Wednesday, May 4, 2016

दक्षिणा गजुरेल ( Dakshina Devi Gajurel )


नेपाल प्रज्ञा–प्रतिष्ठान र जरा फाउण्डेशनको पहलमा साहित्यकारको एक टोली २०७२ साल चैत २८ गते भारतका पूर्वोत्तर राज्यहरू असम, मणिपुर, र मेघालयको दस दिन लामो साहित्यक भ्रमणका लागि निस्किएको थियो। प्राज्ञ मातृका पोखरेलको नेतृत्वमा गएको उक्त टोलीमा प्राज्ञसभा सदस्य विवश पोखरेल, जरा फाउन्डेशन नेपालका अध्यक्ष कृष्ण प्रसाई र फाउन्डेशनका सल्लाहकार एलबी क्षेत्री सामिल थिए । प्रतिनिधिमण्डलले असमको गुवाहाटीमा त्यहाँको देउराली सामाजिक साहित्यक सांस्कृतिक मञ्चसँगको सहकार्यमा एक दिने गोष्ठी सम्पन्न गर्यो । प्राज्ञ मातृका पोखरेलको प्रमूख आतिथ्यमा २०७२ चैत्र ३० मा आयोजित उक्त गोष्ठीमा स्थानीय साहित्यकारहरू डा. गोमा शर्मा र डा. सीताराम अधिकारीले कार्यपत्र प्रस्तुत गरे भने उपस्थित सम्पूर्ण श्रष्टाहरूले रचना वाचन गरेका थिए । इतिहासविद् डा. पुरुषोत्तम भण्डारीको अध्यक्षता आयोजित उक्त गोष्ठीमा असमका ख्यातिप्राप्त साहित्यकारहरू उपस्थित थिए । सोही कार्यक्रममा आसामी लोकलयको गीत नेपालीमा प्रस्तुत गर्दै गायिका दक्षिणादेवि गजुरेल।


No comments:

Post a Comment