बर अधिकारीको झोडाभित्र (२०६८), रामलाला अधिकारीको गुडैतिर (२०६८) बासुदेव भाइसाबको संस्मरण (२०६८), सफर (२०६९), बिनिता वेदनाको पुनःजन्म (२०६८), शेरमान थापाको पत्थर बोल्छ (२०६८०, श्रमिक दिलीप कार्कीको कलमको हत्यार (२०६८), इस्मालीको सेतो आतङ्क (२०६९), जयप्रसाद भेटवालको आकाश पाताल (२०६९), नन्दराम लम्सालको आरम्भ (२०६९) बमप्रसाद श्रेष्ठको रश्मि (२०६९), कर्मठ पाखुराका दिगो पाइलाहरू (२०६६), रामप्रसाद अर्यालको चाकरी (२०६९), गिरिराज आचार्यको तुलसा (२०६२), मत्स्येन्द्र प्रधानको आरोहण (२०६५), मोहन चापागाइँको अनौठो प्रेम (२०६१), ऋषिकान्त अधिकारीको अमिरजीको गाउँभन्दा परको गाउँका (२०६२), शैलेन्दुप्रकाश नेपालको अपरिभाषित (२०६३) केशव नेपालको चिथोरिएको देश (२०६३), मोहनबहादर कायस्थको शब्दजाल (२०६२), घनश्याम ढकालको रातो आकाश (२०६०), एबी सिँहको गर्लफ्रेन्ड (२०६४), लक्ष्मण सिटौलाको अपराजित युद्ध (२०६३), नरु थापाको रमिता (२०६०), सृष्टि (२०६३), नेपाल एकीकरण (२०६४), सामाजिक क्रान्ति (२०६८), महेश्वर शर्माको कथा करहको (२०६३), राजेन्द्रकुमार सङ्ग्रौलाको तुँवालोभित्र (२०६३), दृष्टि (२०६६), श्रीकृष्ण श्रेष्ठको भीमसेन थापा (२०६५), सागरमणि थापाको उपकार (२०६१), अग्निवर्षा (२०६५), प्रेरणा (२०६७), मनोज सार्थकको निष्ठुरी फर्केन (२०६३), सुस्मिता नेपालको उडेका उमेरहरु (२०६०) पत्रैपत्र (२०६८), पुण्यप्रसाद प्रसाइँको छापामार (२०६३), आइमाईमान्छे (२०६६) हरि खनालको कलाको जीत (२०६८), नेपाल कुश्शाको छोटो फ्रक (२०६१), पुष्पलता आचार्यको लामो अन्तरालपछि (२०६०), रोजी (२०६१), जयन्ती नियोग बेंक (२०६४), ऋचा ढुंगेलको अल्झिएका जीवनहरु (२०६०), कसमकुमार रानाको तिर्खा (२०६०), रखेल (२०६०), किशन तिवारीको प्रेमका धोका (२०६०), गङ्गा श्रेष्ठको ज्वालामुखिमाथिको यात्रा (२०६०), गौरा रिजालको अघोषित द्वन्द (२०६०), युद्धोपरान्त (२०६४), जीतसिँह भण्डारीको ममताको डायरी (२०६०), टेकबहादरर विक्रम सिँहको यौवनको आतंक (२०६०), देवी क्षेत्री दुलालको रङ्धोजी (२०६०) धनराज पेहेको प्रेम प्रतीक (२०६०), नरेन्द्रप्रसाद पोखरेलको जमुना (२०६०), बनमा फुलेको फुल (२०६०), नवराज शमाको बिग्रेको पुरुष (२०६०), पदमलाल भण्डारीको कर्णलीभित्र (२०६०), पीताम्बर उपाध्यायको बाटोमा बसेको बाघ (२०६०), बिनिता राईको साथीको मन (२०६०), बोधराज रेग्मीको बिदेसिनु पर्दा (२०६०), मेदनाथ सास्त्रीको बुवा (२०६०), रत्न सुन्चेउरीको सीमा (२०६०), विक्रम सिँहको हिरोनी नं १ (२०६०), विजयराज आचार्यको परिवर्तन (२०३), नयाँ बस्ती (२०६१), विनोद नेपालको गगन (२०६०), शशि भण्डारीको लक्ष्मी दिदी (२०६०) विचलन (२०६२) सदानन्द अभागीको जीवन लीला (२०६०), नियति (२०६१), तन्नेरी हजुरबा (२०६१), समीर शाहको परिदृश्य (२०६०) र कुहिरो र क्षितिज (२०६२), नवीनबन्धु पहाडीको कृष्णा (२०६८) आदि महत्वपूर्ण छन् । सुजाता रिमझिम, स्वागत नेपाल, हरिप्रसाद पाण्डेय, होराज श्रेष्ठ, उदय पाख्रिन, कृष्ण बराल, कौशिकी पुत्र, खोमराज शर्मा, गणेश शाह, गुरुप्रसाद शार्म रेग्मी, चुडामणि गिरि, सरस्वती पोखरेल, सुन्धु शर्मा, सौरभकिरण श्रेष्ठ, दीपक खडका, धीरकुमार श्रेष्ठ, यादव थपलिया, राजेश किराँत, सुषमा आचार्य, इन्द्रकुमार श्रेष्ठा सरित, उन्नति बोहोरा शीला, कपिल काफ्ले, राजेन्द पराजुली, श्रीधर पौडेल, पद्यराज जोशी, रोशन थापा नीरव, कञ्चन पुडाशैनी, राजव, नरेन्द्र पराशर, निरुपा प्रसून, मोहनराज शर्मा, रणेन्द्र बराली, ललिता दोशी, अनुपम रोशी, धनराज गिरी, आदि उपन्यासकारहरूको उपस्थिति पनि साठीको दशकमा निकै उज्यालो मानिएको छ ।
सङ्ख्यामा यति धरै र गुण र प्रभावमा नेपाली उपन्यासको इतिहासमै उल्लेख्य केही कृति दिएर गएको साठीको दशकले केही नयाँ कुराको पनि थालनी गरेको छ । यस दशकमा अपरम्परित केही अध्यायहरु पनि आरम्भ भएका छन् । सबल्टर्नको विषय, आदिवासी जनजातीको पहिचानको मुद्दा, वैकल्पित लैङ्गिकताका विषयवस्तुहरू र शारीरिक रूपले अशक्तहरूको मनोविज्ञान र वस्तुस्थितिमाथि नेपाली उपन्यासमा चिन्ता व्यापक रुपले भेटिन थालेको छ । अबका दिनमा नेपाली उपन्यास परम्परित, आदर्शवादी वा स्वच्छन्दवादी धाराबाट अगाडि बढ्ने सम्भावनाहरू भने देखिँदैन । अबको साहित्य पहिचानको, सामाजिक न्यायको, दमनका विरुद्धको र अल्पसङख्याकहरूको हालसम्म नलेखिएको साहित्यको बढी हुने सम्भावनाहरू देखिँदैछन् । साथै, नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारको पनि कुरा चर्को रुपले उठिरहेको हुँदा मौलिक नेपाली अनुभवमा आधारित, अथावा नेपालीको निजी ज्ञानकोषमा आधारित उपन्यासहरू आउन् भनेर आग्रह राख्नु पनि स्वभाविकै हुनजान्छ ।
उपन्यासको बढ्दो लोकप्रियता र व्यावसायिकरणसँगै केही विकृति पनि देखिएका छन् । नेपली आख्यानलेखन परम्परामा प्रेत लेखन पनि छिरेको शङ्का गरिएको छ । अर्को, आफैँ कुनै छापासँग सम्वन्धित लेखक भएको खण्डमा उसको उपन्यासले बढी प्रवद्र्धन सुविधा पाउने गरेको पनि गुनासो सुनिएको छ । तल्लो वर्गको मुद्दामा आधारित भनेर लेखिएका कतिपय उपन्यास चर्को मूल्यका कारण त्यो तल्लोवर्गलाई ग्राह्य नुहुनले उपन्यास आफ्नो मूल अभिप्रायमै चुक्यो कि भन्ने पनि भनाइ छ । उपन्यासलाई बजर व्यवस्थापन गर्न अरु बिधा भन्दा सजिलो हुनाले प्रकाशन गृहहरूले उपन्यासको खोजीमा अन्य विधाका पाण्डुलिपिहरूलाई प्रधानताका साथ स्वीकार गर्ने र प्रकाशन–प्रवद्र्धन गर्ने नगरेको गुनासो पनि लेखकहरूबाट सुनएको छ । यी सबै आरोप र गुनासाहरूबाट आफूलाई मुक्त राखेर, सम्यक रुपमा आफ्नो नैसर्गिक काम गर्दै अगाडि बढेको खण्डमा नेपाली उपन्यासले वर्तमान समय आफू अनुकुल भएकोले सफलताका नयाँ शिखरहरू चुम्ने निश्चित छ ।
सन्दर्भ
प्रधान, कृष्णचन्द्रसिँह. नेपाली उपन्यास र उपन्यासकार । तेस्रो सं । ललितपुरः साझा प्रकाशन, २०५२ ।
पाण्डे, ज्ञानु । नेपाली उपन्यासमा लैङ्गिकता । काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान, २०६८ ।
बराल, कृष्णहरि र नेत्र एटम. उपन्यास सिद्धान्त र नेपाली उपन्यास । दोस्रो सं । ललितपुरः साझा प्रकाशन, २०५८ ।
लुइँटेल, लीला । नेपाली महिला उपन्यासकार । ललितपुरः साझा प्रकाशन, २०६८ ।
लुइँटेल, लीला । “महिलालेखन र नारीवादी नेपाली उपन्यास ।”
सुवेदी, राजेन्द्र. नेपाली उपन्यास ः परम्परा र प्रवृति । दास्रो सं । ललितपुरः साझा प्रकाशन, २०६४ ।
शर्मा, तारानाथ । नेपाली साहित्यको इतिहास । तेस्रो सं । काठमाडौँ ः नवीन प्रकाशन, २०५१ ।
Hutt, Micheal. "Writers and Readers in Transitional
Nepal". Martin Chautari <www.martinchautari.org.np>
Mullan, John. How Novel Works. Oxford: Oxford University Press, 2006.
===============================================
मिति २०७१ मंसिर २७ गते नेपाल प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा साहित्य, कला, सङ्गीत प्रवद्र्धन समाज मकवानपुरद्वारा आयोजित ‘आख्यान विमर्श तथा सिर्जना वाचन’ कार्यक्रममा प्रस्तुत कार्यपत्र।
२०६० को दशकमा नेपाली कथा
– घनश्याम घिमिरे
(प्रस्तुत “वि.सं. २०६० को दशकमा नेपाली कथा” शीर्षकको कार्यपत्र २०६० सालदेखि २०६९ सालसम्म प्रकाशनमा रहेका नेपाली कथामा केन्द्रित छ । कथाको सामान्य परिचय र नेपाली कथाको इतिहासका बारे सङ्केत गरी नेपाली कथाको आधुनिककालको उत्तरवर्ती कालखण्ड अन्तर्गत पर्ने साठीको दशकभित्र प्रकाशित प्रमुख कथासङ्ग्रहहरुलाई आधार बनाएर विश्लेषण गरिएको छ । यसक्रममा सम्बन्धित कथाकारका कथाकृति र प्रवृत्तिका बारे सामान्य सूचना दिने गरी तालिका तयार गरेर विषय, विचार र भाषाशैलीका आधारमा सामान्य विश्लेषण गर्दै यस दशकको मुख्य कथात्मक पहिचान प्रस्तुत गरिएको छ ।)
आमुखः
‘कथ्’ धातुमा ‘आ’ प्रत्यय लागेर बनेको कथा शब्दको शाब्दिक अर्थ कुरा कथ्नु वा भन्नु भन्ने हुने भए पनि आज यस शब्द एउटा महत्वपूर्ण साहित्यिक विधा विशेषलाई बुझाउनुसँग सम्बन्धित छ । साहित्यको आख्यान विधा अन्तर्गतको एउटा उपविधा कथा, “लघु आयतन भएको, सीमित परिवेशमा आधारित तथा न्यून पात्रहरूको उपस्थिति भएको र प्रभावपूर्ण भाव वा विचारयुक्त घटना भई लघु संरचनामा आवद्ध गद्य रचना” (गौतम र अधिकारी, २०६९,९) का रुपमा बुझिन थालेको छ । लघु आयतन, न्यून पात्र, सीमित परिवेश, एक उद्देश्यमूलक, व्यवस्थित एवम् सुगठित संरचना, यथार्थपरक भाषाशैली जस्ता विशेषताहरूले युक्त हुने कथाका संरचकघटकका रुपमा कथावस्तु, पात्र, परिवेश, उद्देश्य, सम्वाद, भाषाशैली, दृष्टिविन्दु जस्ता तत्वहरू आएका हुन्छन् ।
विश्व साहित्यमा नै एउटा लोकप्रिय साहित्य विधाको रुपमा रहेको ‘कथा’ लेखनको परम्परा नेपाली कथाको क्षेत्रमा वि.सं. १८२० को दशकबाट सुरुवात भएको तथ्य पाउन सकिन्छ । अनुवाद रुपान्तरण परम्पराका साथ उपदेशात्मक, नीतिपरक, तिलस्मी, ऐयारी प्रकृतिका कथालेखन हुँदै नेपाली कथा लेखन परम्पराले वि.सं.१९९० पछि आदर्शोन्मुख यथार्थवादी एवम् मनोवैज्ञानिक प्रवृत्तिकासाथ आधुनिकता प्राप्त गरेको हो । विशेषतः गुरुप्रसाद मैनालीको आदर्शोन्मुख यथार्थवादी कथा लेखन र विश्वेश्वरप्रसाद कोइरालाको मनोवैज्ञानिक कथा लेखन प्रवृत्ति नै नेपाली कथा लेखन परम्परामा आधुनिककाल निम्त्याउने मूल कारक हुन् । नेपाली कथाको आधुनिक कालको सुरुवातसंगै आदर्शोन्मुख, मनोवैज्ञानिक, प्रगतिवादी, विसंगतिवादी, अस्तित्ववादी, आयमेली, प्रयोगवादी, नवचेतनवादी, समसामयिक लगायतका प्रवृत्ति र विषयसँग सम्बन्धित कथाहरू लेखिन थालिएको र नेपाली कथाले निश्चित गति प्राप्त गरेको देखिन्छ । यसै सन्दर्भमा नेपाली कथाको इतिहास लेख्ने क्रममा विद्वानहरूले नेपाली काथाको आधुनिक काललाई विभिन्न युग एवम् धारामा विभाजन गरेको देखिन्छ । विशेषगरी डा. दयाराम श्रेष्ठले नेपाली कथाको आधुनिककाललाई यर्थाथवादको युग (१९९१–२०१९), नवचेतनाको युग (२०२०–२०३९), परावर्तनको युग (२०४०–२०६३) र समकालीन युग (श्रेष्ठ,२०७०,३) भनेर छुट्याएका छन् भने डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले पहिलो मोड (१९९२ देखि) मा सामाजिक यथार्थवादी र मनोवैज्ञानिक यथार्थवादी धारा, दोस्रो मोड (२००६ देखि) मा समाजवादी यथार्थवादी÷प्रगतिवादी धारा, तेस्रो मोड(२०२० देखि)मा नवचेतनावादी प्रयोगवादी धारा, चौथो मोड (२०३६) मा समसामायिक धारा÷उत्तरवर्ती चरण र पाँचौ मोड (२०४० को दशको दशकयता) मा उत्तरआधुनिकतावादी बहुलवादी धारा (गौतम र अधिकारी २०७०,३७) भनी उल्लेख गरेका छन् । त्यस्तै डा. खगेन्द्रप्रसाद लुइटेलले नेपाली कथाको आधुनिक काललाई वर्तमान काल (१९९२ देखि यता) नाम दिएर पहिले चरण (१९९२ देखि २०१६ सम्म) र दोश्रो चरण (२०१७ देखि यता) भनी उल्लेख गरेका छन् भने देवीप्रसाद गौतम र कृष्णप्रसाद घिमिरेले आधुनिक काल (१९९२ देखि यता) लाई पूर्ववर्ती चरण (१९९२ देखि २०३५ सम्म) अन्तर्गत पहिलो मोड (१९९२ देखि २००७ सम्म), दोश्रो मोड (२००८ देखि २०२० सम्म), तेश्रो मोड (२०२१ देखि २०३५ सम्म) र उत्तरवर्ती चरण (२०३६ देखि आजसम्म) अन्तर्गत पहिलो मोड (२०३६ देखि २०४५ सम्म), दोश्रो मोड (२०४६ देखि २०५१ सम्म), तेश्रो मोड (२०५२ देखि २०६२ सम्म) र चौथो मोड (२०६३ देखि यता) (गौतम र घिमिरे, २०६८, ११) भनी उल्लेख गरेका छन् ।
