Monday, May 30, 2016

धनगढी (कैलाली) मा लघुुकथा गोष्ठी सम्पन्न


नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वाङ्मय परिषद, धनगढी, (कैलाली) को संयुुक्त आयोजनामा आज मिति २०७३/२/२२ गतेका दिन धनगढी, कैलालीमा सुुदूूर पश्चिमाञ्चल स्तरिय लघुुकथा गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् आख्यान विभाग प्रमुुख मातृका पोखरेलको प्रमुुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य वासुुदेव पाण्डेय हुुनुुहुुन्थ्यो । नेपाल वाङ्मय परिषदका अध्यक्ष पुुष्करराज भट्टको सभापतित्व एवम् परिषदका कोषाध्यक्ष तुुलसी शर्माको सञ्चालनमा सम्पन्न भएको सो गोष्ठीमा पुुष्करराज भट्टले ‘आधुुनिक नेपाली लघुुकथामा दार्शनिक चेतना’ विषयमा कार्यपत्र प्रस्तुुत गर्नुुभएको थियो भने सो कार्यपत्रमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका आख्यान विभाग सदस्य देविका तिमिल्सिनाले टिप्पणी गर्नुुभएको थियो । 
सो कार्यक्रममा नेपाली साहित्यका क्षेत्रमा तीसको दशकदेखि कथा लेखनको क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टा देविका तिमिल्सिना एवम् आख्यान लेखनको क्षेत्रमा चालिसको दशकदेखि क्रियाशील स्रष्टा श्रेष्ठ प्रिया पत्थर लाई नेपाल वाङ्मय परिषदले नेपाली आख्यान सम्मान प्रदान गरेको छ । सम्मानित प्रतिभाको बारेमा वाङ्मय परिषदका सचिव बाबुुराम आचार्यले प्रकाश पार्नुु भएको थियो । कार्यक्रममा पदमराज जोशी प्रभात, यज्ञराज यात्री, लक्षीराम आचार्य, हरिकृष्ण कडायत, जनक रसिक, राजकुमार जोशी, वीरबहादुुर चन्द, हेमन्ती जोशी, खगेन्द्र जोशीले मन्तव्य दिनुुभएको थियो । 
सो समारोहमा योगराज आचार्य, केदारप्रसाद आचार्य, नरेन्द्र गिरी, फाल्गुुना दहाल, अज्ञात शर्मा, खेम बतास, केदारप्रसाद आचार्य, फणिन्द्र साउद, लीला बास्कोटा, नारा जोशी, अम्बिका भण्डारी, मेघनाथ खनाल बन्धुु, मानबहादुुर पहाडी, गोठाले कान्छा, भुुवन बोहरा, तीर्थराज भट्ट, कल्यान ओझाले लगायतका स्रष्टाले रचना वाचन गर्नुुभएको थियो । 





































































































सुदुर सन्देश राष्ट्रिय दैनिक , २०७३ जेठ २३ गते





====================================

कार्यपत्र

आधुुनिक नेपाली लघुकथामा दार्शनिक चेतना
                                                                                                              पुुष्करराज भट्ट

(यस कार्यपत्रमा आधुुनिक नेपाली लघुुकथामा दार्शनिक चेतनालाई मूूल विषयका रूपमा लिइएको छ । कार्यपत्रको मूूल शिर्षकको परिचय प्रस्तुुत गरिएको छ । कार्यपत्रको मूूल शिर्षकसँग सम्बद्ध रहेर पाश्चात्य साहित्य सिद्धान्तसँग सम्बन्धित आदर्शोन्मुुख यथार्थवाद, मनोविश्लेषणवाद, अस्तित्ववाद–विसङ्गतिवाद, सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद, उत्तरआधुुनिकतावाद जस्ता साहित्यिक–दार्शनिक चेतनालाई विश्लेषणको सामग्रीका रूपमा उपयोग गरिएको छ । नेपाली लघुुकथा लेखनका सन्दर्भमा विभिन्न दार्शनिक चेतनाको सामान्य परिचय प्रस्तुुत गर्नुुका साथै उपरोक्त चेतनालाई आफ्ना रचनामा प्रस्तुुत गर्ने स्रष्टाको नाम समेत उल्लेख गरिएको छ ।)


पुुष्करराज भट्ट
















१.१ विषय परिचय 
आधुुनिक नेपाली लघुकथाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनालाई बोध गर्दछ । दर्शनले जीवन जगतमा उत्पन्न चेतनालाई विवेचना एवम् विश्लेषण गर्ने कार्य गर्दछ । “आधुुनिक नेपाली लघुुकथामा दार्शनिक चेतना” भन्नाले आधुनिक कथातत्वले परिपूूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघु आख्यानात्मक रचनामा अभिव्यक्त दार्शनिक चेतनालाई बुुझाउँछ । नेपाली साहित्यमा विशेषतः आधुुनिक नेपाली लघुुकथा लेखनको प्रस्थानबिन्दुु मानिएको पूूर्णप्रसाद ब्राह्मणको झिल्का (२००७) को प्रकाशनसँगै दार्शनिक चेतनाको प्रभाव पर्दै आएको छ । यसै सन्दर्भमा आधुुनिक नेपाली लघुुकथाको विकासक्रममा अभिव्यक्त साहित्यिक दार्शनिक चेतनाको अध्ययनका क्रममा पाश्चात्य साहित्य सिद्धान्तसँग सम्बन्धित रहेर आदर्शोन्मुुख यथार्थवाद, मनोविश्लेषणवाद, अस्तित्ववाद–विसङ्गतिवाद, सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद, उत्तरआधुुनिकतावाद जस्ता साहित्यिक दार्शनिक चेतनालाई विश्लेषणको सामग्रीका रूपमा उपयोग गरिएको छ । यी दार्शनिक चेतनालाई प्रस्तुत गर्ने सूूचकलाई समेत केलाउने कार्य गरिएको छ । यही नै यस कार्यपत्रको सीमाका रूपमा रहेको छ । 

