Tuesday, December 25, 2018

निवर्तमान प्राज्ञ परिषद् पदाधिकारीहरूलाई स-सम्मान विदाई ।


काठमाडौं,
२०७५ पौष १३ ।


नेपाल प्रज्ञा–प्रतिष्ठान वर्तमान प्राज्ञ परिषद्ले निवर्तमान प्राज्ञ परिषद् पदाधिकारीहरूलाई स-सम्मान विदाई गरेको छ । विदाई समारोहमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले फूलमाला, सम्मानपत्र र मायाको चिनो समर्पण गरी निवर्तमान प्राज्ञ परिषद्का सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद् सदस्य मातृका पोखरेल र नर्मदेश्वरी सत्याललाई सम्मान गर्नुभएको थियो ।
विदाई समारोहमा अन्य प्राज्ञहरू भने व्यस्तताका कारण उपस्थित हुन सक्नुभएन । निवर्तमान प्राज्ञ परिषद्का कुलपति उप्रेतीसहित प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त र प्रा.डा. उषा ठाकुर भने वर्तमान प्राज्ञ परिषद्मा पुनः अर्को कार्यकालका लागि मनोनित हुनभएको छ ।
समारोहमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको समग्र प्राज्ञिक उन्नयनका लागि निवर्तमान प्राज्ञ परिषद्का पदाधिकारीहरूले खेल्नुभएको भूमिका र पु¥याउनुभएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।
कुलपतिले आगामी दिनमा पनि निवर्तमान प्राज्ञ परिषद्का पदाधिकारीबाट प्रतिष्ठानले रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा उपकुलपति डा. गुरुङ र सदस्य सचिव प्रा. उपाध्यायले पनि बोल्नुभएको थियो ।
निवर्तमान सदस्य सचिव प्रा.डा. गिरीले वर्तमान प्राज्ञ परिषद्ले कुनै पनि प्राज्ञिक सहयोगका लागि सम्झेको खण्डमा सहयोगका लागि आफूहरू सदैव तयार रहेको बताउनुभएको थियो । कार्यक्रम तथा योजना महाशाखाका बुद्धि तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।
www.milapnews.com बाट साभार 
--------------------------------------------------


                           




















































































































2 comments:


  1. Portable+Multi-Purpose+Laptop+Table
    Study+Table
    Metal+Frame+Base
    Comfortable+Foldable
    Lightwood+Color


    Portable Multi-Purpose Laptop Table — Study Table — 4X2X2.5 Ft Price in Nepal

    To Buy this strong foldable study table From Daraz with Free home delivery all over the nepal, Please click Here.
    पढ्न , कम्पुटर ल्यापटप अफिस तथा आउट डोर फङगसन को लागि उपयुक्त लाई सबैलाई काम लाग्ने ठुलो बलियो फलाम बाट बनेको फोल्डिङ गर्न मिल्ने खास गरी पढ्ने विद्यार्थी हरुलाई कोठा सर्दा फोल्डिङ गरेर एता उता लैजान मिल्ने टेबल दराज अनलाईन बाट घरैमा होम डेलिभरी गरी ल्याउनको लागि यहाँ क्लिक गर्नुहोस्।
    Size — Length x Width x Height = 4x2x2.5 Ft
    Pre Assembled (Ready to Use)
    Material — Laminated ply and Mild Steel metal
    Very Strong Holding up to 500Kg load
    Foldable and Portable for easy movement and transport
    Durable up to 10 years
    Ideal for Study, Computer, Laptop, office ,Home and Other function.
    folding table
    foldable study table
    Portable Multi-Purpose Laptop Table
    Study Table
    Table
    Rounded Edges
    Non-Slip Legs
    Plain Light Blue
    Height Adjustable Wooden Laptop Table
    Lightwood Color
    Black Foldable Laptop Table
    Comfortable Foldable
    Foldable Multipurpose Laptop Table
    Foldable and Portable Multi-Purpose Laptop Table Stand
    study table

    ReplyDelete