यसरी विद्वान्हरूले नेपाली कथाको आधुनिक कालको अध्ययन गर्ने क्रममा २०६० को दशकमा विशेषगरी २०६२÷६३ सालको राजनीतिक परिवर्तनलाई आधार बनाएर समकालीन युग, उत्तरआधुनिकवादी बहुलवादी धारा वा उत्तरवर्ती चरण अन्तर्गतको चौथो मोड आदिमा समेटेको पाइन्छ तर नेपाली समाजमा २०६० को दशक राजनीतिक कारणले मात्र उल्लेखनीय छैन । यो दशक राजनीतिका साथै जीवनशैली र प्रविधिका दृष्टिले पनि संक्रमणशील र परिवर्तनशील समय हो । विशेषतः देशको राजनीतिक व्यवस्थामा आमूल परिवर्तन आई राजनीतिक द्वन्द्वपछि शान्तिको वातावरण बनेर राजतन्त्रको उन्मूलन हुनु र गणतन्त्रात्मक राज्य व्यवस्था कायम हुनु २०६० को दशकका महत्वपूर्ण चिनारी हुन् भने देशबाट युवा जनशक्ति विदेशिने क्रम ह्वात्तै बढेर डायस्पोरिक चेतनामा वृद्धि हुनु अनि सूचनाप्रविधिको द्रूततर विकासले नेपाली समाज र मानसिकतामा समेत गम्भीर प्रभाव पु¥याउनु पनि २०६० को दशकका खास विशेषता हुन् । नेपाली कथा लेखन परम्पराको यो दशकमा यी विशेषताहरूले प्रभाव पारेको छ, जसलाई नेपाली कथाको अध्ययनका क्रममा नजरअन्दाज गर्न मिल्दैन ।
विषय प्रवेश ः
२०६० को दशकमा पनि नेपाली भाषामा कथा लेख्ने परम्पराले संख्यात्मक एवम् गुणात्मक दुवै दृष्टिले निरन्तरता पाएको देखिन्छ । यस कालखण्डमा अग्रज पुस्ताको लेखनगत निरन्तरताका साथै नयाँ सर्जकहरूको समेत आशलाग्दो आगमन पाइन्छ । त्यस्तै नेपालमा बसोबास गर्ने सर्जकहरूका अतिरिक्त नेपालबाहिर बसोबास गर्ने नेपालीभाषी सर्जकहरू पनि कथा लेखन र प्रकाशनमा सक्रिय रहेका देखिन्छन् । नेपालभित्रका अन्य मातृभाषा भएका सर्जकहरू समेत नेपाली भाषामा कथा लेख्न आकृष्ट भएर नेपाली कथा परम्परालाई अझ समृद्ध बनाउन योगदान पु¥याएका छन् । यस दशकमा प्रकाशन भएका नेपाली भाषाका प्रमुख कथा संग्रह र तिनका मूल प्रवृत्तिहरू निम्नानुसार छन् :
कथाकार कथासंग्रह मूल प्रवृत्ति
अञ्जना पौडेल जब वेदना फूल बन्यो (२०६३) मानवीय संवेदना र युगवोधको अभिव्यक्ति
अगिव बनेपाली अन्तिम आग्रह (२०६२) युद्धको अभिघात, यथार्थपरकता, वैयक्तिक अनुराग
अनमोलमणि निलिमा र गाढा अँध्यारो (२०६४) नवीन शिल्प, परिवर्तित सन्दर्भ, सहरिया जीवनको जटिलता र मानवीय यान्त्रिकताको प्रस्तुति
अन्विका गिरी कम्युनिष्ट (२०६४) राजनीतिक सामाजिक विषयको चित्रण
अभय श्रेष्ठ तेस्रो किनारा (२०६८) सीमान्तीय चेतनाको प्रस्तुति, विसंगतिप्रतिको व्यंग्य
अमर न्यौपाने पानीको घाम (२०६६) अस्तित्ववादी चेतना, मानवतावाद, सामाजिक पक्षको सूक्ष्म प्रस्तुति, आकर्षक भाषाशैली
अमोद भट्टराई छातीमा टाप राखेर (२०६१) उपभोगतावादी, भौतिकवादी जीवनशैलीको भण्डाफोर, यौन विषयको पनि प्रयोग
अविनाश श्रेष्ठ तान्या, इन्द्रकमल र अन्धकार (२०६३) काव्यिक लेखनशैली, प्रयोगशीलता
अशोक सुवेदी नयाँ बस्ती (२०६२) प्रगतिवादी, विद्रोही, जनयुद्धको समर्थन
मैले रोजेको बाटो (२०६२)
आत्मराम ओझा सञ्जिवनी (२०६५) विसंगत परिस्थितिको चित्रणका साथै आशावादी दृष्टिकोण
आत्मराम शर्मा धुवाँ (२०६०) द्वन्द्वको पीडाको अभिव्यक्ति
आमोद दाहाल उज्यालोको खोजी (२०६४) राजनीतिक विसंगति एवम् द्वन्द्वकालीन समाजको प्रस्तुित
ओमवीरसिंह बस्न्यात ओमकथा संग्रह (२०६४) परिवर्तित राजनीतिक सन्दर्भको चित्रण
ऋषिराज बराल पैँयु फुल्न थालेपछि (२०६३) माक्र्सवादी, विद्रोही, सामाजिक यथार्थवादी
ऋषिराज बरालका प्रतिनिधि
कथाहरु (२०६७)
इन्द्रबहादुर राई इन्द्रबहादुर राईका प्रतिनिधि कथा (२०६८) लीलाबादी, बहुलवादी, विनिर्माणवादी
इन्द्रकुमार श्रेष्ठ विकल्प बैंशका रहरहरु (२०६३) सामाजिक समस्या, प्रणयपरकता एवम् द्वन्द्वको प्रस्तुति
निम्तो सम्झौता (२०६४)
इल्या भट्टराई मन मनै त हो (२०६०) मनोवैज्ञानिक, समस्यामूलक, नारी अनुभूति, यौनमूलक विषय
अनि... (२०६२)
निशब्द प्रश्नहरु (२०६३)
जीवनका रंगहरु (२०६८)
इस्माली काट् जर्किन डि (२०६४), इस्मालीका प्रतिनिधि कथाहरु (२०६७) स्थानीय रंगको प्रयोग गर्ने, समाजका शोषित वर्गको समस्याको उठान गर्ने
कविताराम श्रेष्ठ नग्न यथार्थ (२०६७) अस्वीकृत विचारका मान्यताको अभिव्यक्ति
कमल थापा निओल नयाँ इतिहास (२०६३) सशस्त्र जनयुद्धको परिवेशलाई केन्द्र बनाउँदै युद्धको समर्थन गरिएको
बहादुर गाउँ थवाङ (२०६३)
भोको रात (२०६५)
कमला सरुप सम्झनाका अनुभूतिहरु (२०६०) सामाजिक एवम् वैयक्ति असंगत पक्षहरुको चित्रण
कविताराम श्रेष्ठ नग्न यथार्थ (२०६७) मानवीय विषमता र विसंगतिहरुको प्रस्तुति, अस्वीकृत विचारको अभिव्यक्ति
कपिल ठकुरी एउटी बेश्या र म (२०६२) देशको दूरावस्थाको चित्रणको साथै प्रणयपरकता
कल्पना अधिकारी प्रेमदीप (२०६१) नारीका विविध स्वरुपको चित्रणका साथै नारी अस्तित्वको खोजी
आमा (२०६४)
कल्पना प्रधान कथा लेख्न खोज्दा (२०६२) सामाजिक यथार्थका साथै बालमनोविज्ञान र नारी समस्याको प्रस्तुति
कार्तिकेय घिमिरे निर्दोष हत्यारा (२०६०) यथार्थपरकता एवम् राजनीतिक दूरावस्थाको चित्रण
काशिराम सुवेदी कथाकुल (२०६३) सामाजिक विसंगतिको अभिव्यक्ति
कालूसिंह रनपहेली कथाकुटिर (सन् २००४) मानव अस्तित्व र पहिचानका साथ मूल्यको खोजी
यथार्थबोध (सन् २००५)
किसन थापा अधीर अन्धाहरुको देशमा (२०६०) आख्यान श्रृंखलाका रुपमा कथा प्रस्तुत,प्रयोगशीलता
अद्यापि (२०६६)
संघारमा (२०६९)
कुमार नगरकोटी मोक्षान्तः काठमाण्डु फिबर (२०६७) उत्तरआधुनिकताको चेत, प्रयोगशील लेखन, मिथकीयता, दुर्बोध्यता, साइबर भाषाको प्रयोग
कुमार लिङ्देन नलेखिएका कथा (२०६१) प्रयोगशीलताका साथ समकालीन राजनीतिक सन्दर्भको प्रयोग
कुमार भट्टराई नसमेटिएका पाइलाहरु (२०६४) पृथकशैलीका साथ समसामयिक चेतनाको अभिव्यक्ति
कुमार श्रेष्ठ एकाङ्गी हृदय (२०६४) युगीन विसंगति र मानवीय जीवनमूल्यको चित्रण
कुुमुद अधिकारी जिन्दगी एउटा फोटो फ्रेम (२०६२) पतनोन्मुखी चरित्रको चित्रणका साथै राजनीतिक विसंगतिप्रति व्यंग्य
त्यो पहेलो पूmल (२०६८)
के.पी. ढकाल अरुणका छालहरु (२०६०) यथार्थपरक, घटना एवम् परिवेश प्रधान
केदार पोखरेल सम्मान (२०६५) व्यंग्यात्मकता, सामाजिक यथार्थता
केशव प्रधान दुर्गे दमाईको मृत्यु (२०६१) सामाजिक अत्याचार र शोषणप्रति व्यंग्य
केशवलोचन शर्मा अनुभव र अनुभूति (२०६०) संस्मरणलाई आख्यानीकरण गरिएको
कोमलप्रसाद पोखरेल अन्तरव्यथा आजको (२०६०) समकालीन चेतनाको प्रतिबिम्बन
कृष्ण बराल कथा च्यातिएका (२०६०) लीलालेखन, प्रयोगपरकता
कृष्ण अविरल किच्कन्यासंगको भेट (२०६७) मिथक र इतिहासको प्रस्तुित, सासामयिक यथार्थको चित्रण
कृष्ण पहाडी कृष्ण पहाडीका कथा (२०६७) मानवतावादी एवम् आध्यात्मिक चेतना प्रस्तुत
कृष्ण धराबासी झोला (२०६०) लीलालेखन, सामाजिक यथार्थ, नारी संवेदना, प्रयोगशीलता
आमा (२०६८)
कृष्णप्रसाद रेग्मी पौराणिक कथा (२०६२) पौराणिक आख्यानलाई आधुनिक शैलीमा प्रस्तुत
कृष्णप्रसाद बस्ताकोटी क्रन्दन समारोह (२०६०) युगीन सन्त्रास र हिंसाको पीडा
कृष्णप्रसाद थपलिया एघार थुंगा (२०६१) बालमनोविज्ञान, प्रणयपरकता, द्वन्द्वजन्य सन्त्रासको चित्रण
खगेन्द्र संग्रौला कुन्साङ काकाका कथा, भाग १ (२०६९) प्रगतिवादी, सामाजिक यथार्थवादी, तीव्र व्यंग्यात्मक कथा
कुन्साङ काकाका कथा, भाग २ (२०६९)
खड्कराज गिरी शून्य विकल्प (सन् २००६) विकृति विसंगतिप्रति असन्तोष
खोलाघरे साइँलो स्थापित–विस्थापित (२०६१) पृथक शैलीका साथ सामाजिक यथार्थको प्रयोग
ऐजेरु र आगो (२०६७)
गंगा सुवेदी गंगा सुवेदीका विचार र कथाहरु (२०६०) सामाजिक यथार्थका साथ जीवनका विभिन्न पाटाको चित्रण
घायल वर्तमान (२०६७)
गंगा पौडेल चार आँठे चुल्ठो (२०६७) सामाजिक यथार्थका साथ उपदेशात्मकता
गणेशबहादुर बस्नेत हेरिरहेको मन (२०६०) सामाजिक र मनोवैज्ञानिक विषय
गणेशबहादुर खत्री दश थुंगा पूmल (२०६२) रतिरागात्मकता, यथार्थपरकता
गीता उपाध्याय कथाञ्जली (सन् २००५) सामाजिक यथार्य, प्रकृतितर्फ फर्क भन्ने अवधारणा प्रस्तुत
गोवन्दप्रसाद भुसाल आमा (२०६३) मानवीय संवेदनाको अभिव्यक्ति
गोपाल ढकाल अस्ताएको सूर्य (२०६२) युगीन यथार्थको प्रकटीकरण
गोपाल विरही रामबहादुरहरु (२०६१) सन्त्रासजन्य विसंगत मानव परिवेशको चित्रण
गोपालकुमार बस्नेत सेरोफेरोभित्र (२०६१) सशस्त्र द्वन्द्वले निम्त्याएका पीडाका साथै सामाजिक परिवेशको चित्रण
गोविन्द गिरी ‘प्रेरणा’ घोराहीःशून्य किलोमिटर (२०६७) मानव जीवनको मूल्यहीनता प्रस्तुत, डायस्पोरिक लेखन
स्वप्न यात्रा (२०६७)
छड्के तिलहरी (२०६९)
गोविन्दबहादुर मल्ल गोठाले जंगबहादुर र हिरण्यगर्भकुमारी (२०६१) मनोविश्लेषणवादी, प्रकृतवादी
गोविन्द कुसुम तन्द्राभित्रको अतीत (२०६०) विभिन्न विकृति विसंगतिको विरोध
गोविन्दप्रसाद पराजुली मुस्कान (२०६४) युगवोधी चेतना
गीता रेग्मी परिचय (२०६५)ं पारिवारिक समस्याको साथै नारी पीडा एवम् यौनकुण्ठाको अभिव्यक्ति
गीता लामिछाने असमान मन (२०६५) नारी मनोदशाका साथै संवेदनात्मक पक्षको प्रबलता
गगन पुरी उनको त्यो पूmल (२०६४) रागात्मकता, प्रेममयता
घनश्याम ढकाल सहिदको सालिक (२०६६) प्रगतिवादी, माक्र्सवादी
अभिसप्त समय (२०६४)
छिरिङ डोल्मा र अनाम सहिदहरु (२०६८)
घनश्याम शर्मा चुलोमा उडेका सपनाहरु (२०६०) सामाजिक यथार्थ, मानवीय संवेदनाको कलात्मक प्रयोग