१.२  नेपाली लघुुकथामा आदर्शोन्मुख यथार्थवादी चेतना
आदर्शोन्मुुख यथार्थवादी चेतनाले आदर्श र यथार्थको सम्मिश्रणको माग गर्दछ । यस चेतनासँग सम्बन्धित साहित्यिक रचनामा जीवनजगतप्रतिको आदर्शवादी चिन्तन एवम् सोही अनुुरूपको जीवनवृत्तिको विश्लेषण गर्ने कार्य गरिन्छ । आदर्शोन्मुुख यथार्थवादले आध्यात्मिक नीतिचेतनाको साथै मानवतावादी भावनाको अपेक्षा राख्दछ । यस चेतनाको प्रमुुख विशेषताका रूपमा संसारको सृष्टि ईश्वरले गरेको विश्वास राख्नुु, मानिसको जीवन भाग्यबाट निर्धारित भएको सोचाइ अभिव्यक्त गर्नुु, समाजमा नैतिक आर्दशको अपेक्षाका साथै संसारका सबै प्राणीलाई प्रेमभाव एवम् अहिंसावादी चिन्तनको प्रस्फूूटन गर्नुु रहेको छ । यसले आध्यात्मिक नैतिक आदर्शका माध्यमबाट समाज सुुधारको अपेक्षा राख्दछ । यो चेतना प्रारम्भमा आध्यात्मवादसँग नजिक रहेपनि पछिल्ला दिनमा मानवतावाद एवम् समाज सुुधारको चिन्तनतर्फ समेत प्रवृत्त हुुँदै गएको पाइन्छ ।  
नेपाली लघुकथाका सन्दर्भमा आदर्शोन्मुुख यथार्थवादी चेतनाको प्रारम्भ पूूूर्णप्रसाद ब्राह्मणको झिल्का (वि.स. २००७) बाट प्रारम्भ भएको हो । उनका रचनामा आध्यात्मिक चेतनाको प्रस्फूूटनका साथै नैतिक आर्दशको अपेक्षा गरिएको छ । पूूर्णप्रसाद ब्राह्मण सामाजिक एवम् राजनैतिक आन्दोलनका उपज भएकोले उनका रचनामा सामाजिक विकृत परिवेशप्रति आलोचनाका साथै नैतिक आर्दशको आग्रह बढी पाइन्छ । नेपाली लघुुकथामा यो चेतनाले व्यापकता पाउन सकेको छैन । नेपाली लघुकथा रचनामा   पूूर्णप्रसाद ब्राह्मण, श्रीरामकुमार श्रेष्ठ, जगमोहन शाक्य, नारा जोशी, सुुशिला देउजा, देवेन्द्र अर्याल ‘आँशुु’, लुमुडी आचार्य, इन्द्रकुमार विकल्प, टंकबहादुुर आले मगर, वासुु मार्मिक, भूूपेन्द्र सुुवेदीका रचनामा आदर्शान्मुुख यथार्थवादी चिन्तनको अभिव्यक्ति पाइन्छ । नेपाली लघुुकथामा आदर्शोन्मुुख यथार्थवादी चेतनाको अभिव्यक्तिको एक प्रमुुख सूूचक आध्यात्मिक चेतना पूूर्णप्रसाद ब्राह्मण, श्रीरामकुुमार श्रेष्ठ, नारा जोशी, देवेन्द्र अर्याल ‘आँशुु’, लुुमडी आचार्यका रचनामा पाइन्छ । यसरी नै श्रीरामकुुमार श्रेष्ठ, सुुशिला देउजा एवम् इन्द्रकुुमार विकल्पका रचनामा भाग्यवादी चिन्तनलाई प्रकट गरिएको छ । टंकबहादुुुर आले मगर, वासुु मार्मिकका लघुकथामा नैतिक आर्दशको प्रस्तुुति पाइन्छ । भूपेन्द्र सुुवेदी, जगमोहन शाक्य, नारा जोशी रचनामा सद्चरित्र एवम् सदभावको चाहनाको अभिव्यक्ति एवम् इन्द्रकुुमार विकल्प, लुुमडी आचार्यका रचनामा अहिंसा भावको प्रस्तुुतिकरणका माध्यमबाट नेपाली लघुुकथामा आदर्शोन्मुुख यथार्थवादी चेतना व्यक्त भएको छ । नेपाली लघुकथाको प्रारम्भकालमा यस चेतनाको प्रभाव व्यापक रहेपनि हाल आएर यसको प्रभाव न्युुन हुुँदै गएको छ । 

१.३ नेपाली लघुुकथामा मनोविश्लेषणात्मक चेतना
मनोविश्लेषणात्मक चिन्तन मानव मनको विश्लेषण सँग सम्बन्धित चेतना हो । यस चिन्तनका प्रवर्तक सिग्मन्ड फ्रायड हुुन् । यस सिद्धान्तमा उनले व्यक्तित्व रचना अथवा मानव रचनाका बारेमा प्रकाश पारेका छन् । उनले व्यक्तित्व रचना अन्र्तगत स्थुुलरूपात्मक पक्ष अन्र्तगत अचेतन, चेतन र अवचेतन गरेर तीन मनोवृत्तिको चर्चा गरेका छन् । मनोवैज्ञानिक रचनामा अवचेतन–चेतन मनबिचको द्वन्द्व, अवचेतन क्रिया, स्वप्न सिद्धान्तको प्रयोग, प्रतिक विधान तथा यौन सिद्धान्तको भूूमिकाका बारेमा अध्ययन गरिएको पाइन्छ । फ्रायडले यस बाहेक स्वप्न सिद्धान्त, यौन सिद्धान्त, दमन सिद्धान्त, प्रतिक विधान र मानसिक द्वन्द्वको उपस्थापन जस्ता सिद्धान्त पनि प्रतिपादन गरेका छन् । सिग्मण्ड फ्रायडद्वारा प्रतिपादित मनोविश्लेषणवादलाई अघि बढाउने काममा अल्फ्रेड एडलर र कार्ल जी. जुुङ्गले समेत अनेक सिद्धान्तहरू प्रतिपादन गरेको पाइन्छ । यसमा दमन, मातृरति तथा पितृरति ग्रन्थी, हिनताको भावना, उच्चताको भावना, समस्या, व्यक्तित्वको संरचना आदिसँग सम्बन्धित सिद्धान्त रहेका छन् । जुुङ्गले मानिसको व्यक्तित्वलाई अन्र्तमुुखी र बर्हिमुुखी दुुई भागमा बाँडेका छन् । यसरी मनोविश्लेषणवादका विभिन्न सिद्धान्त भएतापनि यस अध्ययनमा मानिसका यौनजन्य असमानता र मनका कुण्ठा, अतृप्ति तथा विक्षिप्त एवम् दमित अवस्थाको चित्रण, व्यक्तिपात्रको चरित्रको चित्रण, मानिसका अन्र्तमुुखी र बर्हिमुखी प्रवृत्तिको चित्रण एवम् व्यक्तिको मनोरचनाले समाजमा ल्याउने परिवर्तनलाई मूूल विषय मानिएको छ ।  
नेपाली लघुुकथामा मनोविश्लेषणात्मक चेतनाको प्रारम्भ जयनारायण गिरीको कसिँगर (२००८) कृतिबाट भएको हो । नेपाली लघुकथामा मनोविश्लेषणवादी चेतनालाई प्रस्तुुत गर्ने लेखकमा अमित घिमिरे, इन्दिरा प्रसाई, किशन थापा ‘अधिर’, जयनारायण गिरी, टिकाराम रेग्मी, धनुुषराज राई ‘राशी’, बद्री पलिखे, मित्र राजुु पाठक, रमेश भट्टराई, शिवहरि अधिकारी, सरस्वती रिजाल, सरूभक्त, सिन्धुु गौतम, सुुशील सिंखडा एवम् श्रीबाबुु कार्की ‘उदास’ रहेका छन् । नेपाली लघुुकथामा मनोविश्लेषणात्मक चेतना अन्र्तगत यौनजन्य असमान्यता र मनका कुुण्ठा, अतृप्ति तथा विक्षिप्त एवम् दमित अवस्थाको चित्रण जयनारायण गिरी, अमित घिमिरे, रमेश भट्टराइ ‘पुुजारी’, बद्री पलिखे, इन्दिरा प्रसाईका लघुुकथा रचनामा गरिएको छ । जयनारायण गिरी, मित्र राजुु पाठक, शिवहरि अधिकारी, रमेश भट्टराई ‘पुुजारी’, धनुुषराज राई ‘राशी’का लघुकथामा व्यक्तिपात्रको चरित्रको विश्लेषण गरिएको पाइन्छ । मानिसको अन्र्तमुुखी र बर्हिमुुखी प्रवृत्तिको चित्रण जयनारायण गिरी, रमेश भट्टराई ‘पुुजारी’, सरूभक्त, सरस्वती रिजाल, सिन्धुु गौतमका लघुकथा रचनामा गरिएको छ । व्यक्तिको मनोरचनाले समाजमा ल्याउने प्रभावको विश्लेषण सुुशिल सिंखडा, टिकाराम रेग्मी, किशन थापा ‘अधिर’, श्रीबाबुु कार्की ‘उदास’ एवम् धनुुषराज राई ‘राशी’ का रचनामा गरिएको पाइन्छ । यस चेतनाको प्रारम्भ नेपाली लघुुकथा लेखनको प्रारम्भिक अवस्थामा देखापरे पनि लामो समय सम्म प्रभावशुुन्य नै रह्यो । पछिल्लो समयमा लघुुकथामा भने यसको धेरथोर प्रभाव रहँदै आएको पाइन्छ ।


