Wednesday, April 12, 2017

झापाको विर्तामाेडमा "मेची अाख्यान विमर्श" कार्यक्रम सम्पन्न


नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनकाे संयुक्त अायाेजनामा विर्तामाेडमा २०७४ वैशाख १ गते मा "मेची अाख्यान विमर्श" कार्यक्रम सम्पन्न भयाे । साे कार्यक्रममा मेची अञ्चलका उपन्यासकाे गतिविधिबारे चुडामणि वशिष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने लीला अधिकारी र महेश पाैडेलले कार्यपत्रमाथि टिप्पणी गर्नुभएकाे थियाे । नेपाल प्रज्ञा प्रतिष्ठान गध्य / अाख्यान विभागका प्रमुख प्राज्ञ मातृका पाेखरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार सराेज अाेली प्रमुख अतिथि हुनुहुन्थ्याे । कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, साहित्यकार कृष्ण धराबासीले अाफ्नाे मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन लीला अनमाेलले गर्नुभएकाे थियाे ।

===============================

कार्यपत्र

( नेपाल प्रज्ञा- प्रतिष्ठान र जरा फाण्डेशनको संयुक्त आयोजनामा २०७४।१।१ झापाको बिर्तामोडमा  भएको आख्यान विमर्श कार्यक्रममा प्रस्तुत कार्यपत्र )


                                 

(सारकथन  :– प्रस्तुतकार्यपत्रमा उपन्यासको प्रारुप र इतिहासको बारेमा सामान्य चर्चा गर्दै मेची अञ्चल अन्तर्गत झापा, इलाम, पाँचथर, ताप्लेजुङ् जिल्लाभित्रका उपन्यासकार र तिनका उपन्यासको खोजी गरी प्राप्त उपन्यासका आधारमा औपन्यासिक प्रवृति केलाउने प्रयत्न गरिएको छ । )

१. विषय प्रवेश  :

       साहित्यका मुख्य ४ विधा (कविता, आख्यान नाटक, निबन्ध) मध्ये उपन्यास आख्यान विधा अन्तर्गत पर्दछ । जीवन जगतलाई नजिकबाट नियाल्ने, सरल सहज भाषामा अभिव्यक्ति दिने उपन्यास सर्वाधिक लोकप्रिय विधा हो । जीवनमा देखेका, भोगेका, सुनेका, अनुभव गरेका यथार्थलाई उपन्यासले कलात्मक, रागात्मक किसिमले प्रस्तुत गर्दछ । उपन्यासले जीवनको अध्ययन गर्दछ । मानवीय मनका जटिलता, मनोग्रन्थीहरूलाई देखाउँदै पाठकलाई आकर्षित गर्छ । यसले रमणीयता, काल्पनिकताका साथै संघर्ष स्वच्छन्द, स्वाधीनताको बाटो पनि देखाउँछ । मनोरञ्जन गराउने, कौतूहलता जगाउने उपन्यास कथावस्तु, पात्र, घटना, परिवेश, भाषा शैली, उद्देश्यको संयोजनबाट निर्मित हुन्छ । जेहोस् उपन्यासले जीवनका द्वन्द्व, अन्तद्र्वन्द्व विरोधाभाष, विसङ्गति, विकृति, संवेदना, करुणा, हाँसो, रोदन, क्रन्दन ...आदि यथार्थ र समयले ल्याएका अनेक समस्यालाई देखाउँदै कल्पनालोक, मानसलोकको परिक्रमा गर्दै सिङ्गो जीवन जगतको चित्र खिच्छ । 

     उपन्यासले राजनीति, धर्म, संस्कार, संस्कृति भूगोल आदि विभिन्न विषयमा तुलो लगाउँदै समाजलाई ठम्याउने काम गर्छ । यसले वैज्ञानिक सत्यभन्दा परको मानसिक, काल्पनिक सत्यको खोजी गर्ने, अनेक रहस्यहरूको उद्घाटन गर्ने काम गर्छ (भण्डारी,२०७३ः १)  ।

२.उपन्यासको प्रारुप  :

