नेपाल प्रज्ञा प्रतिष्ठान र रमाकृष्ण सृजना प्रतिष्ठानको आयोजनामा कंचनपुरको महेन्द्रनगरमा आख्यान सम्बन्धी वृहत् राष्ट्रिय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । रमाकृष्ण सृजना प्रतिष्ठानका अध्यक्ष महेन्द्र बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीको प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा आख्यान बिभाग प्रमुख मातृका पोखरेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रुपमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट हुनुहुन्थ्यो ।
कार्यक्रमको आरम्भमा रमाकृष्ण सृजना प्रतिष्ठानको नवौं वार्षिकोत्सव तथा स्रष्टा सम्मान समर्पण समारोहको अयोजना गरियो। स्थानीय शिक्षक लक्ष्मी प्रसाद भट्टको संयोजनमा स्वागत गानबाट शुभारम्भ गरिएको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी उप्रेतीले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्नुभयो भने स्थानीय संस्थाहरुका तर्फबाट उप.प्रा. खगेन्द्र जोशीले स्वागत गर्नुभयो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन विद्वान प्रा. डा. टेकराज पन्तले सम्मानित एवम् पुरस्कृत व्यक्तित्व चयन उपसमितिका संयोजकका हैसियतले निर्णय सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा कवि भवानी स्मृति रमाकृष्ण साहित्य सम्मान – २०७४ प्रा. कृष्णदत्त चटौत, डा. हर्क गुरुङ स्मृति रमाकृष्ण विज्ञान प्रविधि पुरस्कार - २०७४ उप प्रा. मदनसिंह बोहरा र बीर झागल गुरुङ स्मृति रमाकृष्ण जनजाति उन्नयन पुरस्कार - २०७४ बाट प्रेमवती रानालाई पुरस्कृत गरिएको थियो । प्रमुख अतिथि मातृका पोखरेल तथा संस्थाका अध्यक्ष महेन्द्र बहादुर गुरुङद्वारा बिभिन्न विधाका उपरोक्तव्यक्तित्वहरुलाई सम्मानपत्र, दोसल्ला, खादा एवम् रकम रासीद्वारा सम्मानित एवम् पुरस्कृत गर्नुभयो।
सो कार्यक्रममा डा. पद्मराज कलोनीद्वारा लिखित 'प्रादेशिक संविधान एवम् मानस प्रदेश' , कर्ण दयालद्वारा लिखित गजल संग्रह कृतिहरु प्रमुख अतिथि मातृका पोखरेलद्वारा विमोचन गर्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा साहित्यकार श्री ईन्द्र बहादुर भण्डारीले 'उपन्यास विश्लेषणको शैली वैज्ञानिकआधार' र महेन्द्रनगरका साहित्यकार श्री पञ्चमराज भट्टले 'डोटेली संस्कृतिका विविध पक्ष'विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो। सो कार्यपत्रहरुमाथि क्रमश: साहित्यकार श्री लक्ष्मी उप्रेती तथा समालोचक डा.पद्मराज कलोनीले टिप्पणी गर्नुभएको थियो।
कार्यक्रममा अतिथि एवम् स्थानीय कविहरुद्वारा पच्चीस वटा कविता एवं गजलहरु प्रस्तुत गरिएका थिए । कविता प्रस्तोताहरुमा युवाहरुको सहभागिता उत्साहवर्धक थियो । रचना वाचन गर्ने स्रष्टाहरूमा विवश पोखरेल, डा. टेकराज पन्त, मित्रराज भट्ट, खेम प्रकाश, सीता शर्मा, पार्वती भट्ट,पुष्पा, सीताराम गुरुङ , सिध्दनारायण आचार्य, किशोर कृष्ण, कविराज भट्ट, भूपि सरोवर,प्रमोद ठगुन्ना, दिलिप कुमार सडौला, आशा साँकी, चन्द्रकला पन्त, बिसा रावल, लक्षमी प्रसाद भट्ट, कल्याण ओझा लगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा विशिष्ट अतिथिको आसनबाट भीमदत्त नगरपालिकाका नगरप्रमुख श्री सुरेन्द्रबहादुर बिष्टले देशको समृध्दि साहित्य र संस्कृतिको समृध्दि भए मात्र पूर्णता हुने धारणा व्यक्त गर्दै साहित्य संस्कृतिको उन्नयनका लागि गरिने पहलमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो।
सो अवसरमा प्रमुख अतिथिको आसनबाट नेपाल प्रज्ञा प्रतिष्ठानका आख्यान बिभाग प्रमुख मातृका पोखरेलले नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा रमाकृष्ण प्रतिष्ठानद्वारा सम्पादित कार्यको स्मरण गर्दै तीन वर्ष अगाडी पूर्वाञ्चलको ईलाममा यस्तै गोष्ठीको आयोजना गरिएको र आज यस सुदूरपश्चिमाञ्चल प्रदेश नं. ७ को महेन्द्रनगरमा यस प्रकारको गोष्ठी आयोजनामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो। स्रष्टा सम्मानको कार्य त्यति सजिलो हुने गर्दैन तर यहाँको चयन उचित भएको विचार प्रकट गर्दै सम्मानित एवम् पुरस्कृत तीनै बिधाका अग्रणी स्रष्टाहरुलाई बधाई दिनु भयो।
प्रस्तुत भएका कार्यपत्रहरु र टिप्पणीहरुमा आएका धारणालाई सराहना गर्दै अगाडी थप्नु भयो, साहित्यकोश्रीवृध्दिका लागि चिन्तनको संस्कृति प्रारम्भ गर्नु जरुरी छ। उहाँले नेपाल प्रज्ञा-प्रतिष्ठान आख्यान विभाग अहिले आधुनिक नेपाली कथा कोश र उपन्यास कोश प्रकाशन गर्न लागिपरेको जानकारी दिनुभयो। आख्यान विकासका लागि प्रतिष्ठान प्रयत्नशील रहे पनि सोचेजति गर्न अझै बांकी रहेको भनाई राख्दै उहाँले मोफसलका पहलहरुलाई प्रज्ञाले सहयोग गर्ने वचन दिनु भयो।
सभापतिको आसनबाट संस्थाका अध्यक्ष महेन्द्र बहादुर गुरुङले सहयोग पुर्याई मार्गदर्शन दिने एवम् प्रोत्साहित गर्ने नेपाल प्रज्ञा प्रतिष्ठान, स्थानीय साहित्यिक संस्थाहरु तथा विद्वान अग्रजहरुप्रति धन्यवाद प्रकट गर्नुभयो।
धनगढीमा हुर्के बढेको र जागिरे जीवन पनि सुदूर पश्चिमाञ्चलबाट शुरु भएको र उल्लेखनीय अवधि यतातिर नै बिताएको प्रसङग प्रस्तुत गर्दै उहाँले आज पुनस् यहाँ आएर यसरी स्रष्टाहरुलाई सम्मानित, पुरष्कृत गर्न पाउँदा विशेष खुशी लागेको बताउनु भयो।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
=========================================
==============================================
कार्यपत्र
उपन्यास विष्लेषणको शैलीवैज्ञानिक आधार
इन्द्रबहादुर भण्डारी
परिचय