चन्द्रमणि अधिकारी कथा र कथाहरु (२०६४) थोरै प्रयोगशीलताका साथ विसंगतिप्रति विरोध
चन्द्रकुमार भट्टराई खुल्दाखुल्दै (२०६३) राजनीतिक विकृतिविसंगतिको चित्रण
जगदीश घिमिरे वर्दी (२०६५) सामाजिक यथार्थवादी, प्रगतिवादी, मानवतावादी
जनक शाह राती ओछ्यानबाट म (.......) सामाजिक राजनीतिक विभेदको विरोध, ग्रामीण जीवनको अभिव्यक्ति
जलेश्वरी श्रेष्ठ मौन विद्रोह (२०६१) नारीवादी, यौन विषयको समेत प्रयोग
जया राई डम्बरी (२०६२) ग्रामीण जनजीवनको चित्रण, बेलायतमा बस्ने नेपालीहरुको जनजीवनको चित्रणमार्पmत् डायस्पोरिक अभिव्यक्ति
बेकर स्ट्रिटका दुई आँखा (२०६७)
जीतबहादुर सुनार कस्तुरी मृग (सन् २००४) सामाजिक वेथितिको चित्रण
एक मुठी निँद (सन् २०१०)
झक्कुप्रसाद पुन अभ्यस्त सिपाही (२०६२) विद्रोही एवम् आशावादी जीवन दृष्टिकोणका साथै जनयुद्धको समर्थन
झपेन्द्रराज वैद्य पाँचहजारको सारी (२०६१) युवावर्गमा देखिएको विकृतिप्रति व्यंग्य
झमक घिमिरे पर्दा, समय र मान्छेहरु (२०६२) मानवीय संवेदनाहीनता एवम् ग्रामीण नारी जीवनको प्रस्तुति
टिकाराम भण्डारी सेली (२०६८) प्रणयपरकताका साथ युवा मनोजगतको प्रस्तुति, राजनीतिक विसंगतिको विरोध
डि.बि. लामा संघर्षको लामो यात्रा (२०६४) वैयक्तिक भोगाई र देशको वर्तमान अवस्थाको चित्रण
डिल्लीराम खनाल अभिशप्त युगको आत्मकथा (२०६४) सामाजिक, आर्थिक विषमताको प्रस्तुित एवम् द्वन्द्वग्रस्त नेपाली जीवनको चित्रण
तुलसीप्रसाद न्यौपाने मान्छेका कथा (२०६४) नवीन शैलीका साथ विघटित मानव मूल्यको विरोध, यथार्थपरक विषयका साथै जीवन मूल्यको खोजी
तेजप्रकाश श्रेष्ठ अनुभूत शक्तिहरु (२०६०) समसामयिक जीवनका गम्भीर समस्याहरुको प्रस्तुति, नारी जीवनको विभिन्न पक्षहरुका प्रस्तुति
तेजप्रकाश श्रेष्ठका छानिएका कथाहरु (२०६७)
तोया गुरुङ कुसुम (२०६८) पारिवारिक नारी समस्याको प्रस्तुित
तृष्णा कुवँर सेराज अहमद (२०६६) नवीन शैलीका साथ नारी जीवनका समस्या एवम् मानवीय संवेगको प्रयोग
थमन नौवाग विष्फोट भएपछि (सन् २०११) प्रयोगपरकता
थीरुप्रसाद नेपाल नमिलेका अक्षरहरु (सन् २००९) गम्भीर भावका साथ सामाजिक यथार्थको प्रयोग एवम् स्थानीय भाषाको प्रयोग
दिवा चेमजोङ आफन्तको अनुहार (२०६६) प्रयोगपरकता, व्यंग्यात्मकता, यथार्थपरकता
दिव्य गिरी अनामिका (२०६१) यथार्थवाद, प्रेमका साथै मानसिक अन्तरद्वन्द्वको प्रयोग
दिपक बुढाथोकी महाभारत (२०६४) महाभारतको मिथकलाई वर्तमान सन्दर्भमा प्रस्तुत
दिलिप सापकोटा सबिताको सपना (२०६६) ग्रामीण जीवनको यथार्थका साथै नारी संवेदनाको प्रयोग
दिलिप शाह मौन धारणा (२०६४) वैयक्तिक अनुभूतिको प्रधानता, पहिचानको खोजी
श्रद्धा सुमन (२०६८)
मुर्दार काठमाण्डु (२०६९)
दिल सहानी क्यान्टोनमेन्ट (२०६७) तीव्र राजनीतिक चेतना, आसामी नेपाली समाजको चित्रण
सिलाङका कथा (२०६९)
देवेन्द्र अर्याल आँशु अवरुद्ध छैन राजमार्ग (२०६८) युवा समस्या र राजनीतिक विषमताको प्रस्तुतिका साथ मानवीय मूल्यको खोजी
दुर्गा विनय अर्केष्ट्रा (२०६२) सामाजिक चेतनाका साथै जीवनबोध
द्वारिकानाथ रेग्मी यौटा तस्विर (२०६७) सामाजिक विसंगतिको चित्रण, प्रणयपरकता
धीरकुमार श्रेष्ठ आरम्भ अर्थात् शुरुवात (२०६४) देशको दुरावस्थाको चित्रणका साथै आतंकमय परिस्थितिले उत्पन्न अभिघातको चित्रण
धनबहादुर मगर आत्माभित्रका कथाहरु (२०६७) मानवीय संवेदनाका अभिव्यक्ति
धनहाङ सुब्बा सलामत जलान (सन् २००४) अन्तर्राष्ट्रिय परिवेश र चरित्रको प्रयोग
ध्रुवचन्द्र गौतम साठी वर्षमा हृदयघात तथा कथा दृष्टिकोण (२०६०) प्रयोगशील लेखन, स्वेरकाल्पनिकता, प्रतिकात्मकता, राजनीतिक व्यंग्य
पहिलो प्रेमको संस्मरण (२०६६)
बीच बजारमा मुद्राबोध (२०६९)
ध्रुव सापकोटा अन्धकार (२०६०) विसंगतिपूर्ण मानव जीवनको अभिव्यक्ति
बितेको (२०६५)
ध्रुवलाल शर्मा एउटा कथाको कथा (२०६२) विसंगत जीवन भोगाइको प्रस्तुति
नव सिलवाल आस्थाको पहाड (२०६२) राजनीतिक, सामाजिक दूरावस्थाको चित्रण
शब्दविहीन आवाज (२०६७)
नवराज राउत समर्पण (२०६४) वैयक्तिकताको व्यापकता
नवराज भट्ट स्मृति (२०६१) परम्परित विषय एवम् शैलीको प्रयोग
नवराज रिजाल विखण्डित प्रवाह (२०६३) तराई परिवेशको आञ्चलिकता
नवीना श्रेष्ठ बाँडिएका सपना (२०६२) सामाजिक यथार्थ, नारी पीडाको प्रस्तुति एवम् प्रणयपरकता
नयनराज पाण्डे खोरभित्रको जोकर (२०६१) मनोवैज्ञानिक सामाजिक यथार्थवादी, वर्गीय चरित्रको प्रधानता, सशस्त्र द्वन्द्वले निम्त्याएको परिवेशको चित्रण
निदाएँ जगदम्बा (२०६५)
चकलेट (२०६९)
नयादेवी कथामञ्जरी (सन् २०११) नारी समस्या, पर्यावरणीय समस्या
नारायण ढकाल बहिर्गमन (२०६०) माक्र्सवादी, प्रगतिवादी, सामाजिक यथार्थवादी
आत्महन्ता (२०६१)
नारायण तिवारी शत्रु (२०६६) समसामयिक विषयलाई प्रतीकात्मक रुपमा अभिव्यक्ति
नरेन्द्रराज पौडेल स्वप्नयात्रा (२०६२) प्रविधिको प्रयोग, उत्तरआधुनिक चेतना
निना राई अन्तरदृष्टिका रंगहरु (२०६६) रागात्मकता, नारी जीवनको पीडाको प्रस्तुति, युवा मानसिकता
निर्मला ढकाल नियति (२०६७) नारी चरित्रको प्रधानता, सामाजिक, पारिवारिक एवम् मानवीय समस्याको प्रस्तुित, सरल भाषा
निलम कार्की ‘निहारिका’ हवन (२०६२) अपरम्परित एवम् पृथकशैलीको प्रयोग, मानवीय मूल्यको खोजी, बाल मनोविज्ञानको प्रयोग
कागजमा दस्तखत (२०६६)
पद्मावती सिंह बेली (२०६८) सामाजिक यथार्थ, नारीवादी लेखन
समयदंश (२०६७)
परशुराम कोइराला निरुत्तर (२०६१) सामाजिक दूरावस्थाको चित्रण गर्ने संस्मरणात्मकता
पिताम्बर उपाध्याय साँझको घाम (२०६१) समसामयिक युगजीवन एवम् द्वन्द्वमय परिस्थितिको चित्रण
पुरुषोत्तम वाग्ले टोलाइरहेका कल्पनाहरु (२०६२) प्रणयपरकता एवम् विसंगतिको चित्रण
पुरुषोत्तम पराजुली साँचा कथा (२०६३) द्वन्द्वग्रस्त नेपाली समाजको चित्रण
पुष्पमणि प्रधान अशेष (२०६३) सामाजिक यथार्थवादी
पुष्पलता आचार्य पुष्पलता र उनका कथाहरु (२०६०) सामाजिक यथार्थवादी
पुष्करराज भट्ट आस्था नायकको अवसान (२०६१) सुदूरपश्चिमेली नेपाली समाजको चित्रण
पुण्य कार्की मध्यरात (२०६२) प्रगतिवादी, विद्रोही चेतना एवम् द्वन्द्वकालीन परिवेशको चित्रण
मखमली (२०६४)
पुण्यरश्मि खतिवडा पुण्यरश्मिका कथाहरु (२०६०) नारी पीडा एवम् पारिवारिक समस्याको प्रस्तुित
अप्रत्याशित सत्य (२०६४)
मेरी वृन्दा यस्तै भई (२०६५)
पेशलकुमार न्यौपाने तरंग (२०६५) सामाजिक एवम् वैयक्तिक यथार्थको प्रस्तुति
पृथ्वीबहादुर सिंह लाहुरे (२०६१) लाहुरेहरुको मनोदशा र मनोविज्ञानको प्रयोग
प्रदीप ज्ञवाली कुहिरो (२०६०) माक्र्सवादी, प्रगतिवादी, द्वन्द्वका त्रासद स्थितिको चित्रर्ण
प्रदीप मेन्याङ्बो पुरुषगन्ध (२०६०) गोर्खा भर्तीका विरुद्धको व्यंग्य एवम् नेपाली सिपाहीको चित्रण, यौन विष्य
प्रदीप नेपाल धरहराको सहर (२०६२) माक्र्सवादी, प्रगतिवादी, सामाजिक यथार्थवादी
बाघमारेको लालसलाम (२०६४)
फेवाको सुस्केरा (२०६७)
एकहजार बर्ष र अरु कथाहरु (२०६८)
प्रदीप प्रधान द्वन्द्वकालीन कथा (२०६४) द्वन्द्वले नेपाली जनजीवनमा निम्त्याएको भय, आतंक र सन्त्रासको प्रस्तुति
प्रकाश आङ्देम्बे बेश्यासँग बिताएको एक रात (२०६३) प्रविधिप्रति मोह, बदलिएको दैनिकी प्रस्तुत
प्रकाश प्रधानाङ्ग अपवाद (२०६३) नारी मनोदशाको चित्रणका साथ सामाजिक विषयको प्रयोग
प्रकाशमणि दाहाल अनुहार (२०६३) पतनोन्मुखी मानवीय चरित्रको चित्रण
पूmलमान बल काजोल खातुन (२०६१) द्वन्द्वकालीन नेपाली परिवेशको सशक्त प्रस्तुति, संस्मरणात्मक एवम् रिपोर्ट लेखनशैली
बखतबहादुर थापा आघात (२०६२) सहरिया मनोवृत्ति र नारी मनोदशाको चित्रणका साथै युगीन यथार्थको प्रस्तुित
बबिता बस्नेत सम्बन्धहीन सम्बन्धहरु (२०६५) नवीन शैलीका साथ पृथक पहिचानको अभिव्यक्ति
बाबा न्यौपाने दोस्रो प्रहर (२०६२) यथार्थवादी, प्रकृतवादी
बाबुराम लामिछाने पाखाको (२०६६) वैयक्तिक मनोचेतना एवम् सामाजिक परिघटनाको प्रस्तुति
हातभन्दा पर (२०६६)
बालकृष्ण पराजुली कुमुदिनी कथाकुञ्ज (२०६४) यथार्थपरक विषय
बुद्धिनाथ ज्ञवाली जल्दै गरेको आकाश (२०६३) ग्रामीण जीवनको चित्रण, द्वन्द्वको प्रस्तुति
बगिरहेको जिन्दगी (२०६३)
भक्तकृष्ण श्रेष्ठ उत्ताउलो (२०६१) विसंगत मनोवृत्तिको चित्रण
भगवानचन्द्र ज्ञवाली दोभान (२०६१) सामाजिक राजनीतिक परिवेशलाई विषय बनाइएको
भवानी क्षेत्री उजेलीहरु (२०६०) नारीपीडा र सामाजिक विसंगतिहरुको चित्रण
भाउपन्थी नदी पनि सुत्छ, ईश्वर पनि निदाउँछ (२०६३) युगीन यथार्थको प्रस्तुित, विसंगतिको तिरस्कार, बौद्धिकताको कलात्मकता
सनाखत र अरु कथाहरु (२०६७)
भागीरथी श्रेष्ठ भूमिगत (२०६२) नारीवादी, सामाजिक यथार्थवादी, प्रेम र यौनको कलात्मक अभिव्यक्ति
रातो गुलाफ (२०६६)
भुवन ढुंगाना धर्मबिम्ब (२०६४) विसंगति, विकृतिको विरोध, नारी संवेदनाको प्रस्तुति
भुवन सुब्बा सेती नदी (२०६७) नारीसंवेदना, रागात्मकता, विसंगतिको चित्रण
भेषराज शर्मा भेषराज शर्माका कथाहरु (२०६३) सामाजिक राजनीतिक विसंगतिको प्रस्तुति
भोजराज भट्ट रानाको कोट (२०६१) आञ्चलिकता, सामाजिक यथार्थता
मञ्जु काँचुली विश्वामित्रको सुहागरात (२०६२) नारी मनोदशा, असंगतिका विरुद्ध व्यंग्य
बेनामका मानिसहरु (२०६४)
भातको सपना (२०६९)
मणि लोहनी परास्त्र प्रेम (२०६७) रागात्मकता, प्रेमपरकता, संस्मरणात्मकता, प्रयोगशील लेखन
मदनमणि दीक्षित श्वेतकाली (२०६०) समाजवादी, यथार्थवादी, मानवतावादी, विश्वशान्तिको चाहना, निबन्धात्मक प्रस्तुित
मधु हमाल व्यथाको कथा (२०६८) सामाजिक एवम् पारिवारिक विषय
मधुसुदनप्रसाद घिमिरे मध्यान्तर (२०६२) सामाजिक र मनोवैज्ञानिक यथार्थ
मधुवन पौडेल आफ्नै अतीत दोहोरिए जस्तो (२०६७) विसंगतिपूर्ण जीवनको अभिव्यक्ति, विदेशी भूमिको समेत चित्रण प्रयोगशीलता
अन्तहीन परिवेश (२०६९)
मनु ब्राजाकी पारदर्शी मान्छे (२०६०) भावुकता र बौद्धिकताको एकसाथ प्रयोगपछि प्रयोगवादी लेखन, मिथकीय प्रस्तुित
मनोरमा सुनुवार भङ्ग हुन नपाएको मौनता (२०६६) नारी समस्या र राजनीतिक विकृतिको प्रस्तुति
मनोज ढुङ्गाना म र काठमाडौं (२०६९) आशावादी सोच, युवा समस्याको प्रस्तुति
ममता शर्मा नेपाल पुतलीको देह (२०६५) सहरिया जनजीवनको प्रस्तुतिका साथ मानवीय संवेदनाको अभिव्यक्ति
महेश पौड्याल अनामिक यात्री (२०६७) मनोविश्लेषणात्मकता, चरित्रप्रधानता