    उपन्यास पश्चिमी साहित्यको देन हो । यसको उद्गमस्थल इटलीलाई मानिए पनि यसलाई विधाको रूपमा स्थापना गर्ने काम अंग्रेजी साहित्यकार ड्यानियल डिफो (१७१७–१७८८) बाट भएको हो । उनलाई उपन्यासका जनक मानिन्छ । उपन्यासलाई प्रारम्भमा रोमान्स भनिन्थ्यो । रोमान्स भन्नाले भावुक प्रेम र साहसको कथा बुझिन्थ्यो तर उपन्यासमा जीवनको यथार्थ पक्षको चित्रण हुन्छ । जीवनका विविध पक्षको चित्र उपन्यासले खिच्छ । उपन्यासलाई जीवनको आलोचनाका रूपमा डा.रवर्ट मूलरले अथ्र्याएका छन् । उपन्यास मानव चरित्रको चित्र हो भनेर भारतीय विद्वान् प्रेमचन्द भन्दछन्् । नेपाली समालोचक हृदयचन्द्र सिंह प्रधान उपन्यासलाई जीवन दर्शन र मानसिक प्रक्रियाको अध्ययनको रूपमा लिन्छन् । 

    उपन्यास संस्कृत शब्द हो । (उप+नि+अस्+घञ्) अर्थात् अस् धातुमा उप र नि उपसर्ग सहित घञ् प्रत्यय लागेर उपन्यास शब्द बनेको छ । उपको अर्थ नजिक, न्यासको अर्थ राख्नु, वा स्थापित गर्नु हो । यसरी उपन्यास शब्दले मानिसका नजिक राखिएको वस्तु भन्ने बुझाउँछ । उपन्यासलाई इटलीमा नोविले (ल्यखभििभ), फ्रान्समा नोवेला (ल्यखभििब) र अंग्रेजीमा (ल्यखभ)ि भनिन्छ । अहिले उपन्यासले यथार्थ जीवनमा आधारित कल्पित गद्याख्यानलाई जनाउँछ । पहिले महाकाव्यले लिएको स्थान अहिले उपन्यासले लिएको हुँदा उपन्यासलाई गद्य महाकाव्य पनि भनिन्छ । समष्टिमा पात्रहरूको माध्यमाट प्रदर्शित वास्तविक जीवन जगतको यथार्थ चित्रण गर्ने आख्यानत्मक वृहद् आकारको गद्य रचना उपन्यासक हो (पौडेल,२०६६ः १३५)  ।

३. नेपालीमा उपन्यास लेखनको प्रयास  :

     शक्तिवल्लभ अर्यालको विराट पर्व (वि.सं.१८२७),भानुदत्तको हितोपदेश मित्रलाभ (वि.सं.१८३३), शक्तिवल्लभकै हास्यकदम्ब (वि.सं.१८५५), भवानीदत्त पाण्डेको मुद्राराक्षस (वि.सं.१८५८)...... स्वास्थानी व्रतकथा (वि.सं.१८७८), सुन्दरानन्द बाँडाको अध्यात्म रामायण.....आदि आख्यानात्मक कृतिहरू नेपाली साहित्यको प्राथमिक काल (वि.सं.१८२७–१९४५) मा फेला पर्दछन् ।

     प्राथमिक हालको १२० वर्षका यो अवधिले नेपाली आख्यानका रूपरेखा कोर्ने वा पृष्ठभूमि तयार गर्ने काम गरेको पाइन्छ । प्रकाशित हुन नसकेका हस्तलिखित रूपमा रहेका, कतिपय बेनामे यी कृतिहरू अनुदित, रुपान्तरित हुन् । धार्मिक भावना जगाउने, नैतिक शिक्षा दिने, मनोरञ्जन गराउने उद्देश्यले लेखिएको यी कृतिलाई उपन्यास भन्न नसकिए पनि नेपाली उपन्यासको अर्थात् आख्यानको स्वरूप फेला पार्न सकिन्छ ।

     नेपाली साहित्यको माध्यिमिक काल वि.सं.१९४६–१९९०) मा वीरसिक्का (वि.सं.१९४६, उपन्यास तरङ्गिणी वि.सं.१९५९), सदाशिव शर्माको महेन्द्रप्रभा (वि.सं.१९५९), गिरीशवल्लभ जोशी वीरचरित्र (वि.सं.१९६०) विज्ञान विलाशको डा. सूर्य प्रसाद वि.सं....., र विभिन्न पत्रपत्रिका.... आदिको माध्यमद्वार नेपाली उपन्यासलाई प्रस्फुटित गराउन सहयोग पु¥याएको पाइन्छ । प्राथमिक कालीन गद्याख्यानको दायरा फराहिलो बनाउँदै लगिएको पाइन्छ । 