उपन्यास शब्द उप र नि उपसर्ग अस् धातु र घञ् प्रत्ययको संयोगबाट बनेको हो । ‘उप’ भनेको नजिक र ‘न्यास’ भनेको राख्नु भन्ने हुन्छ । अर्थात् जीवन जगतलाई नजिक राख्नु भन्ने अर्थमा उपन्यास शब्दको प्रयोग भएको छ । उपन्यास नेपालीमा प्रयुक्त तत्सम शब्द हो । पाश्चात्य साहित्यमा प्रचलित नोबेलको पर्यायको रूपमा नेपाली साहित्यमा उपन्यास शब्दको प्रयोग भएको हो । नोबेल शब्द इटालेली भाषाको नोबेलबाट आएको हो । नोबेलको अर्थ नया“ घटना वा नया“ समाचार भन्ने हुन्छ । आज प्रचलित रूपमा पाइने उपन्यास विधा पाश्चात्य साहित्यकै देन हो । जुन अङ्ग्रेजी साहित्यबाट यसको विधागत स्वरूपमा स्पष्ट प्रमाण देखिन्छ । अङ्ग्रेजी साहित्यमा जोन बन्यानको ‘दि पिल्ग्रिम्स प्रोग्रेस (सन् १९७८) ले औपन्यासिक प्रवृत्तिलाई पहिलोपटक आत्मसाथ गर्ने प्रयास गरेको पाईन्छ । पिल्ग्रिम्स प्रोग्रेस’लाई उपन्यास भनिए पनि ड्यानियल डिफोको ‘रबिन्सन क्रुसो’ सन् (१७१९) बाट विश्वसाहित्यमा उपन्यासको आङ्खनो सत्ता र स्वरूप स्पष्ट भएर देखाप¥यो जसले क्रिया र उपकथाको उपन्यास भन्ने नाम पायो (बराल र एटम, २०५६ : ६) । डिफोको यही उपन्यासबाट नै वास्तविक रूपमा उपन्यास परम्पराको जग बसेको देखिन्छ । भने नेपाली साहित्यमा पहिलो पटक सरदार रुद्रराज पाण्डेको ‘रुपमति’ उपन्यास १९९१ बाट आधुनिक उपन्यास लेखनीको थालनी भएको हो ।
आधुनिक नेपाली उपन्यासको पहिलो चरण १९९१ देखि २०२० सम्मको समयमा प्रायःजसो उपन्यासहरु शैद्धान्तिक कसीलाई नै आधार बनाएर परम्परागत शैलीशिल्पमा लेखिएको पाइन्छ । २०२१ देखि यता लेखिएका नेपाली उपन्यासमा नयाँ शैलीशिल्पको प्रयोग भएको पाइन्छ । भने यसको थालनी गर्ने काम इन्द्रबहादुर राईको ‘आज रमिता छ’ भन्ने उपन्यासले गरेको पाइन्छ । यस क्रमले अझ पछिल्लो चरणमा आईपुग्दा अझ गति पाएको देखिन्छ । खास गरी नेपाली पाठकहरुका माझमा २०६०को दशकदेखि यता उपन्यासहरु निकै लोकप्रिय हुन थालेको हुनाले नेपाली लेखकहरु उपन्यास लेखनतिरै लागिपरेको देखिन्छ । अहिलेसम्म आईपुग्दा व्यवसायिक रुपमा उपन्यास लेख्नेहरुको संख्या पनि बढदै जान थालेको देखिन्छ ।
उपन्यासको परिभाषा
साहित्यका विभिन्न विधाहरू मध्ये आख्यान विधा अन्तर्गत पर्ने उपन्यास एउटा स्वतन्त्र उपविधा हो । यसको पनि आफ्नै स्वतन्त्र स्वरूप र पहिचान रहेको छ । आधुनिक उपन्यास पाश्चात्य साहित्यको देन हो । उपन्यासलाई चिनाउने केही मुख्य परिभाषाहरू :
दि न्यू इन्साइक्लोपेडिया व्रिटानिका
“विशेष देशकाल र चारित्रिक समूह समावेश भएको क्रमबद्व घटनाहरूको माध्यमबाट अभिव्यक्त हुने आ वश्यक लम्बाई भएको तथा बनाइएको त्यस्तो साहित्यिक वर्णनात्मक गद्य विधालाई उपन्यास भनिन्छ, जसमा मान्छेका अनुभवहरूलाई केही जटिलताका साथ कल्पनाको सहयोगले प्रस्तुत गरिन्छ” (बराल र एटम, २०५६ : ६) ।
ई.एम. फोस्टर
“हालको जटिल एवम् सङ्कटग्रस्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक आदि संस्कारद्वारा पिडित मानवजातिको एउटा प्रतिनिधिमूलक अभिव्यक्ति नै उपन्यास हो ।” (ई.एम.फोस्टर, सन १९९४ः २७)
राल्फ फक्स
“उपन्यास कोरा कथात्मक गद्यलेखन होइन, यो त मानवजीवनको गद्य हो । उपन्यास कला नै पहिलो कला हो, जसले मानवको सम्पूर्ण जीवनलाई अभिव्यक्त गर्ने प्रयास गर्दछ” (बराल र एटम २०५६ः ७) ।
प्रेमचन्द
“म उपन्यासलाई मानव चरित्रको चित्र ठान्दछु । मानव चरित्रमा प्रकाश पार्नु र त्यसका रहस्यहरूलाई खोल्नु उपन्यासको मूल तŒव हो” (प्रेमचन्द, १९३९ः ४७)
कृष्ण चन्द्रसिंह प्रधान
“उपन्यास मानवजीवन कै सम्पूर्णताको अभिव्यक्ति हो” (प्रधान २०२५) ।
कृष्णहरि बराल र नेत्र एटम
“मानव र मानव समाजस“ग सम्बन्धित विविध सत्यलाई कलात्मक रूपमा अभिव्यक्त गर्ने आवश्यक लम्बाई भएको गद्य आख्यानलाई उपन्यास भनिन्छ”(बराल र एटम, २०५६ : ७) ।
नेपाली वृहत शब्दकोष
“उपन्यास धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा चरित्र प्रधान गद्य महाकाव्य हो” (नेपाली वृहत शब्दकोष, २०४०ः १५२) ।
यी परिभाषाहरुका आधारमा उपन्यास एउटा यस्तो स्वतन्त्र गद्यविधा हो जसमा जीवन र जगतको सम्पूर्ण पक्षको प्रस्तुति भएको हुन्छ ।
आधुनिक नेपाली उपन्यासको शिल्पविधानका केही महत्वपूर्ण पक्षहरु :
नेपाली साहित्यमा उपन्यासको बढ्दो लोकप्रियताको प्रमुख कारण भनेको नै उपन्यासमा प्रयोग भएको नवीन शैली शिल्प नै हो । नेपाली उपन्यास लेखकहरु हाल आएर नवीन शैली शिल्पको खोजीमा लागेको देखिन्छ । कसरी उपन्यासलाई नवीन र स्तरीय बनाउने । कसरी उपन्यासलाई यसभन्दा अघिका उपन्यास भन्दा भिन्न बनाउने भन्ने सोचका कारण नै एकातिर लेखकहरुमा नै पठन संस्कृतिको विकास भएको छ भने अर्कातिर नवीन विषयको प्रयोगले पाठकहरुलाई उपन्यासले तान्न सफल भएको हो । लेखकहरुले नवीन विषयको खोजीमा लाग्दा नयाँ नयाँ तथ्यहरुको उद्घाट भएको पनि देखिन्छ । जसले गर्दा नेपाली उपन्यासले नेपाली समाजका कुना कुनाका अनेक विषयहरलाई पाठक समक्ष पेस गर्न सफल भएका छन् । प्रत्येक समाजले उपन्यासमा आफ्नो छायाँ देख्न थालेको छ भने प्रत्येक पाठकले उपन्यासमा आफ्नो तस्वीर देख्न थालेको छ । यस कारणले पनि नेपाली साहित्यमा उपन्यासले पाठकहरुको माया पाउन थालेको मान्न सकिन्छ ।
शिल्पविधान शब्द साहित्यमा निकै सुन्दर मान्ने गरिन्छ । यो शब्दको प्रयोग पनि निकै सचेत रुपमा गरेको र भएको देख्न सकिन्छ । सुन्दर विषयलाई अझै व्यवस्थित गर्नु पर्दा यो शब्दको प्रयोग गरिन्छ । यस शब्दको अर्थ नपाली शब्दकोषहरुमा यस्तो देख्न सकिन्छ ।
नेपाली वृहत शब्दकोषमा ‘शिल्प’शब्दको अर्थ नाना थरीका कलापूर्ण वस्तुहरु बनाउने बुट्टा भर्ने आदि हातको कला, शीप, हस्तकला, कारीगरी र ‘विधान’ शब्दको अर्थ रचनात्मक अभिव्यक्तिका सन्दर्भमा आवश्यक कुरा कलात्मक एवं कुशलतापूर्वक प्रस्तुत गर्ने पद्यति वा ढंग ढाँचा । भनी अर्थ दिईएको छ । (पेज नं.११९१)
यस्तैः प्रयोगात्मक नेपाली शब्दकोषमा शिल्पविधान शब्दको अर्थ शिल्प मिलाउने काम, कलात्मक शिल्प, रचना वा निर्माणको कौषल, कलात्मकता, भनी अर्थ दिइएको छ । (पेज नं.९४०)