१.४ नेपाली लघुुकथामा सामाजिक यथार्थवादी चेतना
सामाजिक यथार्थवादले जीवनको वास्तविक चित्र प्रस्तुत गर्दछ । यसमा समाजमा भएका घटनाको जे जस्तो अवस्था छ, त्यसलाई जस्ताको त्यस्तै प्रस्तुुत गर्ने काम गरिन्छ । यसले समाजमा घटने घटनाप्रति कुुनै आलोचना गर्ने, समाज परिवर्तनका लागि प्रयत्नका लागि विचार सम्प्रेषण गर्ने भन्दा आँखाका सामुुन्ने देखिएको विषयलाई अभिव्यक्त गर्दछ । यसमा आत्मपरक अनुुभूूति भन्दा पनि समाजको वस्तुुयथार्थको ठोस प्रस्तुुति हुुन्छ । सामाजिक यथार्थवाद कला–साहित्यमा यथार्थ जीवनका विभिन्न पक्षलाई व्यक्त गर्ने क्रममा राम्रा–नराम्रा र खुुशी–पीडा जस्ता विषय समेत समावेश गरेर यथार्थ चित्रण गर्नुुपर्छ भन्ने मान्यता हो । सामाजिक यथार्थवादी साहित्यमा निम्नवर्गीय जीवनको उपस्थितिका साथै ग्रामीण जीवनका झलकहरू प्रस्तुुत गर्दै जीवनको नयाँ रुपलाई अभिव्यक्त  गरिन्छ । यस किसिमको साहित्यमा यथार्थवादी चिन्तन, परिवेश एवम् भाषाशैलीको प्रयोग गरिन्छ । 
नेपाली लघुकथा साहित्यका क्षेत्रमा सामाजिक यर्थाथवादी चेतनाको प्रारम्भ शशिकला शर्माको उसको सुुरूवाल (२०१९) कृतिबाट भएको हो । आफ्ना रचनामा सामाजिक यथार्थवादी चिन्तनलाई प्रस्तुत गर्ने लघुुकथा लेखकमा कल्याण पन्त, टिकाराम रेग्मी, दिलीप शाह, देवेन्द्र अर्याल ‘आँसुु’, नारायण तिवारी, रवीन्द्र समीर, राधा कार्की, लक्ष्मण नेवटिया, साधना प्रतिक्षा, श्रीओम श्रेष्ठ ‘रोदन’, सिन्धुु गौतम, सुुमन सौरभ एवम् कृष्ण बजगाई रहेका छन् । नेपाली लघुुकथामा सामाजिक यथार्थवादलाई अभिव्यक्त गर्ने क्रममा समकालीन घटना र परिस्थितिको चित्रण गर्ने लघुुकथा लेखकमा कल्याण पन्त, नारायण तिवारी, रवीन्द्र समीर, लक्ष्मण नेवटिया, साधना प्रतिक्षा एवम् श्रीओम श्रेष्ठ ‘रोदन’ रहेका छन् । यसरी नै स्थानीय सामाजिक भाषिका र कथ्य भाषाको यथावत प्रयोग गर्ने प्रमुुख लेखक टिकाराम रेग्मी, नारायण तिवारी, दिलीप शाह एवम् साधना प्रतिक्षा हुुन् । गरिबका पीडा र उदासीको वर्णन गर्ने लेखकमा रवीन्द्र समीर, राधा कार्की, नारायण तिवारी, सिन्धुु गौतम एवम् सुुमन सौरभ रहेका छन् । महत्वहीन ठानिएका घटना र पात्रहरूको चित्रण गर्ने लघुकथा लेखकमा डम्बर रसिक भारती, देवेन्द्र अर्याल ‘आँसुु’, लक्ष्मण नेवटिया, सुुमन सौरभ एवम् कृष्ण बजगाई रहेका छन् । यसरी नेपाली लघुुकथामा समसामयिक युुगयथार्थको वस्तुुयथार्थलाई विभिन्न कोणबाट प्रस्तुुतिका माध्यमबाट सामाजिक यथार्थवादी चेतनालाई अभिव्यक्त गरिएको पाइन्छ । नेपाली लघुुकथाको क्षेत्रमा यस चेतनाको प्रभाव विगतदेखि वर्तमानसम्म निरन्तरता पाउँदै आएको छ । 