      यस अवधिमा पनि उपदेश दिने भगवान भक्ति जगाउने, भावुक प्रेमकथा, वीरता प्रदर्शन गर्ने अद्भूत किसिमका वर्णन, जासूसी, तिलस्मी, ऐøयारी आदि विचित्र सामाजिक विषयवस्तु, अलौकिक वर्णन, अतिरञ्जना, रोमाञ्चक गद्याख्यान फेला पर्छन् जसले नेपाली उपन्यासको जग निर्माण गर्न  सहयोग पु¥यायो । 

४.नेपाली उपन्यासमा आधुनिक काल  :

माध्यमिक कालीन अलौकि,अद्भूत्,तिलस्मी –जासूसी प्रवृतिलाई चिर्दै १९९१ सालमा
मौलिकता र यथार्थतालाई अंगाल्दै रुद्रराज पाण्डेको रूपमती उपन्यास आएपछि नेपाली उपन्यासमा आधुनिक काल सुरु भएको पाइन्छ :

—रुद्रराज पाण्डे–                  रूपमती १९९१– मौलिक आदर्शाेन्मुख यथार्थ 
— रुपनारायण सिंह–              भ्रमर १९९३ स्वच्छन्दतावादी
—लैनसिंह वाङ्देल–               मुलुक बाहिर २००४ यथार्थवादी 
— डायमन शमशेर –             वसन्ती  २००६ ऐतिहासिक यथार्थ 
— हृदयचन्द्रसिंह प्रधान –          स्वास्नीमान्छे २०११ प्रगतिवादी यर्थावादी 
— गोविन्दबहादुर मल्ल गोठाले –   पल्लो घरको  ¤याल २०१६ मनोविश्लेषण 
 —विजय मल्ल –                अनुराधा २०१८ मनोविश्लेषण
— इन्द्रबहादुर राई –             आज रमिता छ २०२१ विसङ्गतिवादी 
— विश्वेश्वरप्रसाद कोइराला –     तीन घुम्ती २०२५ यौनमनोविज्ञान
— पारिजात –                   शिरीषको फूल २०२२ अस्तित्ववाद
—ध्रुवचन्द्र गौतम–              अलिखित २०४० नवीनताको खोज, आञ्चलिकता 

        उल्लेखित आधुनिक नेपाली उपन्यासको विकासक्रममा प्रतिनिधि उपन्यास र उपन्यासकार अनि तिनका प्रवृत्तिगत विशेषताकै पंक्तिमा अन्य उपन्यासकारहरू पंक्तिबद्ध भएको पाइन्छ । अझै पछिल्ला उपन्यासहरूमा उत्तरआधुनिकता, नारीवाद, द्वन्द्वात्मक भौतिकवाद, फ्रायडवाद, चरित्रप्रधान उपन्यास, वर्तमान जीवनका जटिलता विसङ्गति, विकृति, बिब्ल्याँटा परिस्थिति, नयाँनौला प्रयोगहरू तिखारिदै आइरहेका छन् । 

५. मेची अञ्चलका उपन्यास  :

     नेपाली उपन्यासको इतिहासलाई प्रस्तुत गर्नु यस  कार्यपत्रको उद्देश्य होइन  । यसको मुख्य ध्येय वा उद्देश्य मेची अञ्चलमा कति उपन्यास र उपन्यासकार छन् भन्ने कुराको खोजी गरी तिनका प्रवृत्ति औल्याउँनु हो । यहाँ मैले जम्मा एकानब्बेजना उपन्यासकार र एकसय अन्ठाउन्न उपन्यास फेला पार्न सकें । यसको अर्थ यसभन्दा बढी उपन्यासकार छैनन् भन्ने पक्कै होइन । यो एउटा खाका मात्र हो । यसमा छुटेका उपन्यासकार र उपन्यास थप्न मैले सबैका लागि ढोका खुल्लै छोडेको छु ।
     मान्छे कहाँ जन्मिन्छ,कहाँ हुर्किन्छ, कुन ठाउँलाई कर्मभूमि बनाउँछ कुनै ठेगान हुँदैन । यहाँ सूचिमा उल्लेख गरिएका उपन्यासकारहरू वर्तमान अवस्थामा मेची अञ्चलमै नहुन सक्छन् र अन्य अञ्चलबाट यहाँ आएर साहित्य साधनामा जुटेका पनि हुन सक्छन् । विभिन्न पत्रपत्रिका पुस्तकालय, साहित्यिक संघ–संस्थाका प्रमुख, बूढा पुराना साहित्यकार ..आदिको सहयोगले खोज गरी जति उपन्यासकार प्राप्त गर्न सकें ती निम्न प्रकारका छन्  :