शैली र शिल्प शब्द समान अर्थ दिने शब्दहरु हुन् । यी दुबै शब्दलाई समास गरी एउटै शब्द बनाएर प्रयोग गर्ने प्रचलन पनि रहेको देखिन्छ । कसैले शैलीशिल्प र कसैले शिल्पशैली शब्द प्रयोग गर्ने गरेको पाईन्छ । जे भने पनि आखिर यी शब्दले दिने अर्थ भनेको साहित्यको रचना शिल्प वा साहित्यको बनोट र बुनोटगत सौन्दर्य नै हो । त्यसैले शिल्पविधान पाश्चात्य समालोचनाको शैलीविज्ञानभित्रको विषय भएकोले शिल्पविधानलाई शैलीविज्ञानको सैद्धान्तिक आधारमा व्याख्या गर्नु उपयुक्त देखिन्छ ।
आधुनिक नेपाली उपन्यासको पछिल्लो चरणमा नवीन प्रयोगको वाहुल्यता रहेको देखिन्छ । एकातिर पाठकको उपन्यास प्रतिको बढ्दो आकर्षण अर्कारित उपन्यास लेखनमा आएको परिपक्कताले गर्दा वर्तमान समयमा उपन्यासका पाठकहरु बढ्न थालेका छन् भने उपन्यास लेखनतिर नयाँ लेखकहरु पनि आकर्षित देखिएका छन् । जसका कारण समालोचकहरुले यस युगलाई उपन्यासको युग पनि भन्न थालेका छन् ।
उपन्यासको शिल्पविधानका प्रमुख पक्षहरु ः
उपन्यास आख्यान साहित्यको वृहत् विधा भएकोले उपन्यासको सिर्जनाका लागि लेखकको गहिरो अध्ययन, लामो अनुभव र निरन्तरको साधना आवश्यक पर्दछ । यो विधा छोटो समयमा सानोतिनो साधनाले सम्पन्न हुन सक्दैन । यसका लागि लामो समयदेखि व्यवस्थित योजना बनाउनु पर्ने हुन्छ । जब लेखकका मनमा कुनै महत्वपूर्ण विषयले प्रवेश पाउछ र त्यो निरन्तर रुपमा पाक्दै र खेल्दै जान्छ तब मात्रै यो बाहिर निस्कन थाल्छ र उपन्यास लेखनीले सफलता प्राप्त गर्न सक्छ । उपन्यास लेख्नका लागि निम्न विषयहरुलाई सचेततापूर्वक ध्यान दिनुपर्ने हुन्छ ।
विषयवस्तु चयनमा नवीनता :
उपन्यासको प्रमुख आधार भनेको नै विषयवस्तु हो । उपन्यास लेखकले उपन्यास लेख्नु पूर्व विषयवस्तु चयनमा निकै ध्यान दिनु पर्ने देखिन्छ । यदि उपन्यासको विषयवस्तु महत्वपूर्ण भएन भने उपन्यास लेखनी सफल हुन सक्दैन र यदि भयो भने पनि त्यो उपन्यास सफल हुन सक्दैन । हाल आएर उपन्यासको विषयवस्तु चयनमा लेखकहरु निकै सचेत हुन थालेको देखिन्छ । परम्परागत लेखक कल्पित विषयवस्तु भन्दा निकै भिन्न खाले विषयवस्तु जसले पाठकहरुलाई अज्ञात कुराको सूचना दिन सकोस् त्यस्तो विषयवस्तुको प्रयोग भएका उपन्यासको रुची पाठकहरुले पनि गरेका हुन्छन् । लेखकले उपन्यासको विषय छनोट गर्दा पाठकहरुको रुचीको विषयलाई ध्यान दिन सकेन भने पनि उपन्यास लेखनी सफल हुन सक्दैन । अहिलेका पाठकहरुको रुची कतातिर छ वा कस्तो विषयवस्तुले अहिलेका पाठकहरुलाई प्रभावित गर्न सक्छ भन्ने कुरामा लेखक सचेत हुनु जरुरी देखिन्छ यदि यसो हुन सकेन भने पनि पाठकहरु उपन्यासको नजिक हुन सक्दैनन् । छनोट गरिएको विषयवस्तुले पाठकहरुलाई कि त महत्वपूर्ण सूचना दिन सकोस्, कि त भरपूर आनन्द दिन सकोस् । कलाको उच्चतम रुपको प्रयोग गरी यी दुईवटा कुराहरु उपन्यासले दिन सकेमा उपन्यास पाठकहरुका लागि ग्राहृय हुन सक्छ ।
विषयवस्तुको चयन पश्चात त्यसलाई कथानकमा व्यवस्थित गर्न पनि निकै सचेत हुनु पर्ने हुन्छ । विषयवस्तु उपन्यासकोे कथानकका लागि महत्वपूर्ण आधार हो । विषयवस्तुलाई एउटा दिशा दिएर उद्देश्य अनुसार गन्तव्यमा पुराउने काम कथानकले गरेको हुन्छ । विषयवस्तु अनुसार कथानकको लम्बाई र गहिराई तय भएको हुन्छ ।
अहिले लेखिएका प्रायःजसो उपन्यासहरुमा विषयवस्तु चयनमा निकै सचेतता र विविधता पाईन्छ । प्रायजसो उपन्यासकारले नेपाली समाजको अतीततिर रुची देखाएका छन् । नेपाली समाजको अतीतको विषयमा लेखिएका उपन्यासहरु अत्यन्त सफल पनि देखिएका छन् । यसको राम्रो नमुना हो अमर न्यौपानेको सोतो धरती । यस्तै कतिपय उपन्यासकारहरुले नेपाली समाजमा चलेको राजनीतिक द्वन्द्वको विषयलाई लिएर उपन्यास लेखेका छन् । यस्ता उपन्यासहरु पनि नेपाली पाठकहरुले मन पराएको देखिन्छ । यसको राम्रो उदाहरण हो नारायण वाग्लेको पल्पसा क्याफे, युग पाठकको उर्गेनको घोडा, ऋषिराज बरालको समरगाथा, आदि । यस्तै प्रेमको विषयमा लेखिएका उपन्यासहरु पनि मन पराउने थुप्रै पाठकहरु रहेका छन् भने प्रेम विषयमा उपन्यास लेख्ने लेखकहरु पनि प्रशस्तै रहेका छन् । समरलभ ,मिस्टिका, फिरफिरे, आदि । यस्तै पौराणिक विषयलाई लिएर उपन्यास लेख्ने लेखकहरु पनि कमी छैनन् यस्ता विषयमा लेखिएका उपन्यासहरुलाई पनि थुप्रै पाठकहरुले मन पराएको देख्न सकिन्छ । यस्ता उपन्यासहरुमा कृष्ण धाराबासीको राधा, निलम कार्कीको चीरहरण, यसका राम्रा उदाहरणहरु हुन् । यस्तै जीवनीपरक वा डायरी शैलीमा लेखिएका लामा लामा अनुभूतिहरुलाई पनि पाठकहरुले मन पराएको देखिन्छ । यसको राम्रो नमुना हो राधा शर्माको खलङ्गामा हमला, विजय पाण्डेको खुसी आदि । विषयवस्तु चयनमा सचेतता अपनाएका कारण नै यी उपन्यासहरु सफल भएका हुन् ।
पात्रहरु चयनमा नवीनता :
पात्रहरु उपन्यासको अनिवार्य शर्त हो । पात्रहरुले नै उपन्यासलाई अगाडि बढाउने काम गरेका हुन्छन् । पात्रहरुको जीवन भोगाई नै उपन्यासको कथानक हो । पात्र चयनमा उपन्यासकार सचेत भएन भने उपन्यास सफल हुन सक्दैन । अहिलेका उपन्यासहरु सफल हुनुको अर्को कारण हो पात्र चयनमा नवीनता देखिनु । अहिलेका पाठकहरुले उपन्यासमा पात्रहरुको घुइँचो मन पराउदैनन् । कथानक लामो भएपनि पात्रहरु थोरै हुनुलाई अहिले पाठकहरुको दृष्टिबाट राम्रो मान्न थालिएको छ । कथानकलाई थोरै पात्रहरुले नै अगाडि बढाउदा पाठकहरुलाई उपन्यासमा डुब्न कतै अल्मलिनु पर्दैन । म पात्रको केन्द्रियतामा अरु पात्रहरुलाई भूमिका खेलाउदा उपन्यास लेख्न पनि सरल हुने र पाठकहरुलाई बुझ्न पनि र सरल हुने देखिन्छ । उपन्यासमा ऐतिहासिक पौराणिक पात्रहरु मन पराउने पाठकहरुको संख्या बढ्न थालेको देख्न थालिएको छ । साहनुभूतिमूलक सामान्य पात्रहरुले नै पाठकहरुको मन सजिलै तान्न सक्ने देखिएको छ । यस्तै ऐतिहासिक पौराणिक पात्रहरु । महान् र चर्चित पात्रहरु जसले सामाजिक रुपमा उल्लेख्य कार्य गरेर आफ्नो छुट्टै अस्तित्व बनाउन सफल भएको होस् । काल्पनिक पात्र भन्दा यथार्थ पात्रहरुमा पाठकहरुको ध्यान जान थलेको देखिन्छ । यस्ता पात्रहरुको खोजी प्राय उपन्याकारले गरेको देखिन्छ । त्यसैले पनि अहिलेका उपन्यासहरुमा लेखकहरुले पात्र चयनमा निकै सचेतता अपनाउन थालेको देख्न सकिन्छ ।