१.५ नेपाली लघुुकथामा विसङ्गतिवादी–अस्तित्ववादी चेतना
विसङ्गतिवादले जीवन र जगतमा विद्यमान विसङ्गतिको चित्रणका साथै विसङ्गत जीवनमूूल्यको प्रस्तुुति गर्दछ । यसले मानव जीवनमा भोग्नुुपरेका विसङ्गत परिवेशलाई निरन्तरता दिनुुका साथै विसङ्गतिलाई जीवनको मूूल सिद्धान्त मान्दछ । जीवन–जगतको निस्सारता, व्यर्थता, शुुन्यता एवम् निरर्थकताको बोधबाट विसङ्गतिवादको जन्म हुुन्छ । विश्व साहित्यमा यो चेतना दोस्रो विश्वयुुद्धको समाप्तिसँग व्याप्त निराशा एवम् कुुन्ठाको परिणामस्वरूप विकसित भएको हो । विसङ्गतिवादको प्रमुुख मान्यता ईश्वरको अस्तित्वको अस्विकृति हो । नित्सेको ईश्वर मृत्युुको घोषणालाई यसले आफ्नो मुुख्य चिन्तन मान्दछ । दोस्रो विश्वयुुद्धको विध्ंवस, त्रास र आतङ्कले गर्दा मान्छे घरपरिवार तथा समाजमा रहेर पनि एक्लो, निराश तथा पृथक रहेको अनुुभूूति गर्नथालेपछि विसङ्गतिवादी चेतनाले प्रमुुखता पाउँदै गयो । विसङ्गतिवादको प्रमुुख अभिलक्षण जीवनको सारहीनता, स्विकृत धार्मिक–सांस्कृतिक, नैतिक मूूल्य मान्यता तथा सामाजिकताप्रतिको अविश्वास हो । विसङ्गति चिन्तनलाई कला–साहित्यमा संरचना शिल्प र भाषाशैलीको माध्यमबाट प्रभावकारी किसिमले प्रस्तुुत गरिएको पाइन्छ । अस्तित्ववादले जीवन जतिसुकै विसङ्गत भएपनि मानिसले सङ्घर्ष गरेर बाँच्नुुपर्छ भन्ने मान्यता राख्दछ । मानिस विसङ्गतिको बोध भएपछि मात्र अस्तित्वको खोजमा लाग्दछ । यसर्थमा अस्तिववादले जीवनको निरर्थकताका बिच अस्तित्वको खोजीको माग गर्दछ ।
नेपाली लघुकथामा विश्वम्भर प्याकुुरेलको इन्द्रेणीको गुुम्बजभित्र (२०२९) कृतिबाट विसङ्गतिवादी–अस्तित्ववादी चेतनाको प्रारम्भ भएको हो । यस चेतनालाई प्रस्तुुत गर्ने प्रमुुख लघुुकथा लेखकमा विश्वम्भर प्याकुुरेल, ध्रुुव मधिकर्मी, रत्न कोजूू, श्याम आशा, केशव प्रधान, अमोददेव भट्टराई, वासुु मार्मिक, नारायण तिवारी, अनिता तुुलाधर, रवीन्द्र समीर, सरूभक्त, जगदिश घिमिरे रहेका  छन् । नेपाली लघुुकथामा विसङ्गतिवादी–अस्तित्ववादी चिन्तनको प्रस्तुुतिका क्रममा ध्रुुव मधिकर्मी, रत्न कोजूू, श्याम आशा, केशव प्रधान, अमोददेव भट्टराईका रचनामा जीवनको अर्थहीनता, निराशा एवम् शुुन्यताको अभिव्यक्ति पाइन्छ । विसङ्गत जीवन परिवेशको चित्रण गर्ने लघुुकथा सर्जकमा ध्रुुव मधिकर्मी, श्याम आशा, वासुु मार्मिक, केशव प्रधान एवम् नारायण तिवारी पर्दछन् । नेपाली लघुुकथामा अनिश्वरवादी चेतनाको अभिव्यक्तिका दृष्टिले अनिता तुुलाधर, रवीन्द्र समीर एवम् सरूभक्तका रचना महत्वपूूर्ण रहेका छन् । जीवनको अस्तित्वचेतनासँग सम्बन्धित रचना प्रकाशन गर्ने लेखकमा ध्रुुव मधिकर्मी, रत्न कोजूू, अनिता तुुलाधर, जगदिश घिमिरे रहेका छन् । नेपाली लघुुकथामा यो चेतना कुुनै न कुुनै किसिमले अस्तित्ववान रहेको छ । यसले नेपाली लघुुकथाको मूूलधारको भने नेतृत्व गर्न सकेको छैन । तीसको दशक यता यस चिन्तनको व्यापकता भएपनि हाल आएर यो चिन्तन क्रमशः शिथिल बन्दै गएको छ ।  