५.१. झापा  :

(क).तुलसीराम कुँवर –    रने २०१५, जीवन२०१७,संघर्ष २०२४, अभियान२०२६, घामछाँया २०३०, 
                       नेटोपारी २०३१, उज्यालोतिर २०३३,  जीवन सफर २०३८, संयोग २०४५ । 
(ख). नकुल काजी –      सागर २०२५, शान्ति २०२६, समस्या २०२५, गौरी २०२९, क्रान्तिको पहिलो 
                       चरण २०६९, घरहरू भत्किरहेछन्  २०७१, 
(ग). तुलसीदास श्रेष्ठ–    एक शिक्षक २०३५, 
(घ).डा.रमेश कोइरला –  आमाको मुटु ...., 
(ङ). गंगाप्रसाद ओढारी –  समपनाकी परी २०३६, 
(च). तेजराज खतिवडा –अझै उस्तै छ २०३५,रातको बाह्र बजे, २०५६,टेस्ट्युव वेवी २०५७, सर्वजा 
                     २०६०
(छ).पुन्यप्रसाद खरेल –  दोसाँधका घाम २०६३, त्रिवेणी आमा २०६५, झापाली गर्जन २०७३
(ज).सरोज ओली –     हड्तालै हड्ताल, जुलुशै जुलुश २०...
(झ). कृष्ण धरावासी–  शरणार्थी २०५७, राधा २०६२, टुँडाल २०६५, 
(ञ) राधिका राय –     कला २०६८
(ट).कृष्ण बराल–       समय हराएको बेला २०६५
(ठ). राजेन्द्र संग्रौला–  गरिबीका रेखाहरू २०५२, रोजगारको खोजीमा २०५२, तुलेका पाइलाहरू 
                    २०५४, तुवाँलो भित्र २०६३ 
(ड).के.पी. ढकाल–    जूठेको नयाँ घर २०५८
(ढ).भक्ति सिवाकोेटी–  पृथ्वीकी इभ २०६५, सारस र सञ्जीवनी २०६८,
(ण). रश्मी शेखर–    जोहिना ......( अफ्रिका यात्रा वर्णन)
(त).मोहनराज शर्मा–  सलिजो ....
(थ).कृष्ण अविरल–    रक्तकुण्ड २०६४, रक्तबीज २०६६
(द). रामकुमार श्रेष्ठ–  झुमा .....
(ध).मधुकर सुवेदी – ... पौराणिक पाप –अंग्रेजी भाषामा )
(न).युवराज बराल –   दुई लास एक चिता ....
(प). सञ्जीव उप्रेती – बटर पोट्याटो एण्ड कफी २०५०, घनचक्कर ...
(फ). शिवशंकर थापा –भिरको फूल ....
(ब).सीता पाण्डे–     अवतार विघटन.....
(भ).स्वागत नेपाल–   मातृ सम्भोग २०६१ 
(म). चन्द्रेश्वर  दुबे – जिन्दगीको बाटो .......
(य).खडानन्द गौतम – वनचरी २०६९
(र)...सुब्बा –         रेमिटयाण्ड २०७३ (वैदेशिक रोजगार) 
(ल).घनश्याम पथिक –युनिका २०७२
(व). हेम नेउपाने –   प्रेममा वलिदान २०६८, चौतारी २०६७