परिवेश चित्रणमा नवीनता :
परिवेशले उपन्यासको कथानक र पात्रहरुको भूमिकालाई जीवन्तता प्रदान गरेको हुन्छ । कथानकलाई गम्भीर बनाउन र पात्रहरुको भूमिकालाई स्वभाविक बनाउन परिवेश चित्रण महत्वपूर्ण मानिन्छ । कथानक राम्रो र महत्वपूर्ण भएर मात्र हुँदैन त्यसलाई जीवन्तता प्रदान गर्नका लागि परिवेशको स्वभाविक चित्रण आवश्यक पर्छ । यदि यसो भएन भने उपन्यास सफल हुन सक्दैन । साना साना कुराले पनि उपन्यासका ठूलो महत्व राखेका हुन्छन् । पाठकहरुले उपन्यास भित्र समाज, संस्कृति, परम्परा, रहनसहन, समय स्थान जस्ता कुराहरुलाई पनि विशेष महत्वका साथ हेरेका हुन्छन् । पाठकहरुले परिवेशबाटै भिन्न समाजको भिन्न रहनसहन, चालचलन रीतिस्थिति त्यहाको संस्कृतिलाई विशेष रुचीका साथ हेरेका हुन्छन् । एउटा भिन्न सामाजिक परिेवेशको पाठकले अर्को भिन्न सामाजिक परिवेशका बारेमा यथेष्ठ जानकारी लिन चाहन्छ । जुन कुरा पाठकले उपन्यासमा खोजेको हुन्छ । जस्तै सेतो धरती उपन्यासमा पुरानो वालविवाह प्रथाको विषयवस्तुलाई प्रस्तुत गर्दा तत्कालीन सामाजिक परिेवेशको स्वभाविक चित्रण गरेको हुनाले उपन्यास सफल हुनमा परिवेश चित्रणले ठूलो भूमिका खेलेको छ । उपन्यासलाई पाठकहरुको मन मस्तिस्किमा पुराउन परिवेश चित्रण महत्वपूर्ण मानिन्छ । जस्तै ः
“जुनेली रात । आगनमा दुईटा जग्गे छन् । दुई जग्गेले एकअर्कालाई देख्न पाएका छैनन् । माझमा स्याउलाले बारिएको छ । त्यसमाथि टाँगिएको छ तन्ना जस्तै कपडाको पर्दा ।”
“एउटा जग्गेमा म अर्को जग्गेमा बहिनी । बिहेमा झैं बजिरहेका बाजा । कान्लामुनि नाचगान चलिरहेको छ । मान्छेहरु रमाइलो गरिरहेका छन् ।” (सेतो धरती, पेज.३०)
“कफ्र्युका बेला गाडिको हर्न पनि आतंककारी हुन्थ्यो, यमराजको ट्याक्सीको हर्न जस्तो । हर्न बज्यो । उसले पाखुरा वृत्ताकार ढंगले घुमाएर आफ्नो स्फूर्ती जाँच्यो ।” (उर्गेनको घोडा, पेज नं.१००)
भाषाशैलीमा नवीनता :
उपन्यास लेखनको माध्यम भनेको नै भाषाशैली हो । कथानक प्रस्तुतिको सुन्दर माध्यम भाषाशैली भएकाले उपन्यास लेखनमा भाषाशैलीको ठूलो भूमिका रहेको हुन्छ । उपन्यासमा बोलीचालीको गद्य भाषाको प्रयोग हुने भएता पनि त्यो भाषा सामान्य भन्दा निकै फरक खालको हुन्छ । आधुनिक शैलीविज्ञानले भाषाशैलीलाई नै साहित्यको प्रमुख आधार मानेको छ । साहित्यिक कृतिको सुन्दर बनोट र बुनोटका लागि भाषाशैली पनि त्यत्तिकै सुन्दर हुनुपर्छ । कुनैपनि कृतिको उत्कृष्टता जाच्ने माध्यम भनेको नै त्यो कृतिमा प्रयोग भएको भाषा शैली हो । उपन्यास आधुनिक गद्यमहाकाव्य भएको हुनाले पनि महाकाव्यमा प्रयोग हुने भाषाशैली सामान्य भन्दा निकै फरक खालको हुनु पर्छ । उपन्यासमा प्रयोग भएको भाषा सामान्य होस् तर उच्चस्तरको होस् र सजिलै बुझ्न सकिने खालको होस् । उपन्यास पढ्दै गर्दा पाठकहरुले छुट्टै भाषिक आनन्द लिन सकोस् ।
नेपाली शब्दभण्डार अहिले निकै सम्पन्न भैसकेको छ । तत्सम शब्दहरुका अतिरिक्त आगन्तुक शब्दहरुले नेपाली शब्दभण्डार निकै सम्पन्न भैसकेको छ । एउटै शब्दका समानार्थी शब्दहरु प्रशस्त मात्रामा पाईन्छन् । लेखकले आफ्नो रुचीअनुसारका शब्दहरु जुन पनि प्रयोग गर्न सक्छ । त्यसमा पनि उपन्यासमा उखान टुक्काको प्रयोग अनिवार्य मानिन्छ । लेखकले आफ्नो भाषिक कौसलतालाई झल्काउने माध्यम पनि भाषिक प्रयोग नै हो भने आफ्नो ज्ञान, अनुभव र परिपक्कतालाई देखाउने माध्यम पनि भाषिक प्रयोग नै हो । कतै सन्दर्भअनुसार उखानको प्रयोग, कतै भाषिक अभिव्यक्तिको गहिराईका लागि टुक्काको प्रयोग अत्यन्तै सुन्दर मानिन्छ । कतै उपमा अलंकारको प्रयोग, कतै दृष्टान्त अलंकारको प्रयोग, कतै रुपक अलंकार आदिको प्रयोगले अभिव्यक्ति अत्यन्तै सुन्दर बन्न पुगेको हुन्छ । उपन्यासमा लेखक भाषाका माध्यमबाट खेल्दै खेल्दै, बिस्तारै बिस्तारै पाठकलाई बाधेर अगाडि बढ्दै जानु पर्छ । धेरै हतारमा पनि होईन र धेरै सुस्त पनि होइन ।
शैली लेखकको आफ्नो छुट्टै पहिचान हो । कृतिमा लेखकले आफ्नो छुट्टै पहिचान देखाउन सक्नु पर्छ । कसरी आफ्नो कृति अरु कृतिभन्दा फरक हुन सक्छ भन्नेकुरा लेखकले बुझ्नु पर्छ । उपन्यासमा दृष्टिविन्दु चयनले पनि टूलो भूमिका खेलेको हुन्छ । कुन दृष्टिविन्दुको चयन गर्दा कथानक प्रस्तुतिमा सहजता र प्रभावकारिता हुन्छ सो कुराको चयनमा लेखक अत्यन्तै सजग हुनुपर्छ । अहिले प्रायजसो उपन्यासहरु प्रथम पुरुष दृष्टिविन्दमा लेखिएका छन् र ती उपन्यासहरु सफल पनि देखिएका छन् । तृतीयपुरुष दृष्टिविन्दु भन्दा पनि लेखक आफै म पात्रका रुपमा उपस्थित भएर कथानक प्रस्तुत गर्दा त्यो बढी प्रभावकारी हुने देखिन्छ ।
कतिपय उपन्यासकारले विधामिश्रण गरी उपन्यास लेख्ने प्रचलन पनि चलाएको देखिन्छ । तर प्रायजसो पाठकहरुले त्यस्तो मन पराउदैनन् । त्यस्तो त्यति राम्रो पनि होइन । बरु त्यसले उपन्यास र पाठक बीचको दुरीलाई बढाउने काम गर्छ । पाठकहरुले कुन विधाको आनन्द लिदै छु भन्नेकुरा प्रश्ट हुनु पर्छ । बयस जति नै ठूलो भएपनि त्यसले स्याउको आनन्द दिन सक्दैन । र स्याउले सबै फलहरुको स्वाद र आनन्द दिन सक्दैन । लेखकले पनि एउटै कृतिबाट धेरै विधाको आनन्द दिन्छु भन्नेकुरा सोच्न थालेर विधामिश्रण गर्न थाल्यो भने उपन्यास पाठकका लागि ग्राहृय हुन सक्दैन ।
उपन्यासमा संवादको प्रयोग पनि वाञ्छनीय मानिन्छ । उपन्यासका पात्रहरुको प्रत्यक्ष कुराकानीले उपन्यासको कथावस्तुलाई सजीव र पात्रहरुको भूमिकालाई प्रभावकारी बनाएको हुन्छ । पात्रहरुको स्तर अनुसार संवादहरु राख्नु राम्रो मानिन्छ । तर अनावश्यक संवादहरु राख्दा नाटकजस्तो नहोस् भन्ने कुरामा पनि लेखक सचेत हुनुपर्ने जरुरी हुन्छ । एकोहोरो वर्णन मात्रले कथानक अगाडि बढाउदा उपन्यासको कलापक्ष कमजोर बन्न जान्छ । उपन्यासमा कतैकतै नाटकीयता होस् तर नाटक जस्तो नहोस् ।