१.६ नेपाली लघुुकथामा समाजवादी यथार्थवादी चेतना
समाजवादी यथार्थवादले माक्र्सवादसँग सम्बन्ध राख्दछ । यसलाई प्रगतिवाद शब्दले समेत सम्बोधन गरिएको पाइन्छ । माक्र्सवादी साहित्य चिन्तनले श्रमजीवी वर्गको पक्ष लिने गर्दछ । यसले समाजमा भएका सम्पुुर्ण आर्थिक, सामाजिक तथा सांस्कृतिक विसङ्गतिको विरोधका साथै समतामूूलक सुुन्दर समाज निर्माणको लागि सङ्घर्षमा उत्साहित र उत्प्रेरित गर्दछ । समाजवादी यथार्थवादले धार्मिक आडम्बरको विरोधका साथै अन्धविश्वास, पाखण्डी भाग्यवाद र ईश्वरमा अनास्था प्रकट गर्दछ । यो श्रम र चेतना तथा भौतिक जगतप्रति विश्वास राख्ने चिन्तन हो । समाजवादी यथार्थवादी साहित्यले समाजमा हुने गरेका पूूँजीवादी चिन्तन, क्रियाकलाप एवम् गतिविधिको विरोध गर्दछ । समाजमा सर्वहारावर्गको पक्ष लिँदै उत्पीडक वर्गको विरोधमा सङ्घर्षमा उत्रिनुु पर्ने विचार राख्द्छ । राष्ट्रियताबोधका साथै शक्तिशाली मुुलुुकले गरिब एवम् कमजोर राष्ट्रमाथि गरिने उत्पीडनको विरोध गर्दछ । 
नेपाली लघुकथा लेखनमा समाजवादी–यथार्थवादी चेतनाको प्रारम्भ विनयकुमार कसजूूको पशुुतन्त्र (२०३९) कृतिबाट भएको हो । आफ्ना रचनामा समाजवादी यथार्थवादी चिन्तन प्रस्तुुत गर्ने लघुुकथा लेखकमा अच्युुत घिमिरे, अगीब बनेपाली,  आर.आर.चौलागाई, कपिल लामिछाने, कुुसुुम ज्ञवाली, गोपाल ढकाल, नवराज रिजाल, नारायण मरासिनी, प्रयास सौरभ श्रेष्ठ, प्रदिप प्रधान, बुुद्धिनाथ ज्ञवाली, भाष्कर, रामचन्द्र नेपाल, विजय सागर, विनयकुुमार कसजूू, विमला अधिकारी, विश्वराज अधिकारी, शेखरकुुमार श्रेष्ठ, शशिकला शर्मा, हरिप्रसाद भण्डारी एवम् हरिगोविन्द लुुइटेल आदि पर्दछन् । राजनैतिक विकृति विसङ्गतिको विरोध एवम् पूूँजीवादी सामन्तवादी गतिविधिप्रति असहमतिको स्वर आर.आर चौलागाई, कपिल लामिछाने, भाष्कर, विजय सागर, विनयकुुमार कसजू एवम् हरिगोविन्द लुुइटेलका रचनामा व्यक्त भएको पाइन्छ । द्वन्द्वकालका घटनाको प्रस्तुुति एवम् निरंकुुशता विरोधी चेतना प्रस्तुुत गर्ने लेखकमा बुुद्धिनाथ ज्ञवाली, प्रदिप प्रधान, नवराज रिजाल, हरिप्रसाद भण्डारी, कपिल लामिछाने रहेका छन् । यी रचनामा विगत द्वन्द्वकालमा भएका सामान्य नागरिक एवम् राजनीतिक कार्यकर्तामाथि भएका ज्यादतिका घटनाका साथै नेपालको शासनसत्ता हातमा लिएर निरंकुुशतन्त्र निम्त्याउने राजा ज्ञानेन्द्रको क्रियाकलापप्रति विरोधको स्वर आएको छ । समाजमा हुने विभेदको विरोध एवम् निम्नवर्गीय पक्षधरतालाई आफ्ना रचना मार्फत प्रस्तुुत गर्ने लेखकमा प्रयास सौरभ श्रेष्ठ, शेखरकुुमार श्रेष्ठ, विमला अधिकारी, नारायण मरासिनी, कुुसुुम ज्ञवाली, हरिप्रसाद भण्डारी, गोपाल ढकाल रहेका छन् । अन्धविश्वास एवम् कुुरीति विरोधी चेतना नवराज रिजाल, रामचन्द्र नेपाल, अच्युुत घिमिरे, विजय सागर, श्शिकला शर्माका रचनामा पाइन्छ । धार्मिक आडम्बर विरोधी चेतना अगीब बनेपाली, हरिप्रसाद भण्डारी, अच्युुत घिमिरे, गोपाल ढकाल, विश्वराज अधिकारी, हरिगोविन्द लुुइटेलका लघुकथामा पाइन्छ । राष्ट्रियताबोध÷वैदेशिक हस्तक्षेप विरोधी चेतना प्रयास सौरभ श्रेष्ठको, नारायण मरासिनी, कपिल लामिछाने, भाष्कर, रामचन्द्र नेपालका लघुुकथामा पाइन्छ । नेपाली लघुुकथामा समाजवादी यथार्थवादी चेतना तीसको दशकको उत्तरार्धपछि विकसित हुुँदै हालसम्म पनि गतिशील रहेको छ । नेपाली लघुकथा लेखनका क्षेत्रमा यस धाराले आफ्नो सशक्त उपस्थिति देखाएको छ ।