५.२. इलामः 

(क).तारानाथ शर्मा –   मेरो कथा २०२३, ओझेल पर्दा २०२३, सूली २०३०, झझल्को २०४५,  
                     नेपालदेखि अमेरिका २०४८
(ख). माधव भँडारी –   पूर्णिमा २०३०, 
(ग).पुष्पनाथ शर्मा –    स्नेहलता २०४०, बिहानको खोजी २०४२, तामाङ जेठो २०४४,  
(घ). लक्ष्मीनाथ शर्मा – असन्तोष सन् १९६६, गुप्तचर २०२७, घाइते२०२७, अँध्यारो २०३१, 
(ङ). वीरेन्द्र खुजेली –    मेची र महाकाली २०४८
(च).कृष्णप्रसाद रिजाल –इन्द्रेणी २०५४     
(छ). कृष्णप्रसाद बराल– अवतरण २०६१
(ज). माया सुब्बा –   बिलौना ....,पोथी बासेको घर .....,पश्चात्ताप ...
(झ).टंक के.सी.–   अतीतका प्रेयसी २०५३, यौवनका आकाङ्क्षाहरू २०५३, बिखण्डित जिन्दगी २०५६
(ञ).डोमनाथ शर्मा –  स्वदेशमै भेटौंला २०२८,घुम्टो उघ्रेपछि २०३५, सानी आमा २०३९,
(ट). अर्जुन निरौला –  शिशिरको बतास ....
(ठ).नारायण  पोखरेल– एक नम्बरको हीराको औंठी ....
(ड). चित्र सिकारु –   घुम्टो उघ्रिएपछि २०३५
(ढ). खड्ग सङवाङफे– फुङदाप्लामा २०६१ (मुन्धुममा आधारित).
(ण). केशव काÏले –   आखिर एक्लै २०४२
(त). रमेशकिरण पौडेल– अँध्यारो रात २०६३
(थ). देवी क्षेत्री दुलाल – रङ्ध्वजी २०६०
(द). सुनील खनाल–    बिहानी २०६२ 
(ध). थेगिम तान्छोगेन– टुक्रिएको जिन्दगी २०६१
(न). थाकुहाङ मेरिङ साङवाहाम्फे – आशाभित्रको सपना २०६१, मेनु २०६४, आधुनिक जीवन २०६५, 
                     झरेको एक थुँगा फूल २०६८, 
(प). मुस्कान योङहाङ–  एउटै डोरी २०३२, टुहुरी २०३४, अधुरो प्रेम २०३१, गरिब २०३१, 
(फ). रूपेश अनमोल–  तिरस्कृत नारी २०६४
(ब). दीपेन्द्र दवाडी –   विकृतिको बटुलो २०६३
(भ). निर्मला भण्डारी – त्यो रात र भाग्य २०६३
(म). रचना लावती –  दुर्भाग्य २०६७ 
(य). अर्चना गुरुङ –   मुटुभित्रको व्यथा २०६६

५.३.पाँचथर :

(क).गोविन्दराज भट्टराई– मुग्लान २०३१, मणिपुरको चिठ्ठी २०३४, सुकरातकाा पाइला २०६३, सुकरात– 
                     को डायरी २०६८
(ख).टीका भूषण दाहाल – माखे साङ्लो २०२२
(ग).खगेन्द्र संग्रौला –   चेतनाको पहिलो डाक २०२७,आमाको छटपटी २०३४,हारी २०५०,जुनकिरीको 
                    सङ्गीत २०५६, 
(घ). भीमभूषण संग्रौला – अँधेरी रात २०२२, 
(ङ). राजेन्द्र सुवेदी –    स्वप्न संसार २०४८, सुद्युम्न २०३०,
(च). जे.वी.खत्री –     चितामााथिको लास २०५१,
(छ). धर्मेन्द्र विक्रम नेम्वाङ– रातो बाघ २०७०
(ज). पुष्प सुब्बा थाम्सुहाङ – नाम्दुक्वामाफुङ (लिम्बू भाषामा ) ...., अदृश्य व्यथा २०३१, 
(झ). मित्र लिङ्देन –     मिरा २०५८ 
(ञ). अप्सरा लावती –   आमाको चाहना २०५८,लोजिमा २०६३
(ट). प्रयासी गड्तौला –  विवशताको पारसो २०५६
(ठ). वीरेन्द्र थाक्लिहाङ–  गुम्सिएको अभिव्यक्ति २०४९
(ड). सोम सेलिङ –     रुमानी सम्झना २०५७
(ढ). सागर नाछिरिङ–   बादलभित्रको आकाश २०६२
(ण). नरेन्द्र केरुङ–      प्रेम तपस्या २०५७ 
(त). स्मिता अधिकारी–  दृष्ट  २०५८
(थ). जे.वी.अधिकारी –  प्रेमको अनुभूति २०६७
(द). युवराज संग्रौला –  घर फकिँदा २०७३