उपन्यासमा विम्ब प्रतीक र प्राक्सन्दर्भको प्रयोग पनि हुनु पर्छ । विम्ब प्रतीक र प्राक्सन्दर्भका माध्यमबाट भनिएको विषय अत्यन्त प्रभावकारी र कलात्मक बन्न सक्छ । वर्तमानको विषयलाई प्राक्सन्दर्भका माध्यमबाट अगाडि राख्दा पाठकहरुमा थप कौतुहलता जागृत भई पाठकहरुले पुरानो सूचना पनि प्राप्त गर्न सक्छन् । यो विषयसँग त्यो विषयको सादृष्यता मिल्दो रहेछ भनी पाठकहरुले उपन्यासको थप आनन्द लिन सक्छन् र विगत प्रति पनि पाठकहरु सचेत हुन जान्छन् ।
“यहाँका मानिसहरु देवताद्वारा श्रापित सिसिफस बनेर ठूलो ढुङ्गो धकेल्दै पहाडको चुचुरोमा पु¥याउने सजायलाई पालना गरिरहेका छन् । हो, म यहीँ जन्मेकी हुँ अर्को सिसिफस बन्नका लागि । सिसिफस परम्परालाई निरन्तरता दिनका लागि ।” (कटुकी, पेज नं. ११)
“हो, पृथ्वीनारायणलाई पनि देशलाई एकीकरण गर्न निकै हतारो भएर समय भन्दा निकै चाँडै जन्मिएका थिए रे । प्रमिथस पनि चिसो अन्धकार मै जन्मिएका थिए रे । सायद उनले चाँडै स्वर्गबाट आगो चोरेर ल्याई पृथ्वीलाई सुखी बनाउन सायद समय भन्दा चाँडो जन्मिएका थिए होला ।”(कटुकी, पेज नं. १२)
उपन्यासको लक्ष्य र उद्देश्य
उपन्यासकार उपन्यासको लक्ष्य र उद्देश्यमा निकै सचेत हुनु पर्छ । के लेख्दै छ, किन लेख्दैछु र केका लागि र कस्का लागि लेख्दै छु भन्ने विषय प्रश्ट भएन भने उपन्यास छेउ न पुच्छरको हुन पुग्छ वा गन्तव्यहीन यात्री जस्तो । त्यसैले कुनै पनि कार्यको निश्चित उद्देश्य भए जस्तै उपन्यास लेखनको पनि निचिश्त उद्देश्य हुन्छ । उद्देश्यलाई जीवनदृष्टि, केन्द्रीय कथ्य, भाव वा बिचार पनि भन्न सकिन्छ । उपन्यासमा उपन्यासकारको आङ्खनो सोचाइ हेराइ वा विचार प्रस्तुत भएको हुन्छ । उपन्यासकारको जीवनप्रतिको दृष्टि प्रस्तुत गर्ने आधार चरित्र चित्रण लेखकको टिप्पणी र विभिन्न घटना हो । यति भएर पनि उपन्यासकारको आङ्खनो सोचाइको र हेराइको आफै धरातल हुन्छ । यही धरातलबाट उपन्यास प्रभावित हुन्छ । यसै धरातलमा उपन्यासको संरचना हुन्छ । यसरी उपन्यासमा लेखकको आङ्खनो सोचाइ र हेराइ प्रत्यक्ष वा परोक्ष रूपमा अभिव्यक्त भएको हुन्छ । सामाजिक, राजनैतिक, आर्थिक जस्ता जीवनका बोध्य यथार्थहरूको प्रकटीकरणका साथै आन्तरिक मनोदशा, विकृति र विसङ्गतिका कारणहरूलाई उधिन्ने ऐतिहासिक सत्यलाई उद्घाटित गर्ने, दार्शनिक व्याख्या गर्ने आदि उद्देश्य लिएर पनि उपन्यास रचना गरिएका हुन्छन् ।
अहिलेका उपन्यासहरुमा लेखकले धेरै गहिरो कुरा भन्नतिर त्यति जोड दिएका हुदैनन् किन भने पाठकले त्यस्तो विषयमा माथाकस्सी गर्न रुचाउदैनन् । उपन्यासको सन्देश सरल होस् ,प्रश्ट होस्, भन्ने कुरातिर लेखक सचेत हुनु जरुरी हुन्छ ।
उपन्यास विष्लेषणको शैलीवैज्ञानिक आधारहरू :
शैलीविज्ञान ुक्तथष्कितष्अकु शब्द नेपाली दुईवटा पदहरू ‘शैली’ र ‘विज्ञान’ मिली बनेको छ । ‘शैली’ ले ढङ्ग, तरिका, रीतिलाई जनाउ“छ भने विज्ञानले कुनै पनि कुराको सत्य तथ्यलाई प्रमाणित गर्ने आधारलाई जनाउ“छ । सामान्य अर्थमा शैलीविज्ञानले शैलीको अध्ययन गर्ने विज्ञान भन्ने बुझाउ“छ भने विशिष्ट रूपमा यसले भाषाको माध्यमबाट गरिने साहित्यको वस्तुनिष्ठ आलोचना प्रणालीलाई बुझाउ“छ ।
शैलीविज्ञान भाषाविज्ञान र साहित्यशास्त्रको समन्वयरूप हो । भाषावैज्ञानिक पक्षलाई समेटेर साहित्यिक कृतिको विष्लेषण गर्ने काम यसमा हुन्छ । भाषाविज्ञानमा उपलब्ध उपकरणका मद्दतले कृतिको शैलीको विश्लेषण गर्दछ । शैलीविज्ञानको मूल ध्येय पनि कृतिको विश्लेषण र मूल्याङ्कन गर्नु हो । “कृति विश्लेषणमा विष्लेष्य कृतिको भाषाशैली कस्तो छ भन्ने आधार महŒवपूर्ण हुन्छ । कृतिको शैलीवैज्ञानिक अध्ययन गर्नुपूर्व सर्वप्रथम निम्नलिखित कुराहरूमा ध्यान दिनु पर्छ । विश्लेष्य कृतिको प्रकृति कस्तो छ ? विश्लेषकको आङ्खनो ज्ञान के कति छ ? उसको आङ्खनो क्षमता के कस्तो छ ? उसको शक्ति र सीमा के हो ? भन्ने कुरामा शर्माले जोड दिएका छन् ।” (शर्मा, २०५५ ः ५४८) ।
“विष्लेषकले कुन प्रकृतिको कृतिको विष्लेषण गर्दैछ भन्ने कुरा पहिलो महŒवपूर्ण कुरा हो । साहित्यका विभिन्न विधाहरू रहेका हुन्छन् । कृतिको प्रकृति भन्नाले मूलभूत प्रवृत्ति, त्यसभित्रका स्वभाव, बिचार वा सन्देशलाई बुझ्नु पर्छ ।” (दाहाल, २०५८ ः १०) विधाको प्रकृति अनुसार त्यसको संरचना, बनोट, भाषिक अभिव्यक्ति, बिचार आदि प्रकट भएका हुन्छन् । कृतिको प्रकृतिअनुसार विभिन्न भाषिक कोणहरूको अवलम्बन गरेर विष्लेषण गर्नुपर्ने हुन्छ । गद्य साहित्यिक कृतिको सन्दर्भमा यस भित्रका संरचनाहरू कथावस्तु, चरित्र चित्रण, बिचारतŒव, परिवेश, भाषाशैलीका आधारमा कृतिको विष्लेषण गर्ने काम हुन्छ । यस कार्यमा भाषाविज्ञानको प्रयाप्त मात्रामा आधार लिनुपर्ने हुन्छ । यस कार्यमा व्याकरिणक, भाषिक र संरचनात्मक घटकहरूलाई लिनुपर्ने देखिन्छ । भाषाविज्ञानका ध्वनिदेखि वाक्यसम्मका संरचनाहरूलाई हेर्नुपर्ने हुन्छ ।
कुनै पनि कृतिको विष्लेषण पूर्व विष्लेषकलाई विभिन्न पक्षहरूको बारेमा यथेष्ट जानकारी राख्नुपर्ने हुन्छ । शैलीवैज्ञानिक आधारमा कृतिको विष्लेषण हचुवाको भरमा गरियो भने त्यो लङ्गडो हुन जान्छ । सर्वप्रथम कृति कुन प्रकृतिको छ त्यसको ज्ञान हुनु आवश्यक हुन्छ । यस पछि शैलीविज्ञानको सैद्धान्तिक पक्षलाई बुझेको हुन्ुपर्छ । कुन–कुन आधारमा शैलीवैज्ञानिक अध्ययन गर्ने हो भन्ने कुरामा स्पष्ट हुन्ु आवश्यक हुन्छ । शैलीविज्ञान भाषावैज्ञानिक उपकरणस“ग सम्बन्धित भएकोले भाषाविष्लेषणका आधारहरूको बारेमा पनि परिचित हुन्ु आवश्यक हुन्छ । भाषाविज्ञान र शैलीविज्ञानका सैद्धान्तिक पक्षको ज्ञान भयो भने विष्लेषकले कुनै पनि कृतिलाई सजिलोस“ग विश्लेषण गर्दछ । यसैगरी कृतिको संरचनात्मक पक्षस“ग मात्र नभएर बिचार पक्षस“ग पनि विष्लेषक परिचित हुन्ु आवश्यक हुन्छ ।