 १.७ नेपाली लघुुकथामा उत्तरआधुुनिक चेतना
 नेपाली साहित्यमा उत्तरआधुुनिक चेतनाको प्रयोग दोस्रो विश्वयुुद्धपछि भित्रिएको पाइन्छ । नेपाली लघुकथामा पनि उत्तरआधुनिक चेतना व्यक्त हुुँदै आएको पाइन्छ । दोस्रो विश्वयुुद्धपछि विकसित यस चेतनाको प्रभाव साहित्य बाहेक नृत्यकला, सङ्गीतकला, चित्रकला, मूूर्तिकला, मानवशास्त्र, समाजशास्त्र, इतिहास, राजनीतिशास्त्र, विज्ञान, दर्शन, मनोविज्ञान आदि क्षेत्रमा समेत देखिन्छ । उत्तरआधुुनिक साहित्यमा सिद्धान्तको स्वायत्ता नहुुने भएकोले विभिन्न विचार, दर्शन, कला र संस्कृति आदिको सम्ममिश्रण पाइन्छ । यो सिद्धान्तहीन चेतना हो ।  यसमा साहित्यको सग्लो रूप नहुुनका साथै विधाहरूको स्वतन्त्रता र स्वायत्तता हुुँदैन । यसले साहित्यलाई अनुुकरण मात्र मान्दछ र उनै प्रचलित शब्द, वाक्य आदि संयोजन गर्ने हुुनाले कुुनै पनि कृति मौलिक नहुुने विचार व्यक्त गर्दछ । उत्तरआधुुनिकताको अध्ययनका सन्दर्भमा पाठको विपठन÷विनिर्माण, विधामिश्रण, विधाभञ्जन र विधान्तरण हुुन्छ । नारीवादी चेतना, औपनिवेशिक चेतना, जनजाति एवम् सांस्कृतिक चेतना, पाठकलाई अर्थनिर्माताका रूपमा प्रस्तुुत गर्ने गरिन्छ । यसको साथै पर्यावरणीय चेतना, अभिघात सिद्धान्त, सन्दिग्धता सिद्धान्त, डायोस्पोरिक लेखन, परोक्ष यथार्थ आदि विविध नवसिद्धान्तको प्रयोग गरिएको पाइन्छ । उत्तरआधुुनिक साहित्यलाई प्रविधिसंस्कृति वा साइबरसंस्कृतिको ठूूलो प्रभाव परेको देखिन्छ । त्यस्तै नारीअस्मिताको खोजी, नारीपीडाबोध, लैङ्गिक समानता, पुुरूषसत्ताको विरोध, मान्छेको बिरानोपन, मान्छेको आत्मपहिचानको खोजी, अन्र्तविधात्मक प्रभाव आदि धेरै विशेषताहरू आधुुनिक साहित्यमा भन्दा उत्तरआधुुनिक साहित्यमा स्पष्ट देखिएको पाइन्छ । यो आफैमा समग्र साहित्य चेतना नभएर टुुक्रे चेतना हो । उत्तरआधुुनिक चेतनाको अध्ययनका क्रममा अलग–अलग सिद्धान्तका कोणबाट हेर्नुुपर्ने हुुन्छ । 
नेपाली लघुकथा साहित्यको क्षेत्रमा उत्तरआधुुनिक चेतनाको प्रारम्भ रत्न कोजूूको बूूढो वर्तमान (२०३९) कृति बाट भएको हो । आफ्ना लघुुकथामा यस चिन्तनलाई अघि सारेर रचना प्रकाशित गर्ने लेखकमा किशन थापा ‘अधिर’, टङ्कराम सुुनुुवार, हरिहर पौडेल, कृष्ण बजगाई, दिलीप सगर राई, सुमन सौरभ, कैलाशकुुमार शिवाकोटी, रवीन्द्र समीर, कृष्ण शाह यात्री, सरूभक्त, हरिहर पौडेल, जगदिश घिमिरे, सिन्धुु गौतम, दिलीप शाह, बी. थुुलुुङ, रत्न कोजूू, महेश प्रसाई आदि पर्दछन् । नेपाली लघुुकथामा उत्तरआधुुनिक चेतनाको प्रमुुख अभिलक्षण परम्परागत मूूल्यको विघटनलाई व्यक्त गर्ने लेखकमा किशन थापा ‘अधिर’, टङ्कराम सुुनुुवार, दिलीप सगर राई, हरिहर पौडेल, कृष्ण बजगाई, सुमन सौरभ पर्दछन् । नेपाली लघुुकथामा प्रविधि संस्कृतिलाई प्रस्तुुुत गर्ने लेखकमा कैलाशकुुमार शिवाकोटी, रवीन्द्र समीर, कृष्ण शाह यात्री, सरूभक्त, सुुमन सौरभ रहेका छन् । नेपाली लघुुकथामा अभिघातलाई अभिव्यक्त गर्ने लघुकथा सर्जकमा जगदिश घिमिरे, दिलीप शाह, सिन्धुु गौतम, हरिहर पौडेल एवम् कृष्ण शाह यात्री रहेका छन् । त्यस्तै नेपाली लघुुकथामा वातावरणीय चेतना व्यक्त गर्ने लेखकमा टंकराम सुनुवार, बी. थुुलुुङ, महेश प्रसाई, रत्न कोजूू, रवीन्द्र समीर एवम् सरूभक्त रहेका छन् । तीसको दशकको अन्त्यतिर सामान्य अभिलक्षणका रूपमा देखिए पनि पछिल्ला समयमा साठीको दशकपछि यस चेतनाले आफ्नो प्रभाव देखाउँदै आएको छ । 



२. निष्कर्ष 
आधुुनिक नेपाली लघुुकथा लेखनको प्रारम्भदेखि वर्तमानसम्म आइपुुग्दा विभिन्न दार्शनिक÷साहित्यिक चेतनाको प्रभाव पर्दै आएको पाइन्छ । नेपाली लघुुकथाको क्षेत्रमा कलम चलाउने स्रष्टाले नेपाली युुगजीवनका विशेषतालाई विभिन्न दार्शनिक चेतनाका आधारमा विश्लेषण गर्ने र प्रस्तुुत गर्ने कार्य गर्दै आएको सन्दर्भमा यस विधालाई समृद्ध बनाउँदै लगेको पाइन्छ । नेपाली लघुुकथाको प्रारम्भमा आदर्शोन्मुुख यथार्थवादी चेतनाको प्रधानता रहेपनि त्यसपछि मनोविश्लेषात्मक चेतना, अस्तित्ववादी–विसङ्गतिवादी चेतना, सामाजिक यथार्थवादी चेतना, समाजवादी यथार्थवादी चेतना एवम् उत्तरआधुुनिक चेतना विकसित हुँदै आएको पाइन्छ । नेपाली युुगजीवनमा देखापरेका चिन्तन, मान्यता वा वादको प्रभावबाट अघि बढेको पाइन्छ । भक्तिवादी चेतना भएको समयमा आदर्शोन्मुुख चेतनाले स्थान ग्रहण गरेको पाइन्छ । सात सालको परिवर्तन पछिको समयमा केही खुुल्ला वातावरणमा मनोविश्लेषणात्मक चेतनाले आफ्नो स्थान खोज्दै गरेको देखिन्छ । यस चेतनाको प्रभाव हालपनि धेरथोर रहँदै आएको छ । पञ्चायती कालमा अभिव्यक्ति स्वतन्त्रता नभएको कालखण्डमा नेपाली साहित्यमा पनि विश्व साहित्यमा दोस्रो विश्वयुुद्धपछि मौलाएको विसङ्गतिवादी–अस्तित्ववादी चेतनाको प्रभावले सोही अनुुसारका रचनाको निर्माणले गति लिएको पाइन्छ । 
आधुुनिक नेपाली लघुकथा समाजमा भएका वस्तुुयथार्थको प्रस्तुुतिका दृष्टिले समृद्ध नै मानिन्छ । बीसको दशक प्रारम्भ हुुनुुअघि नै मौलाएको सामाजिक यथार्थवादी चेतना तीसको दशकमा केही मुुर्झाएपनि चालीसको दशकमा बामे सर्दै पचासको दशकपछि युुवा बन्दै आएको छ । नेपाली लघुकथाको विकासका दृष्टिले पचासको दशक महत्वपूूर्ण अवधि हो । यस अवधिका लघुुकथा लेखकले नेपाली समाजको वस्तुुयथार्थको प्रस्तुुति गर्ने कार्यमा आफूूलाई अग्रसर बनाएको पाइन्छ । नेपाली लघुुकथाको विकासक्रममा समाजवादी यथार्थवादी चेतनाले महत्वपूूर्ण स्थान राख्दछ । तीसको दशकको अन्त्य एवम् चालीसको दशकको प्रारम्भदेखि विकसित हुुँदै आएको यस चेतनाको प्रभाव हालसम्म पनि प्रभावकारी रहेको छ । नेपाली लघुकथा लेखनमा कलम चलाउने समाजवादी यथार्थवादी चेतना पक्षधर स्रष्टाले नेपाली समाजको अन्र्तविरोधको प्रस्तुुतिका साथै राजनीतिक–सामाजिक एवम् सांस्कृतिक विचलनप्रति आलोचनात्मक स्वर एवम् अग्रगामी युुगचेतनाको प्रस्फूूटन गर्दै आएका छन् । नेपाली लघुुकथामा पछिल्ला समयमा देखापरेको चेतना उत्तरआधुुनिक चेतना हो । तीसको दशकको अन्त्यतिर सामान्य अभिलक्षणका रूपमा देखापरेको यो चेतना हालसम्म पनि कुुनै न कुुनै रूपमा गतिशील देखिन्छ । उत्तरआधुुनिक लेखन भनेर अलग्गै धाराको रूपमा विकसित हुन नसकेपनि यसले देखाएका अभिलक्षणको प्रभाव भने कुुनै न कुुनै रूपमा देखापरेको छ । वर्तमानमा आइपुुग्दा नेपाली लघुुकथा विषय, विचार एवम् शैलीका दृष्टिले समृद्ध बन्दै गएको छ । नेपाली लघुुकथा लेखनबाट अपेक्षा गर्ने धेरै ठाउँ रहनसक्छ ।