५.४.ताप्लेजुङ :

(क).राधाकृष्ण मैनाली–   लुटिएका दुई थुँगा फूल २०४७ ,
(ख). रामकृष्ण श्रेष्ठ –    झुमा २०५९
(ग). दीर्घराज प्रसाईँ–     अलमल २०२८,प्रतिमा.... चिन्ता ..., 
(घ). डा.हरिराज भट्टराई–  साइनडाइ २०४४, स्वप्न भङ्ग २०४५, निलिमा.. 
(ङ). डा. तुलसी भट्टराई – जीवन यस्तै हो, २०३५, ऊ पनि त मान्छे हो २०३८, 
(च). जयप्रसाद भेटुवाल – आकाश पाताल २०३९ 
(छ). लक्ष्मी उप्रेती –     साहसी आकाङ्क्षा .... ,पवनचरी २०६०,
(ज). टेकनाथ न्यौपाने –  अविवाहित दम्पती २०२५
(झ). केन्द्र विक्रम थुलुङ– चौतारी २०३५
(ञ). भूपाल राई –       लाहुरे उपन्यास २०५२, घायल लाहुरे २०५३, सुन्दर सपना २०५६
(ट). ज्ञनेन्द्रराज कार्की –  घातक २०६१,भाग्य ....पाप...मृत्युपछि भूल....
(ठ). नेत्रप्रसाद ताम्लिङ – आँशुभित्र सपना २०६६
(ड). कमल कँडरिया –   बिछोडको पीडा  २०६७ 
(ढ). हेमकुमार लिम्बू –  उनको पर्खाइ ....
(ण). भीमलाल लिम्बू – जीवनलाई नियाल्दा २०६९
(त). लोकेन्द्र नेपाल –  निर्दोष वेदनाको आँशु २०५६
(थ). सीता भट्टराई –  कर्मघर २०६७ (नारी अस्मिता, द्वन्द्व, सामाजिक विकृति 

६. प्रवृत्तिगत विशेषता :