कुनै पनि विष्लेषकले कृतिको विष्लेषण गर्दा आङ्खनो क्षमता प्रदर्शन रहिरहेको हुन्छ । अतः कृतिको विष्लेषण विष्लेषकको क्षमतामा भार पर्ने स्वभाविक नै हो । शैलीविज्ञानका सैद्धान्तिक पक्ष र भाषाविज्ञानका प्रविधिको प्रयोग क्षमतालाई बढाउन सक्यो र तह अनुरूपको व्यवहारिकता प्रदर्शन गर्ने सक्यो भने उसको विष्लेषण प्रभावकारी हुन्छ ।
कृतिको विष्लेषण समग्रताका आधारमा गर्नु कठिन नै हुन्छ । कृतिको विष्लेषण कुन पक्षमा आधारित भएर गर्ने हो भन्ने कुरा पनि कृति विष्लेषणको लागि महŒवपूर्ण कुरा हो । अध्ययन एवम् विष्लेषण गर्दा क्षेत्र र सीमामा आवद्व भएर गर्नुपर्ने हुन्छ । “शैलीविज्ञान विष्लेषणका लागि पाश्चात्य भाषावैज्ञानिक आधारहरू वर्णनात्मक, संरचनात्मक, रूपान्तरणात्मक, रूपार्थपरक, व्यवस्थापरक आदिलाई लिन सकिन्छ । कृतिको शैलीवैज्ञानिक अध्ययन विष्लेषणका क्रममा पाश्चात्य मान्यतालाई मात्र आधार बनाइनु पर्छ भन्ने छैन । संस्कृत समीक्षा पद्धतिका विभिन्न प्रारूपहरू जस्तै वक्रोक्तिपद्धति, औचित्यपद्धति, गुणपद्धति, ध्वनि सिद्वान्तबाट पनि शैलीवैज्ञानिक अध्ययन गर्न सक्ने देखिन्छ ।” (शर्मा, २०४८ : २२६) ।
शैलीवैज्ञानिक दृष्टिले कृतिको विष्लेषण गर्नका लागि भाषिक पक्ष नै मुख्य आधार हो । विभिन्न भाषिक उपकरणहरूको उपयोग गरेर कृतिको विश्लेषण गरिन्छ । “भाषाको प्रयोग सामान्यतया व्याकरणिक नियमअनुसार भए पनि यस सन्दर्भमा शैलीविज्ञानका आधारमा भाषिक व्यवस्था हेर्दा भाषामा भएका विचलनहरूलाई समेत हेरिन्छ । साहित्यिक कृतिको आधार सामग्री भाषा भएकोले यसको आफ्नै खालको संरचना हुन्छ ।” (शर्मा, २०४८ : ९)
कुनै कृतिलाई भाषावैज्ञानिक आधारमा विष्लेषण गर्दा विभिन्न घटकहरूका आधारमा गर्नुपर्छ । “साहित्यको शैलीवैज्ञानिक विष्लेषण गर्दा कम्तिमा यसमा निहित दुई तहको ख्याल राख्नु पर्छ ः भाषिक संरचना र साहित्यिक संरचना । भाषिक संरचना ध्वनि, वर्ण, रूपदेखि सङ्कथनसम्मका एकाइमा विस्तारित भई आबद्ध एवम् संरचित हुन्छ । भाषिक उपकरणहरूको संरचनालाई साहित्यिक विशिष्टता दिन निम्न घटकहरूको आवश्यकता पर्दछ । (क) विकल्प चयन (ख) अग्रभूमि निर्माण (ग) विचलन (घ) समानान्तरता (ङ) शैलीचिह्नक ।” (अधिकारी, २०६२ :२६८)
.१) चयन
साहित्यिक कृतिमा अभिव्यक्तिको विविधता रहेको हुन्छ । अझ उपन्यासमा त यसको ठूलो महत्व रहेको हुन्छ । विकल्प चयनमा लेखक सचेर हुन सकेन भने कृतिको भाषिक सौन्दर्य पक्ष नै कमजोर बन्न जान्छ । “कृतिमा विविधता सिर्जना गर्न भाषामा उपलब्ध विकल्पहरूले ठूलो भूमिका निर्वाह गर्दछन् । त्यसैले विकल्पहरूलाई शैलीको सर्जक मानिन्छ ।”(अधिकारी, २०६२ ः २६९) यिनै विकल्पहरू मध्ये उपयुक्त कुनै एउटाको छनोट गर्नुलाई नै चयन भनिन्छ । भाषामा वर्ण, रूप, शब्द आदि विभिन्न एकाइहरू हुन्छन् । उक्त एकाइहरूको समूहभित्र मिल्दाजुल्दा उपकरणहरूलाई छनोट गर्नुपर्ने हुन्छ । कृतिगत शैलीको पहिचान गर्ने र सो आधारमा कृतिको मूल्याङ्कनका निम्ति चयनको भूमिका महŒवपूर्ण हुन्छ । कुनै पनि कृतिमा कृतिकारले कुनै कुराको अभिव्यक्ति गर्ने क्रममा उपलब्ध विभिन्न विकल्पहरू मध्ये कुनै एउटा विकल्प छनोट गर्दछ । चयनलाई विद्वानहरूले विभिन्न प्रकारमा वर्गीकरण गरेको पाइन्छ । भाषिक चयनका दृष्टिले मुख्य–मुख्य चयनहरूलाई निम्न अनुसार देखाउन सकिन्छ :
(क) शब्दचयन
साहित्यिक कृतिमा शब्द चयनको ठूलो महत्व रहेको हुन्छ । अझ उपन्यसमा त यो अत्यन्तै महत्वपूर्ण मानिन्छ । अर्थका दृष्टिले भाषाको लघुत्तम एकाइका रूपमा शब्दहरु आउ“छन् । भाषिक अभिव्यक्ति पूर्ण हुनका लागि शब्दहरूको संयोजनको आवश्यकता पर्दछ । अर्थात् वाक्य निर्माणको आधारभूत एकाइ शब्द हो । “भाषामा कुनै एउटा कुरालाई व्यक्त गर्न धेरै शब्दहरू रहेका हुन्छन् । जस्तै नेपाली शब्दका तहमा स्त्रीलाई बुझाउने नारी, अबला, आइमाई, स्वास्नीमानिस, रमणी, सुन्दरी, कल्याणी आदि विभिन्न विकल्पहरू छन् । उपर्युक्त विकल्पहरू मध्ये कुनै कृतिकारले कुनै एक सन्दर्भमा कुनै एक विकल्पको चयन गर्छ भने त्यो अकारण हु“दैन ।” (शर्मा, २०४८ ः १०) उपयुक्त शब्द चयनमा कृतिकारको आफ्नो ज्ञान, अनुभव र उसको शब्दभण्डार क्षमतामा पनि भर पर्छ । यसका लागि कृतिकारले प्रयाप्त अध्ययन गर्नु अति जरुरी देखिन्छ ।
(ख) वाक्यचयन
भाषिक अभिव्यक्तिको महŒवपूर्ण एकाई वाक्य हो । कृतिकारले जति सरल ढङ्गले वाक्य खेलाउन सक्छ त्यति नै अभिव्यक्तिमा मिठास आउन सक्छ । वाक्य वाक्य मिलेर अनुच्छेद बन्छ र अनुच्छेद अनुच्छेद मिलेर सानो वा ठूलो संरचनाको कृति निर्माण हुन्छ । कृतिमा एउटा वाक्यले एउटा कुरा वा भावलाई बुझाउँछ । साहित्यकारले कुनै कृतिमा आङ्खनो क्षमता अनुसार वाक्य चयन गर्दछ । भाषावैज्ञानिक दृष्टिले वाक्य व्याकरणको सीमामा आबद्ध हुन्ुपर्दछ । तर साहित्यकारले व्याकरणिक विचलनयुक्त वाक्य पनि चयन गर्ने सक्छ । साहित्यिक कृतिमा व्याकरणसम्मत भाषाको प्रयोग गर्नु पर्छ भन्ने जरुरी हुदैन जसरी अभिव्यक्तिमा मिठासपन आउछ वा अभिव्यत्कि कलात्मक हुन्छ त्यस्तो भाषाको प्रयोग गर्न लेखकलाई छुट हुन्छ ।
(ग) उखान टुक्काको चयन
उखान र टुक्का भाषाका महत्वपूर्ण अङ्ग हुन् । उखान टुक्कालाई सँगै उच्चारण गरिए पनि यी दुबै आपसमा नितान्त भिन्न छन् । टुक्का पदसमुह हो भने उखान वाक्यस्तरमा आउने सुत्रवद्ध कथन हो । यी दुबैको प्रयोगले साहित्यिक कृतिमा नयाँ ज्यान र नयाँ शक्ति थपिन जान्छ । वाक्यमा आलाङ्कारिक सौन्दर्य थप्नका लागि टुक्काको प्रयोग अनिवार्य मानिन्छ भने अभिव्यक्तिमा गहनता र व्यापकता थप्नका लागि उखानको प्रयोग अनिवार्य मानिन्छ । अझ उपन्यासमा त यो सुनमा सुगन्ध थपेजस्तो हुन पुग्छ । त्यसैले उखान टुक्काले अभिव्यक्तिलाई स्पष्ट पारेर भाषामा जीवन्तता दिने गर्दछन् । भाषिक मिठास उत्पन्न गराउन एवम् पाठकलाई जनभाषाको नजिक पु¥याउन साहित्यकारले उखान टुक्काको चयन गर्नु अनिवार्य मानिन्छ ।
(घ) थेगो वा व्यक्तिको निजी भाषाको चयन
शैलीको एउटा मुख्य पक्ष थेगोको चयन पनि हो । लेखकले आफ्नो निजी