महेशविक्रम शाह अफ्रिकन अमिगो (२०६०) सामाजिक यथार्थ, मानवतावाद, सशस्त्र द्वन्द्वको परिवेशको चित्रण, अभिघातको प्रस्तुित
छापामारको छोरो (२०६३)
काठमाण्डौंमा कमरेड (२०६५)
ज्याक्सन हाइट (२०६९)
माधवप्रसाद उपाध्याय सत्ता कवच (२०६५) छोटो कथानक, स्थानीयता एवम् यथार्थता
मात्रिका पोखरेल सन्त्रस्त आँखाहरु (२०६१) माक्र्सवादी, प्रगतिवादी, बेथितिप्रति व्यङ्ग्य
घाम झुल्किनुअघि (२०६७)
मात्रिकाप्रसाद रेग्मी बदिनी र म (२०६४) आञ्चलिकता, यौन व्यवसायको प्रस्तुति
माया ठकुरी आमा जानुहोस् (२०६४) सामाजिक यथार्थवादी, नारीवादी, युगिन चेतनाको अभिव्यक्ति
प्रियम्वदा (२०६९)
मिलन बान्तवा राई मेरो साथी (२०६०) प्रणयपरकता, यथार्थता, नवीनशैलीको प्रयोग
मोहनबहादुर कायस्थ गोरेकी आमा (२०६६) आत्मलापीय शैलीका साथ निजी अनुभूति र भोगाइको प्रस्तुित
मोहनचन्द्र दाहाल सिर्जनाको दोबाटो (२०६४) वैयक्तिक एवम् सामाजिक विषयको प्रयोग
मोहनराज शर्मा भर्खर (२०६८) विसंगतिपूर्ण मानवजीवनको ह्रासोन्मुख स्थितिको चित्रण, प्रयोगशिलता
यम ढुंगाना जीवनका लहरहरु (२०६२) पारिवारिक विघटनका साथै सामाजिक एवम् नारी समस्याको प्रस्तुति
यमकुमार श्रेष्ठ सीमारेखा (२०६०) मानवीय कुण्ठाको अभिव्यक्ति एवम् नारी संवेदनाको चित्रण
यशु श्रेष्ठ आँशुको फल (२०६८) सामाजिक विषमताको प्रस्तुति र द्वन्द्वको पीडाको अभिव्यक्तिका साथै रागात्मकता
रञ्जुश्री पराजुली परिस्थितिसंग बरालिँदा (२०६२) नवीन विषय एवम् प्रयोगशील शैलीका साथै नारी समस्याको प्रस्तुति
रत्न प्रजापति बिसन्चो (२०६१) यौनिक विषयका साथ मान्छेको सूक्ष्म तत्वको विश्लेषण
सेतो बादल (२०६६)
रत्नमणि नेपाल लीला धारणा र कथाहरु (२०६४) लीलालेखन, सामाजिक यथार्थ
रक्ष राई बालुवामा अर्को नेपाल (२०६१) लाहुरे जीवन र यौनिक विषयका साथ डायस्पोरिक चेतना
रमेश गाउँले फुटबुटी (२०६४) प्रयोगपरकता, यथार्थको चित्रण
रमेश क्षितिज म नै मेरो साथी भए (२०६२) कलात्मक भाषा, सामाजिक वेथितिप्रति व्यंग्य
राजव क्यापिटल हिल (२०६५), कमरेड ड्राइभर(२०६९) डायस्पोरिक लेखन, यौन भावनाको अभिव्यक्ति, अभिघात
राम केसी चौतारेको नियति (२०६२) सामाजिक एवम् वैयक्तिक समस्याको प्रस्तुित
रामसुन्दर केसी एक्लोपन (२०६३) सहरिया जीवनको जटिलताको प्रस्तुित
रामेश्वरी पन्त घाउ चह¥याई नै रह्यो (२०६७) सामाजिक यथार्थ, प्रेम, द्वन्द्व, यौन, गरिबीजस्ता विषयको चयन, सुधारवादी चेतना
राममणि पोखरेल हरिमानको आत्महत्या (२०६३) सामाजिक यथार्थ, आदर्शतिर उन्मुख
सोममाया र शान्ति अभियान (२०६५)
दण्डहीनता (२०६५)
सूचनाटाँस (२०६६)
रामनाथ बास्कोटा पूर्णविराम (२०६४) सामाजिक विषयका साथै द्वन्द्वमय सन्त्रासको प्रस्तुित
रामप्रसाद पन्त रुक्मी दिदी (२०६१) सामाजिक यथार्थवादी
सन्झ्याल (२०६२)
पुष्प मञ्जरी (२०६९)
रानीटारे साइँला निस्तब्द पीडाहरु (२०६३) द्वन्द्वग्रस्त सामाजिक समस्याको चित्रण
राजेन्द्र पराजुली जाडोमा भोक (२०६२) राजनीतिक विसंगतिप्रति व्यंग्य, जीवनवादी दृष्टिकोण
सपनामा माक्र्स (२०६८)
राजेन्द्र विमल राजेन्द्र विमलका कथाहरु (२०६१) तराई संस्कृतिको प्रस्तुति, राष्ट्रवादी चेतना, मानवतावादी
समयका आँखा (२०६९)
राजुबाबु श्रेष्ठ मारिनुसेलोको जून (२०६३) मानवीय संवेदनाको सशक्त प्रस्तुति, सुडानको गृहयुद्धको चपेटाको चित्रण
गृहयुद्धको घाउ (२०६८)
राजबहादुर राई कल्पना र अनुभूतिहरु (सन् २००७) जीवनका विविध पक्षको चित्रण, आञ्चलिकता
मिरिकका मार्मिक कथाहरु (सन् २०१०)
राजसिंह प्रधान निलो डायरी (२०६५) प्रणयपरकता, वैयक्तिकता
राजकुमार थापा सीमाबद्ध (२०६६) सामाजिक यथार्थको प्रस्तुित
राहुल भक्तपुरे प्रेमाकर्षण (२०६१) प्रणयपरकता, मानवीय संवेदना
रीता ताम्राकार तुषारापात (२०६१) सामाजिक राजनीतिक विषयको प्रयोग, नारीपीडाको अभिव्यक्ति, प्रणयपरकता
रेखबहादुर भट्टराई जीवन्त कथाहरु (२०६८) सामाजिक आर्थिक विडम्बनाको प्रस्तुतिका साथै युगबोधी चेतना
रोहिणी विलास लुइँटेल इटहरीमा (२०६२) द्वन्द्वकालीन सन्त्रासले निम्त्याएको अभिघातका साथै जटिल जीवन भोगाइको प्रस्तुित
रोशन थापा ‘नीरव’ तेश्रो विश्वयुद्ध (२०६४) नवीन शैलीका साथ प्रयोगवादी चेतना, विसंगत जीवन र विरुप यथार्थको चित्रण
रुनुन् चापागाईँ समर्पण (२०६३) नारी समस्या र सामाजिक जीवनको प्रस्तुति
लक्ष्मण राजवंशी तिम्रो कपाल मेरो निधार (२०६८) विज्ञान प्रविधिजन्य चेतनाको प्रयोग, रागात्मकता, आशावादी
लेख्न बाँकी अक्षरहरु (२०६८)
लक्ष्मण सापकोटा वास्तविकता (२०६५) साँस्कृतिक चेतनाका साथ यथार्थको प्रयोग
लक्ष्मी उप्रेती तिर्सना (२०६३) सामाजिक यथार्थ, नारी पीडाको प्रस्तुति
लक्ष्मीप्रसाद तिमल्सिना जाबो जंगबहादुर (२०६७) सामाजिक दूरावस्थाप्रति व्यंग्य
ललिता दोषी निश्पाप आँखाहरु (२०६८) सामाजिक यथार्थ, आदर्शतर्पm उन्मुख, नारी समस्या प्रस्तुत
लुमडी आचार्य औचित्यहीन समारोह (२०६०) राजनैतिक विसंगतिप्रति व्यंग्य
लेखनाथ काफ्ले अचार (२०६४) नेपालको ग्रामीण समाजको आर्थिक दूरावस्थाको चित्रण
लेखजंग खत्री लेखजंग खत्रीका कथा (२०६६) स्वप्न सिद्धान्तका साथ मनोविज्ञानको प्रयोग एवम् राजनीति प्रेम र यौनको कलात्मक प्रस्तुित
स्वप्निल डायरीका पानाहरु (२०६८)
वन्दना खालिङ स्पर्श (२०६६) यौन विषय, प्रेम र पीडाको अभिव्यक्ति
वासु जमरकट्टेल जुरमाना (२०६६) सामाजिक विसंगतिको प्रस्तुितका साथै रागात्मकता एवम् व्यंग्यात्मकता
वीरभद्र कार्की ढोली समय र रागहरु (सन् २००७) वर्तमान युग र यथार्थको चित्रण
विजयसागर विजयसागरका कथाहरु (२०६०) सामाजिक अराजकता एवम् राजनीतिक द्वन्द्वले निम्त्याएको अभिघातको प्रस्तुति
विजय चालिसे अग्निचक्र (२०६२) विज्ञान कथाका साथै राजनीतिक रुपले सचेत मानवीय विसंगतिको प्रयोग
विद्याबहादुर बज्राचार्य वासना (२०६३) सामाजिक विसंगति एवम् व्यक्तिगत पीडाको प्रस्तुति
विनोद साधक अनुभूति (२०६७) अनुभूति, आध्यात्मिकता, निम्नवर्गीय समाजको चित्रण
विनय कसजु विमोचन (२०६६) सामाजिक राजनीतिक वेथितिप्रति व्यंग्य
विराग पखेरा जमदार बाजे (२०६२) सामाजिक दूरावस्था र युगीन यथार्थको चित्रण
विवश वस्ती अब उकालो चढिँदैन (२०६०) युगीन यथार्थको प्रतिबिम्बनका साथ विकृति विसंगतिको विरोध
यसरी नै आरु पूmल्छ (२०६५)
यस पटक फुल्नेछ गुराँस (२०६७)
तला (२०६९)
विवश पोखरेल स्नेहअस्त्र (२०६१) राजनीतिक विसंगतिप्रति व्यंग्य, आञ्चलिकता
विष्णु आभुषण मनको फ्रेमबाहिर (२०६४) वैयक्तिक मानसिकता र सामाजिक यथार्थको प्रस्तुित
विष्णु अधिकारी महाभारतका कथा (२०६०) पौराणिक मिथक एवम् आख्यानलाई समकालीन चेतनाका साथ चित्रण गरिएको
विश्वम्भर चञ्चल यौन र पीडा (२०६४) मानवीय संवेग एवम् गुणहरुको सूक्ष्म प्रस्तुति, सशक्त व्यंग्यविधान
शरण राई अन्तिम स्वीकारोक्ति (२०६६) मानवीय संवेदना, रागात्मकता
शंकर प्रधान अवस्था (सन् २००५) सामाजिक यथार्थ
शंकरकुमार श्रेष्ठ कैफियत प्रतिवेदन (२०६३) विसंगतिको विरोधका साथ मानवीय संवेदनाको प्रस्तुित
शान्ति थापा आवर्तन(सन् २००७) मानसिक समवेदनाको अभिव्यक्ति, नारी पीडाको स्वर
शान्ति शर्मा पहिलो प्रेमिका (२०६८) घरेलु हिंसा, चेलिबेटी बेचबिखनको समस्याजस्ता नारी समस्यामा केन्द्रित
शर्मिला खड्का दाहाल समयको क्यानभाष (२०६४) रागात्मकता, मनोवैज्ञानिक, साइबर भाषाशैलीको प्रयोगका साथ केही नवीन शिल्प
क्यानभाषमा कोरिएका कथाहरु (२०६८)
फेसबुक च्याटिङ २०६९
श्यामकृष्ण श्रेष्ठ स्वप्नभंग (२०६०) यथार्थको प्रकटीकरण, विकृतिप्रति व्यंग्य
शिव प्रधान बहुलाईको यात्रा (२०६५) सामाजिक एवम् मनोवैज्ञानिक यथार्थ
शिवप्रकाश जैमली (२०६८) नवीनतम प्रवृत्तिका साथ डायस्पोरिक चेतना एवम् यौनबिम्बको चित्रण
शिशिर शर्मा अस्तित्व बोध (२०६८) सामाजिक यथार्थ, यौन मनोविज्ञान
सरोज ओली स्टेथिस सागरदेखि हिमालसम्म (२०६१) विदेशी भूमिलाई परिवेश बनाइएको
सरोजराज अधिकारी रुपबजारकी नोरा (२०६७) विकृति विसंगतिको प्रस्तुत नवीन प्रवृत्ति
सरल सहयात्री क्रान्तिका कथाहरु (२०६४) प्रगतिवाद एवम् वर्गीय चेतनाको साथै जनयुद्धको समर्थन
सरला रेग्मी चुडाउँदै बन्धनहरु (२०६३) जनयुद्धमा महिलाको भूमिका एवम् मुक्तिको अभिव्यक्ति
सरु पोखरेल मुना टुसाएपछि (२०६४) नारी संवेदना, बाल मनोभाव, समकालीन चेतना
सरुभक्त पदार्थहरुको गीत (२०६३) विज्ञान कथा लेखक, स्वेरकाल्पनिक, प्रयोगशील
सञ्जु बजगाईँ समुद्र र सपना (२०६७) डायस्पोरिक जीवनको चित्रण, नारी पीडाको अभिव्यक्ति, प्रविधि, सँस्कृतिको प्रयोग
सनत रेग्मी सनत रेग्मीका प्रतिनिधि कथा (२०६०) मानव जीवनको सूक्ष्म प्रस्तुित, आञ्चलिकता, द्वन्द्वकालका पीडाको अभिव्यक्ति
स्मृतिदंश र अन्य कथाहरु (२०६६)
समनराज ताम्राकार गठेमंगल (२०६५) यथार्थपरक, संस्कृतिपरक
सम्पदा मल्ल अनायास एकदिन (२०६१) नवीन शैलीका साथ यथार्थको प्रकटीकरण
सावी श्रेष्ठ नियाल्दै समय र जिन्दगी (२०६६) वैयक्तिक जीवन भोगाइको चित्रण, वेथितिको विरोधका साथ परिवर्तनको स्वर
साधना प्रतीक्षा अतृप्त आकाश (२०६१) विषादयुक्त जीवन भोगाइको अभिव्यक्ति, जीवनमुखी लेखन
सन्दिग्ध समयका पाइला (२०६८)
शारदा कोइराला एकदिन (२०६२) रागात्मकता, मानवीय संवेदना
सिर्जना शर्मा अन्त्यहीन पहिराहरु (२०६५) नारी समस्याका साथै यथार्थको प्रकटीकरण
सीता अर्याल मृगतृष्णा (२०६०) सामाजिक पारिवारिक एवम् नारी समस्याको प्रस्तुति
उपमा (२०६२)
सीता न्यौपाने मेरो मूल्य (२०६४) नेपाली समाजमा नारीको स्थितिको चित्रण
सीताराम नेपाल यो यही कथा (२०६३) जटिल जीवनशैली एवम् द्वन्द्वगत अवस्थाको चित्रण
आदर्शको अवशान (२०६६)
सीताराम कोइराला अनर्थ (२०६२) बाल मनोविज्ञान एवम् नारी चरित्रको प्रयोग
सीमा रोशी एक अर्को सपना (.......) मानव नियति एवम् नारीको पीडायुक्त जीवन भोगाइको अभिव्यक्ति
सीमा आभाष टापुका स्वरहरु (२०६३) समसामयिक यथार्थपरक, आञ्चलिक एवम् प्रतीकात्मक
सूर्य सुवेदी सूर्य सुवेदीका कथाहरु (२०६८) आञ्चलिकता, निजी भोगाइका संस्मरणको प्रस्तुति
सूर्यनाथ शर्मा सापकोटा फुल्दै झर्दै फुल्दै झर्दै (२०६०) सामाजिक सन्दर्भका साथ रागात्मकता
सुन्दर मानन्धर प्रेमभित्र (२०६३) रागात्मकता, भावुक विषय
सुष्मा बास्कोटा प्रत्येक व्यक्ति एउटा कथा (२०६५) नारी मनोभावना, बालअधिकार एवम् न्यायिक सन्दर्भको प्रयोग