(क). नेपाली अंग्रेजी, लिम्बू, राई  भाषामा उपन्यास लेखिएका छन् । त्यसकारण यहाँ भाषिक विवधता 
     पाइन्छ ।
(ख). साहित्यमा पनि राजनीतिक प्रभाव पर्ने भएकाले पञ्चायत कालीन उपन्यासहरूमा शासकहरूको 
    आडमा अन्याय, अत्याचार शोषण गर्ने शोषकहरूलाई बढी देखाइएको छ । (रोजगारको खोजीमा)
(ग). राजनीतिक अव्यवस्थाबाट निराश हुँदै विद्रोह संघर्ष उकास्ने किसिमका विशेषता फेला पर्दछन् ।
(घ). प्रगतिवादका नाममा नारवाजी ,भाषणवाजी  गरिएका उपन्यास पनि एकाध फेला पर्छन । 
(ङ). वैदेशिक रोजगारीले परिवार समाजमा  विखण्डन ल्याई घरहरू भत्किरहेको यथार्थलाई प्रस्तुत 
     गरेको पाइन्छ ।( घरहरू भत्किरहे छन् ) 
(च). माायाप्रितीका कथा,अति भावुक ,अति कल्पनाको प्रस्तुति पनि एउटा विशेषता बन्न पुगेको छ । 
(छ). अन्तर्राष्ट्रिय विषयलाई समातेर पनि उपन्यास लेखिएका छन् । (नेपालदेखि अमेरिका,जोहिना) 
(ज).उपन्यास लेख्ने रहरले पनि केही उपन्यास प्रकाशित भएका देखिन्छन् । 
(झ). सुरुका समयमा भन्दा पछिका समयमा महिला उपन्यासकारहरूमा वृद्धि हुँदै आएको पाइन्छ ।
(ञ). धेरैभन्दा धेरै उपन्यास सामाजिक यथार्थवादी छन् (रने) 
(ट). वर्गीय संघर्षको चेतना ( हड्तालै हड्ताल,जुलुशै जुलुश, त्रिवेणी आमा)
(ठ). उत्तरआधुनिक प्रवृतिको छटा पनि फेला पर्दछ ।(राधा)
(ड). यौनको अभिव्यक्ति पनि एउटा विशेषता बन्न पुगेको छ । (टुढाल, घरहरू भत्किरहेका छन् )
(ढ). इतिहासलाई विषयवस्तु बनाएर पनि उपन्यास लेखिएका छन् । (लुटिएका दुई थूँगा फूल )  
(ण). विद्रोही भावना,क्रान्तिकारी चेत,पहिचानको आग्रह,पनि उपन्यासका विशेषता  बनेका छन् ।
(त). स्वैरकल्पना (फेन्टेसी) पनि एउटा विशेषता बन्न पुगेको पाइन्छ ।(पृथ्वीकी इभ)
(थ). बढ्दो विसङ्गगति,विकृति,भ्रष्टाचार, अनियमितताप्रति व्यङ्ग्य,विद्रोह गरिएको पाइन्छ ।
(द). विश्वमा बढ्दै गएको समलिङ्गी प्रवृत्तिलाई पनि यहाँका उपन्यासले देखाएकाा छन् (सलिजो) ।
(ध). पचास साठी दशकको खुल्ला प्रजातान्त्रिक परिस्थितिमा उपन्यास लेख्ने क्रम बढ्दो रहेको देखिन्छ ।
(न). माओवादी द्वन्द्वकालका पीडालाई पनि उपन्यासहरूले लिएर आएका छन् (कर्मघर) । 

७. निष्कर्ष :

      मेची अञ्चलका उपन्यासकारहरूले पनि राष्ट्रिय उचाइ प्राप्त गरेको पाइन्छ । नकुल काजी, तेजराज खतिवडा, पुन्यप्रसाद खरेल, सारेज ओली, कृष्ण धरावासी, मोहनराज शर्मा, तारानाथ शर्मा , गोविन्द भट्टराई, खगेन्द्र संग्रौला, तुलसी भट्टराई, माधव भँडारी, जस्ता उपन्यासका हस्ती यही माटाका उपज हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति,युगबोध, मानवीय संवेदना, राष्ट्रिप्रेम, परिवर्तनकारी भावना भएका उपन्यास यहाँ पाएइका छन् । नेपाली उपन्यासको विशेषता,प्रवृत्ति,धारा,मोड,वाद अनुरुप नै मेची अञ्चलका उपन्यास पनि बगेका छन् । गुणात्मक,संख्यात्मक दुवै हिसाबले मेची अञ्चल उपन्यास विधामा पछि परेको छैन् । प्राप्त १५९ वटा उपन्यासहरू खोज्ने क्रममा अरु केही उपन्यास छुटेको अनुभव गरेको छु । यस विषयमा अझ धेरे खोज अनुसन्धानको खाँचो छ ।     

सन्दर्भ सूचि :

१. पौडेल, कृष्ण विलास, २०६६, आधुनिक नेपाली आख्यान र नाटक, काठमााडौं,नवीन प्रकाशन 
२. भण्डारी, डा. गोपाल, २०६३,पूर्वाञ्चलमा नेपाली उपन्यासको विकासक्रम (नेपाल प्रज्ञाप्रतिष्ठानको हीरक वर्ष 
     २०७३का अवसरमा विराटनगरमा प्रस्तुत कार्यपत्र )
३. राई, इन्द्रबहादुर, २०५०,नेपाली आध्खयानका आधारहरू काठमाडौं, साझा प्रकाशन
४. शर्मा, मोहनराज र डा.दयाराम श्रेष्ठ,२०४०, नेपाली सापहित्यको संक्षिप्त इतिहास, ललितपुर ः साझा प्रकाशन 
५.सुगन्ध, वर्ष १÷अङ्क १,सम्पा. चन्द्र भण्डारी, झापा सुगन्ध प्रकाशन

===========================






































































































































































No comments:

Post a Comment