उपस्थितिलाई वा आफ्नोपनलाई देखाउन यसको चयन गर्नु जरुरी मानिन्छ । थेगो वा निजी भाषाको चयनले अभिव्यक्तिलाई पृथक र साहित्यिकारको व्यक्तित्वको पहिचान गराउ“छ । साहित्यकारहरू आङ्खनो व्यक्तिको सामाथ्र्य प्रस्तुत गर्ने एवम् कृतिमा विभिन्न भावहरु उत्पन्न गर्न थेगो वा निजी भाषाको चयन गर्ने गर्दछन् ।
(ङ) चिन्हको चयन
लेख्य चिन्हहरुले विभिन्न भावहरुलाई व्यक्त गरेका हुन्छन् । साहित्यमा त चिन्हहरुले गहिरो कुरालाई समेत सङ्केत गरेका हुन्छन् । सामान्यतः अभिव्यक्ति बोलेर र लेखेर दुई प्रकारबाट व्यक्त गरिन्छ । चिन्नको प्रयोग कथ्यभाषामा शरीरको हावभावबाट व्यक्त हुन्छ भने । साहित्यमा लिखित भाषाको प्रयोग गरिने भएकोले लेख्य चिन्हहरू ठाँउठाँउमा विभिन्न भावअनुसार प्रयोग भएका हुन्छन् । त्यसैले उपन्यासमा पनि यिनीहरुको भूमिका महŒवपूर्ण हुन्छ । सामान्य भाषामा लेख्य चिन्हहरू व्याकरणको नियमाअनुसार लेखिन्छन् । तर कृतिमा विशिष्ट प्रभाव सिर्जना गर्नुप¥यो भने साहित्यकारले व्याकरणिक नियमको उलङ्घन गर्छन् । यति भएर पनि लेख्य चिन्हहरूको अर्थपूर्ण ढङ्गबाट प्रयोग गरिएको हुन्छ ।
२) अग्रभूमिको निर्माण
रचनाको कुनै अंशलाई विशिष्ट बनाउन सो अंशमा विशेष बल दिनु नै अग्रभूमि निर्माण हो । अभिव्यक्तिलाई प्रमुख र आकर्षक बनाउन अग्रभूमिको निर्माण आवश्यक पर्छ । यसबाट अभिव्यक्तिमा विशिष्टता आउछ र पाठकको ध्यान आकर्षित हुन्छ । साहित्यिक भाषाको सिर्जना गर्न अग्रभूमि निर्माणको महŒवपूर्ण भूमिका रहन्छ । रचनाको दुबै भागलाई विशिष्ट बनाउन त्यो भागमा विशेष बल दिनु नै अग्रभूमिको निर्माण हो । शैलीविज्ञानमा अग्रभूमि निर्माणको अवधारणाका प्रथम प्रतिपादक प्राग् स्कुलका भाषावैज्ञानिक मुकारोभ्स्की हुन् । उनले सन् १९३० मा यसको चर्चा गरेका थिए । “कुनै पनि भाषा प्रयोगका क्रममा एउटै कुरा धेरैपटक वा धेरै पहिलेबाट प्रयोग प्रचलन हु“दै आएको खण्डमा त्यो यान्त्रिक बन्छ । त्यसबाट जोगाउन लेखकले त्यसको परम्परागत प्रयोग क्षेत्रमा परिवर्तन ल्याएर प्रयोगमा नया“ सन्दर्भ दिनु अग्रभूमि निर्माण हो ।”(दाहाल, २०५८ : १३) भाषिक अभिव्यक्तिलाई विशिष्टता प्रदान गर्न अग्रभूमि निर्माणको महŒवपूर्ण भूमिका रहन्छ । “शैलीविज्ञानमा अग्रभूमि निर्माणको बारेमा अध्ययन विश्लेषण कार्य गरिन्छ । अग्रभूमि निर्माण एउटा यस्तो युक्ति हो जसले अभिव्यक्तिमा ध्यानाकर्षण पैदा गराउ“छ ।” (अधिकारी, २०६२ : २७५) । रचनाकारले आङ्खनो कृतिमा अग्रभूमिको निर्माण दुई तरिका विचलन र समानान्तरताबाट गर्न सक्छ ।
क. विचलन
लेख्य भाषाको अभिव्यक्ति व्याकरणिक नियमको सीमामा आबद्ध भएर प्रकट गरिन्छ । साहित्यिक कृतिहरूमा भाषिक नियमलाई पालना नगरेर त्यसको उलङ्घन पनि गरिएको हुन्छ । सामान्य भाषामा प्रयुक्त हुन्े सामान्य भाषिक नियमको अतिक्रमण, उलङ्घन वा व्यतिक्रमलाई विचलन भनिन्छ (दाहाल, २०५८ ः १३) । भाषिक अभिव्यक्तिका क्रममा साहित्यकारले निम्न क्षेत्रमा विचलन गर्न सक्छ ।
(अ) कोशीय विचलन
कोशमा प्रस्तुत शब्दले मात्र रचनाकारले भाषिक अभिव्यक्तिको सामथ्र्यलाई वहन गर्न सकेन भने नया“ शब्दको निर्माण र पुरानै शब्दको नौलो स्वरूप दिएर शब्दको संरचना नै भत्काउनुलाई कोशीय विचलन भनिन्छ । अतः यसलाई नया शब्दको निर्माण गर्ने कार्य पनि भन्न सकिन्छ । शब्दकोशमा भएका शब्दले भावलाई वहन गर्न नसकेर नया“ शब्दको निर्माण गर्दा कोशीय विचलन हुन्छ । जस्तै : चकेरो, फुलारू, चिथराईजेसन, आदि ।
(आ) व्याकरणिक विचलन
भाषा र व्याकरण एकअर्कास“ग सम्बन्धित भएर रहेका हुन्छन् । व्याकरणिक नियमका आधारमा भाषिक अभिव्यक्ति प्रकट गरिन्छ । प्रत्येक भाषाको आ–आफ्नै निश्चित व्याकरणिक व्यवस्था हुन्छ । “साहित्यकारले आङ्खनो कृतिमा भाषिक अभिव्यक्ति दिँदा व्याकरणको प्रचलित नियम र व्यवस्थामा नबा“धिन पनि सक्छ । अर्थात् साहित्यकारले आङ्खनो विशिष्ट भाषिक अभिव्यक्तिका क्रममा लिङ्ग, वचन, पुरूष, पक्ष, भाव वाच्च आदि व्याकरणात्मक धारा र वाक्य, उपवाक्य, पदक्रम आदि जस्ता व्याकरणिक एकाइका नियमहरूको अतिक्रमण गर्छ । यस्तो अतिक्रमण नै व्याकरणिक विचलन हो ।” (दाहाल, २०५८ : १३)
(इ) ध्वनि प्रक्रियात्मक विचलन
ध्वनिको उच्चारणमा मानकभन्दा छुट्टै प्रयोग गर्नु वा उच्चारण गर्नुलाई ध्वनि प्रकियात्मक विचलन भनिन्छ । “भाषाको कुनै खास एकाइको उच्चारणमा मानकस“ग स्पष्ट रूपमा छुट्याउन सकिने अन्तर नै ध्वनि प्रक्रियात्मक विचलन हो (दाहाल, २०५८ : १३) ।” जस्तै ह्रस्वका ठाउ“मा दीर्घ र दीर्घका ठाउ“मा ह्रस्व उच्चारण हुनु ।
(ई) लेखन प्रक्रियात्मक विचलन
भाषिक अभिव्यक्तिको लेखनप्रक्रियामा रहने निश्चित व्यवस्थालाई अतिक्रमण गरिन्छ भने त्यसलाई लेखन प्रक्रियात्मक विचलन भनिन्छ । कृतिमा चित्रात्मक सौन्दर्य उत्पन्न गर्ने यस किसिमको विचलन देखिन्छ । लेखन प्रक्रियात्मक विचलनको प्रयोग विभिन्न प्रकारको देखिन्छ । जस्तैः डिको नदिनु , ठाडो गरी लेख्नु , चित्रात्मक रुपले लेख्नु । आदि ।
(उ) अर्थतात्विक विचलन
भाषिक अभिव्यक्तिका क्रममा अर्थमा आउने विचलनलाई अर्थतात्विक विचलन भनिन्छ । साहित्यिक कृतिको भाषा विशिष्ट प्रकृतिको हुने भएकाले यसलाई स्वभाविक मानिन्छ । अर्थका सन्दर्भमा देखिने यस प्रकारको साहित्यमा विशिष्टता प्रदान गर्ने हुनाले अन्य प्रकारका विचलन भन्दा अर्थतात्विक विचलनलाई साहित्यमा बढी सार्थक, उर्वरशील र सौन्दर्यमूलक ठानिन्छ । जस्तै ः हावाको सन्देशले धानको बाला झुल्न थाल्यो ।
(ऊ) भाषिकागत विचलन
मानकभाषा वा स्तरीय भाषाको क्रमस“ग कुनै क्षेत्र विशेषको भाषालाई पनि स्थान दिनुलाई भाषिकागत विचलन भनिन्छ । रचनाकारले आङ्खनो कृतिलाई विशिष्टता दिन वा कुनै खास क्षेत्रको विशेषताको चित्रण गर्नुपरेमा भाषिका विचलनको प्रयोग गर्दछ । जस्तै :
“कस्तो छ माइला दाइ ?” (गुमाने)
“मो मार्छ कि कान्जा, तो कोइले आइस् ?”