सुष्मिता नेपाल हवाईजहाजसंगै उडेको मन (२०६६) सहरिया परिवेशको चित्रण, नारीमुक्तिको चेतना
सुविसुधा आचार्य अग्नियुद्ध (२०६३) नारी अस्तित्वको खोजी, प्रविधि संस्कृतिको प्रयोगका साथ केही प्रयोगशीलता
रहस्यमय भोगाई (२०६५)
फ्रन्टपेज (२०६७)
सुविन भट्टराई कथाकी पात्र (२०६७) नवीन प्रवृत्तिका साथ तरुण वयको विषय प्रस्तुत
सुशीला देउजा प्रयासको पहिलो खुड्किलो (२०६१) मानवतावादी, नारीवादी, पारिवारिक सामाजिक समस्याको प्रस्तुित
काबुल यात्रा र पर्दाभित्रको यथार्थ (२०६४)
सौगात आचार्य संकल्प यात्रा (२०६६) प्रगतिवादी, विद्रोही, जनयुद्धको समर्थन
श्रेष्ठ प्रिया पत्थर एउटा अर्कै बाटो (२०६५) सामाजिक विकृति, विसंगतिको विरोध
श्रीरामसिंह बस्नेत यौनका पूmलकाँडा (२०६७) यौनपरक, प्रकृतवादी
हरि अधिकारी रामलालको आकाश र अरु कथाहरु (२०६८) प्रयोगशीलता, व्यङ्ग्यात्मकता, यौनलाई अपरम्परित ढङ्गबाट अभिव्यक्त गर्ने
हरि खनाल बाबाको बिहे (२०६१) युगीन विसंगतिप्रति व्यंग्य
हरिमाया भेटवाल दोस्रो दर्जा (२०६३) माक्र्सवादी, प्रगतिवादी, नारीवादी
हरिप्रसाद पाण्डेय अन्जान (२०६४) सामाजिक यथार्थताका साथ नीति चेतनाको प्रस्तुति
दैवको लिला (२०६६)
हरि मञ्जुश्री नानीबाबु (२०६१,), हामी केही बोल्न सकेनौं (२०६६) यथार्थवादी, प्रयोगपरकता
हरिकृष्ण डंगोल पराजित मान्छे (२०६२) सामाजिक समस्या, मानवीय नियति एवम् राष्ट्रको संगतिहीनताको चित्रण
हरिहर पौडेल अनुभ्रम प्रतिभ्रम (२०६६) प्रयोगपरकता, साइबर लेखन, यौन विषयको प्रतीकात्मक प्रयोग
हरिहर खनाल विघटन (२०६३) मानवीय मनका द्वन्द्वात्मक अवस्थाको चित्रण, राजनीतिक रुपले सचेत अभिव्यक्ति, यथार्थवादी र व्यंग्यात्मक
अस्तित्वको खोजी (२०६६)
हिरामणि दुखी युद्धका कथाहरु (२०६७) प्रगतिवादी, विद्रोही, जनयुद्धको समर्थन
हिराधन राई खोलीबुङ (२०६५) आञ्चलिकता, यथार्थपरकता
हिमाल शर्मा भट्टराई युक्ति (२०६५) राजनीतिक दूरावस्थाका साथ मानवीय संवेदनाको प्रयोग एवम् रागात्मकता
होमनाथ सुवेदी चिरिएको मुटु (सन् २००७) लोककथामा मौलिकता मिसाएर प्रस्तुति, डायस्पोरिक लेखन
छन्त्यालको लोककथा (२०६६)
डायस्पोराको मान्छे (२०६७)
होमशंकर बास्तोला बन्दूकको छाया (२०६७) समकालीन चेतनाका साथ यथार्थपरकता, सशस्त्र द्वन्द्वको समर्थन
क्षितिज सुब्बा बस्तीका बिम्बहरु (२०६०) राजनीतिक चेतना, अभिघात, रागात्मकता
क्षितिज मगर सुनछहारीको ऐनामा (२०६५) प्रगतिवाद, जनयुद्धको समर्थन, लडाकुहरुको शिविरको वर्णन
आदि ।
२०६० को दशकमा प्रकाशन भएका कथासंग्रह र त्यससंग सम्बन्धित कथाकारहरुको विश्लेषण गर्ने हो भने अनेकता र विविधतामय स्वरुप एवम् प्रवृत्ति पाइन्छ । यस दशकमा अग्रज कथाकारहरुमा गोविन्दबहादुर मल्ल ‘गोठाले’देखि लिएर नवीनतम् कथाकारहरुको समेत कथासंग्रह प्रकाशनमा रहेका छन् । गोठाले, इन्द्रबहादुर राई, मदनमणि दिक्षित, मनु ब्राजाकी, ध्रुवचन्द गौतम, विश्वम्भर चन्चल, भाउपन्थी, पद्मावती सिंहजस्ता अग्रज श्रष्टाहरु यस दशकमा कथासंग्रहमार्पmत् छापिएका छन् । त्यस्तै नारी सर्जकहरुमा पद्मावती सिंह, भागिरथी सिंह, मञ्जु काँचुली, ईन्दिरा प्रसाईँ, साधना प्रतीक्षा, इल्या भट्टराई, कमला सरुप, निलम कार्की ‘निहारिका’, शर्मिला खड्का, ललिता दोषी, जलेश्वरी श्रेष्ठ, सुशीला देउजा, श्रेष्ठ प्रिया पत्थर, पुष्पलता आचार्य, लक्ष्मी उप्रेती, सुशीला नेपाल, ममता शर्मा, सुविसुधा आचार्य, जया राई, गंगा सुवेदी, सीमा आभाष, रामेश्वरी पन्त, निर्मला ढकाल, झमक घिमिरे, सञ्जु बजगाईँ, कल्पना अधिकारी, बबिता बस्नेत लगायत, भारतीय नेपाली कथाकारहरुमा धनदान सुब्बा, कालु सिंह, रंगपहेली, शंकर प्रधान, थीरुप्रसाद नेपाल, विनोद सरोगी, कमला राई ‘आँशु’, वीरभद्र कार्की ‘ढोली’, जीतबहादुर सुनार, राजबहादुर राई, थमन नौवाग, रण काफ्ले, गीता उपाध्याय, जीतबहादुर सुनार, शान्ति थापा, नयादेवी, खड्कराज गिरी, डम्बर दाहाल लगायत यस दशकमा देखिएका छन् ।
यस दशकका कथामा विषय :
यस दशकका कथामा मूलतः सामाजिक विषयस्रोतलाई नै अत्याधिक प्रयोग गरिएको छ । देशभित्रकै ग्रामीण समाजका साथै सहरिया समाजले राम्रो स्थान पाएका कथाहरु प्रशस्त छन् । त्यसका साथै अन्तर्राष्ट्रिय समाजका परिदृष्यहरु पनि पाउन सकिन्छ । नेपालीहरु संसारभर पैmलिने क्रमको तीब्रतासँगै कथामा वैदेशिक जीवन र समाजको प्रस्तुति पनि अघिल्ला दशकको तुलनामा बढ्नु स्वभाविक नै हो । मनोविश्लेषणात्मक विषयले यस दशकका कथामा उत्तिकै निरन्तरता पाएको छ । मनोविश्लेषण अन्तर्गत मानवीय संवेदना, रागात्मकता, प्रणयपरकता, अभिघात, नवीनतम मनोचेतना, बालमनोविज्ञान, नारी मनोविज्ञान, समाज मनोविज्ञान, साँस्कृतिक मनोविज्ञानजस्ता विषयहरुले स्थान पाएको छ । स्वैरकाल्पनिक विषय भएका कथाहरु समेत यस दशकमा महत्वका साथ लेखिएका छन् । अधिआख्यानात्मक, मिथकीय, अतिकल्पनात्मक, एकलापीय, पूराकथात्मकजस्ता विषयहरुले कलात्मक रुप प्राप्त गरेर स्वैरकाल्पनिक कथाहरु चम्किएका छन् । विज्ञानकथाका रुपमा वैज्ञानिक आविष्कारको मिठो कल्पना गर्दै यन्त्र मानवलगायत अतिमानवीय पात्रलाई प्रयोग गरी लेखिएका कथाहरु पाइन्छन् । उत्तरआधुनिक चेत अन्तर्गतका विभिन्न विषयसँग सम्बन्धित कथाहरुका अतिरिक्त संस्मरणात्मक कथा, आत्मकथा, ऐतिहासिक कथा, पौराणिक कथा, मिथकीय कथा, लीलालेखनसम्बन्धी कथा, लोककथामूलक लगायतका विषय भएका कथाहरु भेटिन्छन् ।
यस दशकका कथामा विचार :
विचारगत बहुलता वा अनेकता यस दशकका कथाका विशेषता हुन् । सूचनाप्रविधिको द्रूततर विकास, ऐतिहासिक राजनीतिक परिवर्तन, जीवनशैलीको रुपान्तरण, नवीन चेतनाको उदय, बढ्दो वैदेशिक गमनजस्ता कारणहरुले नेपाली जनमानसको सोचाइको दायरा नै क्रमशः पैmलिँदो छ । यस दशकका कथामा पनि त्यसै अनुरुपका विचार पाइन्छन् । यस दशकमा कतिपय परम्परागत विचारहरुले नै महत्वका साथ निरन्तरता पाएका देखिन्छन् भने कतिपय नवीन विचारहरु पनि शक्तिशाली भएर उदाएका छन् । परम्परागत विचार अन्तर्गत सामाजिक यथार्थवादी, प्रगतिवादी एवम् माक्र्सवादी विचार यो दशकमा महत्वपूर्ण रहेको छ । समाज रुपान्तरणको उत्कट अभिलाषाका साथ सामाजिक विकृति विसंगतिको विरोध, विद्रोही चेतना, आशावादी चिन्तन, मानवतावाद, राष्ट्रियता, जनजीविकाप्रति सचेतता, नोकरशाहीप्रवृत्तिको विरोध, समानताजस्ता विचारहरु यस अन्तर्गत पर्दछन् । प्रगतिवादीहरु माक्र्सवादी र गैरमाक्र्सवादी गरी दुई किसिमका छन् । माक्र्सवादी विचारभित्र पनि एकथरी सर्जकहरु शान्तिपूर्ण रुपान्तरणको पक्षमा बोल्दै शान्तिको चाहना व्यक्त गर्ने किसिमका छन् भने अर्काथरी सर्जकहरु सशस्त्र विद्रोहको समर्थनमा उभिएका छन् । यस विचारअन्तर्गत कलम चलाउने सर्जकहरुमा प्रायः कलात्मकताको अभाव, आग्रहीपनजस्ता कमजोरी देखिए पनि उत्कृष्ट कथाहरु पनि यही विचार अन्तर्गत सिर्जना भएका छन् । अघिल्ला दशकहरुमा नै स्थापित भैसकेका विचारहरु अन्तर्गत विनिर्माणवादी विचार, लीलावादी विचार, अस्तित्ववादी विसंगतिवादी चेतना, लैङ्गिक समानताको खोजी लगायतका विचारहरुले जीवन्तता पाएका छन् । साठीको दशकमा अपरम्परित वा अघिल्ला दशकमा कम प्राथमिकतामा परेका केही विचारहरु बढी उजेलिएर आएका छन् । जसमा डायस्पोरिक चेतना, साइबर सँस्कृतिअनुसारका नवीन विचार, अभिघात सम्बन्धी विचार, पहिचान र स्वाभिमानको खोजीका सन्दर्भमा सीमान्तकृतको चेतना, बहुलवादी विचार, उत्तरआधुनिकता सम्बन्धी विचार, पर्यावरणीय चेतना, जनजातीय साँस्कृतिक चेतनाजस्ता विचारहरु रहेका छन् ।
यस दशकका कथामा भाषाशैली :
भाषाशैलीको विशिष्टताका दृष्टिले यस दशकको कथालाई परम्परित र नवीन गरी दुई भागमा बाडेर विश्लेषण गर्न सकिन्छ । सामान्य आख्यानात्मक भाषाका माध्यमले सरल रैखिक ढा“चामा कथानक प्रस्तुत गर्ने शैलीलाई परम्परित स्वरुप मान्न सकिन्छ । सूचनाप्रविधिको नवीनतम विकासमा समाहित हुदैं साइबर भाषाका अतिरिक्त, प्रतीकात्मक काव्यात्मक भाषाका साथ पृथकशैलीको आविस्कार गरिएको लेखन सीपलाई नवीन शैली मान्न सकिन्छ । यस आधारमा हेर्दा रोशन थापा, हरिहर पौडेल, किसन थापा, कुमार नगरकोटी, सुविसुधा आर्चाय, रत्नमणि नेपाल, शर्मिला खड्का, निलम कार्की, जया राई, कृष्ण बराल, सीमा आभास, मिलन वास्तवा, नीना राई, सञ्जु बजगाई, कृष्ण प्रसाद थपलिया, कुमार लिङ्देन, सम्पदा मल्ल, रञ्जुश्री पराजुली, रमेश क्षितिज, रत्ममणि नेपाल, पूmलमान बल, प्रकाश आङ्देम्बे, तृष्णा कुवँर, वन्दना खालिङ, अन्विका गिरी, अनमोलमणि, बविता बस्नेत, दिवा चेमजोङ, सुविन भट्टराई, सरोजराज अधिकारी, शिवप्रकाश, रण काफ्ले दिलीप शाह लगायतले नवीन शैलीका साथ कलम चलाएको भेटिन्छ । यस दशकमा लेखिएका कथाका भाषाशैलीका केही टिपोटहरु निम्नानुसार छन् ः
‘मैले ‘बिग्रियो’ को भाषा हाँसेर भनेँ, “खै १ अब रिजल्टले नै बताउला ।” मैले उत्तरपुस्तिका बुझाउँन हात बढाएँ । ती हातहरु आपसमा ठोकिए । यतिखेर मलाई ज्यादै अप्ठ्यारो लाग्यो । के भनौं, कसो गरौं जस्तो भयो र आपूm सहज हुनलाई हतार हतार भनेँ.......... ।’ (वन्दना खालिङको स्पर्श कथाबाट)
– गाडीमा चढिरहेको एकजना चर्चित व्यक्ति भ्रष्टाचारीमा र पजेरो कालो धनमा परिणत भयो ।
– एकजना वंशज नेपाली विदेशी नागरिकमा परिणत भयो ।
– काठमाण्डौंको एउटा भव्य महल ‘लागूपदार्थ’ मा बदलियो ।
(रमेश क्षितिजको उस्तै छु म कथाबाट)
‘म आधी डराएको, आधी हाँसेको भएँ । ‘होइन’ उसले गिलास उचालेकै अवस्थामा भन्यो । ‘म जीवन पनि होइन, मृत्यु पनि होइन, म त कृष्ण हुँ । उनीहरु हाँसे । म हच्किएँ । मैले भनेँ, ‘म त जीवन भन्दै थिएँ, म तपाईँलाई देखिरहन्छु । यतै ।’
(रत्नमणि नेपालको सोध्न बाँकी छ कथाबाट)
आज यही उकालोमा कम्ब्याट ड्रेस लगाएका पाँच युवती र दुई युवक आङभरि उकुसमुकुस गर्मी बोकेर उक्लिरहेका छन् । मध्यान्हको चकमन्नता, घामको चरम उष्णता र जंगलको अस्वभाविक निर्जनतासँग अभ्यस्त हुँदै उनीहरु अविराम लम्किरहेका छन्, मानौं उनीहरुका गोडा मेसिनका फित्ता घुमेभैंm एकतमास घुमिरहेका छन् ।
(पूmलमान बलको बन्दूक बोकेकी सुन्दरीबाट)
पिङ्की ः– सबै झुट । पक्कै लाइनमा थुप्रै हुनुपर्छ ।
म ः– तिमीलाई लागेको झुट नै मेरालागि सत्य हो ।
पिङ्की ः– तर म विश्वास गर्न सक्दिनँ ?