सन्दर्भ सामग्री सूची 
गौतम. लक्ष्मणप्रसाद (२०६६). नेपाली साहित्यमा उत्तरआधुुनिक समालोचना. काठमाडौं ः ओरिएन्टल पब्लिकेसन हाउस प्रा.लि. । 
चापागाई. निनुु (२०५९). “प्रगतिवादी साहित्य र यसको विशेषता”. वेदना. २९÷१, ६५, पृ.६६–७६ ।
.... (२०६६).“साहित्यसम्बन्धी माक्र्सवादी अवधारणाहरू ः संक्षिप्त बुुँदाहरू”.प्रलेस. १४÷१६ । पृ. ५–१२ । 
जोशी. कुमारबहादुुर (२०५४). ते.स. पाश्चात्य साहित्यका प्रमुख वाद. ललितपुर ः साझा प्रकाशन ।
त्रिपाठी. वासुुदेव (२०३६). दो.स. पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा. ललितपुर ः साझा प्रकाशन ।
पोखरेल. बद्रीविशाल (२०६५). प्रगतिवादी कविता ः सिद्धान्त र प्रवृत्ति. काठमाडौं ः मिथिला पोखरेल । 
बराल कृष्णहरि र नेत्र एटम. (२०६६). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. ललितपुुर ः साझा प्रकाशन । 
बराल. ऋषिराज (२०६३). उपन्यासको सौन्दर्यशास्त्र. ललितपुुर ः साझा प्रकाशन ।
भट्ट. पुुष्करराज (२०७०). “उत्तरवर्ती नेपाली लघुकथामा व्यङ्ग्यविधान”. दर्शनाचार्य शोधप्रबन्ध. डीनको कार्यालय. त्रिभुवन
विश्वविद्यालय. काठमाडौं ।
भट्टराई. गोविन्दराज (२०६१). पश्चिमी  बलेँसीका बाछिटा. काठमाडौं ः रत्न पुुस्तक भण्डार । 
लामिछाने. यादवप्रकाश (२०६३). आधुुनिक नेपाली उपन्यासमा विसङ्गतिबोध. काठमाडौं ः विद्यार्थी पुुस्तक भण्डार । 
शर्मा. मोहनराज (२०६६). आधुुनिक तथा उत्तरआधुुनिक पाठकमैत्री समालोचना. काठमाडौं ः क्वेस्ट प्रकाशन ।
शर्मा. हरिप्रसाद (२०६७).चौ.स. विश्वेश्वरप्रसाद कोइरालाका कथा. ललितपुुर ः साझा प्रकाशन ।
सुुुवेदी. राजेन्द्र (२०६४). दो.स. नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति. ललितपुर ः साझा प्रकाशन ।

=========================================
कार्यपत्र माथि टिप्पणी
देविका तिमिल्सिना

विद्वान साहित्यकार पुष्करराज भट्टले आधुनिक नेपाली लघुकथामा दार्शनिक चेतना विषयक प्रस्तुत कार्यपत्रमा पाश्चात्य साहित्य सिद्धान्तसँग सम्वन्धित दार्शनिक चेतनाका आधारमा नेपाली लघुकथा लेखन परम्परा तथा लेखकका आदर्शवादी चेतको विश्लेषण गर्नु भएको छ । समग्र नेपाली लघुकथा र यसले बोकेका आदर्शहरुका आधारमा लेखकहरुको दार्शनिक चेतलाई मेहनतका साथ चिरफार गर्नु भएको छ । उहाँको विद्वतापूर्ण यस कार्यपत्रले नेपाली लघुकथाकारहरुको आर्थिक, सामाजिक, राजनीतिक आध्यात्मिक चेतनालाई अध्ययन गर्न सजिलो पारेको छ । कथाकारहरुले जीवन र जगतलाई अध्ययन गरी सूक्ष्मतम् अभिब्यक्तिद्वारा सामाजिक परिपाटी, सामाजिक तथा राजनीतिक द्वन्द्व, आर्थिक विषमताले उत्पन्न गर्ने पारिवारिक परिवेश, सामाजिक विघटन तथा विसंगतिलाई कथामा उतार्ने गरेको कुरा प्रस्तुत कार्यपत्रले स्पष्ट पारेको छ । अपितु यस कार्यपत्र माथि छलफल र टिप्पणी गर्ने क्रममा अझ यसलाई गहनतम् तथा पठनीय बनाउन उदाहरण सहितका लघुकथाका विषय वस्तु घटना परिघटना तथा जीवन र जगतलाई दार्शनिक चेतनाको सौन्दर्यशास्त्रीय व्याख्या विश्लेषण भएको भए आगामी पुस्ताकोलागि अझ बढी लाभदायक हुने थियो भन्ने मलाई लागेको छ ।

कार्यपत्र प्रस्तोताले कार्यपत्रमा लघुकथाको कुनै परिभाषा दिनु भएको छैन । उहाँले लघुकथाका केही मानक तत्वहरु प्रस्तुत गर्नु भएको छ । जस्तैः आधुनिक कथा तत्वले परिपूर्ण भएका, क्षीण कथानक, सिमित परिवेश एवम् पात्र भएका नेपाली भाषामा लेखिएका लघुआख्यानात्मक रचना भन्ने बुझिन्छ भनी उल्लेख गर्नु भएको छ ।