“...पोलेको घाउमा नुन ना छार् कान्जा, मो आधाम हो, क्षमा गर् ।” (धनजीते) ( मैनाली, छिमेकी )
(ए) प्रयुक्ति विचलन
एउटा स्थिति वा अवस्थामा प्रयोग गर्नुपर्ने भाषालाई अर्को अवस्था वा स्थितिमा प्रयोग गर्नुलाई प्रयुक्ति विचलन भनिन्छ । आङ्खनो साहित्यिक कृतिलाई विशिष्टता प्रदान गर्न यसप्रकारका विचलनहरूको पनि प्रयोग गरेको पाइन्छ । जस्तै :
मान्छे क. मलाई धेरै भोक लाग्यो ।
मान्छे ख. भोक लागे गोठमा घास छ गएर खाए भैहाल्यो नि ।
यी दुई वाक्यमा मान्छेलाई भोक लाग्नु र गोठमा भएको घास खा भन्नु फरक कुरा भएकाले यो प्रयुक्ति विचलन हो ।
ख) समानान्तरता
विचलनको ठिक विपरीतको भाषिक प्रयोगको स्थितिलाई समानान्तरता भनिन्छ । भाषिक विचलन प्रयोगगत विविधताका लागि वा कथनमा कलात्मक सौन्र्दयात्मक बनाउनका लागि आउने पुनरावृत्तिलाई समानान्तरता भनिन्छ ।
समानान्तर भाषिक एकाइ र अर्थका तहमा हुने गर्दछ । यही आधारमा यसलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
(अ) बाह्य समानान्तरता
कृतिको बाहिरी रुपमा देखिने ध्वनि, शब्द, रूप, पदावली, वाक्य, लय आदिको आवृत्ति नै बाह्य समानान्तरता हो । अनुप्रास यमकादि शब्दालंकारबाट बाहृय समानान्तरता कायम हुन्छ । भाषिक संरचनाको तहमा यस प्रकारको समानान्तरता प्रकट हुन्छ । जस्तै :
उदय भो कवि सन्त वसंतको,
प्रकट भो छवि चित्र विचित्रको ।
कास्की कर्कउलेको कुम्ले का“इलो कुम्लो कसेर कतातिर कसिएछ ।
(आ) आन्तरिक समानान्तरता
कृतिभित्र भावार्थ र वाच्यार्थको पक्षमा हुने आवृत्तिलाई आन्तरिक समानान्तरता भनिन्छ । यस प्रकारको समानान्तरता कृतिको अर्थतात्विक तहमा अभिव्यक्त भएको हुन्छ । जस्तै : गधालाई नुहाएर गाई बनाउन सकिदैन । लाहुरेको क्रियाकलाप देखेर म हा“से, रमाए“ र खुशी भए“ ।
३) शैलीचिन्हक
निल्स एरिस एङक्विस्टले लिङग्विस्टिक एण्ड स्टाइल भन्ने पुस्तकको अन डिफाइनिङ स्टाल ः एन एसे इन अप्लाइड लिङ्ग्वििस्टिक्स शीर्षकमा सर्वप्रथम शैलीविश्लेषणका लागि शैलीचिन्हकको धारणा प्रस्तुत गरेका छन् । उनका अनुसार कुनै कृतिमा कमभन्दा कमपटक वा बढीभन्दा बढीपटक विशेष सन्दर्भमा देखिने सबै भाषिक एकाइहरूलाई शैलीचिन्हक भनिन्छ । शैलीचिन्हकहरू विभिन्न स्तरहरूमा हुन्सक्छन् । जस्तै ः वर्णगत शैलीचिन्हक, लेख्यगत शैलीचिन्हक, रूपगत शैलीचिन्हक, शब्दगत शैलीचिन्हक, वाक्यगत शैलीचिन्हक, सङ्कथनगत शैलीचिन्हक अर्थगत शैलीचिन्हक आदि ।
४) शब्दभण्डार
कुनै पनि कृतिको शैलीविज्ञानिक अध्ययनका क्रममा शब्दभण्डारको अध्ययनको पनि महŒवपूर्ण भूमिका रहन्छ । नेपाली भाषाको सन्दर्भमा भन्नुपर्दा यो संस्कृत भाषाबाट विकसित भएको हो । नेपाली भाषाका शब्दहरू कि त त्यही रूपमा आएका छन्् कि त रूप परिवर्तन गरेर आएका छन् । संस्कृतबाट जस्ताको तस्तै आएका शब्दहरूलाई तत्सम शब्द भनिन्छ । संस्कृतबाट रूप फेरिएर आएका शब्दहरू तद्भव हुन्् । कृतिमा यिनै तत्सम वा तद्भव शब्दहरूको बाहुल्यता पाइन्छ । यसबाहेक अन्य भाषाबाट आएका आगन्तुक शब्दहरूको पनि कृतिमा प्रयोग गरिएको पाइन्छ । भाषिक अभिव्यक्तिलाई कलात्मक र स्पष्ट पार्नको लागि साहित्यकारले विभिन्न स्रोतका शब्दहरूको पनि प्रयोग गरेको देखिन्छ । शब्दहरुको प्रयोग गर्दा कुन स्रोतबाट आएका शब्दहरुको प्रयोग गर्ने भन्ने कुरा लेखकले सचेततापूर्वक चयन गर्नु पर्छ ।
निष्कर्ष :
शैलीविज्ञान क्तथष्कितष्अभ (स्टाइलिष्टिक) को नेपाली रूपान्तरण हो । यो उन्नाइसौं शताब्दीमा जर्मनबाट र फ्रेन्चबाट सुरु भएको हो । शैलीविज्ञानको सामान्य अर्थ शैलीको अध्ययन गर्ने भए पनि यसले भाषाको माध्यमबाट गरिने । वस्तुनिष्ठ आलोचना प्रणालीलाई जनाउँछ । शैलीविज्ञान कृतिकेन्द्रित भएर समालोचना गर्ने पद्धति हो । यसले कृति भित्रका विशेषताहरूलाई केलाउने कार्य गर्छ । शैलीविज्ञानलाई चिनाउन डायोनिसियस, क्विन्टिलियस, टी.एस.इलिपट, फर्डिनान्डा डी. सस्युर, टोड आदि विद्धानका परिभाषाहरू महत्वपूर्ण छन् । नेपालीमा मोहनराज शर्माको स्थान महत्वपूर्ण छ । उनका अनुसार शैली विज्ञानले साहित्यिक कृतिको संरचना बनोट आदिलाई खोलल्छ र विष्लेषणद्धारा त्यसमा अन्तरनिहित कला सौन्दर्य र साहित्यिकताको उद्घाटन गर्दछ । शैलीवैज्ञानिक आधारमा कृति लेखन गर्नका लागि भाषा विज्ञानका क्षेत्रमा पाइने विभिन्न प्रविधिको प्रयोग गरिन्छ । कृतिको शैलीवैज्ञानिक अध्ययन विष्लेषणका क्रममा त्यस कृतिको विधागत प्रकृति, विष्लेषणको क्षमता, ज्ञान र त्यसको अध्ययनको सीमाहरूको महत्वपूर्ण हुन्छ । शैली विज्ञानमा विकल्प चयन, अग्रभूमि निर्माण, विचलन, समानान्तरता र शैली चिन्हक आदिका आधारमा कृतिको विष्लेषण गरिन्छ । उपन्यासको सैद्धान्तिक परिचय र कृति विष्लेषणको शैलीको वैज्ञानिक आधार अन्तर्गत उपन्यासलाई पूर्वीय र पाश्चात्य मान्यताका आधारमा आ–आफ्नै तरिकाले परिभाषित गरिएको पाइन्छ । उपन्यासका तत्वहरूले नै उपन्यासको संरचना र स्वरूपलाई निर्धारण गर्दछन् । उपन्यासका तत्वहरूमा कथानक चरित्र, परिवेश, उद्देश्य, संवाद, भाषा आदि पर्दछन् । कथानकले आदि देखि अन्त्य सम्मको घटनालाई र विषयवस्तुलाई प्रस्तुत गर्छ । घटना र वस्तुरचनाका आधारहरू नै चरित्र हुन् । यिनलाई कार्य, प्रवृत्ति, स्वभाव जीवनचेतना, आसन्नता र आवद्धताका आधारमा वर्गीकरण गरिएको हुन्छ । परिवेशले उपन्यासमा वर्णित स्थान, काल, अवस्था तथा वातावरणलाई बुझाउँछ । उद्देश्यले सामाजिक आर्थिक राजनैतिक, जीवनभोगाइको यथार्थ घटनालाई उतार्ने र विकृति एवम् विसङ्गतिबाट जोगाउने कार्य गर्दछ । संवाद अनिवार्य नभए पनि पात्रहरूको जीवन्तता दिने कार्य संवादबाट हुन्छ ।
सन्दर्भ सामग्री सूची
अधिकारी, हेमाङ्गराज (२०५७), समसामयिक नेपाली व्याकरण, काठमाडौं : विद्यार्थी प्रकाशन ।
अधिकारी, हेमाङ्गराज (२०६२), सामाजिक र प्रायोगिक भाषाविज्ञान, काठमाडौं : रत्न पुस्तक भण्डार ।
अधिकारी, हेमाङ्गराज (२०६२), प्रयोगात्मक नेपाली व्याकरण, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
अधिकारी, हेमाङ्गराज (२०६३), प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।
गौतम, कृष्ण (२०५०), आधुनिक समालोचना ः अनेक रूप पठन, काठमाडौं : साझा प्रकाशन ।
ढकाल, शान्तिप्रसाद (२०६४), सामान्य र प्रायोगिक भाषाविज्ञान, काठमाडौं : शुभकामना प्रकाशन ।
ढुङ्गेल, भोजराज र दहाल, दुर्गाप्रसाद (२०५८), प्रायोगिक भाषाविज्ञान, काठमाडौं : एम.के.पब्लिकेशन ।
थापा, मोहनहिमांशु (२०५०), साहित्य परिचय, काठमाडौं : साझा प्रकाशन ।
प्रधान, कृष्णचन्द्र सिंह (२०५२), साझा समालोचना, काठमाडौं : साझा प्रकाशन ।
प्रधान, कृष्णचन्द्र सिंह (२०५२), नेपाली उपन्यास र उपन्यासकार, काठमाडौं : साझा प्रकाशन ।
पोख्रेल, बालकृष्ण र अन्य सम्पा. (२०५८), नेपाली वृहत शब्दकोश, काठमाडौं : ने.रा.प्र.प्र. ।
बन्धु, चूडामणि (२०५०), भाषाविज्ञान, काठमाडौं : साझा प्रकाशन ।
बराल, ऋषिराज (२०५६), उपन्यासको सौन्दर्यशास्त्र, काठमाडौं : साझा प्रकाशन ।
बराल, कृष्णहरि र एटम, नेत्र (२०५८), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, काठमाडौं : साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०४८), शैलीविज्ञान, काठमाडौं : ने.रा.प्र.प्र. ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठमाडौं : साझा प्रकाशन ।
शर्मा, मोहनराज र लुइँटेल, खगेन्द्रप्रसाद (२०६८), शोधविधि, काठमाडौं : साझा प्रकाशन ।
०००
=========================================
No comments:
Post a Comment