म ः– त्यो तिम्रो कुरा हो ।
साइबरवाला भाइलाई ढिलो भैसकेको म बुझ्छु । उ भित्तामा भएको घडी हेर्दै मलाई हेर्दै गर्छ ।
(प्रकाश आङ्देम्बेको लोडसेडिङ प्रेम कथाबाट)
एक कागजमा ‘दस्तखत’ भएर एउटासँग पारपाचुके भएको थियो ।
अर्को कागजमा दस्तखत गरेर अर्कोसँग बिहे भयो ।
पार्टी भयो, भव्य । रातीसम्म चल्यो, नाचगानसहित ।
(नीलम कार्कीको कागजमा दस्तखत कथाबाट)
सेराजको उत्तरसँगै मेरो हातको गिलास भुइँमा छन्द्रङ्ग गर्दै खस्छ । ती काँचका छरिएका टुक्राभरि घरी सेराज घरी मेराजको बालापनको अनुहार अट्टाहस गर्न थाल्छ, मलाई भाउन्न हुन्छ, म घुप्लुक्क त्यहीँ लड्छु ।
(तृष्णा कुवँरको सेराज अहमद कथाबाट)
टुँडिखेलस्थित जंगबहादुरको सालिक बेपत्ता
जिज्ञासा एकत्रित भए–
→कता गयो ?
→किन गयो ?
→कसरी गयो ?
→के साँच्चै किन जिउँदो भयो ?
→अब हरेक शताब्दीमा जंगबहादुरको डर रहनेछ.....
(किशन थापाको जंगबहादुर बेपत्ता कथाबाट)
पेसाले आत्मा बोलाउने मानिस हुँ । पृथ्वीको वायुमण्डलमा फकिर शैलीमा यात्रारत अशरीर, अमर आत्माहरुसित मेरो बरोबर सहचार्य हुने कुरा तपाईँको सहरमा ‘फ्यान्टासी’ या आश्चर्य लाग्नेछ, तर यो साँचो हो ।
(कुमार नगरकोटीको पृथ्वी कथाबाट)
“गलत नम्बर डायल गरेछौ नि त१”
“सायद”
“उ तिम्रालागि होइन रहिछे ।”
“अँ ।’
“कस्ती थिई ?”
“हलिउडकी लडाकु हिरोइन जस्ती ।”
(अन्विका गिरीको मास्टर्स कथाबाट)
ड्राइभर आउँदा एकपटक उसकी आमाले भनेकी थिई– “ए पूmलमती१ भिर्तबाट नाम्रो भइकिन भाहिर आइज ड्राइभर साहेब आउनु भयाओ छ ।”
(अमर न्यौपानेको काँचको गिलास कथाबाट)
यस दशकका कथामा मुख्य पहिचान
(क) अभिघात
(ख) डायस्पोरा
(ग) साइबर संस्कृतिको प्रभाव
(घ) परिवर्तनको छटपटी
(क) अभिघात
विश्व साहित्यमा सन् १९७५ पछि नवीन साहित्य सिद्धान्तका रुपमा अभिघात सिद्धान्तको व्याख्या र विस्तार भएको पाइन्छ । उत्तरआधुनिकताको साहित्य चिन्तनमा विकसित यो सिद्धान्त सिर्जना र समालोचनाको नौलो धार हो । अभिघातको मुख्य अर्थ भौतिक तथा आत्मिक कुनै पनि माध्यमबाट मान्छेमा पर्न सक्ने आन्तरिक वा बाह्य जुनसुकै पनि चोट हो । अभिघातलाई चिकित्सा विज्ञानका क्षेत्रमा पनि बढी प्रयोग गरिएको पाइन्छ । तर साहित्य क्षेत्रमा भने मानसिक वा शारीरिक पीडाको कलात्मक अभिव्यक्तिका रुपमा बुझ्ने गरिन्छ । आजको साहित्यको क्षेत्रमा प्रयोग हुने अभिघात सिद्धान्त मनोविश्लेषणात्मक सिद्धान्तको उत्तरआधुनिक रुप बनेर देखिएको छ, अर्थात अभिघात मनोविज्ञानसंग पनि सम्बन्धित छ । विशेषत युद्धका विभीषिका, सामाजिक हिंसा, पारिवारिक समस्या, आत्मीय जनसंगको वियोग, प्रायश्चितपछि उत्पन्न आत्मग्लानि, विस्थापन, यौन दूराचारका कारणहरुबाट उत्पन्न हुने शारीरिक वा मानसिक पीडालाई साहित्यमा मूल विषय बनाइएको अवस्था नै अभिघातको प्रयोग हो ।
नेपाली कथाको साठीको दशक ‘अभिघात’ प्रयोगका दृष्टिले निकै सशक्त छ । विशेषत २०५२ सालपछि सुरु भएको नेपालको हिंसात्मक वातावरणले उत्पन्न गराएको हत्या, हिंसा, मृत्यु, विस्थापन, वियोग, अङ्गभङ्ग, सम्पत्तिको क्षति जस्ता विषयलाई समेट्ने क्रममा अभिघातको राम्रो प्रयोग भएको हो । त्यसैगरी बढ्दो वैदेशिक रोजगारीका कारण विदेसिनु परेको पीडा, स्खलित मानवमूल्यहिनताका कारण उत्पन्न समस्या, चोरी, डकैती, लुटपाट जस्ता कारणले निम्त्याएको पीडा, मधेस आन्दोलनका कारण आफ्नै थातभूमि छोड्नु परेको पीडाजस्ता विषयहरु समेट्ने क्रममा अभिघातको प्रयोग उत्कृष्ट भएको देखिन्छ । यसर्थ यस दशकमा कथाको मुख्य पहिचान अन्र्तगत ‘अभिघात’ पर्दछ । अभिघातमा आधारित रहेर कलम चलाउने यस दशकका प्रमुख कथाकारहरुमा कृष्ण धरावासी, नयनराज पाण्डे, महेशविक्रम शाह, प्रदीप नेपाल, फूलमान बल, राजुबावु श्रेष्ठ, अमर न्यौपाने, प्रदीप प्रधान, प्रदीप मेन्याङ्बो, विजय सागर, राजेन्द्र विमल, अनमोलमणि, रोशन थापा, रोहिणीविलास पौडेल लगायतको नाम लिन सकिन्छ ।
(ख) डायस्पोरिक लेखन
डायस्पोराको शाब्दिक अर्थ ‘पहिचानसहित निरन्तर टाढासम्म फैलनु’ भन्ने हुन्छ भने व्यापक अर्थमा विश्वका विभिन्न भागमा बसाइसराई गरी छरिए पनि साँस्कृतिक रुपले सम्पर्कमा रहने समुदायलाई संकेत गर्दछ । घरदेशबाट भाषा, सँस्कृित र पहिचानसहित मान्छे छरिने प्रक्रियालाई डायस्पोरा भनिन्छ । बसाइसराई र आप्रवासनभन्दा फरक अर्थ बोक्ने डायस्पोराले मान्छेसंगै घरदेशको भूगोलबाट आफ्नो जातित्व, भाषा र सँस्कृति अनेकौं देशहरुमा पैmलिनु भन्ने सन्दर्भ बुझाउँछ । “वास्तवमा डायस्पोरा भनेको साँस्कृतिक पहिचान सहितको परादेशीय आप्रवासी समुदाय हो ।” (एटम २६८ः६९÷३०) भन्ने विचारबाट पनि धेरै बुझ्न सकिन्छ । गृहस्मृतिको भावानात्मक सम्बद्धता, घरदेशका प्रेममा फर्किन खोज्ने अनुभूति, जातीय, साँस्कृतिक र ऐतिहासिक परिचय गुमाउनुपर्ला कि भन्ने पीडा, परदेशको समाजसं“ग समायोजन हुन नसकिएला कि भन्ने डरजस्ता कारणहरुबाट नै डायस्पोरा लेखन विकसित भएको देखिन्छ ।
यो देशकमा नेपालीहरु विदेशिने क्रम अझ दुूत गतिमा बढेको पाइन्छ । विशेषगरी युवावर्ग भारत, खाडी मुलुक, युरोप, अमेरिकालगायत विश्वका अनेकौं मुलुकहरुमा जीविकोपार्जनका लागि पुगेका छन् । कतिपय नेपाली निश्चित समयपछि घरदेश नै फर्केका छन् भने कतिपय उतै व्यापारव्यवसाय, नोकरी गरेर परिवारसहित बसोबास गरेका छन् । यसरी घरदेश छोडी विदेशी भूमिमा बसोबास गर्ने नेपालीहरुलाई विषय बनाएर लेखिएका प्रशस्त कथाहरु यस दशकमा आएका छन् । त्यसकारण यस दशकका कथाको मुख्य पहिचान अन्र्तगत डायस्पोरिक लेखन पनि परेको हो । डायस्पोरिक लेखनमा विभाजित मानसिकता, पारदेशीय हुनुको रोमाञ्च र चिन्ता अतीतमोह, अल्पसङ्ख्यक तथा सीमान्तकृत हुनुको पीडा, अस्तित्वबोधका लागि एकतासूत्रको खोजी, आत्मकेन्द्रित प्रविधिजस्ता विशेषता पाइन्छन् । यस दशकमा होमनाथ सुवेदी, रक्ष राई, जया राई, राजव, सञ्जु बजगाईँ, नीलम कार्की, नरेन्द्रराज पौडेल, गोविन्द गिरी ‘प्रेरणा’, शिवप्रकाश लगायतका कथाकृतिमा डायस्पोरिक चेतना प्रबल र कलात्मक पाउन सकिन्छ ।
(ग) साइबर सँस्कृतिको प्रभाव
नेपाली समाजको साठीको दशक सूचनाप्रविधिको विकासका दृष्टिले युगान्तकारी रहेको छ । यस दशकको सुरुवातमा राजनीतिक अस्थिरताको कारणले सूचनाप्रविधिको क्षेत्रमा केही व्यवधान देखिए पनि आजसम्म नेपाली समाज र मानसिकताले धेरै फड्को मारिसकेको छ । विश्व नै साघुरिँदै गएको आभाष नेपालका दूरदराजका नागरिकले पनि गरेका छन् । इमेल, इन्टरनेट, फेसवुक, ट्विटर, भाइवर, मोवाइल लगायतका अत्याधुनिक सूचनाप्रविधिहरु धेरैजसो नेपालीका लागि सहज पहुँचको विषय बनेका छन् । त्यस्तै नेपाली साहित्य पनि इ–लाइबेरी, इ–पत्रिका, विभिन्न बेभसाइटलगायत सोसल मिडियाहरुका माध्यमले सजिलै विश्वभर फैलिरहेको छ । यस परिवेशमा साठीको दशकका नेपाली कथाकारहरुमा पनि साइबर संस्कृतिले राम्रै प्रभाव पार्नुको साथै त्यसको सिर्जनात्मक स्वरुप पनि देखिएका छन् । विशेषतः विषयचयन र भाषाशैलीका क्षेत्रमा सूचनाप्रविधिको सार्थक प्रभाव भेटिन्छ । यो प्रभाव हिजो लेखिँदै आइएका कथाभन्दा नवीन छ । त्यसकारण यसलाई साठीको दशकमा नेपाली कथाका प्रमुख पहिचानहरुमध्येको एक मान्नु पर्छ । यस प्रवृत्तिमा चहकिलो भएर देखिएका कथाकारहरुमा रोशन थापा, हरिहर पौडेल, किशन थापा, कुमार नगरकोटी, शर्मिला खड्का, नीलम कार्की, जया राई, सञ्जु बजगाईँ, अनमोलमणि, सुविन भट्टराई, प्रकाश आङ्देम्बे लगायत छन् ।
(घ) परिवर्तनको छटपटी
राजनीतिक परिवर्तन र सङ्क्रमणका दृष्टिले नेपाली समाजका लागि साठीको दशक ऐतिहासिक रहेको छ । लामो समयदेखि कायम रहेको राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य भई गणतन्त्रात्मक राज्यव्यवस्थाको स्थापना भएको तर राज्य पुनःर्संरचना, पहिचान, आर्थिकविकास, गुणस्तरीय जीवनशैलीजस्ता विकासमा संक्रमण झेलेर यो दशक बितेको छ । २०६२–०६३ को राजनीतिक आन्दोलनका साथै मधेस आन्दोलन, जनजाति आन्दोलन, संविधान सभाको चुनावजस्ता महत्वपूर्ण राजनीतिक परिघटनाका अतिरिक्त बृहत् शान्ति सम्झौतास“गै १० बर्षे हिँसात्मक आन्दोलनको अन्त्यजस्ता आश्चर्यजनक घटना पनि साठीको दशकमा भए । यसै परिवेशमा नेपाली जनताको भाग्यका रुपमा लेखिन लागिएको नया“ संविधानमा आफ्ना हक अधिकार सुनिश्चित गर्न र देशको भविष्य उज्वल बनाउन सकारात्मक परिवर्तनको छटपटी आम सचेत नागरिकहरुमा रहेको छ । यस छटपटीको सिर्जनात्मक प्रभाव यस दशकका कथाहरुमा पनि प्रशस्त पाउन सकिन्छ । त्यसकारण नेपाली कथाको साठीको दशकको मुख्य पहिचान अन्र्तगत परिवर्तनको छटपटीलाई पनि राख्नु पर्छ । यस प्रवृत्ति अन्र्तगत राजनीतिक परिवर्तनका लागि हिंसात्मक एवम् अहिंसात्मक विद्रोहको चेतना, आजसम्म सीमान्तकृत र किनारीकृतको महशुस गरिरहेका मधेसी, जनजाति, आदिवासी, दलित, मुस्लिम, महिला लगायतको पहिचान एवम् हिस्सेदारीको माग, सबै भाषा, संस्कृति, धर्म लगायतको संरक्षणको स्वर, राज्यशक्तिको समान बाँडफाँडका लागि वैज्ञानिक राज्यपुनःसंरचनाको माग जस्ता कुराहरु ज्यादै सशक्त ढङ्गले आएका छन् । यस प्रवृत्ति अन्तर्गत कलम चलाउने प्रमुख कथाकारहरुमा अशोक सुवेदी, अभय श्रेष्ठ, पुष्करराज भट्ट, होमशङ्कर बास्तोला, पुण्य कार्की, खगेन्द्र सङ्गौला, ऋषिराज बराल, कमल थापा “निओल”, सरला रेग्मी, सरल सहयात्री, शशिकिरण, हिरामणि दुखी, दिलिप शाह लगायतका छन् ।
निष्कर्ष
वि.सं. १९९० को दशकबाट “यथार्थबाद” मूल पहिचानसहित सुरु भएको नेपाली कथाको आधुनिककालको पछिल्लो चरणका रुपमा रहेको साठीको दशकमा पनि “यर्थाथबाद” कायम नै रहेको पाइन्छ । यथार्थवादका स्वरुप र शैली फरक हुने क्रममा केही नवीनता पाइने भए पनि अधिकांश कथाहरु परम्परागत विषय, विचार र शैलीभन्दा फरक हुन सकेका देखिदैन । तर केही कथाकारहरु भने नया“ सोच र शैलीका साथ प्रस्तुत भएका पनि छन् । विशेषगरी सूचनाप्रविधिको द्रूततर विकास, विदेसिने क्रमको बढोत्तरी, ऐतिहासिक राजनीतिक परिवर्तनजस्ता जबरदस्त नवीन आयामहरुले यो दशकको कथालाई प्रभाव पारेकै छ । तिनै आयामहरुको कलात्मक प्रयोग गर्ने केही कथाकारहरुको लेखनका कारणले नै यस दशकको प्रमुख कथात्मक पहिचाका रुपमा अभिघात, डायस्पोरा, लेखन, साइबरसंस्कृतिको प्रभाव र परिवर्तनको छटपटी गरी चार प्रवृत्ति कायम हुन पुगेको हो । यस दशकमा अगिल्ला दशकदेखि नै स्थापित महेशविक्रम शाह, प्रदीप नेपाल, ऋषिराज बराल, पद्यावती सिंंह, गोविन्द गिरी, राजव, खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी, सरुभक्त लगायतका काथाकारहरुको उपस्थिति बढी वजनदार देखिन्छ भने साठीको दशकामा स्थापित कथाकारहरुमा कृष्ण धरावासी, नयनराज पाण्डे, किशन थापा, अमर न्यौपाने, मणि लोहनी, रोशन थापा, कुमार नगरकोटी, सञ्जु बजगाईं, शर्मिला खड्का, नीलम कार्की, अनमोलमणि, रत्नमणि नेपाल लगायतको क्रियाशीलता उल्लेखनीय छ ।