नेपाली साहित्यका वरिष्ठ समालोचक मोहनराज शर्मा भन्छन् — लघुकथा न्यूनतम आख्यान भएको लघुगद्य संरचना हो । यसको प्रस्तुति तीब्र र अजटिल हुनेहुँदा यो अति पठनीय र रोचक हुन्छ । यसैगरी डा.लक्ष्मणप्रसाद गौतम लघुकथा सम्वन्धमा प्रकाश पार्दै यसरी आप्mनो मत जाहेर गर्दछन्—लघुकथाको आयामिक संरचना छोटो,सुत्रात्मक र स्वयम् पूर्ण हुन्छ ।

छोटा वा लघुकथाले दिने सन्देशलाई आधार मानेर दार्शनिक चेतनाको कुरा यस कार्यपत्रमा उल्लेख गरिएको छ । त्यस्ता आदर्शहरुको चेतनालाई विवेचना गर्ने क्रममा यस कार्यपत्र लेखकले ः नेपाली लघुुकथामा आदर्शोन्मुख यथार्थवादी चेतना, नेपाली लघुुकथामा मनोविश्लेषणात्मक चेतना, नेपाली लघुुकथामा सामाजिक यथार्थवादी चेतना, नेपाली लघुुकथामा विसङ्गतिवादी–अस्तित्ववादी चेतना, नेपाली लघुुकथामा समाजवादी यथार्थवादी चेतना र नेपाली लघुुकथामा उत्तरआधुुनिक चेतना गरी जम्मा छ प्रकारका दार्शनिक चेतनाको आधारमा नेपाली लघुकथाको अवस्थाको चित्रण गर्नु भएको सह्राहनीय छ । उहाँले हरेक चेतनाका वाहक लेखकहरुको परिचय गराउनु भएको पनि छ । यसमा समय वा कालखण्ड र कथालाई केलाउने क्रममा स्रष्टाको नाम र कथा पक्कै छुटेको हुनसक्छ । यसमा अभैm गहिरिएर अध्ययन र विश्लेषण गर्नु पर्नेछ भन्ने मलाई लाग्दछ ।

लघुकथामा दार्शनिक चेतनाबारे प्रस्तुत कार्यपत्रमा भनिएको छ—“दर्शनले जीवन र जगतमा उत्पन्न चेतनालाई विवेचना एवम् विश्लेषण गर्ने कार्य गर्दछ ।” कार्यपत्रले कथामा दार्शनिक चेतनाको आवश्यकताको बारेमा बोलेको छैन । वास्तवमा दार्शनिक चेतनाले पाठकको सोच, विचार र दृष्टिकोण निर्माणमा मद्दत गर्दछ तथा जीवन र जगतलाई बुभ्mन समेत सजिलो पार्दछ । त्यसैले जीवन उपयोगी दार्शनिक चेतना लघुकथामा आवश्यक छ भनेर कार्यपत्रले वकालत गर्न सकेको छैन ।
विद्वान कार्यपत्र प्रस्तोताले हरेक दार्शनिक चेतनाका लेखकको कृतिहरुको छोटो परिचर्चा जस्तै ः कथा परिवेश, सामाजिक अवस्था र चेतना प्रवाहका घटना र पात्रको उल्लेख संक्षिप्तमा गर्नु भएको भए कार्यपत्रबाट अझ लाभ पाठकले पाउने थिए । उदाहरणार्थ ः नेपाली लघुकथामा मनोविश्लेषणात्मक चेतनाको प्रारम्भ जय नारायण गिरीको “कसिंगर” कृतिबाट भएको हो भनी कार्यपत्रमा लेखिएको छ तर यस कथाको परिवेश, घटना, पात्र आदिको विश्लेषण नहुँदा पुष्टि गर्न सामान्य पाठकलाई गाह्रो परेको छ ।
लघुकथाको सैद्धान्तिक रुप र चालिसको दशकको लघुकथा प्रवृत्तिःएक झलकमा रोशन थापा नीरब भन्छन्—लघुकथाको तत्वलाई परिस्थिति, पात्र, संघर्ष र निर्णय गरी वर्गीकरण गर्न सकिन्छ । यसै क्रममा लघुकथामा दार्शनिक चेतनालाई लक्षित गर्दै उनी भन्छन्—निर्णय लघुकथामा निष्कर्षको रुपमा देखा पर्ने तत्व हो । यो एक प्रकारको विचार पनि हो । कथान्त्यमा सम्पूर्ण क्रिया प्रतिक्रिया, द्वन्द्व,चरित्रको निष्कर्ष यसले परिणाममा ल्याउँदछ । यसमा उद्देष्य परिपूर्ति हुने गर्दछ । यसैले यो लघुकथाकोलागि महत्वपूर्ण तत्व हो ।

लघुकथाका यी तत्वहरुका सम्वन्धमा कार्यपत्रले चिरफार गरेको छैन । कार्यपत्र लेखकले माथि उल्लेख गरिएका छ ओटै दार्शनिक चेतनाको कित्तामा नेपाली लघुकथाकारलाई विभाजन त गर्नु भएको छ तर उनीहरुको कुन कुन रचना वा कृतिहरु, विषय वस्तु, सामाजिक, आर्थिक तथा राजनीतिक परिघटना र सन्देशका कारण यो आदर्शवादी चेत बोक्न सक्षम् भएका छन् भन्ने कुराको पुष्टि भने कार्यपत्रमा पाइएन । यी तथ्यहरुलाई अझ बढी प्रखर र निखार रुपमा विश्लेषण गर्न आप्mनो कार्यपत्रमा उल्लेख गर्नु भएका कथामा अन्तर्निहित दार्शनिक चेतनाको चिरफार भएको भए नेपाली लघुकथाका पाठकलाई कथाको सार तत्व बुभ्mन सहज हुने थियो र यो कथा यो दार्शनिक चेतना भित्र पर्दछ भनी ठम्याउन सहज हुने थियो ।

अन्त्यमा विद्वान साहित्यकार पुष्करराज भट्टज्यूलाई प्रस्तुत कार्यपत्रले नेपाली साहित्यका विद्यार्थी, लेखक तथा पाठकहरुमा आदर्शवादी चेतनाको वीजारोपण गरेकोमा बधाइ दिन चाहन्छु । उहाँको विश्लेषणात्मक पद्दति र अध्ययनबाट हामीले प्रसस्तै सिक्ने मौका पाएका छौं । उहाँलाई साधुवाद ।


No comments:

Post a Comment