Monday, October 3, 2016

डा. ध्रुवचन्द्र गौतमलाई डायमन प्रतिभा पुरस्कार प्रदान ।


उपन्यासकार डायमन शमशेर राणाको ९९ औं जन्मजयन्तीका अवसरमा २०७३ साल असोज १७ गते नेपाल प्रज्ञा - प्रतिष्ठान र डायमन शमशेर राणा स्मृति प्रतिष्ठानको आयोजनामा एक कार्यक्रम सम्पन्न भयो । वरिष्ठ आख्यानकार एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा यस वर्षको डायमन प्रतिभा पुरस्कार वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम लाई प्रदान गरियो । उक्त समारोहमा नेपाल प्रज्ञा - प्रतिष्ठानका सदस्य - सचिब प्रा. डा. जीवेन्द्र देव गिरी, पुरस्कृत व्यक्तित्वका बारेमा प्रा. डा. कुमार प्रसाद कोइराला तथा कार्यक्रमका संयोजक नेपाल प्रज्ञा - प्रतिष्ठान गद्य / आख्यान विभागका प्रमुख मातृका पोखरेलले मन्तव्य राख्नुभएको थियो ।
डायमन शमशेर राणा स्मृति प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डेको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य संजय पन्थीले र संचालन बुद्धि तिमिल्सिनाले गर्नुभएको थियो ।





































================================

बिभिन्न सञ्चार माध्यमहरुबाट 


कान्तिपुर दैनिक, २०७३ साल असोज १९ गते 



डायमन प्रतिभा पुरस्कार गौतमलाई



काठमाडौं, १८ असोज २०७३ । 
राजधानीमा सोमबार उपन्यासकार डायमनशमशेर राणाको ९९औं जन्मजयन्ती मनाइयो । नेपाली आख्यान साहित्यमा पु¥याएको योगदानबारे चर्चा गरेर उनको स्मरण गरिएको हो । उक्त अवसरमा आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘डायमन प्रतिभा पुरस्कार’ प्रदान गरिएको थियो ।


नेपाल साहित्यिक पत्रकार संघका नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज शर्माले गौतमलाई पुरस्कार प्रदान गरेका थिए । शर्माले पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्दै भने, ‘गौतम आख्यान साहित्यमा विशिष्ट क्षमता भएका प्रतिभा हुन्, जसले नेपाली आख्यान साहित्यलाई अर्कै उचाइमा पु¥याए ।’     
नेपाल प्रज्ञा–प्रतिष्ठान (आख्यान विभाग) तथा डाइमन शमशेर राणा प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले गौतम नेपाली आख्यान जगत्का ‘धुरी व्यक्तित्व’ भएको बताए । भने, ‘विश्व साहित्यमा समेत प्रतिष्ठा र प्रसिद्धि पाएको प्रतिभाको नाममा स्थापित पुरस्कार अर्का प्रसिद्ध प्रतिभालाई दिइनु आफैमा उल्लेखनीय कुरा हो ।’



कार्यक्रम संयोजक तथा प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले विशिष्ट साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम तालिका बनाएरै योजनाबद्ध रुपमा गर्ने प्रतिष्ठानको सोचाइ रहेको बताए । 


गौतमले पुरस्कृत हुँदाको अनुभूति व्यक्त गर्दै भने, ‘लेखनकै शक्ति र सामथ्र्यले बाँचेका तथा विश्वमा प्रसिद्धि कमाएका श्रद्धेय व्यक्तित्वको नाममा स्थापित पुरस्कार प्राप्त गर्न पाउनु मेरा लागि अत्यन्त हर्षको विषय हो ।’      


कार्यक्रममा समालोचक डा. कुमारप्रसाद कोइराला, डाइमन प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डे, सदस्य सञ्जय पन्थीलगायतले आख्यानकार राणा तथा पुरस्कृत व्यक्तित्वका बारेमा बोलेका थिए । कार्यक्रमको सहजीकरण बुद्धि तिमल्सिनाले गरेका थिए ।      
http://drishtinews.com बाट साभार 
========================

डायमन प्रतिभा पुरस्कार ध्रुवचन्द्रलाई



dyman
काठमाडौँ । उपन्यासकार डायमन शमशेर राणाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली आख्यान साहित्यका विशिष्ट प्रतिभा  राणाको योगदानबारे विशेष चर्चा गरियो । सो अवसरमा आख्यानकार डा. धु्रवचन्द्र गौतमलाई ‘डायमन प्रतिभा पुरस्कार’द्वारा सम्मानित गरियो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज शर्माले गौतमलाई पुरस्कार समर्पण गरे । शर्माले पुरस्कृत व्यक्तित्वका बारेमा प्रकाश पार्दै भने, ‘गौतम आख्यान साहित्यमा विशिष्ट क्षमता भएका प्रतिभा हुन् । जसले नेपाली आख्यान साहित्यलाई अर्कै उचाइमा पु¥याए ।’
नेपाल प्रज्ञा–प्रतिष्ठान (आख्यान विभाग) तथा डाइमन शमशेर राणा प्रतिष्ठानद्वारा सङ्युक्त रुपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले डा. गौतम नेपाली आख्यान जगत्का धुरी व्यक्तित्व भएको बताए । उनले भने, ‘विश्वसाहित्यमा समेत प्रतिष्ठा र प्रसिद्धि पाएको प्रतिभाको नाममा स्थापित पुरस्कार अर्का प्रसिद्ध प्रतिभालाई दिइनु आफैमा उख्लेखनीय कुरा हो ।’
कार्यक्रम संयोजक तथा प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले कार्यक्रमबारे प्रकाश पार्दै  विशिष्ट साहित्यकारहरूका जन्मजयन्ती कार्यक्रम तालिका बनाएरै योजनाबद्ध रुपमा गर्ने प्रतिष्ठानको सोचाइ रहेको बताए ।
पुरस्कृत व्यक्तित्व डा. गौतमले पुरस्कृत हुँदाको अनुभूति व्यक्त गर्दै भने, ‘लेखनकै शक्ति र सामथ्र्यले बाँचेका तथा विश्वमा प्रसिद्धि कमाएका श्रद्धेय व्यक्तित्वको नाममा स्थापित पुरस्कार प्राप्त गर्न पाउनु मेरा लागि अत्यन्त हर्षको विषय हो ।’
कार्यक्रममा समालोचक डा. कुमारप्रसाद कोइराला, डाइमन प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डे, सदस्य सञ्जय पन्थीलगायतले आख्यानकार राणा तथा पुरस्कृत व्यक्तित्वका बारेमा बोलेका थिए । कार्यक्रमको सहजीकरण बुद्धि तिमल्सिनाले गरेका थिए ।



http://www.sambadmedia.com बाट साभार 

No comments:

Post a Comment