सन्दर्भसूची
अनमोलमणि, सम्पा., आजका नेपाली कथा, काठमाडौं, बी. एन. पुस्तक संसार, २०६८
गौतम, लक्ष्मणप्रसाद, उत्तरवर्ती नेपाली समालोचनाः केही प्रतिरुप, काठमाडौं, नेपाल प्रज्ञाप्रतिष्ठान, २०६८
गौतम लक्ष्मणप्रसाद र अधिकारी ज्ञानु, नेपाली कथाको इतिहास, काठमाडौं, नेपाल प्रज्ञाप्रतिष्ठान, २०६८
एटम, नेत्र, नेपाली डायस्पोरिक लेखन र आख्यान, समकालीन साहित्य,(६६÷२०६८), पृ. २८–४३
सुवेदी, राजेन्द्र, अभिघातसिद्धान्त र नेपाली साहित्यमा यसको प्रभाव, समकालीन साहित्य, (६६÷२०६८), पृ.६–२७ ।
बराल, कृष्णहरी, कथा विगत र वर्तमान, समकालीन साहित्य, (६८÷२०६९), पृ ७–१५
लुइटेल, लीला, असमेली नेपाली कथाकार, समकालीन सहित्य, (६८÷२०६९), पृ. १६–२५
पोखरेल, सूनील, सम्पा., नेपाली विज्ञानकथासङ्ग्रह, दोश्रो संस्क., ललितपुर, साझा प्रकाशन, २०७०।
भट्टराई, गोविन्दराज र घिमिरे, विष्णुविभु, सम्पा., युद्ध र द्वन्द्वका कथा, काठमाडौं, मोडर्न बुक्स, २०६३ ।
शर्मा, हरिप्रसाद, कथाको सिद्धान्त र विवेचन, काठमाडौं, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५९ ।
श्रेष्ठ, दयाराम, सम्पा., नेपाली कथा र कथाकार, काठमाडौं, नेपाल प्रज्ञाप्रतिष्ठान, २०७० ।
श्रेष्ठ, दयाराम र शर्मा, मोहनराज, नेपाली साहित्यको संक्षिप्त इतिहास, तेस्रो संस्क., ललितपुर, साझा प्रकाशन, २०४६ ।
यस दशकका मधुपर्क तथा गरिमाका विभिन्न अङ्कहरु
मिति :- २०७१ मंसिर २७ गते हेटौँडा
==================================================
==================================================
नेपालमा बज्जिका भाषा : साहित्य र भविष्य
सञ्जय साह ‘मित्र’
बज्जिका भाषा :उत्पत्ति र विकास
मुख्यरूपमा भारत, बिहारका केही जिल्लाको प्रमुख भाषाको रूपमा रहेको बज्जिका नेपालका केही जिल्लाहरूमा समेत लोकजीवनको मुख्य भाषाको रूपमा रहेको छ । नेपालमा बज्जिका भाषाको भौगोलिक सीमाक्षेत्रबारे मतैक्य पाइन्न । कतै बारादेखि महोत्तरीसम्म त कतै बारादेखि सर्लाहीसम्म बज्जिका बोल्ने गरिएको उल्लेख पाइन्छ । यसैगरी कतै सर्लाही र रौतहटमा बज्जिका बोलिन्छ भनेर पनि लेखिएको भेटिन्छ । नेपाल र भारत दुवैतिर यो भाषा बोल्ने गरिएको सन्दर्भमा भारतको उत्तर बिहारका जुन जिल्लाहरूमा बज्जिका बोलिन्छ, बिहारसित सीमा जोडिएका नेपालका तिनै जिल्लाहरूमा बज्जिका बोलिन्छ भन्ने प्रमाणहरूबाट स्पष्ट हुन्छ । नेपालमा बज्जिका भाषाबारे खासै चर्चा गरिएको पाइन्न । यहाँ नेपालीय बज्जिकाबारे सङ्क्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
संसारका अनगिन्ती जीवित भाषाहरूमध्ये बज्जिका पनि एक हो । बज्जिकाको सम्बन्ध प्राचीन ‘वैशाली’सित रहेको छ । बज्जिसङ्घ विश्वको राजनैतिक इतिहासमा आफ्नो गणतान्त्रिक शासन व्यवस्थाको लागि प्रसिद्ध छ । बौद्धग्रन्थ ‘अंगुत्तर निकाय’ एवं जैनग्रन्थ ‘भगवती सूत्र’मा बज्जिसङ्घको उल्लेख प्रमुख गणराज्यको रूपमा भएको पाइन्छ । अठार गणराज्यमा यस सङ्घको राजधानी वैशाली थियो । बज्जिका यसै प्राचीन बज्जिसङ्घको आधुनिक भाषा हो ।१ बज्जिसङ्घ र वैशालीको विषयमा अन्य थुप्रै ऐतिहासिक प्रमाणहरू पाइन्छन् ।
वैशालीमा गणराज्यको स्थापनापूर्व राजा विशालले गङ्गाको उत्तरी किनारमा विशालापुरी नगरको स्थापना गरेका थिए । वैष्णव पुराणसहित रामायण तथा महाभारतमा यस वंशावलीको उल्लेख पाइन्छ । त्यसअनुसार राजा विशालको अनुक्रम चौबीसौं थियो । यसै वंशको तेतीसौं राजा सुमतिले गङ्गाको उत्तरी किनारमा अवस्थित विशालापुरीमा विश्वामित्रसहित राम र लक्ष्मणको राजकीय स्वागत गरेका थिए । जनकपुरी जानेक्रममा तीनै जनाले त्यहाँ रात्री विश्राम गरेका थिए । यसबाट यो पनि सुनिश्चित हुन्छ कि वैशालीका राजा सुमति अयोध्याका राजा दशरथ तथा विदेहका सीरध्वज जनकका समकालीन थिए ।
पाणिनिको ‘अष्टाध्ययी’ (४.२.३) मा यस क्षेत्रलाई ‘मद्रवृज्जयो’ भनिएको छ । प्राचीन अर्थशास्त्री कौटिल्यको साहित्यमा समेत ‘बृजि’ तथा ‘लिच्छवि’ सङ्घको उल्लेख पाइन्छ ।
कतिपयले भगवान् गौतम बुद्धले उपदेश दिएको पाली भाषालाई बज्जिकाकै उपज मान्छन् । भगवान बुद्धले प्रयोग गरेकै कारण पाली भाषाले बढी श्रेय पायो । भगवान बुद्धद्वारा पालित भएकोले नै यसलाई पाली भनिएको हो भन्ने तर्कसमेत पाइन्छ । यसकारण यो मान्यता बन्दछ कि वैशाली एवं वैशालीको क्षेत्रमा आउने प्रदेशको भाषा बज्जिकाबाटै पाली उत्पन्न भयो । भगवान बुद्ध ने जिस पालि भाषा मे उपदेश दिया वह बज्जिका से ही विकसित हुई है ।२ पालीको प्राचीनतालाई विचार गर्दा बज्जिका अति प्राचीन भाषाको रूपमा स्थापित हुन्छ ।
प्राचीन बज्जिसङ्घको भाषा भएको कारण यसलाई वृजिका, वज्जिका, बज्जी, बज्जिका, वैशालीको भाषा, बाजी भाषा आदि नाउँले बोलाइएको पाइन्छ । तर महापण्डित राहुल सांकृत्यायन (विशाल भारत, कलकत्ता, १९४१ ई) द्वारा प्रदत्त वज्जिका (बज्जिका) नै सर्वमान्य भएको छ । बज्जिका शब्दको निर्माण ‘बज्जि’ आधार पदमा ‘क’ प्रत्यय संयुक्त गरेर ‘आ’ स्त्री प्रत्यय लागेर भएको हो । यसको अर्थ हुन्छ ‘बज्जि क्षेत्र (प्रदेश) का बासिन्दाद्वारा बोलिने भाषा’ । यसबाट बृज्जि (बज्जि) गणतन्त्रको प्राचीनतम कल्पना तथा व्यवहारका लागि प्रसिद्ध बज्जि गणतन्त्रसित बज्जिका भाषा भावात्मक रुपले जोडिन पुग्छ ।
छैटौँ शताब्दीको अन्त्य हुँदाहुँदै वैशालीका लिच्छविहरूको पतन भइसकेको थियो । यसभन्दा पहिले नै लिच्छविहरूको एक अभियान दल नेपाल पसिसकेको थियो । लिच्छविहरू भारतको मुजफ्फरपुर जिल्लाको बसाद (वैशाली) बाट इस्वी सम्व्तको प्रारम्भमा नेपाल पसेका थिए ।३ मगधका सम्राट बिम्बिसारका छोरा अजात शत्रुले वैशालीमा आक्रमण गरी लिच्छविहरूलाई धपाएका थिए । डा. व्रजनन्दन वर्माले ‘भारतीय लोक साहित्य कोश’ (सं.डा.सुरेन्द्र गौतम, खण्ड ६ पृष्ठ २६४२) मा छैटौँ शताब्दीको अन्त्यतिर लिच्छविहरू नेपालको तराईमा आएर बसेको उल्लेख गरेका छन् । यसबाट के स्पष्ट हुन्छ भने काठमाडौंमा लिच्छविहरु प्रथम शताब्दीमै पुगे तर तराईमा बसोबासको दृष्टिले छैटौँ शताब्दीसम्म आउने क्रम जारी रह्यो । प्रथम शताब्दीदेखि छैंटौं शताब्दीसम्म बज्जिहरू नेपाल आइरहे ।
‘प्राकृत जैनशास्त्र और अहिंसा शोध संस्थान’ वैशाली, बिहार(भारत) द्वारा सन् १९८७ मा प्रकाशित ‘बज्जिका भाषा के कतिपय शब्दों का आलोचनात्मक अनुशीलन’ (लेखक ः डा. योगेन्द्र प्रसाद सिंह) मा बज्जिका भाषाको भाषिक क्षेत्रको विषयमा विस्तृत चर्चा गर्दै पृष्ठ ८६ र ८९ मा नेपालको मध्यवर्ती तराई क्षेत्र जुन भारतको पूर्वी चम्पारण र सीतामढीसित सिमाना जोडिएका जिल्लाहरू छन्, मा बज्जिका बोलिन्छ भनी उल्लेख गरेका छन् । बज्जिका भाषामा रामायण लेख्ने डा. अवधेश्वर अरुण पनि यही दोहो¥याउँछन् । ‘.... सीतामढी, शिवहर तथा पूर्वी–पश्चिमी चम्पारण से सटा हुआ नेपाल तराई का क्षेत्र भी बज्जिका भाषी है ।’४ नेपालमा पनि यही कुरालाई स्वीकारिएको पाइन्छ । नेपालका केही जिल्लामा प्राचीनकालदेखि नै बज्जिका बोलिन्छ । कालक्रमानुसार यसको स्वरूपमा भिन्नता आउँदै गएको हुन सक्छ किनभने परिवर्तनशीलता कुनै पनि जीवित भाषाको प्रमाण हुन्छ ।
नेपालको मध्यकालमा बाइसे–चौबिसे राज्य कायम रहेको बखतमा सेन राज्यहरूको सरकारी भाषा बज्जिका नै रहेको अनुमान हुन्छ । “मकवानपुर र त्यस पश्चिमका सेन राज्यहरूमा बोलचाल र सम्पर्क भाषा पर्वते भए तापनि सरकारी कामकाजको भाषा लामो अवधिसम्म तराईका भोजपुरी, अवधी र मैथली प्रभावित भाषा रहेको देखिन्छ ।”५ स्मरणीय छ, बज्जिकालाई मैथली र भोजपुरीको बीचको भाषा अथवा दुवैको मिश्रित भाषाको रूपमा पनि स्वीकारिएको पाइन्छ । “बारा र पर्सामा भोजपुरी बोलिन्छ भने सर्लाही र रौतहटमा मैथली र भोजपुरी मिसिएको बज्जिका ।”६ बज्जिकाको बारेमा पहिला उति चेतना नभएकोले अन्य भाषा भनिएको हुन सक्छ । “पाल्पा, तनहूँ, मकवानपुर र पूर्वका सेन राज्यका सरकारी लिखतहरूमा तराईका अवधी, भोजपुरी र मैथली प्रभावित भाषा (जसलाई ब्रज भाषा वा खडी बोली पनि भनिन्छ) प्रयोग गरेको पाइन्छ ।७
बज्जिका नेपाली भाषाभन्दा पनि पुरानो हो भन्ने प्रमाण फेला परेको छ । कक्षा ११ मा पढाइ हुने अनिवार्य नेपाली विषयमा एक ठाउँमा भनिएको छ –“....जुन वेला अहिलेको नेपाली भाषा कर्नालीको जुम्ला (सिँजा) क्षेत्रको खस समुदायमा जन्मेर विकसित हुँदै थियो, त्यसभन्दा धेरै पहिलेदेखि नेपालको बागमती उपत्यका, तराईका विभिन्न स्थान र पहाडका अनेकौं ठाउँमा संस्कृत, पाली, बज्जी, मैथली आदि भाषा बोल्ने मानिस विभिन्न सन्दर्भमा फैलिइ सकेका थिए ।”८
उपर्युक्त तथ्यहरूबाट नेपालमा बज्जिका भाषा बोलिन्छ र नेपालको प्राचीन भाषाहरूमध्य बज्जिका पनि एक हो भन्ने प्रमाणित त हुन्छ तर यसको सीमाङ्कनको विवाद भने कायमै छ । भारतमा बज्जिकाभाषीको सङ्ख्या ४ करोडभन्दा बढी रहेको डा.व्रजनन्दन वर्माको दाबी छ । विशाल बज्जिकाभाषी क्षेत्रको एउटा सानो कुनो मात्र नेपालमा पर्दछ जुन कुनो नेपालको नक्सामा महोत्तरीदेखि बारासम्म पर्दछ ।९ यसरी के स्पष्ट हुन्छ भने बारा जिल्लाको वरियारपुर (गंजभवानीपुर, हाल महागढीमाई नगरपालिकादेखि पूर्व)बाट मध्य महोत्तरीसम्म प्रभाव छ भने पूर्वी महोत्तरीमा मैथलीको प्रभाव बढी देखिन्छ ।
नेपालमा पूर्वमा मैथली र पश्चिममा भोजपुरी भाषाको साँध भाषाको रूपमा बज्जिका भाषा इस्वी सम्वत्भन्दा पुरानो रहेको भए पनि यसको अध्ययन, अनुसन्धान र साहित्यिक विकास हुन नसकेकोले ग्रामीणहरू शासनको पहुँचबाट टाढा रहेजस्तै; सीमान्तकृत नागरिक मूलधारमा समेटिन नसके जस्तै यो भाषा केवल माटोमा शताब्दियौँदेखि (लोक भाषाको रूपमा) बाँच्न मात्र सकेको देखिन्छ ।
बज्जिकालाई नेपाली भाषाको दिदीबहिनी भाषाको रुपमा लिन सकिन्छ । हिन्दीका लेखकहरूले बज्जिकालाई हिन्दीको समीप मानेका छन् । नेपालमा पनि नेपाली र हिन्दीलाई दिदी–बहिनी भाषा मानिन्छ । बज्जिका पनि संस्कृतबाटै जन्मेको हो । यसलाई मागधी प्राकृतबाट विकसित भाषाको रुपमा लिइन्छ तर यसमा पनि मतैक्य छैन । बज्जिका अहिले देवनागरी लिपिमा लेखिन्छ तर यसको मूल लिपि ‘कैथी’ हो । (कैथी लिपिका विभिन्न रूप पाइएका छन् । तिरहुता वा तिरहुतिया कैथी, भोजपुरी कैथी, मगही कैथी, मैथली कैथी आदि । सबैको आ–आफ्नै विशेषता छन् र सबै धेरथोर एक अर्कामा भिन्नता पनि । बज्जिका भाषा तिरहुतिया कैथी लिपिमा लेखिन्छ ।)
बज्जिकाको स्वतन्त्र अस्तित्वको विषयमा कतिपयमा भ्रमहरू रहेका छन् । डा. ग्रियर्सनले यसलाई कहिले पूर्वी भोजपुरी त कहिले पश्चिमी मैथली भनेका छन् । यस भाषाको स्वतन्त्र अस्तित्व ठम्याउन गाह्रो भएकोले उनले अलमलिनु परेको हो । वास्तवमा बज्जिका भाषा न त पूर्वी भोजपुरी हो, न पश्चिमी मैथली र न त मैथली र भोजपुरी मिसिएको भाषा नै । यसको वर्तमान स्वरूप यस्तो देखिनुमा भोजपुरी र मैथलीमाथि बज्जिकाकै ठूलो प्रभाव भएकोेले हो । तर भाषावैज्ञानिकरूको निरन्तरको अनुसन्धान र अध्ययनबाट यसको स्वतन्त्र अस्तित्व रहेको प्रमाणित भएको छ । “विद्वानों ने इसकी व्याकरणिक एवं भाषा वैज्ञानिक विशेषताओं को रेखांकित करते हुए इसके स्वतन्त्र अस्तित्वको प्रमाणित कर दिया है ।”१०
हालै त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख तथा नेपालको भाषिक सर्वेक्षणका निर्देशक प्रा.डा.दानराज रेग्मीको नेतृत्वमा डा. बलराम प्रसाईँ, डा. अम्बिका रेग्मी, गोपाल ठाकुरसहितको टोलीले नेपालीय बज्जिका क्षेत्रको स्थलगत भ्रमण, स्थानीयसँग परिसम्वाद तथा भाषावैज्ञानिक सर्वेक्षण गरी तयार पारिएको प्रतिवेदनमा पनि बज्जिकालाई पूर्ण भाषा बताइएको छ । “अ सोसियोलिङ्ग्विस्टिक सर्वे अफ बज्जिका” नामकृत ११४ पृष्ठको प्रतिवेदन (सन् २०१४)ले बज्जिकालाई पूर्ण तथा स्वतन्त्र भाषाको संज्ञा दिएको हो ।
विकासोन्मुखी भाषा बज्जिकाको स्वरूप र भाषिकाको विषयमा पनि विद्वानहरूले पर्याप्त चर्चा गरेका छन् । बज्जिकाको जन्मस्थल मानिएको वैशाली र मुजफ्फरपुरको भाषालाई आदर्श बज्जिका वा केन्द्रीय बज्जिका भनिन्छ । यस कुरामा प्रायः सबैको एकमत रहेको छ । आदर्श बज्जिकाभन्दा केही भिन्न भएर बोलिने बज्जिकालाई त्यहीँको प्रभावित बज्जिका वा भाषिका भन्ने गरिएको पाइन्छ । बज्जिकामा आदर्श बज्जिका, मैथली प्रभावित बज्जिका, भोजपुरी प्रभावित बज्जिका र मगही प्रभावित बज्जिका गरी कम्तीमा चार उपभेद रहेका छन् । नेपालमा बोलिने बज्जिकालाई पनि विभाजन गर्न सकिन्छ । रौतहटको लालबकैया नदीभन्दा पश्चिमतिर वरियारपुर (गंजभवानीपुर, हालको महागढीमाई नगरपालिका) सम्मको बज्जिकालाई पश्चिमी बज्जिका, लालबकैयादेखि पूर्व मलंगवासम्मको बज्जिका केन्द्रीय वा आदर्श बज्जिका र मलंगवादेखि पूर्व मध्य महोत्तरीसम्म लोकजीवनमा कथ्यमा रहेको बज्जिकालाई पूर्वी बज्जिका भनी विभाजन गर्न सकिन्छ । बज्जिका भाषाले नेपालमा पनि देवनागरी लिपिमा लेख्य रूप लिइसकेको अवस्थामा यसको मानकीकरण गर्नु र नेपालीय बज्जिकाको व्याकरण लेखन गर्नु आवश्यक भइसकेको छ ।
बज्जिका भाषाले जति लामो ऐतिहासिक कालखण्ड पार गरेको छ; त्यसको तुलनामा विकास गर्न सकेको छैन । भारतमा भाषा र साहित्यको सन्दर्भमा बज्जिकाले सन् १९६० को दशकदेखि निरन्तर विकास गरिरहेको छ । नेपालमा भने बज्जिका चेतनाको दियो निकै पछिमात्र बलेको हो । ‘नेपालमा बज्जिका भाषा बोलिन्छ’ भन्ने विषयमा सर्वप्रथम काठमाडौँबाट प्रकाशित हुने महिमा साप्ताहिकले ‘बज्जिका भाषा ः एक चर्चा’ शीर्षक (२०५२ असोज ३० को अङ्क) मा सञ्जयकुमार साहको लेख प्रकाशित गरेका छन् । २०५८ सालको राष्ट्रिय जनगणनामा भाषाको रूपमा पहिलोपटक सम्मिलित भई गणनामा स्थान पाएको बज्जिकाले बाह्रौँ स्थानमा रही एक प्रतिशतभन्दा बढी (१,२४,०८८ पुरुष र १,१३,८५९ महिला गरी जम्मा २,३७,९५७ अर्थात् १.०५%) नेपालीले बोल्ने भाषाको रूपमा उभ्याउन सफलता प्राप्त ग¥यो । गणतान्त्रिक नेपालको पहिलो जनगणना (२०६८)बाट बज्जिका भाषा देशको सातौँ ठूलो भाषाको रूपमा आएको छ । नेपालको कूल जनसङ्ख्यामध्ये तीन प्रतिशत नेपालीले मातृभाषाको रूपमा यस भाषालाई बोल्ने गर्दछन् । जनगणनाको अन्तिम परिणामअनुसार ७,९३,४१६ जनाले बज्जिकालाई मातृभाषाको रूपमा बोल्ने गरेको देखिएको छ । भाषिक अज्ञानता, अन्यप्रतिको आकर्षण तथा हीनताबोध र राजनैतिक कारणले लाखौँ बज्जिका मातृभाषी आफूलाई अन्य मातृभाषाकै भनिरहेका छन्, आफूलाई अन्य मातृभाषीमै गणना गराएका छन् । राजधानी काठमाडौँमा झन्डै पचास हजार बज्जिकाभाषी रहेको दाबी गरिएको बज्जिका वीरगंज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरालगायतका सहरहरूमा समेत बोलिन्छ ।
राष्ट्रिय जनगणनामा तथ्याङ्कमा आइसकेपछि बज्जिकाले बिस्तारै विकास गरिरहेको देखिन्छ । बज्जिकाभाषी क्षेत्रको सबै जातजापत, धर्म–सम्प्रदायको सामmा भाषाको रूपमा रहेको बज्जिकामा साहित्य सिर्जना भइरहेको छ । कृतिहरू प्रकाशन भइरहेका छन् । राष्ट्रिय कविता प्रतियोगिता भएको छ । पत्रिकाहरू निस्किइरहेका छन्, गोरखापत्रको नयाँ नेपालमा स्थान पाएको छ । बज्जिकामा एफएम रेडियोहरू सञ्चालित छन् । सरकारले बज्जिकालाई विद्यालयमा पु¥याउन बज्जिकाको प्रशिक्षक तयार पारेको छ; दर्जनौं शिक्षकलाई प्रशिक्षण दिइएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण कार्य भइरहेको छ । भाषा र साहित्यको विकासका लागि सङ्घसंस्थाहरू खुलेका छन् र बज्जिकासेवीलाई प्रोत्साहनार्थ पुरस्कारको पनि स्थापना गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन–अनुसन्धान तथा शोधकार्यहरू भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले समेत अनुसन्धानात्मक कार्य गरेको छ ।
बज्जिका साहित्य
बज्जिका साहित्यको क्षेत्र निकै विशाल छ । भारतमा बज्जिकाले महाकाव्यसम्मका कृतिहरूको रचना गरेको देखिएको छ । हरेक वर्ष गहन अनुसन्धानात्मक कृतिहरू भारतमा प्रकाशन भइरहेका छन् । सिर्जना, व्याकरण तथा अनुसन्धानजस्ता सबै क्षेत्रमा भारतीय बज्जिकाले विकास गरेको छ तर नेपालीय बज्जिका भने तुलनात्मक रूपमा निकै पछाडि परेको छ । समकालीन र छिमेकी भाषाहरूको तुलनामा नेपालीय बज्जिकाले अपेक्षित प्रगति गरेको देखिँदैन । तर पनि नेपालीय बज्जिकाले विस्तारै वामे छर्न खोज्दैछ ।
नेपालीय बज्जिका साहित्यको विकासको पहिलो दशक पूरा भएको छ । २०६१ असारमा रामवाण प्रकाशन हेटौँडाले सञ्जय साहको ‘पच्चीस डेङ’ कविताकृति प्रकाशित गरेको घटनालाई कृतिको दृष्टिले यात्राको प्रारम्भ विन्दु मानेर हेर्दा पहिलो दशकमा केही ठोस कार्यहरू भएका छन् । प्लान नेपालले ‘बज्जिका कहावति लघुसङग्रह’ (२०६२) प्रकाशन गरेको छ । राम सागर साहको ‘भजन सागर’ (२०६५), समतोलिया कुमारी मुखियाको कवितासङ्ग्रह ‘सुन्नर देश बने चाहइछी’ (२०६६) र ‘बज्जिका अक्षरमाला’ (२०७०), श्याम नारायण साहको लोककथा कृति ‘ठगोके ठग’ (२०६६), सञ्जय सुदामाको खण्डकाव्य ‘छाँही’ (२०६६) प्रकाशित छन् । हरिकृष्ण काफ्लेद्वारा रचित ‘गीता’ प्रकाशनको तयारीमा छ र सञ्जय सुदामा दोस्रो खण्डकाव्य ‘शान्तिदूत’ प्रकाशनको तयारीमा रहेको छ । सञ्जय साह मित्रको ‘नेपालमा बज्जिका भाषा’ पुस्तक पनि प्रकाशनको तयारीमा रहेको छ । अन्य सर्जकहरूले पनि विभिन्न विधाको कृति तयार पारेका छन् ।
बज्जिकामा विभिन्न प्रकृति, प्रवृत्ति तथा विषयवैविध्यका रचनाहरू विधागत सचेतनाका साथ लेखिँदैछन् । कथा, लोककथा, कविता, मुक्तक, गीत, संस्मरणलगायतका रचनाहरू निरन्तर प्रकाशन भइरहेका छन् फुटकररूपमा । दर्जनौं स्रष्टाहरू साहित्य सिर्जनकर्ममा जुटेका छन् र स्थानीय पत्रिका तथा अखबारहरूले प्रोत्साहन गरिरहेका छन् ।
यसैगरी बज्जिकामा अनुवाद साहित्यको पनि आरम्भ भएको छ । युवाकवि गिरिजा अधिकारीको कविताकृति इतिहास र लाल झाको बज्जिकामा अनुवाद भई गत वर्ष प्रकाशित भएको छ । बज्जिकामा अनुदित प्रथम कृतिको रूपमा बज्जिका साहित्यले आफ्नो प्रगतिवादी मार्गलाई फराकिलो बनाएको छ । कृतिको अनुवाद रेणु गुप्ताले गरेकी छन् । यसै गरी नेपालीय साहित्यकाशका सर्वाधिक चर्चित कृति मुनामदन खण्डकाव्यको पनि बज्जिकामा अनुवाद भएको छ । सञ्जय साह मित्रले महाकवि देवकोटाको अमर कृतिलाई बज्जिकामा अनुवाद गरेका हुन् ।
भविष्य
कुनै पनि भाषा र साहित्यको भविष्य किटान गर्न निकै मुस्किल काम हो । इतिहासमा सर्वाधिक सम्पन्न देखिएको संस्कृत भाषा अहिले कथ्यमा लोप भइसकेको मानिन्छ । संस्कृतमा धेरथोर साहित्यलेखन अझै पनि हुने गरेको भने सुनिन्छ । हजारौँ वर्षदेखि लोकभाषाको रूपमा रहेर कृतिको दृष्टिकोणले पहिलो दशक भर्खर पूरा गरेको नेपालीय बज्जिकाको भविष्य वर्तमानको धरातलमा सुरक्षित र उज्ज्वल देखिन्छ । भारतमा साहित्य सिर्जनामा तीव्रता आएको, नेपालमा बज्जिकाप्रतिको चेतनामा अभिवृद्धि भएको, भारतीय बज्जिका भाषाका संस्थासित समन्वय भइरहेको, राष्ट्रिय जनगणनामा समावेश भएको, त्रिभुवन विश्वविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागले गरेको भाषावैज्ञानिक सर्वेक्षणले बज्जिकालाई स्वतन्त्र र पूर्ण भाषाको रूपमा स्वीकार गरेको, भाषाको विकासका लागि संस्थाहरू खुलेका, पत्रपत्रिकाहरू दर्ता भएका, कृति तथा पत्रपत्रिकाहरू प्रकाशन भइरहेका, स्थानीय रेडियोहरूले स्थानीय समाचारको भाषा बज्जिकालाई बनाएको, साहित्यिक पुरस्कारको स्थापना भएको, साहित्य सिर्जनामा लाग्नेहरूको सङ्ख्यामा निरन्तर वृद्धि र स्तरीयतामा निखार आइरहेको, बज्जिका भाषा र साहित्यप्रति शुभेच्छा, सद्भाव, खोज–अनुसन्धान, अभिरुचि तथा विरोधसमेतमा निरन्तर वृद्धि भइरहेको आदि जस्ता आधारहरूलाई हेर्दा यी र यस्ता आधारहरू नभत्केसम्म बज्जिकाको भविष्य उन्नत तथा समुज्ज्वल रहेको किटान गर्न सकिन्छ ।
र.. अन्त्यमा,
आफ्नो स्वतन्त्र अस्तित्व र पृथक पहिचानसहित नेपालीय बज्जिका साहित्य सिर्जना, अनुसन्धान, समीक्षा, सञ्चार, चेतनाजस्ता क्षेत्रहरूमा मन्द गतिमा भए पनि प्रगति गर्दै लगेको छ ।
मित्रनगर, गरुडा, रौतहट
No comments:
Post a Comment